खेलकुद

२५६ औं बिजय उत्सवको अवसरमा हेटौँडाबाट मकवानपुरगढीसम्मको हाफ म्याराथुन सुरु

हेटौँडा, ९ माघ । २५६ औं मकवानपुरगढी बिजय उत्सवको अवसरमा आयोजना भएको हाफ म्याराथुनको शुभारम्भ भएको छ । प्रदेश नंं. ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल तथा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले म्याराथुनको शुभारम्भ गरेका हुन् । २१ किलोमिटरको हाफ म्याराथुन हेटौँडाबाट मकवानपुर गढीको मनकामना मन्दीर हुँदै मकवानपुरगढीमा पुगेर सम्पन्न हुने हाफ् म्याराथुनमा […]

तेह्रौं साग निर्धारित मितिमा नहुने भन्दै एनओसीलाई पत्र

काठमाडौँ, ७ माघ । नेपालमा हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३ औँ साग पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै ६ महीना पर सार्न साग सचिवालयले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई पत्र पठाएको छ । साग आयोजनको […]

महिला क्रिकेट टीम आज स्वदेश फिर्ता

काठमाडौं ६ माघ । एसीसी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको उपविजेता नेपाली महिला क्रिकेट टीम स्वदेश फर्किएको छ । महिला टीम आईतबार स्वदेश फर्केका हुन् । स्वदेश फर्किएपछि महिला टिमका प्रशिक्षक विनोद दासले नतिजा सन्तोषजनक नै भएको बताए । ‘हामीले नतिजा राम्रै ल्यायौं, हाम्रो लक्ष्य भनेको उपाधि थियो तर सकेनौं । हामी भन्दा थाइल्याण्ड हरेक […]

क्रिकेट टी–२० को उपाधि जित्न नेपाललाई एकसय २२ रनको लक्ष्य

काठमाडौं ५ माघ । थाइल्याण्डमा जारी टी–२० स्म्यास महिला क्रिकेटको फाइनलमा नेपालले जितका लागि एक सय २२ रन बनाउनु पर्ने भएको छ । शबिनार दिउँसो भएको खेलमा घरेलु टोली थाइल्याण्डले नेपाललाई उक्त लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा एक विकेट गुमाएर एक सय २१ रन बनाएको थियो […]

महिला टी–२० स्मास क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं २ माघ । थाइल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । टर्डथाइ क्रिकेट मैदानमा नेपालले आयोजक थाइल्यान्डको ए टिमलाई ९ विकेटले पराजित गर्दै समूह ए को विजेता बनेर सेमिफाइनलमा पुगेको हो । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले १५.४ ओभरमा सबै विकेटको क्षतिमा १९ रन मात्रै […]

महिला टी–२० : नेपाल लगातार तीन खेल जित्दै सेमिफाइनलमा

काठमाडौं ३० पौष । थाइल्याण्डमा भइरहेको महिला टी–२० स्मास क्रिकेटमा लगातार तीन खेल जित्दै नेपाल सेमिफाइनलमा पुगेको छ । तेस्रो खेलमा सोमबार नेपालले युएईलाई ६ विकेटले हराउदै नेपाल सेपमिफाइनलमा पुगेको हो । सोमबार पहिले टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट जाँदा १ सय ५ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले […]

महिला टी–२० क्रिकेट : मलेसिया ६ विकेटले पराजित

काठमाडौं २९ पौष । महिला टी–२० स्मास क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो । मलेसियाले दिएको ६२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । रोमा थापाले २० र सीता राना मगरले १६ रन […]

टी–२० क्रिकेट : नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत

काठमाडौँ, २८ पौष । थाइल्याण्डमा शुरु भएको महिला टी–२० क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । आज थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको हो । चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर ४ बलमा बिनाविकेटको क्षतिमा पूरा ग¥यो । नेपालको […]

महिला टी–२० क्रिकेटमा आज नेपाल र चीनबीचको खेल हुँदै

काठमाडौँ, २८ पौष । आजदेखि थाइल्याण्डमा हुने महिला टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र चीनबीचको खेल शुरु भएको छ । थाइल्याण्ड क्रिकेट एशोसिएसनले आयोजना गरेको प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । उक्त प्रतियोगिताका लागि नेपाली टोली शुक्रबार थाइल्याण्ड प्रस्थान गरेका थिए । उपाधि जित्ने लक्ष्य लिएको नेपाल चीनलाई हराएर सुखद् […]

महिला क्रिकेट शनिबारदेखि सुरु, उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने

काठमाडौँ, २७ पौष । थाइल्याण्डमा हुने महिला टि–२० क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले चीनको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया […]

सरकारले प्रत्येक स्थानीय तहमा खेलग्राम बनाउने

काठमाडौँ, २६ पौष । सरकारले मुलुकभरका ७५३ वटै स्थानीय तहमा एक÷एक वटा खेलग्राम पूर्वाधार निर्माण गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले पूर्वधार निर्माणसम्बन्धी कार्यविधि तयार गरी मन्त्रिपरिषद्मा पेश गरेको थियो । मन्त्रिपरिषद्को यही पुस १३ गतेको बैठकले उक्त कार्यविधि पारित गरेको हो । स्थानीय तह देखिनै योजनाबद्ध रुपमा खेलाडीको उत्पादन, विकास तथा व्यवस्थापनका […]

टी–२० सिरिजको लागि बन्द आजदेखि प्रशिक्षण शुरु

काठमाडौँ, २५ पौष । संयुक्त अरब इमिरेट्स (युएई) सँग एक दिवसीय र टी–२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडी रहेका छन् । बन्द प्रशिक्षणमा कप्तान पारस खड्कासहित बसन्त रेग्मी, भीम सार्की, अविनाश बोहरा, विक्रम सोब, विनोद […]

लनटेनिस टोली आज थाइल्याण्ड प्रस्थान

काठमाडौँ, २१ पौष । नेपाली लनटेनिस टोली आज बिहान थाइल्याण्ड प्रस्थान गरेका छन् । एशिया यू–१४ डेभलोपमेन्ट च्याम्पियनसीपमा सहभागी हुन सात सदस्यीय आज थाइल्याड प्रस्थान गरेका हुन् । यही पुस २२ गतेदेखि माघ ४ गतेसम्म हुने प्रतियोगितामा समान नेपालबाट तीन पुरुष/तीन महिला खेलाडीले सिङ्गल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । उक्त टोलीमा पुरुषतर्फ आरभसम्राट हाडा, […]

राष्ट्रिय महिला भलिबल पौषको अन्तिम सातामा

काठमाडौँ, २० पौष । न्यू डायमण्ड स्पोर्टस क्लबको आयोजनामा दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता पौषको अन्तिम सातामा हुने भएको छ । यही पौष २५ गतेदेखि पौष २८ गतेसम्म हुने उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहने भएको छ । प्रतियोगितामा तीन विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी क्लब […]

‘ए’ डिभिजन लिगको अन्तिम चरणको खेल तालिका सार्वजनिक

काठमाडौँ, २० पौष । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिका अनुसार अन्तिम चरणका खेल यही पौष २१, २२ २३ र २४ गते सञ्चालन हुने छन् । अन्तिम चरणको खेलअन्तर्गत २१ गते शनिबार दुई खेल हुनेछ […]

बुम महिला बास्केटबल शनिबारदेखि

काठमाडौं २० पौष । तेस्रो बुम महिला बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । नेशनल क्रिएटिभ को–एजुकेशनल (एनसिसिएस) र विशाल मिलन केन्द्र (बिएमके) को संयुक्त आयोजनामा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने कार्यक्रम संयोजक राजु आचार्यले जानकारी दिए । प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन साइपाल क्लब, एनसिसिएस, बिएमके, काठमाडौँ नर्थ प्वाइन्ट क्लब, समृद्धि गोरिल्लाज र जेभियरले प्रतिष्पर्धा […]

हेटौंडामा प्रथम उपमेयर कप भलिबल प्रतियोगीता २०७५ हुने

हेटौंडा २० पौष । मकवानपुरको हेटौंडामा प्रथम उपमेयर कप भलिबल प्रतियोगीता २०७५ हुने भएको छ । जिल्ला खेलकुद विकास समिती मकवानपुर र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौंडाको आयोजनामा माघ २८ गतेदेखि फागुन ४ गतेसम्म हेटौंडा प्रथक उपमेयर भलिबल प्रतियोगीता हुन लागेको हो । उपमेयर प्रतियमेगीतामा पुरुषतर्फ १४ र महिलातर्फ ९ टोली सहभागी हुने आयोजकले […]

धनगढी प्रिमियर लिग क्रिकेटमा सहभागी हुन गराए २०५ खेलाडीले नाम दर्ता

काठमाडौँ, १८ पौष । धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएका छन् । आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने क्रिकेट प्रतियोगीतामा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । खेलाडीले आफ्नो न्यूनतम मूल्यसहित प्रतियोगिता खेल्न नाम दर्ता […]

नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप बङ्गलादेश प्रस्थान

काठमाडौँ, १८ पौष । नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न आज बिहान बङ्गलादेश प्रस्थान गरेका छन् । अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बङ्गलादेश प्रस्थान गरेका हुन् । सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू बङ्गलादेश प्रस्थान गरेको बताएका छन् । अष्ट्रेलियामा मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका […]

ए डिभिजन लिग : थ्रीस्टार र संकटा आज प्रतिस्पर्धा गर्दै

काठमाडौं १८ पौष । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज थ्रीस्टार र संकटाबीच प्रतिस्पर्धा हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुने खेलमा थ्रीस्टार क्लब र संकटा क्लब प्रतिस्प्रर्धा हुन लागेको हो । लिगको दोस्रो स्थानमा रहेको संकटाको ११ औं खेलबाट २५ अंक रहेको छ । त्यस्तै लिगको […]