समाचार

मकवानपुर प्रहरीद्वारा लकडाउन अवज्ञा गर्ने ७४ जना पक्राउ, ३ सय १२ वटा सवारी नियन्त्रणमा

मकवानपुर २२ चैत । लकडाउनको अवधिमा अत्यावश्यक काम नपरी सडक डुल्ने र सवारी चलाउनेहरुलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिइ अवस्था हेरेर कारबाही गरेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरिक्षक सुजन पाठकले दिनुभएको जानकारी अनुसार लकडाउनको अवज्ञा गर्ने ७४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सम्झाइ बुझाइ छाडेको छ । लकडाउनको ११ औँ दिनसम्म […]

कोरोना प्रभाव –अष्ट्रेलिया सरकारद्वारा अस्थायी भिसा भएकाहरुलाई आफ्नै देश फर्कन आग्रह

काठमाडौँ २२ चैत । अष्ट्रेलिया सरकारले अस्थायी भिसा भएका विदेशीहरुलाई घर फर्कन सुझाएको छ । नेपाली विद्यार्थीहरुको अध्ययन र कमाइका हिसाबले राम्रो गन्तव्य बनको अष्ट्रेलियामा ६ महिनासम्म आफ्नो खर्च धान्न नसक्नेहरुलाई घर फर्कन सुझाइएको छ । अष्ट्रेलिया सरकारले कोरोना भाइरस को महामारीका कारण आर्थिक मन्दी र बेरोजगारी बढेको भन्दै सरकारले विद्यार्थी, दक्ष कामदार र पर्यटकलाई […]

मकवानपुरको थाहा नगरमा २५ वेडको क्वारेन्टाइन तयारी अवस्थामा

मकवानपुर २२ चैत । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाले कोरोना भाइरसको संक्रमणको जोखिम्लाई मध्येनजर गर्दै सतर्कता अपनाएको छ । नगरपालिकाले वडा नम्वर ६ मा क्वारेन्टाइन स्थापना गरी संचालनको लागि तयारी अवस्थामा राखेको जानकारी दिएको छ । उक्त क्वारेन्टाइनमा १ जना चिकित्सक, २ जना नर्श, ३ जना अनमीसहित जम्मा ६ जना जनशक्ति तयारी अवस्थामा रहेकोसमेत नगरपालिकाले […]

लकडाउनमा अनावश्यक बाहिर हिड्ने १६ जना प्रहरीको फन्दामा

बारा २२ चैत । लकडाउनको अवधिमा जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको निषेधाज्ञा पालना नगर्ने १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले तु खबरलाई जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार उहाँहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय पठाइएकोमा प्रशासन कार्यालयले जरिवाना गरी आज छोडेको हो । प्रशासन कार्यालयले […]

अवैध लागूऔषधसहित डेण्डी,सुनार र यादव पक्राउ

काठमाडौं, २२ चैत / काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुलीबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ ग्राम सहित काठमाडौं गौशाला बस्ने सोलुखुम्बु घर भएका २७ वर्षीय निमा डेण्डीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बा।३४ प ३७४६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक डेण्डीलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । […]

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा राई पक्राउ

पाँचथर, २२ चैत / धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा मिक्लाजुङ गाउँपालिका-७ लेकगाउँ बस्ने २६ वर्षीय रामचन्द्र राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । राईले गत शनिबार सोही ठाउँ बस्ने ५१ वर्षीया गंगा देवी राई लगायत ४ जनालाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खान्द्रुङ र […]

कोरोनाबारे सरकारले सूचना लुकायो – विप्लव

काठमाडौँ २२ चैत । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कारोना बारे सरकारले सूचना लुकाएको आरोप लगाएको छ । सरकारले कारोना संक्रमणका कारण मृत्यु भएकाहरुको सूचना लुकाइरहेको आरोप प्रतिबन्धित नेकपाका महासचिव विप्लवले लगाउनुभएको हो । आज शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लवले कोरोनाका आशंकामा निजी क्षेत्रबाट चलेका अस्पतालले बिरामीको उपचार गर्न अस्वीकार गरेको र केहीको […]

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा लिम्बु पक्राउ

मोरङ, २२ चैत /छिमेकीलाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा पथरी शनिश्चरे नगरपालिका-१ सुनाखरी चोक बस्ने २७ वर्षीय बिजय लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । जग्गाको साँध सिमानाको बिषयको विवादमा लिम्बुले छिमेकी ६५ वर्षीय दिलिप तामाङलाई छुरा प्रहार गर्दा घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले लिम्बुलाई पक्राउ गरेको […]

घरेलु मदिरा ओसारपसार गर्ने सुनिल पक्राउ

काठमाडौं, २२ चैत / लकडाउनको अवस्थामा घरेलु मदिरा ओसारपसार गर्ने ललितपुर सानेपा घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० सतुंगल बस्ने ४० वर्षीय सुनिल महर्जनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारामा थानकोटदेखि कलंकीतर्फ जाँदै गरेको बा।३८ प ९१४७ नम्बरको मोटरसाइकलमा २२ लिटर घरेलु मदिरा ओसारपसार गरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको […]

विरामी बोक्न छाडेर यात्रु ओसार्ने ३ वटा एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लियो

काठमाडौँ २२ चैत । सरकारले कोरोना भाइरस नफैलियोस् भन्नका लागि देशैभर लकडाउन घोषणा गरेको छ । लकडाउनमा अत्यावश्यक सवारी साधन चलाउन सकिन्छ तर अत्यावश्यक सवारी चलाउने पाइिने भएपनि सवारीको दुरुपयोग भने गर्न मिल्दैन । बढी पैसा कमाउने उदेश्यले बिरामी छाडेर यात्रु बोक्ने ३ वटा एम्बुलेन्सलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रपुरमा […]

आगलागीबाट डेढ करोड भन्दाबढीको धनमाल जलेर नष्ट

काठमाडौं, २२ चैत / कपिलवस्तु, बिजयनगर गाउँपालिका-१ गुगौलीस्थित गाउँमा शुक्रबार दिउँसो आगलागी हुँदा फुसले छाएका १८ वटा घर र ७ वटा पक्की घर समेत जलेर करिब १ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यसैगरी कपिलवस्तु, शुद्धोधन गाउँपालिका-२ भुसुदी बस्ने राम बृक्ष धोबीको गोठमा शुक्रबार राति आगलागी हुँदा निजको गोठ तथा छिमेकी श्रीराम […]

मोटरसाइकल दुर्घटनामा परी हरिजनको मृत्यु

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २२ चैत / सरावल गाउँपालिका-७ गणेशपुरस्थित सडकमा भारतीय नम्बर प्लेटको मोटरसाइकल दसर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । युपि ५७ क्यू ५६४३ भारतीय नम्बर प्लेटको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय अजित हरिजनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको […]

कोरोना संक्रमणबाट कोरियामा एक जना चिकित्सकको मृत्यु

कोरोना भाइरसबाट सङ्क्रमित एक कोरियन चिकित्सकको शुक्रबार मृत्यु भएको छ । उहाँ कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । आफूमा कोरोना सङ्क्रमण भएको पाइएपछि उहाँ मार्च १९ देखि ख्याङ्बुक नेसनल युनिभर्सिटी अस्पताल थेगुमा उपचार गराइरहनुभएको थियो । उनलाई आफ्नो मेडिकलमा आएका सङ्क्रमितबाटै जाँच गर्ने क्रममा सङ्क्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ । कोरियामा कोरनाका कारण […]

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गर्ने

बुद्धिप्रसाद नेपाल सौल दक्षिण कोरिया २२ चैत । विश्वभर फैलिरहेको कोरोना भाइरसले दक्षिण कोरियामा २ महिनासम्म जनजीवन अस्तव्यस्त बनाएको भएपनि अहिले भने कोरोनाको संक्रमण न्यून हुँदै गएको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले दक्षिण कोरियाले जनाएको छ । कोरिया सरकारले कोरोनालाई लगभग नियन्त्रण लिइसकेको अवस्थामा कोरियामा रहेका नेपालीहरुलाई सचेत हुनुपर्ने तर त्रसित नहुन आग्रह समेत गरिएको […]

बलात्कारको आरोपमा २ जना युवक पक्राउ

काठमाडौँ २२ चैत ।  एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरका एक युवकलाई पक्राउ गरेको छ । बेलकोटगढी नगरपालिका ७ मा सहचालकका रुपमा काम गर्दै आएका भोजपुर पौवादुम्बा –५ का २१ वर्षीय सत्यकुमार राईलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो । आरोपित राईले बेलकोटगढी, दुईपिपलकी युवतीलाई ललाईफकाई गत सोमबार […]

फ्रान्समा ६ हजार ५ सय ७ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ २२ चैत । फ्रान्समा एकै दिनमा ११ सय २० जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् । हालम्म त्यहाँ ६ हजार ५ सय ७ जनाको कोरोनाकै संक्रमणबाट मृत्यु भएको पुष्टी भएको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार हालसम्म कूल संक्रमितको संख्या ६४ हजार ३ सय ३८ पुगेको छ । यहाँ एकैदिन ५ हजार २ […]

विपन्नको सहारा बन्दै तरुण नेता भेटवाल

मकपानपुर २२ चैत । कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागि सरकारले देशैभर लकडाउन गरेको छ । लकडाउनको समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्बाह गर्नेहरु विहान बेलुका हातमुख कसरी जोड्ने भन्ने चिन्तामा छन् । विशेषगरी मकवानपुरको राक्सिराङ गाउँपालिका भौगोलिक दृष्टिकोणले विकट मानिन्छ । दैनिक ज्यालादारी नगरीकन छाक टार्न नसक्ने परिवारको संख्या राक्सिराङमा मात्र करिब १ हजार […]

राष्ट्रपति विद्यादेवि भण्डारीले देशबासीको नाममा सम्बोधन गर्नुहुँदै

काठमाडौँ २१ चैत । राष्ट्रपति विद्यादेवि भण्डारीले देशबासीको नाममा आज शुक्रबार सम्बोधन गर्दैहुनुहुन्छ । उहाँले केही बेरमै सम्बोधन सुरु गर्ने जनाइएको छ । कोरोना संक्रमणबारे उहाँको सम्बोधन रहने जनाइएको छ ।

भोेरद्वारा महानायक सम्मान प्रदान गर्ने घोषणा

मकवानपुर २१ चैत । भोर नामक संस्थाले कोरोना महासंकट निवारणमा उल्लेखनीय योगदान गर्नेहरुलाइ महानायक सम्मान प्रदान गर्ने घोषणा गरेको छ । भोरका अध्यक्ष राजकुमार महतोले दिएको जानकारी अनुसार कोरोना नियन्त्रणमा अनुकरणीय कार्य गर्ने विभिन्न व्यक्तित्वहरुलाई यो संकट समाधान भएपछि विशेष कार्यक्रम आयोजना गरी महानायक सम्मान प्रदान गर्ने जानकारी दिनुभयो । उहाँले तल उल्लेखित विद्यामा महानायक […]

अत्यावश्यक काम नपरी बजार डुल्नेको ८८ सवारी साधन प्रहरीको नियन्त्रणमा

मकवानपुर २१ चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले अत्यावश्यक काम नपरी बजार डुल्नेहरुको ८८ सवारी साधन नियन्त्रणमा लिएको छ । त्यसमध्ये केहीलाई सम्झाइ बुझाई छाडिएको छ भने बाँकीको हकमा अवस्था हेरी निर्णय लिइने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । लकडाउन प्रभावकारी बनाउन व्यापक प्रहरी परिचालन गरिएको भएपनि नागरिकले अटेरी गरिरहेको बुझाई प्रहरीको छ । […]