समाचार

मकवानपुर प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

मकवानपुर ५ साउन । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९, रजैयाको राप्तिखोला बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । गएराति गाँजा बोकेको ५–६ जनाको समूह र मकवानपुर प्रहरीबीच गोली हानाहान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ शुरु गरेको थियो । प्रहरीबाट […]

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

काठमाडौं ५ साउन । नेपाली बजारमा आज हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा ५ सय रुपैयाँ घटेर हो । आज सुन तोलाको ६५ हजार रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

सामाजिक विकास मन्त्री दुलाल एनजीओको अभियन्ता बनेको भन्दै बधाई आएपछि …!

मकवानपुर, ५ साउन । प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल शरद एउटा गैरसरकारी सस्थाको अभियन्ता बनेको भन्दै फेसबुकबाट बधाई लेखिएको पोष्टर सार्वजनिक भएपछि हंगामा भएको छ । हेर्नुहोस्, बधाई एउटा समान्य सामाजिक सस्थाको अभियन्ता बन्न मन्त्री दुलाललाई के विषयले उत्प्रेरित गर्यो त्यो बुझ्न उनीसँग गरिएको सम्पर्क प्रयास भने सफल हुन सकेन । […]

करेन्ट लागेर राईको मृत्यु

नुवाकोट ५ साउन । नुवाकोटको वगुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर सुर्यगढी गाउँपालिका वडा नं. ५ बगुवाका ३५ वर्षीय बिष्णु राईको मृत्यु भएको हो । राई स्थानीय दीपक गिरीको घरमा ल्याएको केबलको तार बनाउन शनिबार दिउँसो बिजुलीको पोलमा चढेका थिए। बिजुलीको तारमा छोएपछि करेन्ट लागेर गम्भीर घाइते भएका उनको नुवाकोट […]

ड्रोन क्यामेरासहित चीनियाँ नागरिक चेनवो पक्राउ

मुस्ताङ ५ साउन । लोघेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङबाट प्रहरीले ड्रोन क्यामेरासहित एकजना चीनियाँ नागरिकलाई पक्राउ गरेको छ । निषेधित एरियामा ड्रोन क्यामेरा उडाएपछि ४८ वर्षीय चीनियाँ नागरिक चेनवोलाई प्रहरीले पक्राउ गरेको हो । सहयोगी बिना एक्लै उपल्लो मुस्ताङ पुगेका चीनियाँ नागरिक चेनवोले शुक्रबार बिहान ६ बजे चराङ क्षेत्रमा ड्रोन क्यामेरामार्फत दृष्य खिचिरहेको अवस्था प्रहरी टोलीले […]

सचिवालय बैठकअघि नै पूर्वमाओवादी नेताहरुबीच छलफल

काठमाडौं, ५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (आईतबार) सचिवालय बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने भएको हो । उक्त बैठकमा जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतमा जिम्मेवारी टुंगो लगाउन प्रयास हुनेछ । यसैबीच पार्टीको सचिवालय बैठक बस्नुअघि पूर्वमाओवादी नेताहरुले आन्तरिक छलफल गरेका छन् […]

तीन इन्जिनियर १५ लाख घुससहित अख्तियारको फन्दामा

काठमाडौं ५ साउन । कर्णाली नदी व्यवस्थापन कार्यलय बर्दियाका तीन इन्जिनियर १५ लाख घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कमल सिटौला, विश्वेश्वर प्रसाद शाह, हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझासमेत रहेका छन् । उनीहरूले निर्माण योजना तारजाली भर्ने कामको विल रकम भुक्तानी गरे बापत सेवाग्राहीसँग घुस रकम मागेका थिए । उनीहरूलाई […]

विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज लामासहित दुई जना पक्राउ

काठमाडौं ५ साउन । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । उनलाई विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट गएराती पक्राउ गरेको हो । प्रहरीका अनुसार माइला लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरिएको छ । प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको दाबी […]

कारबाहीबाट बच्न नेताको शरणमा

काठमाडौं । मठमन्दिरको अर्बौं रुपैयाँ पर्ने जमिन बिक्री गरेको आरोप लागेका महोत्तरीको लक्ष्मीनारायण मठमटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णव कारबाही प्रक्रियाबाट जोगिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको शरणमा पुगेका छन्। राजनीतिक नेतृत्वको सहारामा कारबाहीबाट बच्न उनले लबिङ थालेका हुन्। महन्त जगन्नाथले रुपन्देही र धनुषा जिल्लामा लक्ष्मीनारायण, रामजानकीलगायत मन्दिरको […]

बालुवाटार जग्गामा प्रमाण नमागी फैसला !

बालुवाटारस्थित ललित निवासको जग्गासम्बन्धी दुईवटा मुद्दामा जिल्ला अदालत काठमाडौँले प्रमाण र कागजात नझिकाई गरेका फैसला शंकाको घेरामा परेका छन् । ललिता निवासको २९९ रोपनी सरकारी जग्गाको गैरकानुनी दर्तासम्बन्धी विवाद जोडिएका दुई मुद्दामा अदालतले ‘दाबी नपुग्ने’ ठहर गरेको हो । दुवै मुद्दाको फैसला न्यायाधीश रमेशराज पोखरेलले गरेका हुन् । अधिवक्ता दीपकराज जोशीले दुइटा मुद्दा २०७३ असार […]

फेरि भारी वर्षा हुने सम्भावना

पर्दै–रोकिँदै गरेको मनसुनी वर्षाले फेरि सक्रिय हुने छाँट देखाएको मौसमविद्हरू बताउँछन् । असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो । त्यसपछि मत्थर हुँदै गएको वर्षा शनिबारदेखि फेरि सक्रिय हुने बाटोमा अग्रसर रहेको मौसमविद् मञ्जु बासीले बताए । विशेषगरी काठमाडौँ क्षेत्रमा अबको […]

वृद्धभत्ता माग्न गएका जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र !

जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ । तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ । वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छ । कर्मचारीको लापरबाहीका कारण जीवित व्यक्तिलाई मृत्युको प्रमाणपत्र दिइएको हो। गत असार १० गते ती दम्पतीलाई गाउँपालिकाले मृत्यु दर्ताको […]

मेलम्ची खानेपानी अझै डेढ वर्ष कुर्नुपर्ने

सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने काम सुरु भएको तीन दसक नाघ्यो । काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन । काम फटाफट भएमा अझै डेढ वर्ष कुर्नुपर्ने देखिएको छ । गत जेठ ६ गते मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजनाको आवश्यक निर्माण कार्य गर्न मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएपछि […]

अवगालबाट जोगियो राष्ट्रिय सभा

काठमाडौँ । बाढीपहिरोका विषयमा सदनमा पहिला गृहमन्त्रीले बोल्ने कि विपक्षीको प्रस्तावमा छलफल गर्ने भन्ने विषयको टकरावले प्रतिनिधिसभा स्थगित हुँदा राष्ट्रिय सभाले त्यही सवालमा सर्वसम्मतिमा सहजै निकास निकालेको छ । संघीय संसदको माथिल्लो सभा सदन सञ्चालनमा मात्रै होइन, विपद्मा पनि एक भएर संकटको सामना गर्नुपर्ने सन्देश प्रवाह गर्न सफल भएको छ । प्रतिनिधिसभा जस्तै राष्ट्रिय सभामा पनि विपक्षी […]

प्रभावकारी बन्दै सिसी क्यामेरा

काठमाडौं उपत्यकामा सिसी क्यामेराको प्रभावकारीता बढदै गएको छ । प्रविधिको बढदो प्रयोगसँगै सिसी क्यामेराको फुटेजको आधारमा उपत्यकाभित्र प्रहरीले एक बर्षको अवधिमा १८ हजार घटनामा संलग्नलाई कारबाही गरेको छ । उपत्यकाभित्र हुने आपराधिक क्रियाकलाप हुन नदिन र सम्भावित घटनालाई नियन्त्रण गर्नका लागि जनशक्तिसँगै सिसी क्यामेराको प्रयोगमा जोड दिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक […]

बालुवाटारमा पूर्वएमालेको छुट्टै बैठक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वएमालेबाट सचिवालय सदस्य रहेकाहरुको छुट्टै बैठक बसेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलको शनिबार साँझ छुट्टै बैठक बसेको हो । […]

यस्ता छन्, चुरोट पिउनै नहुने ४० कारण

१. विश्वमा चुरोट सेवन गर्नेहरूमध्ये आधाको अकालमै मृत्यु हुन्छ। २. ढाड दुख्नुको प्रमुख कारण चुरोट सेवन पनि हो। ३. चुरोट सेवनले बुढोपन छिटो गराउँछ। ४. अमेरिकामा प्रत्येक पाँच मिनेटमा एक जनाको चुरोट सेवनका कारण मृत्यु हुन्छ। ५. चुरोट सेवन गर्ने मानिसमा छालाको समस्या हुन्छ। यिनीहरूको छाला पहेँलो, फुस्रो र खुम्चिएको हुन्छ। छालामा रगत नपुगेर यो […]

दुई बालिका खाल्डोमा डुबेपछि …

मकवानपुर ४ साउन । पानी जमेको खाल्डोमा डुबेर २ जना बालिकाको मृत्यु भएको छ । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा रहेको बाधको खाल्डोमा डुब्दा बालिकाको ज्यान गएको हो । देवाही गोनाही नगरपालिका – ५ को लालबकैया नदी भन्दा उतर पूर्वतिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारीको ज्यान […]

अनि रचियो ‘गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ’

पञ्चायती व्यवस्था थियो । एक अर्थमा पञ्चायत अल्लारे हुँदै थियो । त्यहींबेला पूर्वबाट एकजना क्रान्तिकारी ठिटो उदाए । ‘अल्लारे पञ्चायती निरुङ्कुशता’विरुद्ध आवाज बुलन्द गर्दै । व्यवस्थाविरुद्ध ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ भन्दै आमनागरिकमा जागरण भर्न मैदानमा उत्रिएका सशक्त युवा थिए, श्याम तमोट । विकास र पछौटेपनले गाँजिरहेको गाउँबस्तीलाई जागृत गराउन आग्रह गर्दै उनले गाउँबस्तीका अधिकारविहीन […]

मोहन वैद्यको चेतावनी – ‘प्रतिवन्धित विप्लव नेकपासँग एकता गर्छौ र बन्दुक बोकेर दलाल सत्ता ध्वस्त पार्छौ’

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्यले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने र हतियार उठाउने घोषणा गरेका छन् । प्राईम टाईम टाईम्स टेलिजिभनबाट आज राति ८ः०० बजे प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा महासचिव बैद्यले यस्तो घोषणा गरेका हुन् । उनले एकताको लागि विप्लवसँग कुराकानी भैरहेको सुनाए । ‘पहिला […]