समाचार

मकवानपुरको मनहरीमा आगलागी

मनहरी, २४ कात्तिक । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित माथिल्लो सिबिर लामा टोलमा बिहीबार आगलागी भएको छ । आगलागीबाट करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ । घटनाको जिल्ला प्रहरी कार्यालय मकवानपुरले समेत पुष्टि गरेको […]

राजस्व अनुसन्धान पथलैयाद्वारा हेटौंडाका दुई हार्डवयरमा छापा मारियो / अन्डर विलिङको समस्या हटाउन मउवासंघ महासचिव राउतको माग

हेटौंडा । २४ कात्तिक । राजस्व अनुसन्धान इकाइ कार्यालय पथलैयाले हेटौंडाका दुई हार्डवयर पसलमा २२ गते छापा मारेको छ । तर, २२ गते भएको सो घटना अहिलेसम्म गुपचुप छ । तु खबरलाई विशेष सुत्रबाट प्राप्त सूचना अनुसार, हेटौंडा कान्तिराजपथमा रहेका जालान आइरन र नयाँ विकास नामका दुई हार्डवयरमा राजस्व अनुसन्धानले छापा मारेर कागजपत्र, खातापाता सबै […]

घरदैलो गर्दै नयाँ शक्ति पदमपोखरीमा

हेटौँडा, २४ कात्तिक । नयाँशक्ति पार्टी, नेपाल मकवानपुरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी घरदैलो कार्यक्रम संचालन गरीरहेको छ । घरदैलो कार्यक्रम लिएर विहिबार मकवानपुरको हेटौंडा– १२ पदमपोखरी क्षेत्रमा नयाँ शक्तिको टोली उम्मेदवारहरु सहित पुगेका छन् । पदमपोखरीको चौधघरे रमनटार लगाएतका स्थानमा घरदैलो गरीएको नयाँशक्ति पार्टी नेपाल मकवानपुरले जनाएको छ । त्यस्तै पदमपोखरीकै सिग्रेनी, […]

रिम्पोछे कर्म ज्ञानसागर लामाको निधन

मकवानपुर, २३ कात्तिक । नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र संघका केन्द्रीय अध्यक्ष रिम्पोछे कर्म ज्ञानसागर लामाको निधन भएको छ । ८२ वर्षीय रिम्पोछेको बुधबार राती ११ः२५ मा देहावसान भएको हो । २०३५ सालबाट संघको स्थापना गरि बौद्ध धर्मभित्र शुद्धिकरण कार्य अघि बढाउन अगुवाई गरेका लामाले शुद्धिकरणकै अभियानमा करिब ४० वर्ष योगदान पुराएका थिए […]

लक्ष्मीको शव ईराकबाट नेपाल झिकाउन सहयोगको अपिल, परिवार शोकमा

-चन्द्र घलान मकवानपुर, २३ कात्तिक । ईराकको बासरामा मृत्यू भएकी मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ बकुण्ठकी २६ वर्षीया लक्ष्मी बलको शव नेपाल झिकाउन लागि सहयोगको अपिल गरिएको छ । उनको दुःखद निधनपश्चात शोकमा रहेको परिवारले सबैसँग सहयोग माग्दै सक्दो सहयोग गर्नका लागि आग्रह गरेका छन् । उनको शव ल्याउन करिब ३–४ लाखको आवश्यकता रहेको […]

असहाय बालबालिकालाई चुरेहिल हस्पिटलमा निःशुल्क उपचार

मकवानपुर, २३ कात्तिक । लायन्स हेल्थ फाउण्डेसन मकवानपुरको सहयोगमा हेटौँडाको चुरेहिल हस्पिटलले १५ बर्ष भन्दा मुनिका गरिब तथा असहाय बालबालिकाहरुलाई निःशुल्क उपचार गर्ने भएको छ । जन्मजात अपाङ्गता भएका र विभिन्न दुर्घटनामा परि अपाङ्ग भएका बालकालिकाको उपचार गरी उनीहरुको सहज जिवन यापन गर्न सक्ने हैसियत बन्ने योजना भएकोले निःशुल्क उपचारको योजना तयार पारिएको लायन्स हेल्थ […]

आगलागीबाट डेढ करोड क्षति

काठमाडौँ, २३ कात्तिक । मुलुकका विभिन्न स्थानमा भएको आगलागीबाट करिब डेढ करोडभन्दा बढीको क्षति भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ताप्लेजुङ,सोलुखम्बु, बाग्लुङ र काठमाडौँमा आगलागी भएको हो । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ बस्ने ६१ वर्षीय डण्डु शेर्पाको घरको भान्सा कोठाबाट बुधबार आगलागी हुँदा नजिकैको जण्डोल शेर्पाको २ तले घरमा समेत आगो लागेको छ । […]

५ जना मृत अवस्थमा फेला

काठमाडौं, २३ कात्तिक । मुलुकका विभिन्न स्थानहरुमा ५ जना मृत अवस्थामा भेटिएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार भक्तपुर, कास्की, अछाम र सोलुखुम्बुमा ती व्यक्तिहरु मृत अवस्थामा भेटिएका हुन् । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ दिव्यश्वरी जग्गा एकिकरण आयोजनाको प्लानिङ गरेको जग्गामा बा.१ ज १०४० नम्बरको ट्याक्सीको पछाडी सिटमा सोही ट्याक्सीका चालक मृत अवस्थामा फेला […]

घरदैलो गर्दै नयाँ शक्ति नगर र गाउँमा, राजन मैनालीलाई टोलवासीले साथ दिने

मकवानपुर , २२ कात्तिक । नयाँ शक्ति पार्टी नेपालका उम्मेदवारहरु चुनावी अभियान लिएर मकवानपुरका विभिन्न स्थानहरुमा पुगेका छन् । नयाँ शक्तिका प्रदेशसभा क्षेत्र नम्बर १ को (ख) का उम्मेदवार राजन मैनालीले आफ्नै टोलमा आज भोट माग्न पुगेका छन् । उनले हेटौँडा नगरपालिकाको ४ नम्बर वडास्थित प्रजातान्त्रिक टोल र एकता टोलबाट घरदैलो सुरु गरेका हुन् । […]

७ वटा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २२ कात्तिक । बिभिन्न ७ वटा नकबजनी चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७३ चैत २९ गतेको फैसलाले जम्मा १३ बर्ष १० महिना कैद तथा १ लाख ८७ हजार ३ सय ६० रुपैयाँ जरीवाना हुने ठहर भई हालसम्म फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–८ बस्ने नुवाकोटको साविक चौघडा गाबिस–९ […]

भैरवडाँडालाई पर्यटकीय क्षेत्र बनाउन पहल गर्ने प्रतिबद्धत्ता

मकवानपुर, २२ कात्तिक । मकवानपुरको भैरवडाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य सहित कार्य गरिने नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले प्रतिबद्धत्ता जाहेर गरेकी छिन् । हेटौँडा १० बाट भैरवडाँडा जोड्न केवुलकार निर्माणको लागि पहल गर्दै पर्यटकीय सम्भावना रहेको भैरवडाँडा लगायतका क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने […]

घोषणापत्र : नयाँ कि पुराना ?

काठमाडौँ, २२ कात्तिक । निर्वाचन नजिकिएसँगै विभिन्न पार्टीहरुले आ–आफ्ना एजेण्डासहितको घोषणापत्र सार्वजनिक गरेका छन् । ती घोषणापत्रहरुमा वास्तवमा के छ ? त्यसका बारेमा आज प्रकाशित ‘नयाँ पत्रिका’ ले विश्लेषणात्मक समाचार छापेको छ । दैनिकले घुमिरहने उनै एजेन्डा भनेर दलहरुले दोहोराएका तर पुरा हुन नसकेका केही घोषणाहरुको चिरफार समेत गरेको छ । दैनिकले १० वर्षमा १० […]

सवारी दुर्घटनामा एकको मृत्यू, १२ घाईते

काठमाडौं, २२ कात्तिक । भक्तपुरको सूर्यबिनायक–५ चुनदेबीमा काठमाडौंबाट सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा.२ ख ४८९८ नम्बरको बसबाट खसेर मंगलबार गम्भीर घाइते भएका सहचालकको मृत्यू भएको छ । सोही बसका सहचालक सिन्धुपाल्चोक साँगाचोकका २० वर्षीय अनिल गिरीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै बाराको सिमरा उपमहानगरपालिका–२२ स्थित सडकमा ग.१ ख ४८२५ नम्बरको […]

कार्यकारी राष्ट्रपतिको परिकल्पनाबिहीन बाम गठबन्धनको घोषणापत्र

काठमाडौँ, २१ कात्तिक । बाम गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ मा सहभागी भएका एमाले र माओवादी केन्द्रको घोषणापत्रमा कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबारे कुनै कुरा उल्लेख भएको छैन । कार्यकारी राष्ट्रपतीय प्रणाली हुने भएपछि नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टराई बाम गठबन्धनमा सहभागी भएका थिए । उनी बाहिएसँगै कार्यकारी राष्ट्रपति प्रणाली बाम गठबन्धनको घोषणामा […]

बाम गठबन्धनको जीत पक्का : उम्मेदवार खतिवडा

मनहरी–नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा निर्वाचन मकवानपुर निर्वाचन क्षेत्र २ का उम्मेदवार बिरोध खतिवडाले बाम गठबन्धनको जीतलाई कसैले रोक्न नसक्ने बताएका छन् । मनहरी गाउँपालिका स्तरीय नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यसैगरी विद्यार्थी नेता महेश बर्ताैलाले भ्रष्टाचारीलाई चुनाव लड्न पाउनुपर्छ भनेर निर्वाचन कानून फेर्न प्रस्ताब […]

काँग्रेस हेटौंडा नगरको निर्वाचन परिचालन समितिमा पराजुली

हेटौंडा, २१ कात्तिक / नेपाली काँग्रेस हेटौंडा नगर समितिको सोमबार बसेको बैठकले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिचालन समिति गठन गरेको छ । नेपाली काँग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीको सभाध्यक्षतामा बसेको बैठकले नगर सभापति पराजुलीको संयोजकत्वमा ५१ सदस्यीय हेटौंडा उपमहानगर निर्वाचन परिचालन समिति गठन गरेको हो । बैंठकमा प्रमूख अथिति नेपाली […]

अविनाशको नेतृत्वमा बाम उम्मेदवार जिताउने समिति

हेटौंडा २१ कात्तिक । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ र १७ मा मंगलबार बाम गठबन्धनको अगुवा भेला सम्पन्न भएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर आयोजना गरेको भेलाले वडा नम्वर १६ माओवादी केन्द्रका वडा अध्यक्ष अविनाश गजुरेलको संयोजकत्वमा पाँचसय सदस्यीय कमिटि निर्माण गरिएको छ । साथै वडा नम्वर १७ मा पनि रंगराज […]

चोरीका सामानसहित मकवानपुर र सिन्धुलीका युवक पक्राउ

काठमाडौं, २१ कात्तिक । चोरी गरेर ल्याएका सामान सहित मकवानपुरका एक युवकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ बाफल डेरा गरी बस्ने मकवानपुरको हेटौंडा घर भएका ४२ वर्षीय अर्जुन कार्की र काठमाडौं सानोभर्याङ बस्ने सिन्धुलीका २६ वर्षीय रणबहादुर माझीलाई चोरी गरी ल्याएका मालसामान सहित मंगलबार प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालय नक्सालले […]

प्रतिवद्धता पत्र गाउँ गाउँमा पुराउँदै बानियाँ : गाँजा खेतीको विकल्पदेखि चेपाङ संग्रहालय र वैकल्पिक सडक निर्माणसम्म

मकवानपुर, २१ कात्तिक । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफ्नो प्रतिवद्धता पत्र गाउँ गाउँमा पुर्याएका छन् । अन्य उम्मेदवार आप्mनो चुनावी रणनीति बनाउन अलमलमा रहेका बेला उम्मेदवार बानियाँले भने आप्mनो १८ बुँदे संक्षिप्त प्रतिवद्धता पत्र गाउँ गाउँमा पराएका हुन् । मनोनयन दर्ता गरेको एक साता नपुग्दै लोकतान्त्रिक गठबन्धनका […]

मकवानपुरमा स्थानीयले लगाएको करिब ७ हजार कठ्ठा गाँजा प्रहरीद्वारा फँडानी

मकवानपुर, २१ कात्तिक । मकवानपुर जिल्लाका ग्रामिण भेगमा लगाइएका करिब ७ हजार कठ्ठा जमिनमा लगाइएको गाँजाको ब्याड नष्ट तथा गाँजा फँडानी गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार दिएको जानकारी अनुसार लागू औषध गाँजा खेती फँडानी गर्ने कार्य योजना अनुसार ३ चरणमा गरी जम्मा गाँजाको ब्याड अन्दाजी ४ सय ४३ कठ्ठा र लगाईएको गाँजा […]