विचार

कुलमानको जयजयकार, वालुवाटारलाई जलन !

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ्को कार्यकाल सकिएसंगै प्राधिकरणमा उपकार्यकारी निर्देशक रहेका लेखनाथ कोइरालाले जिम्मेवारी पाएका छन् । उर्जा मन्त्रालयले बाह्रौँ तहका कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेको छ र, कुलमानलाई अहिलेको लागि बिदा गरेको छ । प्राधिकरणमा कुलमान आएपछि मुलुकमा लोडसेडिङ्को अन्त्य भयो । आमजनताले लोडसेडिङ् हट्नुको जस उनैलाई दिए । पटक–पटकको नेतृत्वबाट […]

सामाजिक सुरक्षा योजनामा बैदैशिक श्रमिकको महत्व

नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा नेपालमा सामाजिक सुरक्षा योजनाको कार्यक्रम सुरु भयो । यो कार्यक्रम सुरु भएको करिब २ बर्ष पुरा भएको छ । नेपालमा निजी क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई मध्येनजर गरेर सुरु गरिएको सामाजिक सुरक्षा योजनाले बिस्तारै गति लिन खोजेको देखिन्छ । अहिलेको सन्दर्भमा सामाजिक सुरक्षा योजना के हो र यसले आम […]

सरकार, कृषिका नारा घाममा सुकाइदेउ !

मकवानपुर । मलुकको ८० प्रतिसत जनसंख्या आवद्ध भएको र करिब दुई तिहाई जनसंख्याको जीविकोपार्जनसंग जोडिएको कृषि क्षेत्र राज्यको प्राथमिकतामा पर्न सकेको छैन । जसका कारण ‘कृषि आधुनिकिकरण र व्यवसायीकरण’ सरकारको नीति तथा कार्यक्रम र पार्टीका घोषणापत्रमा मात्रै सिमित बनेको छ । हामीलाई सानैदेखि हलो जोत्दा सानो भइँन्छ भनेर सिकाइयो, अझै पनि समाजको दृष्टिकोणमा कृषि सम्पानयोग्य […]

हुस्सु बन्न पुगेको भावुक पल

यस्तो शायदै कसैलाई कहिल्यै हुँदो हो । यदि कसैलाई यस्तै हुँदो हो त मभन्दा अझ धेरै हुस्सु हुँदो हो । मलाई जस्तो अरुलाई पनि हुँदो त मैलेजस्तै अनुभूति गर्दाे हो वा पृथक, त्यो त अनुभूति गर्नेले नै थाहा पाउँदो हो । अझ मजस्तो प्राप्त अनुभूतिलाई कसैलाई बताउँदो वा सार्वजनिक गर्दो हो त अन्यले पनि थाहा […]

सूचनाको हक अभियानका हर्ष र विस्मातका तेह्र वर्ष

(मितिः २०७७ भदौं ६ गते, सन्दर्भ : राष्टिय सूचना दिवस–२०७७) सूचनाको हक सम्बन्धी ऐन, २०६४ जारी भएको आज १३ बर्ष ४ दिन भइसकेको छ । पारदर्शिता, सुशासन र विधिको शासन स्थापना गर्ने उद्देश्यका साथ नागरिकले आफूले राज्यलाई तिरेको करको प्रयोग सही तरिकाले भएको छ वा छैन भन्ने कुरा थाँहा पाउन सकुन भन्ने अपेक्षा पनि सूचनाको […]

कोरोनाले सिकाएको पाठ

नेपालीहरुले विभिन्न समयमा विपतको सामना गर्दै आइरहेका छन् । २०७२ सालमा भूकम्पका कारण ठूलो क्षति व्यहोरेको नेपालमा बर्षेनी प्राकृतिक प्रकोपबाट सयौँले ज्यान गुमाउँदै आएका छन् त कतिपय घरबार विहिन भएका छन् । झन पछिल्लो समय विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस भोभिड – १९ को संक्रमणबाट नेपालमा एक किसिमको महामारीनै सिर्जना भएको छ । नेपालीहरुमा जब […]

रेणुकाको गुप्त सम्बन्ध

रेणुकाको गुप्त सम्बन्धका कारण नै परशुराम त्यत्ति क्रुर बनेका थिए र हजारौंलाई आफ्नो परशुले बध गरेका थिए । सन्दर्भ रामायणकालको हो । अहिले रामायणका विभिन्न सन्दर्भहरू प्रसङ्गवश चर्चामा छन् । जनकपुरीमा राम–सीता विवाहको समयमा परशुराम–राम सम्वाद भएको र रामलाई विष्णुको अवतार मानेको वा अत्याधिक रिसाहाको उपाधि पाएका परशुरामलाई पनि विष्णुको अवतार नै मानिएको छ । […]

कोरोनाले तर्साएको विश्व

आज सिङ्गो विश्व मानवजातिले प्राकृतिक महामारीको रुपमा देखा परेको कोभिड–१९ (कोरना) ले विश्वलाई तर्साएको छ । विश्व समुदायमा आर्थिक, सामाजिक, राजनीतिक, विश्वलाई आफ्नै किसिमको महामारीको घेराभित्र बाँधीदिएको छ । आज संसारका आफुलाई ठूला र शक्तिशाली भन्ने देशहरुलाई, उनीहरुको साथमा रहेका बारुद, एटम बम समेतलाई एउटा जीवाणु कोरोनाले तर्साइदिएको छ । मानव समुदायलाई एक्लै, एकान्तमा बस्न […]

कोभिड – १९ फैलाउने सरकार

अचम्म लाग्यो होला शीर्षक पढ्दा तपाईहरुलाई लागेको सत्य हो, किनकि नेपाल राज्यमा कोभिड उत्पत्ती भएको होइन । उत्पत्ति यहीँ भएको होइन भने त्यसको अन्त्य सुनिश्चित थियो त्यसको अन्त्य गर्नको निमित्त ध्यान नपुर्याउनाले गर्दा, आज कोभिड फैलिरहेको छ  । कोभिड फैलिनुको प्रमुख जिम्मेवारी लिनै पर्छ अहिलेको सरकारले, प्रधानमन्त्रीले, स्वास्थ्यमन्त्रीले, मन्त्रिमण्डल लगायतका तह र तप्कामा बसेका हरेक […]

मिस, प्याड दिनु न !

कक्षा नौ, सुमी र शकुन्तलाको खासखुस चल्छ। के भयो ? तिमीहरू किन हल्ला गरिराखेको ? पढाइराख्या छ, ध्यान छैनर ? खाली हल्ला मात्रै गरेका छन्, मिस रिसले चुर हुँदै हप्काउन थालिन्। हैन के, सुमी बोल्न खोज्छे। पर्दैन, नभन्, हेर है मैले भनैछु नि नभन् भनेर । भनिस् भने फेरि म बोल्दिन तँसँग कैले नि, सुमीले […]

“अभियुक्तको संवैधानिक र कानूनी हक अधिकार”

अभियुक्त त्यस्ता ब्यक्ति हुन्, जस्लाई अभियोजन पक्षबाट विपक्षी बनाई कुनै अभियोग दावी दर्ता गरिएको हुन्छ । अभियुक्त आरोपित हुन्, अपराधी होइनन् । अभियुक्त न्यायिक प्रकृयामा कसुरदार ठहर हुने वा सफाई पाई निर्दोष ठहर्ने अवस्था फरक फरक अवस्थाहरु हुन् । अभियोग लागेका ब्यक्तिको हकमा अन्तर्राष्ट्रिय कानून, संविधान र कानूनहरुले केही हक अधिकारको सुनिश्चितता गरेको हुन्छ । […]

महाभारत युद्धमा नेपालका पात्र

महाभारतलाई कतिपयले महाकाव्य मान्दछन् । यदि यसलाई महाकाव्य मात्र मान्ने हो भने यसको इतिहाससित कुनै सम्बन्ध हुँदैन । महाभारतलाई इतिहास मान्नेहरु पनि छन् । यस कृतिलाई इतिहास मानेर पनि साहित्यको भाषामा लेखिएको इतिहास मान्दछन् । यस कृतिलाई इतिहास मान्नेहरुले के तर्क दिन्छन् भने जुन समयमा यो कृतिको रचना भयो, त्यस समयमा पुस्तकहरुको रचना छन्दमा नै […]

रुपचन्द्र विष्टसंग हामी संगै रहँदा

“शत्तामुखि राजनीतिमा शोषणका निम्ती शासन,शासन निम्ती शोषण हुन्छ भने जनमुखी राजनीतिमा अधिकारको निम्ती राजनीति तथा समाज हितका निम्ती विकास,विकासको निम्ती समाज हुन्छ यहि चलाऔ ।” यहि भनाइले अन्ततः म राजनैतिक हिसावले रुदानेको निर्वाचनलाइ सघाउन रुदानेको वोलावटमा २०३८ साल वैसाखमा हेटौँडा  पुगेँ । त्यसबेला हेटौँडामा रुपचन्द्रको सम्पर्क थलो हरिकृष्ण विष्ट र शिव कार्कीको घर रहेछ । […]

शक्तिको आडमा चलेको सेवा प्रदायक संस्था

समयसंगै मानिसहरुको आचरण पनि परिवर्तन भइरहेको छ । जसरी समय परिवर्तन हुँदै गइरहेको छ सोही अनुसार मानिसहरु पनि परिवर्तन हुँदै गइरहेका छन् । पछिल्लो घटना क्रमले मानिसहरुमा पहिले जस्तो आचरण नभएको प्रष्ट देख्न सकिन्छ । अहिले मानिसहरु स्वार्थी भएका छन् । समय र भाग्यले साथ पाएकाहरु माथी माथी सफलताको उचाइमा छन् भने कम भाग्यमानी र […]

नवसन्यासको निम्तो तिमीलाई  !

लामो समयपछि तिमीलाई भेट्न मन लाग्यो । भिडभाडबाट साह्रै थाकेपछि तिमीलाई फोन गरेँ – कहाँ छौ भनेर तिमीले पनि भेट्ने ठाँउ बतायौ । ब्यग्रतापूर्वक गन्तब्यमा पुगेँ, भेट भइहाल्यो । लाग्दै थियो म प्रति तिमिले कस्तो प्रतिक्रिया जनाउँछौँ भनेर ! उही कपडा, उही चेहेरा, तिमीलाई टाढाबाट पनि सजिलै चिन्न गाह्रो नपर्ने । तिमीले हाइ हेल्लो केहिपनि […]

राष्ट्रवाद के हो ?

नेपालमा यतिबेला राष्ट्रवादको बहस उत्कर्षमा छ । विश्वविद्यालयहरूदेखि सामान्य चिया पसलसम्म यसै विषयमा विमर्श जारी छ । कोरोना महामारीको जटिल र चुनौतीपूर्ण घडीमा समेत राज्य एवं नागरिक दुवै तहमा गुप्त र खुला छलफल व्याप्त छ । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले यस्तो परिस्थिति निर्माण गरिदिएको हो । छिमेकी राष्ट्र भारतले नेपालका भूभागहरू आफूतिर राखेर नक्सा […]

कसलाई बौद्धिक मान्ने ?

कसलाई बौद्धिक मान्ने ?, कुन आधारमा मान्ने या छुट्याउने ?, बौद्धिकता छुट्याउने कुनै गतिलो आधार छ ? या कुनै निकायले तपाई बौद्धिक व्यक्तित्व हुनुहुुन्छ भनेर प्रमाणपत्र दिने गरेको छ ? यी प्रश्नहरु गरिरहँदा तपाईलाई अचम्म लाग्ला तर आफुलाई बौद्धिक वर्ग भन्दै प्रचार गर्ने तर मानविय चेतना गुमाउँदै गएका केही त्यस्ता व्यक्तिहरुको कारण आम नागरिकहरुमा बौद्धिक […]

लकडाउनमा कृषि क्रान्ति गरौँ

अहिले विश्वभर कोरोना भाइरस (कोभिड – १९) को संक्रमणको जोखिम बढीरहेको अवस्था छ । नेपालमा पनि संक्रमणको जोखिम दिनप्रतिदिन बढीरहेको छ । जोखिम बढीरहेको सन्दर्भमा अहिले संघीय सरकारले देशैभर लकडाउन गरेको छ । संक्रमणबाट बच्न नागरिकहरु लकडाउनको पालना गरिरहेका छन् । राजधानी काठमाडौँलगायत मुलुककै मूख्य शहरहरुमा विभिन्न रोजगारीका लागि पुगेका नागरिकहरु पनि अहिले अधिकाँश गाउँघरमै […]

कोभिड – १९ महामारी तथा लकडाउनमा बुद्धका उपदेशहरूको सान्दर्भिकता

कोभिड– १९ को महामारीको कारण लकडाउनको अवस्थामा हामी सबै नेपालीहरू आ–आफ्नै घरमा छौँ । यो लेखमा बुद्धले मानव जगतलाई दिनु भएको चार आर्य सत्यहरू, पञ्चशिल र अष्टाङ्गिकमार्गहरूको यो विषम परिस्थतिमा सान्दर्भिकतालाई विश्लेषण गर्न खोजिएको छ । बुद्धका उपदेशहरू आफ्नो साथका रहेका केही साधुहरूलाई दिएका थिए । जुन गुरू शिष्य परम्पराबाट आजको दिनसम्म आएको मानिन्छ । […]

समाज विकासमा युवा र अन्तरनिर्भरता सिद्दान्त

पृष्ठभुमी म चौध बर्ष अध्ययन अनुसन्धान, विकास क्षेत्रका साथै नीजि व्यापारिक क्षेत्रहरुमा व्यवस्थापकीय रुपमा काम गरेको र स्नातकोत्तरसम्म मानविकी संकायमार्फत् समाजशास्त्रमा अध्ययन गरेको व्यक्ति, एक दिन एक जना युवाले मलाई प्रश्न गर्नुभयो : तपाईले कहाँसम्म अध्ययन गर्नु भएको छ ? मैले मेरो योग्यता बताएँ । फेरी उहाँले प्रश्न गर्नुभयो : तपाइको योग्यताले सामाजिक हिसाबमा के […]