पर्सा क्षेत्र नं. २ (१) प्रदेश सभामा कांग्रेसका पटेल निर्वाचित

तु खबर संवाददाता
२०७९ मंसिर ६,मंगलवार १६:४९

वीरगञ्ज । पर्साको निर्वाचन क्षेत्र नं. २ (१) प्रदेश सभामा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १ हजार ६५७ मतान्तरले पराजित गर्दै पटेल प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

पटेलले १३ हजार ७८४ मत प्राप्त गर्दा यादवले १२ हजार १२७ मत प्राप्त गरे । २०७४ सालमा पनि यो क्षेत्रबाट नेपाली कांग्रेसले नै जितेको थियो । कांग्रेसका राजेश्वरप्रसादले १० हजार २५९ मत ल्याएर निर्वाचित भएका थिए ।