समाचार

मकवानपुरको जंगलमा महिलालाई बलात्कार गर्ने कुमार पक्राउ

मकवानपुर, ७ माघ । मकवानपुरको बाग्मती गाउँपालिकाका एक महिलालाई जबरजस्ती बलात्कार गरी फरार भएका एक मानिसलाई प्रहरीले पक्राउ गरेको छ । सोही वडाका ३५ वर्षीय कुमार न्यासुरलाई ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । न्यासुरले माघ ४ गते बिहीबार करिब ३ बजेको समयमा बाग्मती गाउँपालिका वडा नम्बर ९ बस्ने वर्ष […]

बाटो ढुकेर किशोरी बलात्कार गर्ने मनहरीका युवक पक्राउ

मकवानपुर, ७ माघ । वि.सं. २०७४ साउन २ गते राति करिब ११ बजेको समयमा बाटो ढुकेर एक किशोरीलाई बलात्कार गरी फरार रहेका मनहरी गाउँपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मनहरी–२ बस्ने वर्ष १५ की एक बालिकालाई साथीको जन्मदिन मनाई घर फर्कने क्रममा बाटोमा ढुकी जबरजस्ती केरा घारीमा लगी करणी गरी फरार रहेका सोही […]

हेटौँडामा जबरजस्ती यौनधन्दा गराएको आरोपमा होटलका मालिक पक्राउ

मकवानपुर, ७ माघ । जबरजस्ती अवैध यौनधन्दा संचालन गर्न युवतीलाई बाध्य गराइएको आरोपमा हेटौँडाका एक होटल संचालकलाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा संचालनमा रहेको ग्यालेक्सी होटल एण्ड लजका संचालक ३८ वर्षीय रमेश कुमार श्रेष्ठलाई शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । ग्यालेक्सी होटल एण्ड […]

मकवानपुरको चिनारी झल्काउने मायाको चिनोद्वारा ३ नम्बर प्रदेशसभा सदस्यलाई सम्मान

मकवानपुर, ७ माघ । ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडामा शपथ ग्रहणका लागि आएका सबै साँसदहरुलाई मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरको धार्मिक, ऐतिहासिक स्थलहरु अंकित मायाको चिनो प्रदान गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवाल सहित बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, संघका अन्य पदाधिकारी, सदस्य लगायतले सभा सदस्यको स्वागत सहित सो मायाको […]

संसद बैठकमा पत्रकारले के गर्न हुन्छ के गर्न हुँदैन ?

मकवानपुर, ७ माघ । कुनै पनि संसद बैठकमा आफ्नै एउटा मर्यादा हुन्छ । मर्यादा र अनुशासन संसद बैठकमा उपस्थित मन्त्री, नेता, पत्रकार तथा त्यहाँ उपस्थित सबैको लागि तोकिएको हुन्छ । मर्यादा पालन गराउनका लागि त्यस ठाउँको सुरक्षा निकाय तथा संसद सचिवालयले मर्यादा पालकहरुको समेत व्यवस्था गरेको हुन्छ । त्यो मर्यादाको उल्लंघन गरेमा विशेष सजाय समेत […]

बानिँयाले फेरी भने : हेटौंडा प्रदेशको स्थायी राजधानी यसकारण बन्छ (हेर्नुहोस भिडियो सहित)

मकवानपुर ७ माघ । नेपाली काँग्रस मकवानपुरका प्रदेशसभा सदस्य एवं पुर्व गृहराज्य मन्त्री ईन्द्र बहादुर बानिँयाले प्रदेशको राजधानी हेटौैंडा बनाउँन उपयुक्त रहेको र नेपाल सरकारले अस्थायी राजधानी घोषणा गरेर निकैनै राम्रो काम गरेको बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अधिदेखि नै मकवानपुरको हेटौंडालाई प्रदेश राजधानी बँनाउनको लागि आवाज उठाउँदै आएका बानिँयाले तु खबर संग […]

करिब ९ लाख चोरी, २ जना पक्राउ

काठमार्डाैँ,७ माघ । मुलुकका विभिन्न स्थानहरुमा भएको लुटपाट र चोरीमा २ जनालाई पक्राउ गरिएको छ । रुपन्देहीको बुटवल नगरपालिका–५ तिँनाहु स्थित शंकर पेट्रोल पम्पको काउण्टरबाट शनिबार ४ लाख ३० हजार रुपैयाँ नगद चोरी भएको छ । उक्त घटनामा संलग्न रहेको आशंकामा सोही ठाउँ बस्ने २१ वर्षीय शिर्षक थापा र २४ वर्षीय बिशिष्ठ थापा मगरलाई प्रहरीले […]

शपथ ग्रहणमा किन ड्यासमा राखिएन हेटौँडाका मेयरलाई ?

मकवानपुर, ७ माघ । मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम सकिएको छ । भव्य स्वागत सहित प्रदेशसभा सचिवालयमा ३ नम्बर प्रदेशका ज्येष्ठ प्रदेशसभा सदस्य डोरमणि पौडेलले १०९ प्रदेश सांसदहरुलाई सपथ ग्रहण गराईरहँदा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत भने शपथ ग्रहण समारोहमा ड्यासमा देखिएनन् , यसमा संसद सचिवालयको गम्भीर त्रुटी देखिएको छ । […]

३ नम्बर प्रदेश सांसदको शपथ ग्रहण सकियो

मकवानपुर, ७ माघ । मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम सकिएको छ । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा सचिवालयमा ३ नम्बर प्रदेशका ज्येष्ठ प्रदेशसभा सदस्य डोरमणि पौडेलले १०९ प्रदेश सांसदहरुलाई सपथ ग्रहण गराएका हुन् । हेटौँडामा ३ नम्बर प्रदेश अन्तर्गत पर्ने काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, चितवन, धादिङ, रसुवा, […]

३ नम्बर प्रदेश सांसदलाई यसरी गराईदैछ शपथ ग्रहण (फोटो फिचर)

मकवानपुर, ७ माघ । मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम भव्य रुपमा शुरु भएको छ । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा सचिवालयमा यतिखेर बाजागाजा सहित ३ नम्बर प्रदेशका सांसदहरुको स्वागत गरिएको छ । कडा सुरक्षाका बिच यतिखेर शपथ ग्रहणको कार्य शुरु भएको छ । यस अघि नै मकवानपुरका ज्येष्ठ प्रदेशसभा […]

३ नम्बर प्रदेश सांसदलाई हेटौँडामा बाजागाजा सहित स्वागत

मकवानपुर, ७ माघ । मकवानपुरको हेटौँडामा प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम भव्य रुपमा शुरु भएको छ । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा सचिवालयमा यतिखेर बाजागाजा सहित मकवानपुरे सांसद सहितको टोली ३ नम्बर प्रदेशका अन्य प्रदेश सांसदहरुको स्वागतका लागि फुलमाला लिएर तम्तयार भएका छन् । यस अघि नै मकवानपुरका ज्येष्ठ प्रदेशसभा सदस्य डोरमणि पौडेललाई […]

‘सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग शिल्ड’ मा फुटबलतर्फ बराह बाहिनी र भलिबलतर्फ मुक्तिनाथ बाहिनी प्रथम

काठमाडौं, ७ माघ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हल्चोकमा यही माघ २ गतेदेखि संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग शिल्ड प्रतियोगिता २०७४’सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले माघ ६ गते एक कार्यक्रमका बीच प्रतियोगितामा सर्वप्रथम हुन सफल भएका टिम तथा खेलाडीहरुलाई रनिङ्ग शिल्ड प्रदान गर्नुभयो । प्रतियोगितामा फुटबलतर्फ […]

८ वर्षदेखि अनाथालय परिवारलाई निःशुल्क उपचार गर्दै एक डाक्टर

-सञ्जय मित्र रौतहट, ७ माघ । “डा. आरबी प्रसादका अस्पतालमा यहाँका बालबालिकालाई लैजान हामीलाई केही अप्ठ्यारो लाग्छ” रौतहटको गरुडास्थित वंशीराम जयसवाल अनाथालयलाई वर्तमान अवस्थामा रेखदेख गर्ने युवक हृदयनारायण कुशवाहाको भनाइ सुनेपछि यस्तो लाग्छ केही गडबडी छ तर अलिबेर पर्खेर कुशवाहाले मनको गाँठो फुकाए – “संस्थापक बाबाजीदेखि अनाथालयमा बस्ने सबैको सम्पूर्ण बालबालिकाको उपचार गर्दा डा. आरबी […]

दोश्रो पिपरा गोल्डकप २०७४ को सम्पूर्ण तयारी पुरा

–अनिल प्रित कोल्हवी, ७ माघ । सृजनशील युवा क्लब पिपरा बाराको आयोजनामा हुन लागेको दोश्रो पिपरा गोल्डकप २०७४ को सम्पूर्ण तयारी पुरा भएको छ । शनिबार श्री जनता माध्यमिक विद्याल्य कक्डी प्रसौनाको हलमा आयोजना गरिएको कार्यक्रमा क्लबका अध्यक्ष बृजमोहन चौधरीले सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । दोश्रो पिपरा गोल्डकप २०७४ यहि माघ ११ गते […]

हेटौंडामा यसरी गुञ्जिए पोखरेली गजलकार दीपक समीप

मकवापनुर, ७ माघ । गजल मञ्च मकवानपुरको आयोजनामा पोखरेली गजलकार दीपक समीपको एकल गजल वाचन भएको छ । समीपले शनिबार हेटौंडामा आफ्ना गजल सुनाएका हुन् । उनले कार्यक्रममा आफ्ना झण्डै दुई दर्जन गजल सुनाएर हेटौंडेली साहित्यकार, गजलकार तथा गजल अनुरागीको मन जितेका छन् । गजल मञ्च मकवानपुरको १४० औं गजल यात्राको सन्दर्भमा समीपका दमदार गजलहरु […]

भोलिदेखि ठेलामा सामान नबेच्न उपमहानगरपालिकाको माइकिङ

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा बजार क्षेत्रबाट फुटपाथ र ठेलामा व्यवसाय गर्नेहरुलाई हटाउन सूचना जारी गरेको छ । प्रदेश प्रमुख अनुराधा कोइराला हेटौंडा आएर पदभार ग्रहण गरेकै दिन उपमहानगरपालिकाले पुटपाथ र ठेलाहरुलाई हटाउन सूचना जारी गरेको हो । भोलि ३ नम्बर प्रदेश साँसदहरुको सपथ ग्रहण आयोजना हुँदैछ । यसैको पूर्वसन्ध्यामा ठेला हटाउन र फुटपाथमा समान […]

रिलायन्सका विद्यार्थीहरुद्वारा वृद्धाश्रमलाई सहयोग

मकवानपुर, ६ माघ । रिलान्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा ७, ८ र ९ मा अध्ययन गर्ने विद्यार्थीहरुले हेटौँडा २ मा रहेको ओम बृद्धाश्रममा खाद्य सामाग्री सहयोग गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्ब ५ मा अवस्थित विद्यालयमा रहेको पिस क्लब र सस्टेनेबल डेभलपमेन्ट क्लबमा आवद्ध विद्यार्थीहरुले ग्लोबल नेटवर्क फर सस्टेनेबल डेभलपमेन्ट मार्फत अध्ययन भ्रमणका […]

राष्ट्रियसभा निर्वाचनबारे छलफल

काठमाडौँ, ६ माघ (रासस) : आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा सहकार्य गर्नेबारे प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले दलीय छलफल शुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज वाम गठबन्धनबाहेकका संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायत दलसँग काँग्रेसले छलफल गरेको हो । चुनावी तालमेलबारे प्रारम्भिक छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी […]

“हेटौंडालाई प्रदेशको स्थायी राजधानी बनाएरै छाड्छु” : बानियाँ

मकवानपुर ६ माघ । नेपाली काँग्रेस मकवानपुरका प्रदेशसभा सदस्य एवं पुर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानिँयाले हेटौंडालाई प्रदेशको स्थायी राजधानी कुनै पनि हालतमा बनाएरै छोड्न आफु डटेर लाग्ने बताए । आज नेपाली काँग्रेस १० नम्वर वडाको आजोजनामा भएको दिप प्रज्वलन कार्यक्रमलाई सम्बोद्धन गर्दै माननिय बानिँयाले यसअघि पनि प्रदेश राजधानिको बिषयमा आफ्नो विशेष पहल रहेको साथै भोलिका दिनमा […]

राजधानी तोक्ने निर्णय नसच्चिएसम्म आन्दोलन जारी राख्ने कृष्ण बहादुर महराको धम्की

तुलसीपुर, दाङ, ६ माघ (रासस) : नेकपा(माओवादी केन्द्र)का नेता तथा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका कृष्णबहादुर सरकारले प्रादेशिक राजधानी तोक्ने सरकारले गरेको निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने बताउनुभएको छ । आज दाङको लमहीमा प्रदेश नं ५ को राजधानी दाङलाई नै बनाउनुपर्ने माग गर्दै जनसंघर्ष समितिले थालेको बृहत् सभालाई सम्बोधन गर्दै उहाँले […]