समाचार

मकवानपुरे व्यवसायीलाई कर शिक्षा

हेटौँडा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालयको आयोजना तथा मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा मकवानपुरमा विभिन्न व्यवसाय संचालन गर्दैै आएका व्यवसायीहरुलाई करदाता शिक्षा तथा अन्तक्र्रिया कार्यक्रम भएको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको प्रमुख आतिथ्यता तथा राजश्व कार्यालय हेटौंडाका प्रमुख राजेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कर अधिकृत रामप्रकाश मण्डलले व्यवसायीहरुलाई वर्तमान समयमा सरकारले निर्धारण गरेको […]

चन्द्रागिरि गोल्डकपको उपाधि हिमालयन शेर्पालाई

काठमाडौँ, ५ मंसिर । चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हिमालयन शेर्पा क्लबले हात पारेको छ । ब्राइट युथ क्लबको आयोजनामा चन्द्रागिरि नगरपालिका–१४ स्थित खेलमैदानमा आज भएको फाइनल खेलमा हिमालयन शेर्पाले फ्रेण्डस क्लबलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसहित हिमालयन शेर्पाले रु पाँच लाख तथा उपविजेता सीमित बनेको फ्रेण्डस क्लबले रु […]

झापाली जनताको भनाइ : भोट त काम गर्नेलाई पो दिने हो

– हरि लामिछाने झापा, ५ मंसिर । जिल्लाको मेचीनगर–१० मा त्रिफला राष्ट्रिय पुस्तकालय स्थापना गरेर अन्तर्राष्ट्रिय ख्याति कमाएका ६७ वर्षीया प्रेमप्रसाद पोखरेल (फलाहारी)लाई राजनीतिक दलले दिने गरेको आश्वासनप्रति कहिल्यै विश्वास लाग्दैन । उहाँ पटक–पटक निर्वाचनमा सहभागी हुनुभयो तर यो दललाई मतदान गरे वा गर्छु भनेर भन्नुभएन । राज्य पुनः संरचनापछि यसपटक फलाहारीले झापाको निर्वाचन क्षेत्र […]

भारत नियन्त्रित काश्मिरमा तीन आतङ्ककारी मारिए

श्रीनगर, भारत नियन्त्रित काश्मिर, ५ मङसिर । भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार इ तोइबासँग सम्बन्धित तीन आतङ्ककारी मारिएका छन् । प्रायः अशान्त नै रहने भारत नियन्त्रित काश्मिरमा आतङ्ककारी र सुरक्षा कर्मीबीच भएको दोहारो गोली हानाहानमा ती आतङ्ककारी मारिएका सुरक्षा अधिकारहरुले जानकारी दिएका छन् । भारत नियन्त्रित काश्मिरको प्रान्तीय राजधानी सहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा पर्ने […]

डडेल्धुरामा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी

डडेल्धुरा, ५ मंसिर । डडेल्धुराको अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाको कार्यालयमा निर्वाचित जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् । अमरगढी नगरपालिका डडेल्धुराको कार्यालयमा पाँच वडाका वडाध्यक्षले पाँच दिन अघि तालाबन्दी गरेका हुन् भने भागेश्वर गाउँपालिमा सोमबार तालावन्दी गरिएको छ । कुल ११ वडा रहेको अमरगढी नगरपालिकाका पाँच जना वडाध्यक्ष र आठ जना कार्यपालिका सदस्यले विभिन्न माग […]

महन्थ ठाकुरलाई बागी र वामको चुनौती

गौशाला, ५ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक एवं महोत्तरी निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महन्थ ठाकुरलाई आफ्नै बागी र वामगठबन्धनका उम्मेदवारको चुनौती देखिएको छ । सो क्षेत्रमा संयोजक महन्थ ठाकुरसँगै राजपा नेपालकै बागी उम्मेदवार चन्देश्वर झा र नेकपा (एमाले)का उम्मेदवार विजयकुमार चौधरीले पनि चुनावी अभियान बढाउनु भएको छ […]

बढी भाडा लिनेलाई कारबाही नभए मत नदिने

–पूर्णप्रसाद मिश्र काठमाडौँ, ५ मंसिर । देश चलाउन आवश्यक ऐन कानून बनाउने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएको छ । यसअघि सांसदले बनाएका ऐन कार्यान्वयन नभएका कारण जनताले सास्ती पाएकोमा अहिले मत माग्न घर÷घर पुगेका नेता, कार्यकर्ताको ध्यान गएको छैन । धेरै ऐन कार्यान्वयन भएको छैन । यसमध्ये एउटा हो सवारी तथा यातायात व्यवस्था ऐन […]

विद्यालय पाठ्यपुस्तकमा सुरक्षित इन्टरनेटसम्बन्धी जानकारी न्यून

– कुमार चौलागाई काठमाडौँ, ५ मंसिर । विद्यालय तहमा इन्टरनेट तथा कम्प्युटरको सुरक्षित प्रयोगसम्बन्धी एथेष्ट पाठ्य सामग्री नभएको एक अध्ययनले देखाएको छ । अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकका क्षेत्रमा काम गर्दै आएको संस्था फ्रिडम फोरमले कक्षा ५ देखि १२ सम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तकको अध्ययन गर्दा यस्तो देखाएको हो । नेपालमा मोबाइल, टेलिफोन र इन्टरनेटको पहुँच […]

विस्तृत शान्तिसम्झौताको एघार वर्ष : पीडितले न्याय पाएनन्

काठमाडौँ, ५ मंसिर । राष्ट्रिय मानवअधिकार आयोगले विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा पनि पीडितले न्याय पाउन नसकेको ठहर गरेको छ । आयोगले आज विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको कार्यक्रममा आयोगका सदस्य प्रकाश वस्तीले सरकार मानवअधिकारप्रति संवेदनशील नभएको बताउनुभयो । आयोगले गरेका सिफारिस कार्यान्वयनमा सरकारले उदासीनता देखाएको उल्लेख गर्दै उहाँले […]

गाउँगाउँमा मनाइयो अन्तराष्ट्रिय बालअधिकार दिवस

मकवानपुर, ५ मंसिर । ‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन बित्छ पढ्न र लेख्न मुस्किल छ ।’ चर्चित पुरानो बालगीत बज्न थालेपछि एक हुल बालबालिका गोठालेको भेषमा मञ्चमा देखा परे । मञ्चमा गाईबस्तुको आकृतिमा केही बालबालिकाले रोचक अभियन देखाए । पूरा बालगीत भर यी गोठालेले अभिनय गरे । गोठालो बनेका बालबालिकाले […]

कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा

पोखरा, ५ मंसिर । कास्कीमा झण्डै एघार महिनाको अवधिमा ५६ हजार ४५० जनाले स्वास्थ्य बीमा दर्ता गराएका छन् । गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीले बीमा दर्ता प्रक्रिया शुरु गरेकोमा आजसम्म १२ हजार ३०० परिवार बीमामा आवद्ध भएका छन् । बीमा दर्ता गरेबापत रु तीन करोड ७० लाख संकलन […]

विप्लव समूहका कार्यकर्तामाथि सार्वजनिक मुद्दा

कैलाली, ५ मंसिर । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला इञ्चार्जसहित पाँचजना कार्यकर्तामाथि जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक मुद्दा दायर गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई लक्षित गर्दै चुनावी प्रचारप्रसारमा अवरोध गरेपछि उनीहरुलाई केही दिनअघि कैलाली प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले […]

बमको हल्लापछि सर्वोच्च अदालतको इजलास रोकियो

काठमाडौँ, ५ मंसिर । सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि आजका लागि तोकिएका सबै इजलास रोकिएका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ उपरीक्षक रवीन्द्रकुमार धानुकले अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै फोन गरेपछि सर्वोच्च परिसरबाट सबै व्यक्तिलाई बाहिर पठाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बमको हल्लापछि हामीले सर्वोच्च परिसरभित्र खोजतलास जारी राखेका छौँ । […]

मुगाबेलाई महाअभियोग लगाइँदै

हरारे, ५ मङसिर । जिम्बावेको सत्तारुढ दल जानुपीएफले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेको छ । सो प्रक्रिया अघि बढाइने तयारी गरेको समाचारमा जनाइएको छ । आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार दिने तयारी गरेको र यसबाट जिम्बावेको कानुनको उल्लङ्घन भएको भन्दै सोही आरोपमा उहाँलाई महाअभियोग लगाई जिम्बावेको राष्ट्रपतिबाट पदच्युत गरिन लागेको बताइएको छ । […]

रोहिङ्गा विरुद्ध जातिभेद र राज्य संरक्षित हिंसा भएको आरोप

याङ्गोन, ५ मङसिर । म्यानमारको उत्तरी राखिन राज्यमा गएको अगष्ट महिनादेखि यहाँका रोहिङ्गा मुस्लिम जातिका विरुद्धमा भएको हिंसामा म्यानमार सरकारले नै जातिभेद नीति लिएको विश्व मानवअधिकार संस्था, एम्नेष्टी इन्टरनेशनलले जनाएको छ । हिंसाको कारण विशेषगरी म्यानमारको उत्तरी राखिन राज्यमा बसोबास गर्दै आएका म्यान्माली रोहिङ्गा मुस्लिम समुदायका नागरिक भाग्नुपरेको थियो । उनीहरु हाल बङ्गलादेशमा शरण लिएर […]

कैलालीमा दुई पूर्व मन्त्रीबीच चुनावी भिडन्त

–सिद्धराज भटृ धनगढी, ५ मंसिर । थारु समुदायको बाहुल्य क्षेत्र रहेको कैलाली निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएकोे छ । विसं २०४८ यता भएका सबै संसदीय निर्वाचन (पहिलो संविधानसभाको निर्वाचनबाहेक)मा जित्दै आउनुभएका पूर्व मन्त्री एवं काँग्रेस नेता रामजनम चौधरी र पूर्व कृषि मन्त्री एवं माओवादी केन्द्रका नेता गौरीशंकर […]

राज्यमन्त्री खड्काको घरमा बम विस्फोट

बागलुङ, ५ मंसिर । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ । राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहुनभएकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको थियो । घटनाबारे प्रहरीले […]

भारतमा भएको आगलागीमा परी ३ को मृत्यु, १५ जना भवनभित्र फसेको आशंका

नयाँ दिल्ली, ५ मंसिर । भारतको पन्जाव राज्यमा पर्ने मुश्ताक नगरमा रहेको तीन ओटा प्लाष्टिक कम्पनीमा आगलागी हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । साथै अन्य १५ जना कारखाना भित्र थुनिएको आशंका गरिएको छ । आगो निभाउन ५० जना अग्नी नियन्त्रकहरु खटिएका थिए । उनीहरुले तीन जनालाई मृत अवस्थामा बाहिर […]

बुबाको किरिया बसेका विप्लव का बैतडी जिल्ला इञ्चार्ज पक्राउ

बैतडी, ५ मंसिर । बुबाको किरियामा बस्नुभएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट पक्राउ गरेको हो । विभिन्न जिल्लामा विप्लव समूहले उच्छृङ्खल गतिविधि गरेर नागरिकलाई त्रास सिर्जना गर्नुका साथै चुनाव भाँडने काम गरेकाले जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका […]

उद्योग राज्यमन्त्रीलाई गुहार्दै मकवापुरे जनता सिंहदरबारमा

मकवानपुर, ४ मंसिर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा निर्माणाधिन मकवानपुरको दोस्रो औद्योगिक क्षेत्रका कारण शुरु भएको समस्याको बारेमा आईतबार नेपाल सरकार उधोग मन्त्रालय सिंहदरबार काठमाण्डौमा ज्ञापन पत्र बुझाइएको छ । हेटौँडा उपमहानगरपालिका वडा १४ कालोपानी र मयुरधापको बिचमा बन्दै गरेको नयाँ औधोगीक क्षेत्रका कारण वि.सं. २०११ सालदेखि चल्दै आएको बाटो नै बन्द हुन […]