विश्व विविध

मुगाबेले राजिनामा नदिने, आफ्नै दल र विपक्षीदलद्वारा उहाँको विरोध

हरारे, ४ मङ्सिर । जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो पदबाट राजीनामा नदिने धारणा आइतबार सार्वजनिक गर्नुभएको छ । जिम्बावेमा सेनाले शासन सत्ता हातमा लिएपछि उहाँलाई नजरबन्दमा राखिएको थियो । त्यसपछि उहाँले सेनाको कदमप्रतिको प्रतिक्रिया के दिनुहोला भन्ने बारेमा निकै जिज्ञासा राखिएको थियो । अर्कातर्फ उहाँले आफै राजिनामाको घोषणा गरेर बाटो खोलिदिए राम्रो हुने सुझाव धेरैले […]

अफगानिस्तानका बालबालिकाको अवस्थाबारे युनिसेफ चिन्तित्

काबुल, ३ मङ्सिर । अफगानिस्तानका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको अवस्थाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय एजेन्सी, युनिसेफले चिन्ता व्यक्त गरेको छ । यहाँका बालबालिकाले पोषणयुक्त खानेकुरा नपाएका तथा विद्यालय जान पाउने स्थिति पनि नरहेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको एक समाचारमा जनाइएको छ । अफगानिस्तानमा आजका मितिसम्म पनि कम्तीमा ३५ लाख बालबालिका विद्यालयबाहिर रहेका छन् भने […]

चीनमा भएको आगलागीमा परी १९को मृत्यु

बेइजिङ, ३ मङ्सिर । चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन् । उक्त जिल्लाको छिङजिन गाँउमा रहेको सो घरमा शनिबार राति ९ बजेतिर आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । आगलागीमा परी घाइते भएकाहरुलाई तत्काल उद्धार […]

झडपमा पाँच आतंकवादी र एक सैनिकको मृत्यु

श्रीनगर, २ मङ्सिर / रासस/पीटीआई० : भारत प्रशासित काश्मीरमा शनिबार भएको झडपमा पाँचजना शङ्कास्पद विद्रोहीको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । झडपका क्रममा एक जना सैनिक कमाण्डोको पनि मृत्यु भएको छ । “उत्तरी काश्मिरको हाजिन क्षेत्रमा विद्रोही सशस्त्र लडाकू लुकेर बसेको सूचनाको आधारमा वायुसेनाको कमाण्डो बल विमानबाट झरेपछि दोहोरो गोली चल्दा पाँच विद्रोही र […]

मुगाबे युग अन्त्यको समर्थनमा दशौँ हजार जिम्बावेली जनता सडकमा

जिम्बाब्वे, २ मङ्सिर रासस/ सिन्ह्वा : जिम्बाब्वेको राजधानीमा मुगाबे युगको अन्त्यको माग गर्दै शनिबार गरिएको प्रदर्शनमा दशौँ हजार जिम्बाब्वेली जनता सहभागी बनेका जिम्बाब्वेको राज्य सञ्चालित टेलिभिजन जेडटिभीले जनाएको छ । जिम्बाब्वेको सेनाले गत बुधबार मुगाबेबाट शासनसत्ता हातमा लिएको थियो । राष्ट्रपति मुगाबेलाई पदबाट राजिनामा दिलाउन दवाव सिर्जना गर्न जिम्बाब्वेका प्रभावशाली पूर्व सैनिकहरूको संगठन ९जिम्बाब्वे नेशनल […]

अफगानिस्तानमा तीन पत्रकारको मृत्यु

काबुल, २ मङसिर -रासस/सिन्ह्वा : अफगानिस्तानमा गत एक हप्ताको अवधिमा विभिन्न कारणले तीन जना अफगानी पत्रकारको मृत्यु भएको छ । एक हप्तामा तीन जनाको मृत्यु भएको हो भने अरु केही घाइते पनि भएको संचार माध्यम समर्थक एक संस्थाले शनिबार जनाएको छ । अफगानिस्तानमा यस बर्षको छ महिनामा लडाकूहरुको आक्रमणमा परी १० जना पत्रकारको मृत्यु भएको […]

मुगाबे विरुद्ध शनिबार सडकप्रदर्शन गर्न आह्वान

हरारे, १ मङ्सिर (रासस/एएफपी) : जिम्बाबेका प्रभावशाली पूर्व सैनिकहरूकोे संस्थाले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्धमा सडक प्रदर्शनमा उत्रिन शुक्रबार आह्वान गरेको छ । क्रिस्टोफर मुत्सभाङगाले पत्रकार सम्मेलनमा भने, “मुगाबे र उनकी श्रीमती ग्रेसको राजनीतिक खेल अव बाँकी रहने छैन ।” उहाँले हरारेमा मुगाबे विरुद्ध शनिबार सडक प्रदर्शन गर्ने तयारी भएकाले सहभागी हुन आह्वान गरे । उनले […]

कम्बोडियाको प्रतिपक्षी पार्टीलाई फुकुवा गर्न अमेरिकाको दवाव

वासिङटनडिसी, १ मङ्सिर (रासस/एएफपी) / कम्बोडियोको अदालतद्धारा बिहीबार प्रतिबन्ध गरिएको पार्टीलाई तत्काल फुकुवा गर्न अमेरिकाले आह्वान गरेको छ । अदालतले कम्बोडिया नेश्नल रेस्क्यु पार्टी (सीएनआरपी) र त्यसका झण्डै एक सय जना नेताहरुलाई प्रतिबन्ध गर्न आदेश दिएको थियो । सत्तारुढ दल हुन सेनले सर्वोच्च अदालतलाई कडाइका साथ नियन्त्रणमा लिएको पनि वासिङटनले आरोप लगाएको छ । अमेरिकाले […]

पाकिस्तानी सुरक्षा कारबाहीमा आतङ्कवादी कमाण्डरको मृत्यु

इश्लामावाद, पाकिस्तान, १ मङ्सिर (रासस/सिन्ह्वा) / पाकिस्तानी सुरक्षा कारबाहीमा दक्षिणपश्चिमी बालोचिस्तान प्रान्तमा एक जना बालोक लिवरेसन फ्रन्ट (बिएलएफ) समूहका एक उच्च कमाण्डरको मृत्यु भएको सेनाले जनाएको छ । बालोचिस्तानमा एक हप्ता पहिले १५ जना श्रमिकको हत्यामा सम्लग्न रहेको भनिएका बिएलएफको उच्च कमाण्डर यूनास ताउकाली प्रान्तको बुलाडा क्षेत्रमा सुरक्षा कारबाहीका क्रममा शुक्रबार मारिएका सेनाको अन्तरसेवा जनसम्पर्क […]

अफगान सेनाको कारबाहीमा १९ तालिबान मारिए

कान्दाहार (अफगानिस्तान), १ मङसिर (रासस/सिन्ह्वा) / अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १९ जना तालिवान सम्बद्ध सशस्त्र लडाकूहरु मारिएको समाचार छ । प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले बार सो जानकारी दिनुभएको छ । कान्दाहार प्रान्तको शहर ए सफा जिल्लामा शुक्रबार बिहान सबेरै सीमा प्रहरी बलले यो कारबाही गरेको थियो […]

अमेरिका र कोरियाका उच्च आणविक अधिकारी भेटवार्ता

सोल, १ मङसिर (रासस/सिन्ह्वा) / संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका उच्च आणविक अधिकारीबीच शुक्रबार भेटवार्ता भएको समाचार छ । दक्षिण कोरियाको राजधानी सोलमा भएको सो भेटमा उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक हतियारको प्रदर्शन र यसका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न समस्याका विषयमा कुराकानी भएको थियो । दक्षिण कोरियाको विदेशमन्त्रालयले जनाएअनुसार कोरियाली प्रायद्वीपका विषयमा […]

संविधान संशोधन हुनेमा ढुक्क छु– जापानी प्रधानमन्त्री आबे

टोकियो, १ मङ्सिर । जापानका प्रधानमन्त्री सिन्जो आबेले आफू जापानको संविधान संशोधन गर्न सक्ने कुरामा ढुक्क भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले गत महिना जापानमा भएको आम निर्वाचनमा करिब दुई तिहाई बहुमत हासिल गरेपछिको पहिलो नीतिगत विषयको सम्बोधनका क्रममा शुक्रबार सो प्रतिक्रिया दिनुभएको समाचारमा जनाइएको छ । उहाँले भन्नुभयो– निर्वाचनपछि आफूलाई संविधान संशोधनको जनमत नागरिकले […]

राजिनामा दिन्न– राष्ट्रपति मुगाबे, सत्ता नियन्त्रण फिर्तागर्न जिम्बावेको सेनालाई अफ्रिकी देशहरुको आग्रह

हरारे, १ मङ्सिर । जिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहनुभएका यहाँका राष्ट्रपति रोबर्ट मुगाबेले आफूले पद नत्याग्ने घोषणा गर्नुभएको छ । लामो समय सत्तामा रहेका राष्ट्रपति रोबर्ट मुगाबे गएको बुधबार बिहानदेखि यहाँको सेनाको नियन्त्रणमा रहनुभएको छ । उहाँले बिहीबार तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरेको जानकारी आएको छ । यहाँको सेनाले देशको समग्र शासन सत्ता लगभग […]

अफगानिस्तानमा मधुमेहका कारण वर्षेनी १९ हजार ७ सयको मृत्यु

काबुल, २९ कात्तिक (रासस/सिन्ह्वा) : अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले वर्षेनी १९ हजार ७ सय जनाको मृत्यु मधुमेह रोगका कारण हुनेगरेको बुधबार जनाएको छ । सन् २०१२ मा अन्तर्राष्ट्रिय मधुमेह महासंघले पत्ता लगाएको तथ्यांकमा अफगानिस्तानमा मात्रै मधुमेहका कारण १९ हजार ७७३ जनाको मृत्यु भएको देखाइएको छ, मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । मन्त्रालयले ८ लाख ४९ […]

मलेसियामा एक नेपालीको मृत्यु

राजविराज, २९ कात्तिक (रासस) : वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले आज जनाएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरीले मंगलबार राति खाना खाएर सुतेका र बिहान उनलाई साथीहरुले उठाउन […]

भूकम्पबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति

तेहरान, कात्तिक २९ (रासस/सिन्ह्वा) : इरान र इराकको सीमाक्षेत्रमा गत आइतबार गएको ७.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पपछि गरिएको प्रारभिक सर्वेक्षणबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति भएको छ । तासनिम समाचार समितिले मङ्गलबार सो जानकारी दिएको छ । भूकम्पबाट आवासीय, व्यापारिक र औद्योगिक भवनलगायत प्रशासनिक संचरनाको नोक्सानलाई लिएर तयार पारिएको प्रारम्भिक प्रतिवेदनमा सो क्षतिको आँकलन गरिएको […]

इरान र इराकको सिमा क्षेत्रमा भुकम्प, ६१ जनाको मृत्यु

कात्तिक २७ । इरान र इराकको सिमा क्षेत्रमा शक्तिशाली भुकम्प जाँदा ६१ ज्नाको मृत्यु भएको छ । भुकम्पका कारण ३ सय जना घाइते भएका छन् । बीबीसीमा लेखिए अनुसार, सो क्षेत्रमा ७.२ रेक्टर स्केलको भुकम्प गएको हो । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ भने सो क्षेत्रमा विजुली आपूर्ति बन्द छ । भुकम्पको झड्का अन्य प्राप्तहरुमा […]

लक्ष्मीको शव ईराकबाट नेपाल झिकाउन सहयोगको अपिल, परिवार शोकमा

-चन्द्र घलान मकवानपुर, २३ कात्तिक । ईराकको बासरामा मृत्यू भएकी मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ बकुण्ठकी २६ वर्षीया लक्ष्मी बलको शव नेपाल झिकाउन लागि सहयोगको अपिल गरिएको छ । उनको दुःखद निधनपश्चात शोकमा रहेको परिवारले सबैसँग सहयोग माग्दै सक्दो सहयोग गर्नका लागि आग्रह गरेका छन् । उनको शव ल्याउन करिब ३–४ लाखको आवश्यकता रहेको […]

हेलिकप्टर दूर्घटनामा साउदी राजकुमारको मृत्यु

साउदी अबरको सरकारी संचारमाद्यमले बताए अनुसार यमनको सिमा क्षेत्रमा भएको हेलिकप्टर दूर्घटनामा त्यहाँका एक जना राजकुमार र एक सरकारी उच्च अधिकारीको मृत्यु भएको छ । दूर्घटनामा साउदी राजकुमार मंसुर बिन मुकरिनको मृत्यु भएको हो । उनी त्यहाँको असीर प्रान्तको ड्पिुटी अभर्नर थिए । हेलिकप्टर दक्षिणी साउदीको आभा सहरमा दूर्घटना भएको बताइएको छ । बीबीसी हिन्दीले पनि […]

अमेरिकाको टेक्ससमा अन्धधुन्ध गोली चल्यो, २७ जना मारिए

अमेरिकाको टेक्सास राज्यस्थित एउटा चर्चमा एक जनाले अन्धधुन्ध गोली चलाउँदा २७ जनाको मृत्यु भएको छ । बीबीसी हिन्दीले जनाए अनुसार, घटनामा अन्य थुप्रै घाइते भएका छन् । घटनाको आवश्यक अनुसन्धान त्यहाँको प्रहरीले गरिरहेको छ । त्यहाँको प्रहरीले अन्धधुन्ध गोली चलाउनेलाई मारिदिएको पनि समाचारमा लेखिएको छ । जापान यात्रामा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले यस विषयमा ट्वीट […]