तु खबर टिभी

सिसिटिभी फुटेज– साथीको मनि ट्रान्सफरमा यसरी भयो चोरी

हेटौँडा, १४ भदौ । मकवानपुरको हेटौँडा १० राप्तीरोड नवलपुर टेम्पो पार्क नजिक रहेको साथीको मनी ट्रान्सफरमा ताला फुटाई रकम लुटिएको छ । मनी ट्रान्सफरमा ७० हजार नगद र रिचार्ज कार्डहरु समेत गरि १ लाख २५ हजारभन्दा बढी रम लुटिएको छ । रकम लुटिएको पुष्टि प्रहरीले पनि गरेको छ । सिसिटिभी फुटेजमा लुटेराले यसरी लुटेको देखिएको […]

हेटौँडाका गायक डेसस सेन्साको ‘आमा’ म्यूजिक भिडियो रिलिज (भिडियो सहित)

–चन्द्र घलान हेटौँडा, ७ भदौ । हेटौँडेली गायक डेसस सेन्साको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सेन्साले तु खबर डटकमको अफिसियल युट्युब च्यानलमार्फत आफ्नो ‘आमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । नितेश रिजालको एरेञ्जमा बनेको गीतमा गायक सेन्साकै शब्द छ । बाध्यताले आमाको काख र जन्मभूमिबाट टाढा भएका एक छोराको पिडा […]

चर्चित गायक कमल के क्षेत्रीको खुलासा–‘छिट्टै बिहे गर्दैछु’

हेटौँडा, ०२ भदौ । कुनै समयमा मन पराएको मान्छेलाई ‘आई लभ यु’ भन्न नसकेको पछि चर्चित गीत ‘आई लभ यु, मैले भन्नै सकिन’ बोलको गीत गाएका चर्चित गायक कमल के क्षेत्रीले अन्ततः आफुले चाँडै बिहे गर्ने कुराको खुलासा गरेका छन् । तु खबरसँगको अन्तरवार्तामा उनले ‘डबल माया’ बोलको गीतको बारेमा चर्चा गर्दै भविष्यमा आफु छिट्टै […]

‘ए सरकार’ को म्युजिक भिडियो भीमफेदी गाइजद्वारा सार्वजनिक (भिडियो सहित)

हेटौँडा, २७ साउन । पत्रकार तथा साहित्यकार गिरिजा अधिकारीको शब्दमा रहेको ‘ए सरकार, हामी भयौँ बेरोजगार, कहिले हुन्छ हाम्रो घरबार’ बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको दिन पारेर भीमफेदी गाइजले यो म्युजिक भिडियोलाई बजारमा ल्याएको हो । पुष्पन प्रधानले स्वर दिएको गीतमा विकास पाण्डेको संगीत छ । रिकेश गुरुङ ‘की’ […]

लाईभ भिडियो–हेटौँडामा स्थानीय र प्रहरीको झडप, यसरी प्रहार भयो अश्रु ग्यास

मकवानपुर, २१ साउन । आईतबार टिप्परको ठक्करबाट मोटरसाईकलमा सवार एक युवकको ज्यान जानुका साथै थप एक गम्भिर घाईते भएपछि क्षतिपूर्ति सहित अन्य माग राखेर प्रदर्शनमा उत्रिएको स्थानीयमाथि प्रहरीले आज अश्रु ग्यास प्रहार गरेको छ । स्थानीय र प्रहरीको झडपमा नेपाल तरुण दल हेटौँडा नगर अध्यक्ष सुनिल गिरी सहित २ जनालाई पक्राउ समेत गरिएको छ । […]

यसरी भयो हेटौंडाका पानी उत्पादन गर्ने कम्पनीमा अनुगमन

मकवानपुर १७ साउन । मकवानपुरको हेटौंडामा रहेका पानी उत्पादक कम्पनीहरुको अनुगमन मकवानपुरको प्रशासनले गरेको छ । माई चोईस , आक्वा टाईम र अमृत जल नामक पानीमा किरा भेटिएको समाचार तु खबरमा प्रकाशन भएपछि जिल्ला प्रशासनको नेतृत्वमा सरोकारवाला निकायका प्रमुख र पत्रकारहरु सहित आज पानी कम्पनीहरुको अनुगमन भएको हो । अनुगमनका क्रममा पानी कम्पनीहरुमा कुच्चीएको जार […]

विरोध र्याली गर्दै हेटौँडाको सडकमा यसरी उत्रिए काँग्रेस कार्यकर्ताको हुल (भिडियो)

मकवानपुर, १५ साउन । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज देशभर सरकार विरुद्ध सडकमा विरोध प्रर्दशन गर्ने केन्द्रीय कार्यक्रम अनुसार मकवानपुरमा समेत विरोध प्रदर्शन भएको छ । कांग्रेसले सरकार विरुद्ध कार्यकर्ता सडकमा उतारेर विरोध जनाएको हो । नेपाली काँग्रेस मकवानपुर जिल्ला पार्टी कार्यालयबाट सुरु भएको विरोध र्यालीले मकवानपुरका विभिन्न क्षेत्र परिक्रमा गरेको थियो । सरकारविरुद्ध कडा […]

हेर्नैपर्ने भिडियो–केपी ओली सरकारको विरुद्धमा बानियाँको कडा टिप्पणी

मकवानपुर, २१ असार । काँग्रेस प्रदेश नम्बर ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखहरुको पद खोसिनु भनेको सरकारको दम्भ भएको आरोप लगाएका छन् । आज प्रदेश नम्बर ३ को प्रदेशसभामा बोल्दै उनले नेपाली काँग्रेसले हिजोका दिनमा मानवताका हिसाबले सबै कुरा त्यागेर शान्ति सम्झौतामा आएको स्मरण गरे । उनले केपी शर्मा ओलीको निर्णय दम्भमा आएको […]

काँग्रेस जिल्ला सभापतिहरुको भेलाको भित्री रहस्य के हो ? यसो भन्छन् सांसद ईन्द्रबहादुर बानियाँ (हेर्नुहोस् भिडियो)

मकवानपुर, ०२ असार । नेपाली काँग्रेस मकवानपुरका जिल्ला सभापति एवं सांसद ईन्द्रबहादुर बानियाँले यही असार ५,६ र ७ गते हेटौँडामा हुन गइरहेको काँग्रेस जिल्ला सभापतिहरुको भेला महत्वपूर्ण रहेको बताएका छन् । ७७ वटै जिल्लाका सभापतिहरुको भेलाले काँग्रेसमा भएका गुटउपगुटहरुको समेत अन्त्य गर्ने ठोकुवा गरेका छन् । भेलाले महत्वपूर्ण विषयहरु टुङ्ग्याउने बारेमा उनले मुख खोलेका छन् […]

प्रदेश ३ को बजेट ३५ अर्ब ६१ करोड : हेटौंडा काठमाडौँ सुरुङमार्ग संभाव्यता अध्ययन गरिने – हेर्नुहोस् भिडियो

मकवानपुर, १ असार / आज प्रदेश नम्बर ३ को सरकारले आउँदो वर्षको बजेट सँसदमा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले ३५ अर्ब, ६१ करोड ५६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । मन्त्री ढुंगेलले संघीय समानुकरण अनुदानबाट ५ अर्व ९६ करोड ९७ लाख, आन्तरिक राजश्वबाट ९ अर्ब ३३ करोड ३६ […]

मूल्यवृद्धिविरुद्ध हेटौँडामा तरुण र नेविसंघको प्रर्दशन : केपी ओलीविरुद्ध यस्तो लाग्यो नारा – हेर्नुहोस् भिडियो

मकवानपुर । नेपाली काँग्रेस आवद्ध नेपाल तरुण दल र नेवि संघले हेटौंडामा मूल्यवृद्धि विरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । राँके जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले ठाउँठाउँमा प्रदर्शनकारीमाथि हस्तक्षप गरेको थियो । मसाल खोस्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँमा तानातान समेत भएको छ । तरुण दलका जिल्ला अध्यक्ष इश्वर पाठक, नगर सभापति सुनिल गिरी, नेविसंघ […]

बानियाँले संसदमा नेकपाको सरकारलाई यसरी थर्काए, हेर्नुहोस् भिडियो

हेटौँडा, १४ जेठ । ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारलाई घमण्ड नगर्न चेतावनी दिएर संसदमै हल्लाखल्ला मच्चाइदिएका छन् । प्रदेशसभामा आइतबार विशेष समयमा बोल्दै नेता बानियाँले प्रदेश सरकारको एक सय दिनको समिक्षा गर्दै जनताको हितमा काम नगर्ने र घमण्डमात्र प्रर्दशन गरिरहेमा जनताले आगामी निर्वाचनबाट नेकपालाई पूर्ण विराम लगाईदिने बताउँदै […]

हेटौँडा उपमहानगरपालिका कार्यालयमा सेवाग्राहीको ठेलमठेल (भिडियो सहित)

–बलराम पुडासैनी हेटौँडा, २३ चैत । हेटौँडा उपमहानगरपालिकाको कार्यालय सेवाग्राहीमैत्री हुनुपर्नेमा आजभोलि सकसपुर्ण बन्न थालेको छ । सामान्य काम लिएर आएका सर्वसाधारणहरु दिनैभरी ठेलमठेल गरेर बसीरहेका हुन्छन् । साथै केहि कामको प्रक्रियाको बारेमा अत्तोपत्तो नभएर कार्यालयमा फनफनी घुमीरहेका देखिन्छन् । त्यसोत हालसालै हेउनपामा पुग्ने जो सुकै सेवाग्राही पनि दिक्क मान्न थालेका छन् । सर्वसाधारणलाई कामको […]

जिल्ला प्रशासन मकवानपुरमा भित्र खाली , बाहिर अस्तव्यस्त सवारी पार्किङ (भिडियो सहित)

बलराम पुडासैनी मकवानपुर, ९ चैत । जिल्ला प्रशासन कार्यलय मकवानपुरको कार्यालय अगाडि सडकमा सवारी पार्किङ अस्तव्यस्त रुपमा भइरहेको छ । सडकनै अबरुद्ध हुने गरी सवारी पार्किङ हुँदा समेत त्यसको व्यवस्थापनमा भने सिडिओको ध्यान गएको छैन् । सिडिओ कार्यालय परिसरमै पर्याप्त ठाउँ भएपनि नियमनकारी निकायका प्रमुखले नै गेटमा ताला लगाएर अत्यन्त चाँप रहने सडकमा सवारी पार्किङ […]

ईपिएस टपिक परीक्षाको पैसा बुझाउनेको यस्तो छ बेहाल (भिडियो)

मकवानपुर, ८ चैत । कोरियामा रोजगारीका लागि जान बैँकमा पैसा जम्मा गर्ने विद्यार्थीहरुको लाईन मिलाउन मकवानपुरको हेटौँडामा प्रहरीलाई हम्मे–हम्मे भएको छ । बिहीबारबाट रोजगार अनुमति प्रणाली (इपीसएस) परीक्षाको आवेदन खुलेपछि हेटौँडाको कान्तिराजपथमा भएको ग्लोबल आईएमई बैंकमा पैसा जम्मा गर्नेको भिड अहिले थामिनसक्ने अवस्थामा छ । भिडलाई शान्त बनाउनका लागि प्रहरीले लाठी चार्ज नै गर्नुपर्ने अवस्था […]

मकवानपुरमा कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले यसो भने – हेर्नुहोस् भिडियो

मकवानपुर । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिशतको आधारमा पार्टी एकता नहुने बताएका छन् । मकवानपुरका कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले बराबारीको आधारमा मात्र पार्टी एकता हुने बताए । दुबै पार्टीले आआफ्नो पक्षमा मात्र तर्क गरे भने त धेरै कुरा आउने स्पष्ट पार्दै उनले माओवादी परिवर्तनको बाहक भएकोले त्यसै अनुसार पार्टी एकता हुने […]

तु खबर डटकमको प्रथम वार्षिक उत्सव (भिडियो)

हेटौँडा, ९ फागुन । स्टेट भिजन प्रालिद्वारा संचालित तु खबर डटकमले फागुन ८ गते प्रथम वार्षिक उत्सव मनाएको थियो । जसमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेल विशिष्ट अतिथि र संसदीय दलका मूख्य प्रतिपक्षी दलका नेता एवं पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँ विशेष अतिथि रहेका थिए […]

के भने प्रमुख सचिव रेश्मिराज पाण्डेले ? हेर्नुहोस् भिडियो सहित

मकवानपुर १९ माघ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको प्रमुख सचिवको रुपमा आज रेश्मिराज पाण्डेले पदबहाली गरेका छन् । पदबहालीको क्रममा उनले आफु प्रमुख सचिवको रुपमा पदबहाली गर्न पाँउदा निकैनै खुसी लागेको बताएका छन् । उनले मकवानपुरका सरकारी निकायले मुख्यमन्त्री तथा मन्त्रीपरिसद्को कार्यालयको तक्काल व्यवस्थापन गर्न सहयोग गरेको प्रति आभार व्यक्त गरे । आफुलाई नेपाल सरकारको […]

सुरुङमार्गका नाममा मकवानपुरका पूर्वसांसद ठकुरीले कति गरे घोटाला ? के भन्छन् ठकुरी ?

-चन्द्र घलान/बलराम पुडासैनी मकवानपुर, १४ माघ । मकवानपरबाट वि.सं. २०७० सालमा चुनाव जितेका पूर्व सांसद सुवाश चन्द्र ठकुरीले हेटौँडा–काठमाडौँ सुरुङमार्गमा घोटाला गरेको समाचार मिडियामा आएपछि अहिले यो विषयले मकवानपुरमामात्र नभई देशभरि नै सनसनी मच्चाएको छ । हेटौँडा काठमाडौँ सुरुङमार्ग निर्माणका लागि स्थापित कम्पनी नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडमा सञ्चालकसमेत रहेका पूर्वसांसद सुवासचन्द्र ठकुरीले पनि बदमासी […]

बानिँयाले फेरी भने : हेटौंडा प्रदेशको स्थायी राजधानी यसकारण बन्छ (हेर्नुहोस भिडियो सहित)

मकवानपुर ७ माघ । नेपाली काँग्रस मकवानपुरका प्रदेशसभा सदस्य एवं पुर्व गृहराज्य मन्त्री ईन्द्र बहादुर बानिँयाले प्रदेशको राजधानी हेटौैंडा बनाउँन उपयुक्त रहेको र नेपाल सरकारले अस्थायी राजधानी घोषणा गरेर निकैनै राम्रो काम गरेको बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अधिदेखि नै मकवानपुरको हेटौंडालाई प्रदेश राजधानी बँनाउनको लागि आवाज उठाउँदै आएका बानिँयाले तु खबर संग […]