समाचार

काँग्रेस सभालाई लक्षित गरी सकेट बम

चरिकोट, दोलखा, ७ मंसिर : नेपाली काँग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम आज नेपाली सेनाले निष्क्रिय पारेको छ । सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको उक्त सकेट बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निष्किृय पारेको हो । सकेट बम राखिएको स्थानमा काँग्रेसले आज आमसभाको आयोजना गरेको छ । […]

अख्तियारद्वारा इटहरी उपमहानगरको कागजत जफत

इटहरी, ७ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरिदमा रु ६० लाखभन्दा बढी भ्रष्टाचार भएको घटनामा खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक ७ गतेसम्म उक्त उपमहानगरपालिकाको जिन्सी शाखाले व्यापारीसँगको मिलेमतोमा कागजात मिलाइ खरिद गरेको रु ९७ लाखको सिएफएल र त्यसको सेटमा […]

भोलिको बन्द ‘हल्ला मात्रै’

काठमाडौँ, ०७ मंसिर । विप्लव नेतृत्वको नेकपाले भोलि नेपाल बन्द गर्दै छ भन्ने कुरा सत्य नभएको खुलेको छ । सो पार्टीका एक नेताका अनुसार, भोलि नेपाल बन्दका कुनै कार्यक्रम सार्वजनिक गरिएको छैन । हालसम्म भोलि नेपाल बन्द गर्ने कुनै पनि घोषित कार्यक्रम आफ्नो पार्टीको नभएको ती नेताले बताए । सबैतिर भोलि विप्लवले नेपाल बन्द गर्ने […]

मुख्यमन्त्री भएपछि सबैलाई कानुनी दायरामा ल्याउँछु–ईन्द्रबहादुर बानियाँ

मकवानपुर, ७ मंसिर । पूर्व गृहराज्यमन्त्री तथा नेपाली काँग्रेसका तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफु प्रदेश नम्बर ३ को मुख्यमन्त्री बनेपछि गलत काम गर्ने सबैलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका छन् । स्टेट भिजन प्रा.लि.द्वारा संचालित तु खबर डटकमको आयोजनामा बिहीबार हेटौँडामा भएको साक्षात्कार कार्यक्रममा बोल्दै बानियाँले […]

पूर्व जनमुक्ति सेनाको घरमा हातहतियार र बिष्फोटक पदार्थ बरामद

मकवानपुर, ७ मंसिर । मकवानपुरको मनहरी गाउँपालिकामा अवस्थित एक जना पूर्व जनमुक्ति सेनाको घरमा ठूलो परिमाणमा हातहतियार तथा बिस्फोटक पदार्थ फेला परेको छ । प्रहरीले मनहरी गाउँपालिका वडा नम्बर २ सिद्धकाली बस्ने अन्दाजी वर्ष ३०–३२ को ईमानबहादुर थिङको घरबाट सो हातहतियार र विष्फोटक पदार्थ फेला पारेको हो । हाल फरार रहेका थिङ नेत्रविक्रम चन्द विप्लव […]

चोरीको मोटरसाईकलसहित १ जना पक्राउ, २ जना आरोपीको खोजी हुँदै

मकवानपुर, ७ मंसिर । चोरी गरिएको मोटरसाईकलसहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान करिब १० बजे मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ बस्ने २० वर्षीय सिंहबहादुर मोक्तानलाई पक्राउ गरिएको हो । घटनामा संलग्न भएका आरोप लागेका दुई जनाको प्रहरीले खोजी गरिरहेको छ । बिहीबार ईलाका प्रहरी […]

हवाई आक्रमणमा एघार आतङ्ककारी मारिए

जलालाबाद, अफनिस्तान ६ मङसिर । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले मङ्गलबार गरेको कारबाहीको क्रममा एघार आतङ्ककारी मारिएका छन् । यस कारबाहीको क्रममा ११ जना इस्लामिक स्टे्टस्का आतङ्ककारीहरु मारिएका प्रान्तीय सरकारका प्रवक्ताले बुधबार जानकारी दिनुभएको छ । नान्गाहार प्रांन्तको आचिन जिल्लाको ओमोन क्षेत्रमा लुकेर बसेका आतङ्ककारी लक्षित सुरक्षा कारबाहीमा आइएसका ११ लडाकू मारिएका छन् […]

आगलागीमा परी तेह्रको मृत्यु

नयाँ दिल्ली, ६ मङसिर । उत्तरी भारतीय राज्य पञ्जावमा गत सोमबार एक प्लाष्टिक उद्योगमा भएको आगलागीमा परी मृत्युहुने व्यक्तिको संख्या १३ पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार सो जानकारी दिएका छन् । यस आगलागीमा परी सोमबार तत्कालै तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ जना कारखाना भित्र थुनिएका थिए । पञ्जावको राजधानी चेन्नईदेखि १०० किलोमिटर […]

काश्मिरमा कडा सुरक्षा व्यवस्था

भारत प्रशासित काश्मिर, ६ मङसिर । भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको समाचार छ । सधैँजसो अशान्त नै भइरहने भारत नियन्त्रित काश्मिरमा आतङ्ककारीहरुले थप हिंसा मच्चाउनसक्ने अनुमानमा प्रहरी र अर्धसैन्य बलको ठूलो संख्या मङ्गलबार साँझदेखि त्यहाँ खटाइएको छ । मङ्गलबार बिहानमात्र सो […]

गायक पाख्रिनलाई ओली र दाहालबाट अन्तिम श्रद्धाञ्जलि

चितवन, ६ मंसिर । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार एवं जनवादी गायक खुशीराम पाख्रिनको पार्थिव शरीरलाई आज बिहान माओवादी पार्टीे कार्यालय चितवनमा राखेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको छ । स्व पाख्रिनको पार्थिव शरीरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल लगायतका शीर्ष नेताहरुले पार्टीको झण्डा […]

डिटोनेटरसहित एक पक्राउ

मलेखु, धादिङ, ६ मंसिर । नेपाल प्रहरीले नेकपा (विप्लव)का एक कार्यकर्तालाई आज बिहान सकेट बम बनाउन लागेको अवस्थामा डिटोनेटरसहित पक्राउ गरेको छ । थाक्रे गाउँपालिकाको धार्केमा वाम गठबन्धनले आयोजना गर्ने चुनावीसभा बिथोल्ने उद्देश्यले सकेट बम बनाउन लागिरहेका भन्ने सुराकीका आधारमा उनलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका धादिङका प्रहरी नायब उपरीक्षक राबहादुर केसीले […]

मकवानपुरमा उत्कृष्ट १० महिला उद्यमी छनौट

मकवानपुर, ६ कात्तिक । उत्तरी मकवानपुरको तत्कालिन ७ गाविसमा उत्कृष्ट १० महिला उद्यमीहरुको नाम घोषणा गरिएको छ । चित्लाङ, फाखेल, मार्खु, कुलेखानी, सिस्नेरी, नामटार र कालिकाटारका महिला उद्यमीबाट १० जना उत्कृष्ट छनौट गरिएको हो । मकवानपुरका भूकम्प प्रभावित क्षेत्रहरुमा नेपाल लिडरसीप एकेडेमी र नारी सीप सृजना केन्द्र, मकवानपुरको सहकार्यमा दायित्व ग्रामिण उद्यम प्रर्वद्धन कार्यक्रम अन्तरगत […]

बराहक्षेत्र मन्दिरका परेवा भकाभक मर्दै

इटहरी, ६ मंसिर । हिन्दू धार्मिक तीर्थस्थल सुनसरीको बराहक्षेत्र मन्दिरमा रहेका परेवा भकाभक मर्न थालेको छन । बराहक्षेत्रका मुख्य मन्दिरबाहेक सूर्य भगवान् लगायतका मन्दिरको छत वा मन्दिर परिसरमा नै थुप्रै परेवा मर्नुका कारण के हो भन्ने सम्बन्धमा सम्बन्धित निकायले जाँच नगरेकाले भन्न सक्ने अवस्था नरहेको त्यहाँका पुजारीको भनाइ रहेको छ । बराहक्षेत्र मन्दिर नजिकै घर […]

निर्वाचन शान्तिपूर्वक हुनेमा ढुक्कछन् खोटाङवासी

— तीर्थ भट्टराई/केदार मगर दिक्तेल, खोटाङ, ६ मंसिर । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको व्यग्र प्रतिक्षामा रहेका छन्—खोटाङवासी । पूर्वमा भोजपुर, पश्चिममा ओखलढुंगा, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर जिल्ला रहेको पूर्वी पहाडको सुन्दर र शान्त खोटाङ जिल्लावासीले संविधान कार्यान्वयनका लागि हुन लगेको यो निर्वाचनमा आफ्ना जनप्रतिनिधि चुन्न तम्तयार भएर […]

मुगाबेको राजिनामासँगै जिम्बावेमा राजनीतिक निकासको आशा

हरारे, ६ मङसिर । जिम्बावेमा राष्ट्रपति रोबर्ट मुगाबेले मङ्गलबार साँझ राजिनामाको घोषणा गर्नुभएको समाचार छ । उहाँको यस राजीनामापछि जिम्बावेमा गएको डेढ हप्तादेखि जारी राजनीतिक गतिरोधको अन्त्य भई निकास निस्किने अनुमान गरिएको छ । उहाँले राजिनामाको घोषणा गरेलगत्तै यहाँ खुसियाली समेत मनाइएको समाचारमा जनाइएको छ । मङ्गलबार साँझदेखि सडकमा जम्मा भएका मानिसहरुले खुसियाली स्वरुप नाचगान […]

भारतमा फेरि पत्रकार मारिए

नयाँ दिल्ली, ६ मङसिर । भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गरिएको समाचार छ । प्राप्त समाचारअनुसार सो राज्यमा मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । उनी प्रहरीको गोली लागेर मारिएका बताइएको छ । त्रिपुरा राज्याको प्रहरी प्रमुख कार्यालय, त्रिपुरा स्टेट राइफलमा गएको बेला सोही […]

पाँचथरमा ६३ मध्ये २० वटा मात्र हतियार बुझाइयो

पाँचथर, ६ मंसिर । जिल्लामा ६३ जनाले हतियार राख्न इजाजत प्राप्त गरे पनि २० जनाले मात्रै प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले निर्वाचन तयारी शुरु भएलगत्तै सार्वजनिक सूचना गर्दै बुझाउन भनेपछि २० जनाको मात्र हतियार संकलन भएको हो । जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा जिल्लाका विभिन्न स्थानका ६३ जनाले घरमा हतियार […]

काँग्रेसका स्थानीय नेताको घरमा ‘सुतली बम’को आशंका

नुवाकोट, ६ मंसिर । नुवाकोटको सिक्रे गाउँपालिका, शिवपुरी–४का सदस्य एवं नेपाली काँग्रेस कार्यकर्ता उद्धव थापाको घरमा सुतली बमजस्तो शंकास्पद वस्तु भेट्टिएको छ । घरको आँगनमा भेट्टिएको शंकास्पद वस्तुको पहिचान गर्न तथा विस्फोटक पदार्थ भएमा निष्क्रिय बनाउन श्रीनाथगण देवीघाटबाट नेपाली सेनाको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो । शंकास्पदवस्तु […]

‘आमा’ सेमिनारमा थामिएन आँशु

मकवानपुर, ६ मंसिर । मकवानपुरमा आमा सेमिनार भएको छ । सर्वोत्कृष्ट जीवनः शाश्वत चिन्तन र मानवसेवा आश्रमले संयुक्त रुपमा हेटौँडाको ओम्याक्स हलमा सेमिनार आयोजना गरेको हो । आमा सेमिनारमा सहभागी बृद्ध, विद्यार्थी, युवासम्मका व्यक्तिहरुको आँशु थामिएन । आमाको स्नेहका बारेमा वक्ताहरुले बोलिरहँदा सबै राएका थिए । कार्यक्रमको उद्देश्य हरेक छोराछोरीलाई मातृत्वको बोध गराई पछिल्लो समय […]

ऐतिहासिक मुसिकोटमा संग्रहालय र भ्यु टावर बन्ने

– प्रकाश सिलवाल मुसीकोट, गुल्मी, ६ मंसिर । ऐतिहासिक महत्वको मुसीकोट दरबारस्थलमा संग्रहालय र भ्यु टावर बन्ने भएको छ । तत्कालीन बाइसे÷चौसिबे राज्यमध्येको एक उक्त दरबार क्षेत्र पछिल्लो समय संरक्षणविहीन भएका बेला मुसिकोट नगरपालिकाले पौराणिक महत्वका सामग्रीको संरक्षणका लागि संग्रहालय र एक भ्यु टावर निर्माणको योजना अघि सारेको हो । नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाका अनुसार […]