विश्व विविध

बालिका बलात्कार मुद्दाका दोषी आशारामलाई आजीवन जेल सजाय

काठमाडौं । स्वघोषित देवता आशारामलाई आजीवन कारावासको सजाय दिइएको छ । अर्थात उनले बाँकी जीवन जेलमा बिताउनुपर्नेछ । उनलाई यो सजाय विशेष अदालतले दिएको हो । आज नै उनलाई सन् २०१३ को बालिका बलात्कारको मुद्दामा दोषी पाइएको थियो । यो घटनासँग जोडिएका अन्य दुई मानिसहरुलाई २० वर्षको जेल सजाय दिइएको छ । यो फैसला र […]

रासायनीक ग्यास आक्रमणमा ७० जनाको मृत्यु

सीरिया, २५ चैत । सीरियाको गुटास्थित डउमा क्षेत्रमा रासायनीक ग्यास आक्रमण हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गुटा क्षेत्रमा विद्रोहीविरुद्ध सरकारी सेनाले आक्रमण गर्दै आएको छ । सीरियाली सेनालाई रुसले सघाइरहेको छ । गुटाको डउमा क्षेत्रमा टक्सिक ग्यास आक्रमण भएको समाचारहरु आइरहे पनि यसको स्वतन्त्र रुपमा पुष्टि हुन भने […]

५० हजार धरौटीमा सलमान खान रिहा हुँदै

काठमाडौं, २४ चैत्र । २० वर्ष अघि सुटिङको क्रममा दुई हरिण मारेको आरोपमा पाँच वर्ष काराबासको सजाय सुनाइएका भारतीय नायक सलमान खान ५० हजार धरौटीमा रिहा हुने भएका छन् । भारतीय अदालतले आज उनलाई प्रति हरिण २५ हजार धरौटीमा रिहा गर्न सक्ने मार्ग प्रशस्त गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । टाईम्स अफ इण्डिका अनुसार […]

२३ देशका कुटनीतिज्ञ देश निकाला

काठमाडौं, १८ चैत । अमेरिका र युरोपका देशहरुले रुसका कूटनीतिज्ञलाई देश निकाला गरेसँगै उसले पनि एकै पटक २३ देशका कूटनीतिज्ञलाई देश निकाला गरेको छ । रुसको विदेश मन्त्रालयले अमेरिका र यूरोपका विभिन्‍न २३ देशका कूटनीतिज्ञलाई आफ्नो देश छोड्‍न भनेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘जस्तालाई त्यस्तै’ जवाफ दिनु पर्ने अवस्था अाएको भन्दै २३ देशका […]

मलाला कडा सैनिक सुरक्षाबीच गृह नगरमा

पाकिस्तान-महिला शिक्षाका लागि गरेको योगदानबापत नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल पाकिस्तानी प्रसिद्ध अधिकारकर्मी मलाला युसुफजाई शनिबार पाँच बर्षपछि आफ्नो गृहनगर स्वेट उपत्यका पुग्नुभएको छ । महिला शिक्षाका लागि गरेको योगदानको कदर गर्दै उहाँलाई १७ बर्षको उमेरमै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उहाँे सवैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार पाउन सफल व्यक्ति हुनुहुन्छ […]

प्रहरी र कैदीबिच झडपपछि आगलागी, ६८ जनाको मृत्यु

काराकस, १५ चैत । भेनेजुएलाको भ्यालेन्सिया सहरमा रहेको एक कारागार र त्यससँगैको प्रहरी चौकीमा थुनुवा र सुरक्षाकर्मीबीचको झडपपश्चात लागेको आगोका कारण ६८ जनाको ज्यान गएको छ । कारागार र त्यससँगैको प्रहरी चौकीमा अकस्मात दंगा फैलिएपछि त्यहाँ आगलागी सुरु भएको थियो । केही आगलागीमा परेर र केहीको आपसी हानाहानमा परी कम्तीमा ६८ जनाको ज्यान गएको सरकारी […]

उत्तर कोरियाली नेता किम र शी जिनपिंगबीच बेइजिङमा भेटवार्ता

एजेन्सी – चीन भ्रमणमा रहेका उत्तर कोरियाका नेता किम जोंग उन र चिनीयाँ राष्ट्रपति र शी जिनपिंगबीच भेटवार्ता भएको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राजधानी बेइजिङमा चिनीयाँ राष्ट्रपति शी जिनपिंग र किम जोंग उनबीच भेटवार्ता भएको छ । गत महिना मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेता किमले दिएको भेटवर्ताको निम्तोलाई स्विकार गरेका […]

लाखाैँ अमेरिकी जनता किन उत्रिए सडकमा ?

काठमाडाैं / बन्दुक नियन्त्रणको माग गर्दै अमेरिकामा विशाल प्रदर्शन भएको छ । ‘मार्च फर आवर लाइभ्स’ नारासहित सबैभन्दा ठूलो प्रदर्शन राजधानी वाशिङ्टन डिसीमा भएको छ । राजधानी वाशिङ्टन डिसीमा पाँच लाख प्रदर्शनकारी सडकमा उत्रिएर बन्दुक नियन्त्रणको माग गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । यस्ता प्रदर्शन आठ सयभन्दा बढी स्थानमा भएको बीबीसीले लेखेको छ । […]

मोदी सरकारलाई ४३ पत्र लेखेँ, तर कुनै पत्रको पनि जवाफ आएन भन्दै अन्ना हजारेले सुरु गरे अनसन

काठमाडौँ । समाजसेवी अन्ना हजारेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई वितेको चार बर्षमा ४३ पटक पत्राचार गरेपनि सो मध्ये एउटा पनि पत्रको जवाफ नपाएको बताएका छन् । यसो भन्दै उनले भारतको रामलिला मैदानमा अनसन पनि सुरु गरेका छन् । सात बर्ष पहिले भ्रष्टाचारलाई राक्नु पर्ने माग गर्दै उनी यहि मैदानमा अनसन बसेका आजका भारतीय पत्रपत्रिकाले […]

चारा घोटालामा लालु यादवलाई सात बर्ष कैद फैसला

काठमाडौँ । चारा घोटाला आरोपमा लालु प्रसाद यादवलाई राँचीको सिबीआई कोर्टले ७ बर्षको सजाय सुनाएको छ । तर, अहिलेसम्म कोर्टको आदेशको कुनै कपी नआएको आजतकले लेखेको छ । यादवका अधिवक्ता प्रभात कुमारको भनाइलाई उदृत गर्दै आइपीसी र पीसीको धारा अनुसार सात सात बर्षको सजाय भएको आजतकको समाचारमा छ । यो दुबै मुद्धामा ३०/ ३० लाख […]

चैत्र २८ भित्रै चीन भ्रमण गर्ने प्रम ओलीको तयारी

काठमाडौं, ९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत्र २८ गतेभित्रैमा चीन भ्रमण गर्ने तयारी सुरु गरेका छन् । भर्खरै मात्र मन्त्रिपरिषद विस्तार गरेका ओलीको दुई छिमेकी देश भारत र चीनको भ्रमण एकैसाथ अघि बढाइएको छ । एउटै मितिमा भारत र चीन भ्रमणको तयारी अघि बढेपछि परराष्ट्र मन्त्रालयमा तयारी गर्न निकै दौडधुप सुरु भएको […]

जुकरबर्गले किन मागे माफी ? के फेसबुक बन्द हुन लागेकाे हाे ?

एजेन्सी / चैत ८ – क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएको पाँच दिनपछि फेसबुकका मालिक मार्क जुकरबर्गले मौनता तोडेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट मानिएको डाटा फर्म क्याम्ब्रिज एनालिटिकाले पाँच करोड अमेरिकी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरेर राष्ट्रपति चुनावलाई प्रभावित गर्न खोजेको समाचार सार्वजनिक भएपछि फेसबुकको गोपनियतामाथि विश्वभरबाट सवाल उठाइएको थियो । विश्वका विभिन्न […]

कोरिया जान चाहानेका लागि अवसर–नवौँ ईपिएस परिक्षाको आवेदन भोलिबाट खुल्ने

काठमाडौँ, ७ चैत । कोरियामा रोजगारीका लागि जान चाहनेका लागि अर्को अवसर आएको छ । भोलि बिहीबारबाट रोजगार अनुमति प्रणाली (इपीसएस) परीक्षाको आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले परीक्षाको आवेदन लिने सबै तयारी सकिएको बताएको छ । ईपिएस परिक्षा दिन चाहानेहरुले भोलिदेखि १७ गते सम्म आवेदन भर्न सक्नेछन् । १८ […]

टाउको काटेर झुण्ड्याउने अदालतको आदेशपछि साउदीको कारागारबाट छोराको बिलौना–‘ घर आउँछु आमा ७० लाख चाहियो’

धनुषा, ६ चैत । १२ वर्षदेखि सउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, “म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।” १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न फोनमा । सउदी अरेबिया अदालतले टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने हुन सकेको छैन । एक […]

अफगानिस्तान कारवाहीमा २० लडाकुहरुको मृत्यू

लस्करगाह, अफगानिस्तान, ६ चैत । अफगानिस्तानको सरकारी फौजले गरेको सुरक्षा कारबाहीमा परी आइतबार मात्रै २० भन्दा बढी लडाकूहरु मारिएका छन् । हेल्मन्ट प्रान्तमा भएको सुरक्षा कारबाहीमा उनीहरु मारिएको गृह मन्त्रालयका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । मन्त्रालयद्धारा जारी वक्तव्यमा मारिएका सवै जना लडाकू नै भएको दावी गरिएको समाचारमा जनाइएको छ । “अफगानी सुरक्षाकर्मीले दक्षिणी हेल्मण्ड […]

महिलाको कुमारीत्व परीक्षण

इन्डोनेसियामा उच्च शिक्षा पास गरेका १८ देखि २० वर्षका युवतीलाई सेना र प्रहरीमा भर्ना गर्नुअघि भर्जिनिटी टेस्ट अनिवार्य छ । ह्युमनराइट वाचले गरेको अध्ययनअनुसार यस्तो परीक्षण हवाई फोर्स, सेना र नौसेनामा भर्ना हुने अधिकृतलाई अनिवार्य छ । स्थानीय सरकारले सार्वजनिक सेवामा प्रवेश गर्न चाहने युवतीका लागि पनि परीक्षण अनिवार्य गरेका छन् । केही वर्षअघि जेम्बर, पूर्वी […]

होला त अमेरिका कोरिया वार्ता ?

काठमाडौं, ३ चैत (रासस) : गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका प्रस्थान गरेकैदिन यता चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्तागर्न आग्रह गर्नुभयो । बेइजिङमा आयोजित चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– उत्तर कोरिया र अमेरिकाले जतिसक्दो चाँडै शान्तिवार्ता गर्दा राम्रो हुनेछ किनभने उनीहरुसँग वार्ता […]

विश्वचर्चित वैज्ञानिक स्टेफेन हकिङ्गको निधन

विश्वचर्चित वैज्ञानिक स्टेफेन हकिङ्गको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको हो । ब्ल्याक होल पत्ता लगाएका उनलाई खगोलशास्त्रका चर्चित वैज्ञानिक मानिन्छ । उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको छ । उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब चर्चित छ । यो सर्वाधिक बिक्री भएको पुस्तक मानिन्छ । उनी यस्तो विमारीबाट […]

ब्लड क्यान्सर पिडीतलाई मकवानपुर कोरिया मञ्चद्वारा १ लाख ३६ हजार सहयोग

-चन्द्र घलान मकवानपुर, २८ फागुन । कोरियामा कार्यरत मकवानपुरका युवाहरुको संस्था मकवानपुर कोरिया मञ्चले हेटौँडाका एक ब्लड क्यान्सर पिडीतलाई १ लाख ३६ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । ब्लड क्यान्सरसँग जुधिरहेका हेटौँडा–५ सानोपोखरा निवासी निरज श्रेष्ठको उपचारका लागि रकम सहयोग गरिएको मकवानपुर कोरिया मञ्चका अध्यक्ष सुरेश भोलनले जानकारी दिए । कोरियामा कार्यरत राजेश […]

कतारमा पिकनिकसँगै मकवानपुरे मिलन केन्द्रको साधारण सभा हुने

दोहा, २१ फागुन । कतारमा कार्यरत नेपालीहरूको साझा संस्था मकवानपुरे मिलन केन्द्रले पिकनिक कार्यक्रमसँगै आफ्नो साधारणसभा समेत गर्ने भएको छ । ९ मार्च २०१८ शुक्रवारका दिन साधारणसभा सहित पिकनिक कार्यक्रमको आयोजना हुने कतारबाट कृष्ण रुम्बाले जानकारी दिएका छन् । शुक्रबार बिहान ११ बजे देखी अलदोसरी पार्क, साहानियामा हुने साधारणसभाले नयाँ कार्य समितिको चयन गर्नेछ । […]