समाचार

इलामको एक मतदान केन्द्रमा महिला मात्रै कर्मचारी

इलाम, १९ मंसिर/रासस :यही मंसिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । इलाम नगरपालिका–४ स्थित रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन...

लोकतान्त्रिक गठबन्धनको जीतलाई कसैले रोक्न सक्दैन : उम्मेदवार कमल थापा

हेटौँडा, १८ मंसिर। लोकतान्त्रिक गठबन्धले आफ्नो अन्तिम चुनावी सभा हेटौँडामा सम्पन्न गरेको छ । सभालाई तर्फबाट मकवापुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले सम्बोधन गरेका थिए । हेटौँडा बजारको बुद्धचोकमा भएको सभालाई सम्बोधनका क्रममा थापाले मकवानपुरमा लोकतान्त्रिक गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने बताएका छन् । उपप्रधानमन्त्री...

पोखरीमा डुबेर बालकको मृत्यु

खोटाङ, १८ मंसिर/रासस :पोखरीमा डुबेर खोटाङमा १८ महिने बालकको मृत्यु भएको छ । घर छेउमा पालिएको माछापोखरीमा डुबेर रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका युकेस राईको आज मृत्यु भएको हो । आमा बिरामी परेका कारण हजुरआमाको रेखदेखमा रहेका बालक हजुरमा गाईवस्तुलाई घाँस दिन गएर फर्कदा घरमा नभेटिएपछि खोज्दा पोखरीमा डुबेको अवस्थामा...

काँग्रेस नेता गगन थापामाथि बम प्रहार

काठमाडौँ, १८ मंसिर/रासस : चुनाव प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापामाथि बम प्रहार भएको छ । बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा घरदैलो गरिरहेका बेला अज्ञात समूहले थापालाई केन्द्रित गरी बम प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, बरिष्ठ प्रहरी उपरीक्षक रबीन्द्र...

आज राति १२ बजेबाट मौनअवधि शुरु हुने

काठमाडौँ, १८ मंसिर/रासस : निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेपछि निर्वाचनको मौनअवधि शुरु हुने जनाएको छ । मौनअवधि शुरु भएपछि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार,...

मातृ शोकमा परेका मैनालीको यस्तो छ जनताप्रति चिन्ता

मकवानपुर १७ मसिंर । नयाँ शक्ति पार्टी मकवानपुरका प्रदेशसभा क्षेत्र नम्वर १ (ख) का उम्मेदवार राजन मैनालीले आमाको असमायीक निधनको कारण आफु चुनाव प्रचारको क्रममा जनताको घर दैलोमा पुग्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । तु खबर संग कुराकानी गर्दै मैनालीले आफु जनताको घरदैलोमा पुग्न नसकेपनि जनताले नयाँ शक्तिको...

नुवाकोटमा टिपर दुर्घटना हुँदा पाँच घाइते

नुवाकोट, १७ मंसिर । नुवाकोटको किस्पाङ गाउँपालिका–५ शान्तिबजार नजिकै आज टिपर दुर्घटना हुँदा टिपरका चालकसहित पाँचजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बा ४ ख ७९२७ नम्बरको टिपर त्रिशूलीबाट मैलुङतर्फ गइरहेको समयमा शान्ति बजार नजिकै नयाँ पुलमा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको थियो...

सडक विस्तारपछि सुन्तलाले बजार पायो

बाबियाचौर, म्याग्दी, १८ मंसिर । विगतका वर्षमा सस्तो मूल्यमै सुन्तला बिक्री गर्दै आउनुभएका यहाँका किसानले सडक विस्तारपछि उचित मूल्य पाउन थालेका छन् । धौलागिरि गाउँपालिका– ७ ताकमका भेषनाथ गौतमले मंसिर पहिलो हप्ता धादिङका व्यापारीलाई सुन्तला ठेक्कामा दिनुभयो । उहाँले प्रतिकिलो रु ४२ का दरले सुन्तला बिक्री गर्नुभएको हो ।...

माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता

जुम्ला, १७ मंसिर । न कोलियामा बत्ती छ, न त सुताइबसाइँमा न्यानोपन । नवनिर्मित उच्च सरकारी वकिल कार्यालयको सिमेन्टको कोलियामा मतपेटिका कुर्न बसेका दलका कार्यकर्तालाई माइनस पाँच डिग्री सेन्टिग्रेडको चिसो, कालो र लामो रात काट्न निकै सकस भएको छ । मंसिर १० गते बेलुकादेखि मतपेटिका कुर्दै आएका लोकतान्त्रिक तथा...

प्रदेश नं २ : चुनावमा सहभागी हुन मतदाता आतुर

–शीतलप्रसाद महतो कलैया, बारा, १७ मंसिर । यतिखेर अन्य प्रदेश जस्तै प्रदेश नं २ का आठ जिल्ला पनि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा होमिएका छन् । दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी हुन प्रदेश नं २ का मतदातामा उत्साह छाएको देख्न सकिन्छ ।...