समाचार
उम्मेदवारी फिर्ता नलिने राउतको अडान
मकवानपुर १९ मंसिर । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न पुष २७,२८ र २९ गते हुने निर्वाचनको लागि हालका महासचिव समेत रहेका महेन्द्र राउतले जुनसुकै हालतमा पनि आफ्नो उम्मेदवारी फिर्ता नलिने बताएका छन् । आज हेटौंडामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी राउतले व्यवसायीको हितका लागि आफ्नो उम्मेदवारी रहेको समेत स्पष्ट...
सुन्तला उत्पादनमा कमी आएपछि किसान चिन्तित
पाल्पा, १९ मंसिर/रासस : यस वर्ष जिल्लामा सुन्तला उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन् । फूल फुल्ने समयमा असिना पर्नु र विभिन्न किसिमका रोगको आक्रमणले सुन्तला उत्पादनमा कमी आएपछि किसान मर्कामा परेका हुन् । सुन्तला खेती गरी जीविकोपार्जन गर्ने परिवारका लागि कम उत्पादनले समस्या भएको छ । रिब्दीकोट...
सहायक मतदान अधिकृतको मृत्यु
धनगढी, १९ मंसिर/रासस : कैलालीको निर्वाचन क्षेत्र ४ को कालिका प्रावि मतदान केन्द्र ख मा खटिएका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्यायको हृदयाघातका कारण मृत्यु भएको छ । बाजुरा निवासी उपाध्याय जिल्ला प्रशासन कार्यालय कैलालीमा नायब सुब्बामा कार्यरत थिए । मतदान केन्द्र नजिकै रहेको मसुरिया बजारमा सामान किनमेल गर्ने क्रममा...
मतपत्र च्यात्नेलाई मतगणनामा राख्दैनौँ : मुख्य निर्वाचन अधिकृत शर्मा
चितवन, १९ मंसिर/रासस : स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने भएको छ । मतपत्र च्यातेको अभियोगमा माओवादी केन्द्र निकट मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा चलिरहेको छ । उनीहरु जनही रु एक–एक लाख धरौटीमा छुटेका हुन् । नेपाल...
उम्मेदवारमाथि अज्ञात समूहद्वारा छुरा प्रहार
लहान, १९ मंसिर/रासस : अज्ञात समूहले गएराति सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदीको किनारामा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ । उक्त गाउँपालिकाको कमलदाहाबाट घरदैलो सकेर फर्किने क्रममा राति करिब १० बजेतिर नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट सप्तरी क्षेत्र नं ४ ख का प्रदेशसभा उम्मेदवार बनेका मो सहमुद अलीमाथि...
पडौल धर्मशालामा शव फेला
गौशाला, १९ मंसिर/रासस : महोत्तरी जिल्लाको बलवा नगरपालिका–३ स्थित पडौल धर्मशालामा सोमबार एक पुरुषको शव फेला भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार बलवा नगरपालिका–३ स्थित पडौल धर्मशालामा जिल्लाको मनरा नगरपालिका–१ बस्ने ५२ वर्षीय चन्दर मण्डलको शव फेला परेको छ । घरदेखि करिब १०...
उम्मेदवार भट्टको घर नजिक बम विष्फोट
कैलाली, १९ मंसिर/रासस : कैलाली निर्वाचन क्षेत्र नम्बर ४ वाम गठबन्धनका साझा उम्मेदवार लेखराज भट्टको घर नजिकै बम विष्फोट भएको छ । भट्टको घरबाट तीनसय मिटर टाढा रहेको नालामा आज बिहान करिब ४ बजेतिर बम विष्फोट भएको इलाका प्रहरी कार्यालय, अत्तरियाले जनाएको छ । बम विष्फोटबाट कुनै क्षति नभएको...
इलामको एक मतदान केन्द्रमा महिला मात्रै कर्मचारी
इलाम, १९ मंसिर/रासस :यही मंसिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । इलाम नगरपालिका–४ स्थित रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन...
लोकतान्त्रिक गठबन्धनको जीतलाई कसैले रोक्न सक्दैन : उम्मेदवार कमल थापा
हेटौँडा, १८ मंसिर। लोकतान्त्रिक गठबन्धले आफ्नो अन्तिम चुनावी सभा हेटौँडामा सम्पन्न गरेको छ । सभालाई तर्फबाट मकवापुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले सम्बोधन गरेका थिए । हेटौँडा बजारको बुद्धचोकमा भएको सभालाई सम्बोधनका क्रममा थापाले मकवानपुरमा लोकतान्त्रिक गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने बताएका छन् । उपप्रधानमन्त्री...
पोखरीमा डुबेर बालकको मृत्यु
खोटाङ, १८ मंसिर/रासस :पोखरीमा डुबेर खोटाङमा १८ महिने बालकको मृत्यु भएको छ । घर छेउमा पालिएको माछापोखरीमा डुबेर रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका युकेस राईको आज मृत्यु भएको हो । आमा बिरामी परेका कारण हजुरआमाको रेखदेखमा रहेका बालक हजुरमा गाईवस्तुलाई घाँस दिन गएर फर्कदा घरमा नभेटिएपछि खोज्दा पोखरीमा डुबेको अवस्थामा...