समाचार

देवी घर्ती र इस्लाम मियाँको फेरी आयो अर्को मार्मिक गीत ‘मसानघाट’ सार्वजनिक ! (भिडियो सहित)

काठमाडौँ ।  नेपाली लोकदोहोरी क्षेत्रमा अहिले विरहका भाकाहरुलाई आफना सिर्जनशिल भावनाहरु प्रवाह गर्ने क्रम निकै बढ्दो मात्रामा रहेको छ । प्रेमी र प्रेमका कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने क्रममा गोरखा चौतारी म्युजिक प्रालीको प्रस्तुतिमा गायक इस्लाम मियाँको लोकदोहोरी गीत मसानधाट बजारमा आएको छ । गीतमा इस्लाम मियाँ र देवी घर्तीको सुमधुर आवाज रहेको छ […]

निशा देशारको स्वरमा भावुक मेरो लाशलाई फूल ( भिडियो समेत )

काठमाडौं । नेपाली सांगीतिक बजारमा अर्को पनि एक मर्म स्पर्शी गीत सार्वजनिक भएकोृ छ । संगीतिक क्षेत्रमा छोटो समयमा आफ्नो व्यस्तता बढाएका संगीतकार सनम पुरुषको संगीतमा अर्को पनि आशा लाग्दो गीत सार्वजनिक भएको हो । उक्त गीतमा देव बिरहीको शब्द रहेको छ भने पुरुषले संगीत निशा देशारको स्वर समेटिएको छ । उक्त गीतको बोल मेरो […]

टिप्पणी : अनुगमन गरेर मात्र हेटौंडा अस्पताल के सुध्रिएला मूख्यमन्त्रीज्यू ?

मकवानपुर । हेटौंडा अस्पताल राम्रो भएन भनेर सबैले गुनासा गरेको वर्षौ वितिसकेको छ । अस्पताललाई सुधार गर्ने योजना कागजमात्र सिमित छ । एकपछि अर्को आउने अस्पताल विकास समितिका अध्यक्षहरुले राम्रो काम गर्न नसक्दा हेटौंडा अस्पताल दिनहुँजसो विग्रदो अवस्थामा छ । केही पूर्व अध्यक्षहरुले अस्पताल सुधारमा आसालाग्दा कामहरु पनि गरेका हुन् । तर, पनि हेटौंडा अस्पतालको […]

उपेन्द्र यादवको बाटो हेर्दै प्रधानमन्त्री ओली

काठमाडौं / सरकार गठन भएको एक महिना बितिसक्दासमेत प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई पूर्णता दिन सकेका छैनन् । आजको नेपाल समाचारपत्रमा समाचार छ । संघीय समाजवादी फोरमले पार्टीका तर्फबाट मन्त्रीको नाम नदिएपछि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । तेस्रो पटक सरकार विस्तार भएकै दिन फोरमलाई समेटेर प्रधानमन्त्री ओलीले सरकार विस्तारको तयारी गरे पनि फोरमले नाम […]

हेडक्वार्टरले लुकायो ६ हजार प्रहरीको रेकर्ड

काठमाडौं / नेपाल प्रहरीमा ७२ हजार ७ सय ३३ प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ । तर, प्रहरीले गृह मन्त्रालयलाई ६७ हजार कर्मचारीको मात्रै रेकर्ड बुझाएको छ । आजको नयाँ पत्रिका दैनिकले लेखेको समाचार अनुसार, सरकारी तलब खाने बाँकी ५ हजार ७ सय ३३ प्रहरी कहाँ कार्यरत छन् गृहलाई पनि थाहा छैन । स्वीकृत दरबन्दी र […]

प्रहरीमा गृहमन्त्रीकाे कमान्ड कमजाेर

काठमाडाैं / सशस्त्र प्रहरी बलमा एआइजी प्रेम शाहीले बिदा बस्नका लागि निवेदन हालेका छन् । आर्इजिपी सिंहबहादुर श्रेष्ठ पनि चैतेदशैं (चैत ११) मा पंजाछाप लगाएर बिदा बस्ने तरखरमा रहेका छन् । तर नेपाल प्रहरीमा १९ दिन कार्यकाल बाँकी रहेका आइजीपी र एआइजीहरु भोजभतेरमा ब्यस्त रहेका छन् । आइजीपी प्रकाश अर्यालसहितका १५ एआइजी र २ डीआइजी […]

सनराइज बैंकका बचतकर्तालाई स्वास्थ्य बिमा घोषणा

मकवानपुर । सनराइज बैंक हेटौंडा शाखाले आफ्ना बचतकर्तालाई स्वास्थ्य बिमा उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा जानकारी दिन आज हेटौंडामा आयोजना गरिएको एक कार्यक्रममा बैंकका शाखा प्रबन्धक सुदर्शन खतिवडाले अब बचतकर्तालाई स्वास्थ्य बिमा तथा दूर्घटना विमा सहज तरिकाले उपलब्ध गराइने घोषणा गरेका छन् । यसअघि नै दूर्घटना विमाको व्यवस्था भएपनि त्यससम्बन्धमा सेवाग्राहीहरु जानकार नभएकाले […]

प्रधानमन्त्री अाेलीले गरे अर्काे घाेषणा : दुर्इ वर्षभित्रै रेल ल्याउने, पानीजहाज चलाउने

काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुर्इ वर्षपछि आफूले बोलेका कुरामा ठट्टा गर्ने कोही पनि नभेटिने बताएका छन् । रेल ल्याउँछु, आफ्नै पानी जहाज ल्याउँछु भन्दा ठट्टा गर्नेहरु अबको २ वर्षमा हराउने बताए । काठमाडौंमा आयोजित राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘रेल ल्याउँछु […]

कर्मचारी संगठनका अध्यक्षहरु मन्त्री लालबाबु पण्डितका विरुद्ध खनिए, अब मन्त्री ब्याक होलान् त ?

काठमाडौँ । सरकारका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई स्वेच्छिक अवकासमा नपठाइने र खटाएको ठाउँमा जानुपर्ने धारणा सार्वजनिक गरिरहँदा उनीमाथि प्राय सबै कर्मचारी संगठनका नेताहरु खनिन थालेका छन् । उनीहरुले सरकारले स्वेच्छिक अवकास कार्यान्वयन नगरे आन्दोलनमा उत्रिने धम्की दिन थालेका छन् । शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले मन्त्री […]

अज्ञात समूहले गराएकाे बम विष्फोट परी ८ जना घाइते

लहान / अज्ञात समूहले को लहान नगरपालिका–६ स्थित विकास ट्रेडर्स (सुनचाँदी पसल) लाई लक्षित गरी प्रेसरकुकर बम विष्फोट गराउँदा ज्वेलर्स सञ्चालकसहित ८ जना घाइते भएका छन् । अपराह्न १ बजेतिर अचानक बम विष्फोट हुँदा विकास ट्रेडर्सका सञ्चालक विकास शारडा, उनका भाइ राहुल शारडा, पसलमा काम गर्ने २१ वर्षीया अस्मिताकुमारी चौधरी रहेका छन् । पसलमा किनमेलका […]

पत्रकार विष्टलाई पितृ शोक, प्रधानसम्पादक अधिकारीद्वारा श्रद्धाञ्जली व्यक्त

मकवानपुर । नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रीय सदस्य तथा महासंघ मकवानपुर शाखाका पुर्ब अध्यक्ष प्रताप बिष्टलाई आज पितृ शोक परेको छ । बिष्टका ८६ बर्षीय पिता रुद्रबहादुर बिष्टको आज काठमाडौमा निधन भएको हो । उनको काठमाण्डौमा आज अपरान्ह मृत्युको परिवारजनले बताएका छन् । तु खबरका प्रधानसम्पादक गिरिजा अधिकारीले शोक वक्तब्य प्रकाशित गर्दै पत्रकार विष्टको बुबाप्रति […]

प्रदेशसभा बैठक चैत १३ गते बस्ने

मकवानपुर । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक यही चैत १३ गते हेटौंडामा बस्ने भएको छ । लामो समयदेखि स्थगित रहेको प्रदेशसभा बैठक चैत १३ गते बस्ने भएको हो । चैत १२ गते दलसँगको बैठकपछि १३ गतेबाट प्रदेशसभा बैठक सुरु गर्ने ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बताए । आन्तरिक मामिला तथा कानून मन्त्रालयले केही […]

मुख्यमन्त्री पौडेल हेटौंडा अस्पताल पुग्दा …

मकवानपुर । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आज शुक्रबार हेटौंडा अस्पतालको निरीक्षण गरेका छन् । हेटौंडा अस्पताल दिनहुँ विग्रदो अवस्थामा रहेको जनगुनासो बढेका बेला मूख्यमन्त्री पौडेलले अस्पतालको निरीक्षण गरेका हुन् । त्यस अवसरमा उनले हेटौंडा अस्पतालको भौतिक तथा अन्य प्राविधिक विकासमा सक्दो काम गर्ने प्रतिवद्धता जनाएका छन् । अस्पतालमा पूर्वाधारका आधारमा बढीभन्दाबढी सेवा उपलब्ध […]

मालपोतको सिस्टम : जग्गा कारोबारीलाई मस्ती, सर्वसाधारणलाई सास्ती

मकवानपुर । मालपोत कार्यालय मकवानपुरमा सेवाग्राहीलाई च्यानल गेट बाहिरै राखेर झंझट दिने मालपोतका अधिकृतहरु जग्गा कारोबारीलाई भने हार्दिकतापूर्वक भित्रै राखेर भटाभट काम गरिरहेका भेटिन्छन् । जग्गाका कारोबार गर्नेहरुलाई सो कार्यालयका सूचना अधिकारीसमेत रहेका मालपोत अधिकृत सुवोध खनालले भित्रै आउनुहोस् न भन्दै सोफामा राखेर चिया मगाउँछन् । बाहिर लाइनमा घण्टौ बस्नेहरुको काम भने उनीहरुको प्राथमिकताभित्र पर्दैन […]

चैत्र २८ भित्रै चीन भ्रमण गर्ने प्रम ओलीको तयारी

काठमाडौं, ९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत्र २८ गतेभित्रैमा चीन भ्रमण गर्ने तयारी सुरु गरेका छन् । भर्खरै मात्र मन्त्रिपरिषद विस्तार गरेका ओलीको दुई छिमेकी देश भारत र चीनको भ्रमण एकैसाथ अघि बढाइएको छ । एउटै मितिमा भारत र चीन भ्रमणको तयारी अघि बढेपछि परराष्ट्र मन्त्रालयमा तयारी गर्न निकै दौडधुप सुरु भएको […]

मकवानपुरका उमेशको चेन्नईमा रेलबाट झरेर मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका १ मकरीका उमेश खड्काको चेन्नईनजिकै एन्नोर भन्ने ठाउँमा दौडिरहेको रेलबाट झरेर मृत्यु भएको छ । बुधबार भारतको रक्सौलबाट मिथिला एक्सप्रेसमा चेन्नई तर्फ जाँदै गर्दा दौडिरहेको रेलबाट झरेर उमेशको मृत्यु भएको थियो । उमेशका ठूलोबुबाका छोरा गणेश खड्काले घटनाको पुष्टि गरेका छन् । मृतकको आजै भारतमै दाहासंकार गर्ने तयारी रहेको पनि […]

ताप्लेजुङमा भीषण अागलागी, क्षतिको विवरण आउन बाँकी

गर्मी चढ्दै गएसँगै अागलागीका समाचार अाउन थालेका छन् । ताप्लेजुङकाे फुङलिङ नगरपालिकाकाे एक हाेटलमा अाज अागलागी भएकाे छ । जिल्ला प्रहरी कार्यालयका अनुसार फुङलिङ नगरपालिकाको हेलिप्याडमा रहेको ‘होटल इको भ्यू पोइन्ट’मा आगलागी भएकाे हाे । आगलागीका कारण होटलसँगै सञ्चालनमा रहेको रेष्टुरेन्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ । तर, क्षतिकाे पूर्ण विवरण अाउन बाँकी रहेकाे […]

जहाज दुर्घटनामा मृत्यु भएका पाइलटकी पत्नीको पनि मृत्यु

काठमाडौं ९ चैत । काठमाडौंमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालककी पत्नीको शुक्रबार विहान मृत्यु भएको छ । विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानमको बंगलादेशको राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा मृत्यु भएको हो । उनलाई गत आइतबार हर्ट अट्याक भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु शुक्रबार विहान […]

सिमरामा ट्रिपरको ठक्करबाट मनहरीका लामाको मृत्यु

बारा / बाराको सिमरामा ट्रिपरको ठक्करबाट एक जना मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मकवानपुरको मनहरी घर भएका बर्ष २५ का लक्ष्मण लामाको टिपरको ठक्करले मृत्यु भएको हो । पथलैयाबाट सिमरातिर गइरहेको ना १९ प ३८४१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आइरहेको ना ७ ख २३३९ नम्बरको ट्रिपरले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो […]

भर्खरै : लहानकाे सुनचाँदी पसलमा वम विस्फोट

सिरहाको लहानमा वम विष्फोट भएको छ । लहान प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार लहान नगरपालिका वडा नम्बर ७ स्थित विकास शारदा सुनचाँदी पसलमा बम विस्फोट भएको छ । घटनास्थलतर्फ प्रहरी गइरहेको लहान प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।