विश्व विविध

अमेरिकी अधिकारीहरु उत्तर कोरियामा, वार्ता निर्धारित समयमा हुने

वासिङ्टन, १४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ । आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी सुरु भएका दुवैतर्फका अधिकारीहले जनाएका […]

ईरानी विदेशमन्त्री जाभेदले भारत भ्रमण गर्ने

तेहरान, १४ जेठ । इरानी विदेशमन्त्री मोहमद जाभेद जरिफले अगामी आइतबारबाट भारतको भ्रमण सुरु गर्नुहुने भएको छ । उहाँ द्विपक्षीय वार्ताको लागि आइतबार भारततर्फ जान लाग्नुभएको इरानी सरकारी समाचार समिति इर्नाले जनाएको छ । दुबै देशको राजनीतिक र आर्थिक पक्षमा छलफल हुने अपेक्षा गरिएको यस वार्ताको प्रतिनिधिमण्डलमा जरिफ प्रमुख रहनुहुने इरानको विदेश मन्त्रालयका प्रवक्ता बारम […]

धर्मगुरुलाई अपमान गरेको भन्दै युट्युबलाई एक महिना प्रतिबन्ध

इजिप्ट, १४ जेठ ।इजिप्टको उच्च अदालतले इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदलाई बदनाम गरेको आरोपमा भिडियो साइट यूट्यूबलाई एक महिनाका लागि प्रतिबन्ध लगाउने निर्णयलाई अनुमोदन गरेको छ । अदालतको निर्णय अन्तिम भएको भन्दै यस उपर पुनरावेदन नहुने बताइएको छ । मोहम्मद हमिद सालेम नामक एक वकीलले यूट्यूबविरुद्ध निजी लगानीमा क्यालिफोर्नियामा निर्मित १३ मिनेट लामो भिडियोमार्फत सन् २०१२ […]

युगाण्डामा बस दुर्घटना, ४८ जनाको मृत्यू

कम्पला, १३ जेठ । युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या शनिबार अपरान्ह्सम्म ४८ पुगेकोे छ । अझै केही घाइते गम्भीर अवस्थामा उपचाररत रहेकाले मृतकको सङ्ख्यामा अझै केही वृद्धि हुनसक्ने स्थानीय चिकित्सकहरूले बताइएका छन् । मृतकमध्ये १८ जना बालबालिका रहेका पनि अस्पताल स्रोतले जनाएको छ । यसअघि युगाण्डा बस दुर्घटनामा परी कम्तीमा […]

अफगानिस्तानमा प्रमुख तालिवान कमाण्डरको सुरक्षा कारबाहीमा मृत्यु

अफगानिस्तान, १३ जेठ । उत्तरी अफगानिस्तानको फारयाब प्रान्तमा सुरक्षाकर्मीले तालिवान विरुद्ध लक्षित गरी चलाएको कारबाहीमा उक्त क्षेत्रमा विद्रोहीतर्फ प्रभाबशाली मानिने एक तालिवान कमाण्डर र उनका सहयोगीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीलाई प्राप्त गोप्य सूचनाका आधारमा तालिवान विद्रोही विरुद्ध गरिएको सुरक्षा कारबाहीमा सिरिन तागब जिल्लामा शनिबार बिहानै तालिवानका सैन्य आयोगका प्रमुख मलावी गुलिस्तान र […]

यसरी भयो मुन र किमबीच पानमुनजोममा भेट

दक्षिण कोरिया, १३ जेठ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच शनिबार कोरियाली सीमाक्षेत्रमा रहेको शान्ति क्षेत्र पानमुनजोममा शनिबार दोस्रो शिखर सम्मेलन भएको छ । दक्षिण कोरियाली राष्टङपतिको कार्यालय बताए अनुसार दुई नेता पानमुनजोमको उत्तर कोरियाली गाउँमास्थानीय समयअनुसार शनिबार दिउसो ३ बजे भेट भई करिब दुई घण्टा सम्वाद […]

रुस चीन सम्बन्ध इतिहासकै राम्रो

सेन्ट्स पिटस्बर्ग, १२ जेठ । । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँगको रुसको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको धारणा राख्नुभएको छ । इतिहासमा नै रुस र चीनबीचको रणनैतिक साझेदारीको अवस्था हेर्दा हालका दिनमा सबैभन्दा राम्रो छ, रुस रचीनबीचको सम्बन्ध अहिले बढी महत्वपूर्ण रुपमा लिइएको छ । उहाँले चीनसँगको रुसको सम्बन्धलाई कुनै पनि नयाँ परिभाषा दिन आवश्यक […]

अमेरिका उत्तर कोरिया शिखर बैठकमा चिनको पनि समर्थन

वासिङ्टन, १० जेठ । चिनियाँ विदेशमन्त्री वाङ यिले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाका बीचमा हुन लागेको शिखर बैठकप्रति चीनको समर्थन रहेको बताउनुभएको छ । यस शिखर बैठकले अरु धेरै कुराहरुका अतिरिक्त कोरियाली प्रायद्वीप क्षेत्रमा शान्ति स्थापनाका लागि ठूलो सहयोग पु¥याउने विश्वास चीनले लिएको भन्दै यसका लागि चीनको आवश्यक सबै सहयोग हुने प्रतिबद्धता पनि व्यक्त […]

अफगानिस्तानको संयुक्त सेना कारवाहीमा ११ तालिवानको ज्यान गयो

अफगानिस्तान, १० जेठ । अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा तालिबान आतङ्ककारीका विरुद्धमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी ११ जना तालिबानको ज्यान गएको समाचार छ । यस झडपमा परी बुधबार बिहानै कम्तीमा पनि ११ जना तालिबान आतङ्ककारी मारिएका छन् भने अरु करिब १२ जना घाइते भएका गजनी प्रान्तका प्रान्तीय प्रमुख मोहमद जमान खोस्तीले जानकारी […]

मलेसियामा मन्त्रीहरुको सुविधा १० प्रतिशत कटौति

मलेसिया, १० जेठ । मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो सरकारका मन्त्रीहरूको सुविधामा १० प्रतिशतले कटौति गर्ने बुधबार घोषणा गर्नुभएको छ । सरकारको उच्च खर्चलाई कटौति गर्ने लक्ष्य अनुरूप बयानब्वे वर्षीय नेताले सरकारी खर्चलाई २५१ अर्ब पाँच करोड अमेरिकी डलरमा झार्ने बताउनुभएको छ । मलेसियाको विकासका सुत्रधार मानिने प्रधानमन्त्री महाथिरले यस पहिले करिब २२ वर्ष […]

क्युबामा विमान दुर्घटना हुँदा सय भन्दा बढीको ज्यान गयो

रासस/सिन्ह्वा हवाना, ५ जेठ / ल्याटिन अमेरिकी देश क्युबामा शुक्रबार अपरान्ह एक विमान दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा परी १०० जनाभन्दा बढीको ज्यान गएको छ । क्युबाको राजधानी हवानामा रहेको एउटा अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै सो विमान दुर्घटनाग्रस्त भएको हो । यसमा परी १०१ जना यात्रुको मृत्यु भएको छ भने दुर्घटनामा तीनजना बाँच्न सफल भएका […]

सिरियामा फेरि ४२ जनाको मृत्यु

लेबनान, ३० बैशाख । यस हप्ता सिरियामा भएका इजरायली आक्रमणमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमन समूहले शनिबार बताएको छ । बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन समूहले भनेको छ, इजरायलले बिहीबार बिहानैदेखि आक्रमण शुरू गरेको थियो । आक्रमणबाट ११ इरानी, छ सिरियाली सेनासहित २७ जनाको मृत्यु भएको छ । मानवअधिकार अनुगमन समूहका […]

इजरायली आक्रमण : सिरियामा २३ लडाकू मारिए

बेरुत, २८ बैशाख । इजरायली सेनाले सिरियाका विभिन्न ठाँउमा गरेको आक्रमणमा परी कम्तीमा २३ लडाकू मारिएका छन् । बेलायतमा कार्यालय रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइटसले बिहीबार दिएको जानकारी अनुसार मारिनेमा केही सिरियाली र केही विदेशी रहेका छन् । इजरायली सेनाले सिरियामा दर्जनौ इरानी सेनालाई पनि आक्रमणका लागि तयारी गरिरहेको बताएको छ । रुसको रक्षा […]

महाथिर मोहमद बने विश्वको सबैभन्दा बृद्ध प्रधानमन्त्री

क्वालालम्पुर,२७ बैशाख । मलेसियाको संसदीय निर्वाचनमा यहाँका पूर्व प्रधानमन्त्री महाथिर मोहमदको विपक्षी गठबन्धनले सानदार जित हात पारेको समाचार छ । उहाँको चुनावी गठबन्धनले सन् १९५७ देखि निरन्तर रुपमा मलेसियामा सत्तामा रहेको एक राजनीतिक दललाई हराउँदै सानदार विजयी भएको हो । यो जितसँगै मलेसियाका एकजना वरिष्ठ राजनीतिज्ञको राजनीतिक पुनरागमन भएको छ । महाथिर हाल ९२ वर्षका […]

अमेरिकामा नेपाली भवन बनाउन सप्ताह लगाईयो, करोडौँ संकलन

क्यालिफोर्निया, २४ बैशाख । अमेरिकाको कोलोराडो राज्यमा नेपालीको साझा सामुदायिक भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले वैशाख १५ गतेदेखि २२ गतेसम्म भएको सप्ताहमा करीब रु छ करोड संकलन भएको छ । सप्ताह वाचन प्रवीण गुरु दीनबन्धु पोखरेलले गर्नुभएको थियो । नेपाली घरका कोषाध्यक्ष जगदीश ढकालले दिएको जानकारीअनुसार जम्मा पाँच लाख ८१ हजार १७१ डलर […]

कार्ल मार्क्सको जिवनी बारे चलचित्र प्रदर्शन

बेइजिङ,२२ बैशाख । कार्लमाक्र्सको जिवनी समेटिएको चलचित्र द योङ कार्ल माक्र्स चीनमा शनिबारदेखि प्रदर्शन सुरु गरिएको छ । उक्त चलचित्रमा कार्ल माक्र्स र ऐंगेल्सको बाल्यकाल समेटिएको छ । उक्त चलचित्र शनिबारदेखि चीनका विभिन्न चलचित्र हलहरुमा प्रदर्शन थालिने भएको समाचारमा जनाइएको छ । कार्लमाक्र्सको २०० वर्षको जन्मशताब्दिको अवसरमा उक्त चलचित्र प्रदर्शन थालिएको बताइएको छ । उक्त […]

अफगानिस्तानमा बम आक्रमण, बिबिसीका एक सहित सञ्चारकर्मीसहित ३६ मारिए

काबुल, १८ बैशाख । अफगानिस्तानको काबुल र कान्दाहारमा सोमबार गरिएका तीन बम आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । घटनामा ४५ घाईते भएको अधिकारीले जनाएका छन । मृत्यु हुनेमा समाचार संस्था एएफपीका वरिष्ठ फोटो पत्रकार शाह मराई र वीबीसी संवाददाता अहमद शाहसहित ८ पत्रकार र ४ प्रहरी पनि छन् । अधिकारीका अनुसार मोटरसाईकलमा आएका […]

मलेशियामा नेपालीहरुलाई जथाभावी यातना र कैद बढ्दो

काठमाडौँ, १७ बैशाख । वैदेशिक रोजगारीको प्रमुख गन्तब्यमध्येको एक मलेसियामा नेपाली कामदारलाई जथाभावी थुन्ने र यातना दिने गरेको पाइएको छ । मलेसियामा कार्यरत नेपाली कामदारको अवस्था अध्ययन गर्न हालै स्थलगत भ्रमणमा गएको प्रतिनिधिसभा सदस्य सम्मिलित एक टोलीका अनुसार पछिल्लो समय मलेसियाका सुरक्षाकर्मीले गैरकानुनी रुपमा नेपाली कामदारलाई थुन्ने, यातना दिने काम गरेका छन् । आजको नागरिक […]

कोरियामा प्रदेश नम्बर ३ एकता समाज गठन, अध्यक्षमा मकवानपुरका किशोर ब्लोन चयन

दक्षिण कोरिया, १६ बैशाख । ‘प्रदेश नम्बर ३ एकता समाज दक्षिण कोरिया’को प्रथम अधिवेशन दक्षिण कोरियामा सम्पन्न भएको छ । कोरियामा रहेका प्रदेश नम्बर ३ अन्तर्गत १३ जिल्ला मध्ये क्रियाशिल ९ जिल्ला समितिको समान प्रतिनिधित्वमा ‘देश विकासमा हाम्रो योगदान, एकताको शुत्रमा समृद्धिको उठान’ भन्ने मुल नारासहित पहिलो अधिवेशन भएको हो । अधिवेशनले मकवानपुरका किशोर ब्लोन […]

राम्रो काम गरेर फर्किएका ३ हजारलाई फेरि कोरिया लगिँदै

काठमाडौँ, १६ बैशाख । पहिले नै दक्षीण कोरिया गएर फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ । कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताउनुभयो । “परीक्षा यही वैशाख १७ गतेदेखि नै लिने निर्णय गरेका थियौँ, तर बिदा परेका कारण वैशाख […]