विज्ञान र प्रविधि

जापानले अस्वीकार गर्‍यो अमेरिकी प्रस्ताव

जापानले दक्षिण कोरियालाई जी ७ मा समावेश गर्ने अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको छ । जापानको न्युज एजेन्सी क्योदोका अनुसार जापानले चीन र उत्तरकोरियासँग सम्बन्धित मुद्दाहरुमा दक्षिण कोरियाको जी ७ मुलुकहरुको भन्दा फरक मत रहेको भन्दै अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको हो । स्मरणरहोस्ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघिको जी ७ शिखर सम्मेलनमा भारत लगायत रुस, अष्ट्रेलिया […]

कोरोना बिरामीको ज्यान जोगाउने औषधि पत्ता लागेको वैज्ञानिकहरूको दाबी

बेलायतका अनुसन्धानकर्ताहरूले कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग पुग्ने औषधि फेला पारेको दाबी गरेका छन्। बिबिसीका अनुसार, सस्तो र व्यापक रूपमा पाइने ‘डेक्सामिथासोन स्टेरोयड’ ले भेन्टिलेटर वा अक्सिजनको सहायतामा बसेका कोरोना संक्रमित बिरामीहरूको मृत्युदर एकतिहाइ घटेको अनुसन्धानकर्ताहरूको दाबी छ। यो औषधि दम, बाथ, छाला, फोक्सो र मस्तिष्क समस्याको उपचारमा प्रयोग हुँदै आएको छ। अनुसन्धानकर्ताहरूले […]

बजारमा अब ‘क्लासिक टेक प्रभु टिभी’, ९ सयमै इन्टरनेट र टिभी !

हेटौंडा, २० फागुन । विगत दशवर्षदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको क्लासिक टेक प्रालीले टिभी सेवा बजारमा ल्याएको छ । क्लाासिक टेकले प्रभु टिभीसँग सहकार्य गरेर इन्टरनेटको साथै क्लासिक टेक प्रभु टिभीको नाममा टिभी सेवा ल्याएको हो । कम्पनीले ग्राहकहरुको लागि क्लाासिक टेक र प्रभु टिभीको सहकार्यमा विशेष स्कीम ‘आयो है आयो’ पनि बजारमा […]

बागमती प्रदेशको सबै सूचना एउटै पोर्टलमा प्राप्त गर्न ‘सूचना बैंक’

हेटौंडा, १९ फागुन । बागमती प्रदेशका सबै कार्यालयको सूचना एउटै पोर्टलमा प्राप्त गर्न सक्ने गरी सूचना बैंक सञ्चालन गर्न सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले सोमबार हेटौडामा सरोकारवालासँग छलफल गरेको छ । डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न र सरकारी तथा सार्वजनिक निकायका सूचना एकद्धार प्रणालीबाट नागरिकलाई उपलब्ध गराउन सूचना बैंकको सञ्चालन गर्नु पर्ने कानूनी व्यवस्थालाई कार्यान्वयन […]

युवामाझ लोकप्रिय टिकटक एक जासुस एप !

–एजेन्सी, १८ फागुन । पछिल्लो समय निकै लोकप्रिय बनेको टिकटक (भिडियो बनाउने एप) डाउनलोड गर्नेको संख्या १ अर्ब ५० करोड पुगेको पुष्टि भएको छ । विश्वमा प्रत्येक महिना ५० करोड मानिसले सक्रिय भएर टिकटक चलाउने गर्नुहुन्छ । टिकटक सबैभन्दा चर्चित सोसल मिडिया प्लेट फर्म हो । टिकटक एक चीनियाँ एप हो । जुन विश्वको १५० […]

अन्तरिक्षमा कसरी बित्यो क्रिस्टिनाको १ वर्ष ?

अब अन्तरिक्षमा घुम्ने ‘स्पेसवाक’का लागि पुरुषहरु माथिको आश्रय तोडिएको छ । बिहीबार महिलातर्फ सबैभन्दा धेरै समय अन्तरिक्षमा अध्ययनको लागि समय व्यतित गरेर नासाकी अन्तरिक्ष यात्री क्रिस्टिना कोच तीन सय २८ दिन पृथ्वी फर्किइन् । नासाकी अन्तरिक्ष यात्री क्रिस्टिनाले दुई विषयमा रेकर्ड राखेकी छिन् । पहिलो त महिला तर्फ सबैभन्दा धेरै दिन अन्तरिक्षमा बसेर एउटा रेकर्ड […]

‘नागरिकताकै अभिलेख सरकारी निकायसँग छैन’

हेटौंडा, १७ पुस । प्रदेश ३ का प्रमुख सचिव तोयम राईले नागरिकताकै अभिलेख सरकारी निकायसँग नभएको भन्दै डिजिटल माध्यमबाट महत्वपूर्ण कागजातको अभिलेख राख्नुपर्ने बताएका छन् । उनले नागरिकताकै अभिलेख सबै निकायसँग नभएको भन्दै अब डिजिटल व्यवस्थामा लैजान ढिलो भएको बताए । ‘नागरिककै अभिलेखको पूरा रेकर्ड सरकारी कार्यालयमा छैन । कुनैपनि अभिलेख सिस्टम मार्फत देशैभरी हेर्न […]

किन आउँदैछन् मन्त्री बाँस्कोटा हेटौंडा ?

मकवानपुर, ३१ वैशाख । सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा आज हेटौंडा आउँदैछन् । हेटौंडामा डाटा सेन्टरको उद्घाटन गर्न बाँस्कोटा आज आउने भएका हुन् । कोरिया अन्र्तराष्ट्रिय सहयोग नियोगको सहयोगमा ३७ करोड लागतमा डाटा सेन्टर निर्माणको काम सकिएको हो । देशको महत्वपूर्ण अभिलेख सुरक्षित राख्ने काममा यो सेन्टरले सहयोग गर्नेछ । सेन्टरको सम्पूर्ण काम सकिएकोले मन्त्री बाँस्कोटाबाट […]

पाकिस्तानमा बम बिस्फोट हुँदा १६ को मृत्यु

एजेन्सी । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा बम बिस्फोट भएको छ । उक्त बिस्फोटमा परी १६ जनाले ज्यान गुमाएका छन् । स्थानीय पुलिसका अनुसार यो बिस्फोट बिहान करिब ८ बजे हजारगञ्ज इलाकामा भएको हो । समाचार एजेन्सी एपीपीका अनुसार यो बिस्फोट बजारमा राखिएको पुलिस भ्यानलाई निशाना बनाएर गरिएको थियो । पुलिसका अनुसार हजारगञ्जमा हजारा शिया […]

इथियोपियामा विमान दुर्घटना हुँदा १५७ जनाको मृत्यु

काठमाडौं २६ फागुन । इथियोपियामा विमान दुर्घटना हुँदा १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए । इथियोपियन एयरलाइन्सले विमानमा विभिन्न ३३ देशका […]

सबै सरकारी कार्यालयमा ‘ट्वीटर’ चलाउन हेल्लो सरकार तात्यो

काठमाडौं, १३ साउन । नेपालको सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा सामाजिक सञ्जाल ‘ट्वीटर’ सञ्चालन गर्ने तयारी थालिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको ‘हेलो सरकार कक्ष’ ले सबै सरकारी निकायले जनतासमक्ष सेवा र सूचना आदानप्रदान गर्नका लागि ट्वीटर सञ्चालन गर्न तयारी थालिएको हो । सरकारी कार्यालयले सबैलाई सूचना प्रदान गर्न, जनगुनासो ग्रहण गर्न र […]

नेपालमा इन्टरनेट र टेलिफोन शुल्क बढेको बढ्यै, कहिले घट्छ अरु देशमा जसरी ?

हेटौँडा, ३२ असार । नेपालमा इन्टरनेट र टेलिफोन शुल्क बढिरहँदा विश्वमा भने यसको मुल्य सस्ता पारिँदै लगिएको छ । नेपाली उपभोक्ताले भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य भएको खबर आजको नागरिक दैनिकमा समाचार छ । सरकारले यस वर्षको बजेटमार्फत दूरसञ्चार सेवा दस्तुर (टिएससी) वृद्धि गरेपछि इन्टरनेट प्रदायक कम्पनी र दूरसञ्चार सेवा प्रदायकले […]

रेडियो मेन्टिनेन्स ग्रेड थ्री तालिम सकियो

काठमाडौं, २५ असार । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, संचार निर्देशनालयमा संचालित रेडियो मेन्टिनेन्स ग्रेड थ्री तालिम १३ औं समूहको समापन भएको छ । निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. राजिव सुव्बाले आइतबार निर्देशनालयमा आयोजित एक कार्यक्रममा प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेका सैद्धान्तिक र व्यवहारिक ज्ञानलाई कार्य क्षेत्रमा […]

काठमाडौँका यी ठाउँहरुमा निःशुल्क चलाउनुस् वाईफाई

काठमाडौं, २४ असार । के तपाईँ काम विशेषले काठमाडौँ जाँदै हुनुहुन्छ वा काठमाडौँमा कतै हुनुहुन्छ ? उसो भए तपाईका लागि खुशीको खबर छ । तपाईले काठामाडौँका ७ स्थानमा निःशुल्क इन्टरनेट चलाउन सक्नुहुन्छ । काठमाडौँ महानगरपालिकाको ७ सार्वजनिक ठाउँमा इन्टरनेट जडान गरिएको कारण यो सम्भव भएको हो । करीब तीन महिनाअघि महानगरपालिका र वल्र्ड लिङ्क कम्युनिकेशन […]

अमेरिकी कब्जा अन्तरिक्षमा पनि, सुनसान अन्तरिक्षमा अमेरिकी सेना तैनाथ हुने

एजेन्सी, १८ असार । सबै क्षेत्रमा वर्चश्व राख्ने छबि बनाएको अमेरिकाले अब सुनसान अन्तरीक्षमा समेत आफ्नो सेना तैनाथ गर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालय पेन्टागनलाई अन्तरिक्ष सेना तयार गर्न आदेश दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । समाचार अनुसार अमेरिकाको उक्त अन्तरीक्ष सेना स्पेस वार तथा अन्तरीक्षमा हुने कुनैपनि खाले सम्भावित युद्धका […]

गुगल क्रोमलाई पछार्ने दाउमा फायरफक्स क्वान्टम

एजेन्सी, १३ असार । कुनै समयमा गुगल क्रोमभन्दा पनि निकै नै रुचाइएको मोजिला फायरफक्सले फेरि गुगल क्रोमलाई चुनौति दिने भएको छ । मोजिलाको नयाँ भर्सनको फायरफक्स क्वान्टमले सुरुवाती चरणमा नै क्रोमलाई टक्कर दिन थालेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यस सम्बन्धमा बिबिसीले समेत आलेख लेखेको छ । सन् २००२ मा पहिलोपटक निःशुल्क तथा ओपन […]

प्रदेश ३ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आधिकारिक वेबसाईट आजबाट शुरु

हेटौँडा, ३१ जेठ । प्रदेश नम्बर ३ को मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले आप्mनो आधिकारिक वेबसाईट आजबाट शुभारम्भ गरेको छ । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले आज वेबसाईटको शुरु भएको घोषणा गरेका हुन् । कार्यालयको वेबसाईट ocmcm.p3.gov.np मार्फत लग अन गरेर हेर्न सकिने बताइएको छ । वेबसाईट शुभारम्भ गर्दै मूख्यमन्त्री पौडेलले वेबसाईट संचालनमा ल्याउने तर […]

नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क ७५ जिल्लामा

काठमाडौँ, २५ जेठ (रासस) । नेपाल टेलिकमले आप्mना सेवाको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तारलाई तीव्रताका साथ अघि बढाइरहेको छ । कम्पनीले आगामी असार मसान्तसम्म चार सय किमी एडिएसएस अप्टिकल फाइबर जडान गर्ने लक्ष्य राखेकामा गत वैशाख मसान्तसम्ममा ३७५ किमी जडान भइसकेको छ । आगामी आर्थिक वर्ष २०७५÷७६ को प्रथम चौमासिकमा […]

हेटौँडामा नेपाल टेलिकमको विद्यार्थी अफर सिमकार्ड दोस्रो चरणमा निशुल्क वितरण हुँदै

हेटौँडा, १० जेठ । नेपाल टेलिकमले ल्याएको बिद्यार्थी अफर प्रिपेड सिमकार्ड आजबाट मकवानपुर जिल्लामा दोस्रो चरणमा वितरण शुरु गरेको छ । बैशाख ३ गतेदेखि कक्षा ८, एसईई परिक्षार्थी, कक्षा ११ र १२ को परिक्षा दिएका, ११ र १२ मा अध्यनरत तथा उच्च शिक्षा अध्यनरत गरिरहेका विद्यार्थीका लागि विद्यार्थी अफर प्रिपेड सिमकार्ड बुधबारबाट सुरु भएको हो […]

नेपाल सरकारले माग्यो फेसबुकसँग १ सय १० वटा एकाउन्टको विवरण

काठमाडौँ, ९ जेठ । नेपाल सरकारका विभिन्न निकायले समेत फेसबुकसँग विभिन्न एकाउन्टको बारेमा विवरण माग गरेको छ । नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्ट सम्बन्धी विवरण माग गरेको फेसबुकले सार्वजनिक गरेको आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ । फेसबुकले यसै साता सार्वजनिक गरेको आफ्नो ट्रान्सपरेन्सी रिपोर्टमा नेपाल सरकारबाट पटक–पटक […]