विश्व विविध

लिची खाएका कारण ४७ बालबालिकाको मृत्यु

उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ । बिहारका स्वास्थ्य अधिकारीहरूका अनुसार, सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो । स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो । रगतमा चिनीको मात्रा कम भएपछि शरीरले फ्याट्टी एसिडलाई पचाएर ग्लुकोज बढाउन थाल्छ। रगतमा […]

जापानमा शक्तिशाली भूकम्प

जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको मौसम विज्ञान निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु ४ सय ४० किलो मिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पपछि सुनामीको सूचना जारी गरिएको छैन । स्थानीय समयानुसार मङ्गबार अपराह्न १ः४५ मा उक्त भूकम्प गएको थियो । यस भूकम्पपछि धनजनको क्षतिको कुनै समाचार […]

विश्वकप आजदेखि सुरु

आईसीसी एकदिवसीय विश्वकपको १२ औं संस्करण आजदेखि इङ्ल्यान्डमा सुरु हुँदैछ । लन्डनस्थित दी ओभल क्रिकेट स्टेडियममा बिहिबार साँझ भब्य उद्घाटनसँगै सुरु हुने खेलमा आयोजक इङ्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दैछन् । इङ्ल्यान्डले यसपटक विश्वकप उपाधि घरमै राख्ने योजना सहित बलियो तयारी गरेको छ । हालसम्म विश्वकपको स्वाद चाख्न नपाएको इङ्ल्यान्ड यसपटकको दावेदार टोली हो । यसैगरी […]

भारतमा नक्कली मदिरा सेवन गरेर १७ जनाको मृत्यु, ४० जना घाइते

भारत १५ जेठ । भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण १७ जनाको मृत्यु भएका छन् भने ४० जना घाइते भएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो । घाइते सबैको उपचार भइरहेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । रामनगर प्रहरी चौकीमा कार्यरत […]

टिकटक सेलिब्रिटीको हत्यामा १७ वर्षे किशोर पक्राउ

दिल्ली पुलिसले शुक्रबार टिकटक सेलिब्रिटी एवं जिम प्रशिक्षक मोही मोरको हत्यामा संलग्न भएको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ । १७ वर्षीय आरोपीलाई द्वारका नजिकै पक्राउ गरिएको हो । पुलिसका अनुसार किशोर आरोपीको पहिचान कल डिटेल रकेर्डमार्फत् गरिएको हो । उनी १४ मेमा हत्या अघि २७ वर्षे जिम प्रशिक्षकलाई फोन गर्ने पहिलो व्यक्ति थिए । […]

भाजपा सांसद स्मृति इरानीका निकट सुरेन्द्र सिंहको गोली हानी हत्या

भारतीय लोकसभा चुनावको पूर्ण नतिजा आइसकेको छ तर विभिन्न स्थानमा राजनीतिक वैमनस्यताको विषयमा मानिसहरुबीच तनाव जारी छ । ताजा मामला उत्तर प्रदेशको अमेठीबाट आएको छ । यहाँ अमेठीबाट भारतीय जनता पार्टी ९भाजपा० सांसद स्मृति इरानीका निकट एक व्यक्तिको गाली हानी हत्या गरिएको छ । उनको लखनउको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । […]

ट्युसन सेन्टरमा आगलागी हुँदा २० जनाको मृत्यु, २० गम्भीर घाइते

काठमाडौं ११ जेठ । भारतको एक ट्युसन सेन्टरमा शुक्रबार आगलागी हुँदा कम्तीमा २० जना विद्यार्थीको मृत्यु भएको छ भने २० विद्यार्थी गम्भीर घाइते भएका छन् । गुजरात राज्यको सुरत शहरको एक ट्युसन सेन्टरमा पढाइ भइरहेका बेला आगलागी भएको हो । ज्यान गुमाउने अधिकांश किशोर–किशोरी छन् । माथिल्लो तलामा रहेको भवनमा एक्कासि आगो फैलिएपछि केही विद्यार्थी […]

बेलायती प्रधानमन्त्री मेद्वारा राजीनामा दिने घोषणा

बेलायती प्रधानमन्त्री थेरेसा मेले आगामी जुन ७ गतेबाट कन्जर्भेटिभ नेताको पदबाट राजीनामा दिने घोषणा गर्दै नयाँ प्रधानमन्त्रीको लागि बाटो खुला गरेकी छिन् । डाउनिङ स्ट्रिटमा निकै भावुक देखिएकी मेले २०१६ को युरोपियन युनियनबारे जनमसंग्रहको परिणामलाई सम्मान गर्न सक्दो प्रयास गरेको बताइन् । ब्रेक्सिटलाई निकास दिन नसकेकोमा उनले गहिरो दुःख व्यक्त गरेकी छिन् । कन्जर्भेटिभ नेतृत्वको […]

भारतमा आज अन्तिम तथा सातौं चरणको निर्वाचन

नयाँ दिल्ली । भारतमा भइरहेको लोकसभाको निर्वाचन अन्तर्गत आइतबार (आज) अन्तिम तथा सातौँ चरणको मतदान भइरहेको छ । देशभरका सात प्रदेशका ५९ निर्वाचन क्षेत्रमा मतदान भइरहेको निर्वाचन आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । आइतबारको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९ सय १८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

भारतमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

भारत । भारतको लखनउ–आगरा राजमार्गमा शनिबार बस दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अन्य ३० जना घाइते भएका अधिकारीहरुले जनाएको छ । घाइतेका मध्ये एक दर्जन भन्दा बढीलाई थप उपचारका लागि लखनउ ट्रमा सेन्टरमा लगिएको अधिकारीहरुले जनाएको छ । घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न […]

बंगलादेशले जित्यो त्रिकोणात्मक सिरिज

आयरल्यान्ड र वेस्ट इन्डिजविरुद्धको त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि बंगलादेशले जितेको छ । सुक्रबार राति भएको फाइनल खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई पाँच विकेटले हरायो । बर्षाले प्रभावित खेलमा बंगलादेश डकवर्थ लुईस नियमको आधारमा विजयी भएको हो । खेल २४ ओभरमा झारिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २०।१ ओभरमा विना विकेटको क्षति एक […]

व्यवसायी त्यागीको हत्या

नयाँ दिल्ली ३१ वैशाख । पश्चिम दिल्लीको मोतीनगर क्षेत्रमा आफ्नी छोरीमाथि भएको दुर्व्यवहारको प्रतिवाद गर्दा ५१ वर्षे व्यवसायीको हत्या भएको छ । छोरीलाई दुर्व्यवहार गर्ने एक केटाको घरमा उनका बाबुसँग कुरा गर्न पुगेका व्यवसायी ध्रुवराज त्यागीको हत्या भएको हो । उनलाई घेराहाली थुप्रै पटक छुरा प्रहार गरेका थिए । उक्त घटनामा संलग्न रहेका ३ जनालाई […]

भारतमा बस दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो

नयाँदिल्ली २९ वैशाख । भारतको आन्ध्र प्रदेशमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । प्रहरीका अनुसार शनिबार आन्ध्र प्रदेशको करनूल जिल्लामा यात्रुबाहक बस अर्को सवारी साधनसँग ठोक्किएर दुर्घटना भएको थियो । मृत्यु हुने अधिकांश व्यक्ति छिमेकी तेलङ्गाना राज्यको गडवाल जिल्लाका स्थानीयबासी रहेका छन् । उनीहरु बैबाहिक कार्यक्रमपछि घर फर्कदै थिए ।

बारमा गोली चल्यो, एकको मृत्यु, दुई घाइते

एजेन्सी । संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा बारमा गोली चलेको थियो। स्थानीय प्रहरी प्रवक्ता केसी लाइनिङले थप क्षति हुन नदिन बारमा रहेका अरु मानिसले बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताए। सन् २०१६ मा पनि ओर्लान्डोको एक बारमा […]

पूर्वराष्ट्रपतिले भ्रष्टाचार गरेको फैसलाः प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं । ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमेअरले आत्मसमर्पण गरेका छन् । अदालतले भ्रष्टाचार गरेको फैसला गरेलगत्तै टेमेअरले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । टेमेअरमाथि भ्रष्टाचार तथा आपराधिक समूहको नेतृत्व गरेकोलगायत ६ वटा गम्भीर अभियोग अदालतमा दर्ता भएको थियो । यही अभियोगमा उनी गत मार्चमा पक्राउ परेका थिए । पक्राउपछि जारी बन्दी प्रत्यक्षीकरण रिटबाट उनी हिरासत मुक्त […]

उत्तर कोरियाको समुद्री जहाज अमेरिकी नियन्त्रणमा

बीबीसी । अमेरिकाले उत्तर कोरियाको मालबाहक समुद्री जहाजलाई नियन्त्रणमा लिएको छ । अमेरिकाले यो जहाजले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेको आरोप समेत लगाएको छ । अमेरिकाको न्यायिक विभागका अनुसार सो जहाज कोइला लिएर हिंडिरहेको थियो । उत्तर कोरिया कोइलाको ठूलो निर्यातक राष्ट्रको रुपमा चिनिन्छ । यही जहाजलाई सन् २०१८मा पनि इण्डोनेसियामा नियन्त्रणमा लिइएको हो । अहिलेको […]

पाकिस्तानमा बम बिस्फोट, चारको मृत्यु, १५ जना घाइते

पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार बम बिस्फोट भएको छ । बुधबार भएको शक्तिशाली बिस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् । प्रहरीले बम बिस्फोटको अनुसन्धान शुरु गरिसकेको जनाएको छ ।

फानी चक्रवात पीडितका लागि अक्षय कुमारको सहयोग

भारतीय फिल्म अभिनेता अक्षय कुमारले ओडिशामा आएको फानी चक्रवातका पीडितका लागि एक करोड भारु दान दिएका छन् । अक्षय कुमारले मुख्यमन्त्री राहत कोषमा पैसा जम्मा गरेका छन् । रिपोर्टका अनुसार फानी आँधीमा परी ३४ जनाको मृत्यु भएको छ । यो आँधीका कारण सयौं मानिसहरु खानेपानी र बिजुलीको अभाव झेलिरहेको छन् ।

भोक मेटाउन माटो खाएका एक बालक र एक बालिकाको मृत्यु

एजेन्सी । आन्द्र प्रदेशको अनन्तपुर जिल्लामा भोकमरी र कुपोषणका कारण एक बालक र एक बालिकाको मृत्यु भएको छ । दैनिक ज्याला मजदुरी गर्दै आएका एक दम्पतीले छोडेर बेसाहारा भएका ३ वर्षीय सन्तोष र उनकी २ वर्षीया बहिनी वेन्नेलाको मृत्यु भएको हो । रिपोर्टको अनुसार सानीआमा नागमणिसँग कादीरी मन्डल भन्ने ठाउँको कुमारवन्दलपल्ले गाउँमा बस्दै आएकी बालिका […]

दुई हप्तामा १९ विद्यार्थीद्वारा आत्महत्या

परीक्षामा फेल भएपछि भारतमा १९ विद्यार्थीले आत्महत्या गरेका छन् । तेलंगना राज्यमा गएको दुई हप्तामा १९ विद्यार्थीले आत्महत्या गरेका हुन् । सबै कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरु आत्महत्यामा सामेल छन् । विद्यार्थीहरुले राम्रो परीक्षा दिएपनि शून्य अंक आएको, परीक्षा दिएको विषयमा अनुपस्थित देखाएको, राम्रा विद्यार्थी समेत फेल भएको आरोपहरु लागेका छन् । परीक्षामा […]