समाचार

पूर्वमन्त्री पौडेलको निधनप्रति नेकपाको श्रद्धाञ्जलि

पूर्वमन्त्री धनिराम पौडेलको निधनप्रति नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले शोक वक्तव्य जारी गरेको छ। पार्टीका केन्द्रीय सदस्य पौडेलको निधनले नेकपालाई अतुलनीय क्षति पुगेको अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ ले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ५३ वर्षीया पौडेलको हृहृदयघातका कारण शुक्रबार बिहान चितवनमा निधन भएको थियो। घर निर्माणका क्रममा काम गर्दागर्दै शुक्रबार बिहान ७ बजेतिर पौडललाई हृहृदयघात […]

घाँस काट्ने क्रममा भिरबाट लडेर एकको मृत्यु

गोरखाको आरुघाट गाँउपालिका–१ मान्वुमा घाँस काट्न क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जंगलमा घाँस काट्न गएका बेला आरुघाट गाउँपालिका–१ मान्बु श्याम्चेतका सोम बहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जंगलमा घाँस काट्न गएका गुरुङलाई घाइते आवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लडेर घाइते भएका उनको उपचारका […]

बोक्सी आरोप लगाउने माता पक्राउ

आफूलाई बोक्सीको आरोप लगाएको भन्दै मेचीनगर नगरपालिका–९ धुलाबारीकी ८१ वर्षीया गंगामाया बस्नेतले स्थानीय दुईजना महिलाविरुद्ध उजुरी दिएकी छिन् । केही दिनअघि नै छिमेकी कुमारी चम्लागाईंका नाममा उजुरी दिएकी वृद्धाले शुक्रबार आफूलाई ‘माता’ बताउँदै मन्दिरमा बस्ने पवित्रा सिवाकोटीविरुद्ध पनि जाहेरी दिएकी हुन् । जाहेरी परेपछि प्रहरीले शुक्रबार अपराह्न ‘माता’ सिवाकोटीलाई पक्राउ गरेको छ । ‘माता’विरुद्ध उजुरी पर्नासाथ इलाका प्रहरी […]

तीन सय ३४ सांसदलाई एक–एक लाखका ल्यापटप

निर्वाचन क्षेत्र विकासका नाममा आगामी आर्थिक वर्षका लागि सांसदलाई ६ करोडका दरले बजेट छुट्याएपछि जनस्तरबाट सरकार निकै आलोचित भयो । कतिपय सांसदले पनि विरोध जनाए । ६ करोडको तरंग सेलाउन नपाउँदै अब सांसदले कम्तीमा एक–एक लाख पर्ने ल्यापटप पाउने निश्चित भएको छ । संसद् सचिवालयले सबै सांसदलाई ल्यापटप किन्न साढे तीन करोड छुट्याएर टेन्डर आह्वान गरिसकेको छ । संसद्कै […]

काँग्रेस सभापति देउवाद्वारा महतको ‘कांग्रेसको संक्षिप्त परिचय’ पुस्तक विमोचन

मकवानपुर ३१ जेठ । नेपाली कांग्रेस मकवानपुरका नेता भिमसेन महतले नेपाली कांग्रेस पार्टीको संक्षिप्त परिचय झल्कने गरी संकलन गरेकोे नेपाली कांग्रेसको संक्षीप्त परिचय नामक पुस्तक आज विमोचन गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले हेटौँडामा आयोजित एक समारोहमापुस्तक बिमोचन गरेका हुन् । ६० पुष्ठ रहेको पुस्तकमा, नेपाली कांग्रेसको इतिहास, बीपी कोर्इराला, गणेशमान सिंह, सुवर्ण सम्शेर […]

रुपचन्द्रको स्मृतिमा लेकाली बसीफाँटमा विशेष कार्यक्रम हुने

मकवानपुर ३१ जेठ । थाहा आन्दोलनको प्रणेता रुपचन्द्र विष्टको २० औं स्मृति दिवसको अवसरमा मकवानपुरको भीमफेदी ९ मा रहेको लेकाली बसीफाँट माध्यमिक विद्यालयले विशेष कार्यक्रम गर्ने भएको छ । आगामी असार ६ गते बसीफाँट माविमा रुपचन्द्र विष्टको व्यक्तित्व र उनले चलाएको थाहा आन्दोलनबारे चर्चा गर्ने कार्यक्रम तय गरिएको छ । रुपचन्द्र विष्टका अनुयायी एवम् राष्ट्रियसभा […]

सन्राइज बैंक लिमिटेडद्वारा स्वास्थ्य बीमा अन्र्तगत बीमा रकम भुक्तानी

मकवानपुर ३१ जेठ । सन्राइज बैंक लिमिटेडले आफ्ना बचत खाताका सम्र्पुण ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । उक्त बीमा सुबिधा अन्तर्गत बैंकका हरेक बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २ सय ५५ वा विल रकम मध्ये […]

भारतीय गाडीको ठक्करबाट आलेको मृत्यु, घिसिङ घाइते

मकवानपुर ३१ जेठ । विपी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–९ कुप्स डाँडामा भारतीय नम्बर बिआर ३२ पिए ४३४१ नम्बरको स्कार्पियोले ठक्कर दिँदा बा ७० प ८९९८ नम्बरको मोटरसाइकल चालक माहभारत गाउँपालिका–८ का २० वर्षीय तिलक आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ […]

‘बार्गेनिङ’ गर्ने प्रहरी हवल्दार यादवसहित तीन जना पक्राउ

मकवानपुर ३१ जेठ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४, निवासी रञ्जित साहले ज १ ज ४०२ नंको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान सिरहा नगरपालिका–७ स्थित ट्राफिकचोकस्थित चेकिङ प्वाइन्टमा छुटाइदिन्छु भन्दै […]

जंगली च्याउ खाँदा ६ जनाको मृत्यु

काठमाडौं ३१ जेठ । पाल्पामा जंगली च्याउ खाँदा ६ जनाको मृत्यु भएको छ । गत शुक्रबार च्याउ खाएर गम्भीर बिरामी परेका ११ जनामध्ये तीन जनाको उपचारको क्रममा काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा थप तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्की डाँडा निवासी ४८ वर्षीय पूर्णसिंह खाम्चा मगर, १२ वर्षीया निशा […]

बकैयामा मोटरसाईकल दुर्घटना, २ जना गम्भीर घाईते

मकवानपुर ३१ जेठ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ मा मोटरसाईकलले ठक्कर दिँदा स्थानीय उरिसा गौतम घाईते भएकी छिन् । नम्बर प्लेटमा नम्बर उल्लेख नभएको मोटरसाईकलले ११ बर्षकी गौतमलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथै मोटरसाईकल चालक बकैया ५ का भुवन कठायत पनि गम्भीर घाईते भएका छन् । बकैयाको छतिवनबाट […]

लिची खाएका कारण ४७ बालबालिकाको मृत्यु

उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ । बिहारका स्वास्थ्य अधिकारीहरूका अनुसार, सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो । स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो । रगतमा चिनीको मात्रा कम भएपछि शरीरले फ्याट्टी एसिडलाई पचाएर ग्लुकोज बढाउन थाल्छ। रगतमा […]

बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १९ जना घाइते

रामेछाप ३१ जेठ । रामेछापको दोरम्बा गाउँपालिका— ६ लखनपुरमा बिहीबार साँझ भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएका छन् भने १९ जना घाइते भएका छन् । कोशीपारी यातायातको बा २ ख ७२४२ को बस लखनपुरको बरबोटे घुम्ती नजिकै दुर्घटनामा हुँदा दोरम्बा ६ का उद्धव गौतम र हरिबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । […]

पाँच वर्षीया बालिका बलात्कृत, १३ बर्षीय बालक पक्राउ

सप्तरी ३१ जेठ । सप्तरीमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको भन्दै उनलाई पक्राउ गरिएको हो । बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पताल ठेलिया ल्याइएको […]

५४ केजी लागूऔषध गाँजासहित हेटौँडाबाट २ जना पक्राउ

मकवानपुर ३१ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १५ स्थित पूर्वपश्चिम लोकमार्गबाट प्रहरीले शुक्रबार (आज) विहान ४ बजेर ४० मिनेटको समयमा ५४ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका वडा नं. २ बस्ने २८ वर्षीय रोहित श्रेष्ठ र भारत रक्सौल बस्ने ४४ वर्षीय संजय महतो रहेका छन् […]

पेस्तोलसहित तीन युवा पक्राउ

बुटवल ३१ जेठ । सैनामैना नगरपालिकाको बुद्धनगरबाट प्रहरीले चेकजाँचको क्रममा कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले सैनामैना नगरपालिका–६ का २० वर्षीय सुरज दर्जी, वर्ष २० कै अर्जुन मुसहर र २२ वर्षीय मनिष परियारलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट पेस्तोलमा लाग्ने एक राउण्ड गोली पनि बरामद भएको इलाका प्रहरी कार्यालय […]

काँग्रेस सभापति देउवा हेटौँडा आइपुगे

मकवानपुर ३१ जेठ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा हेटौँडा आएका छन् । कांग्रेस सम्बद्ध नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिको आयोजनामा हेटौंडामा आज हुने राष्ट्रिय प्रशिक्षण भेलालाई सम्बोधन गर्न देउवा हेटौँडा आएका हुन् । उनी केहीबेरमानै कार्यक्रममा सहभागी हुने नेपाली काँग्रेस मकवानपुरले जनाएको छ । \राष्ट्रिय प्रशिक्षण भेलामा ७७ वटै जिल्लाबाट संघका […]

पूर्वसांसद् पौडेलको निधन भएपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं ३१ जेठ । प्रतिनिधिसभाको आज (शुक्रबार) बिहान ११ बजेको लागि तय भएको बैठक स्थगित भएको छ । पूर्व सांसद् एवं नेकपा नेता धनीराम पौडेलको शुक्रबार बिहान निधन भएपछि आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको हो । पूर्व शिक्षामन्त्रीसमेत रहेका पौडेलको शुक्रबार बिहान हृदयघातका कारण चितनवस्थित आफ्नै निवासमा निधन भएको थियो ।

प्रधानसेनापति थापा औपचारिक भ्रमणका लागि चीन जाने

मकवानपुर ३१ जेठ । प्रधानसेनापति पूर्णचन्द्र थापा औपचारिक भ्रमणका लागि चीन जाने भएका छन् । उनी चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा चीन भ्रमण जाने भएका हुन् । नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति थापा औपचारिक भ्रमणका लागि असार १ गते चीन प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । प्रधानसेनापतिको नियुक्ति पश्‍चात् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा […]

५ वर्षीया बालिका बलात्कृत गर्ने बालक पक्राउ

सप्तरी ३१ जेठ । सप्तरीमा ५ वर्षीया बालिका बलात्कृत भएको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पताल ठेलिया ल्याइएको थियो […]