खेलकुद

नेपालद्वारा युएई सात विकेटले पराजित

काठमाडौँ, १० फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको आजको खेलमा युएइले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १० दशमलव २ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि […]

आईसीसी महिला टी–२० : नेपाल थाइल्यान्डसँग ५७ रनले पराजित

काठमाडौं ९ फागुन । आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनोटको आफ्नो दोस्रो खेलमा नेपाल आयोजक थाइल्यान्डसँग ५७ रनले पराजित भएको छ । बिहिबार भएको खेलमा नेपाल थाइल्यान्डसँग ५७ रनले पराजित भएको हो । गत महिना सम्पन्न ‘महिला टी–२० क्रिकेट स्मास’ प्रतियोगिताको फाइनलमा पनि आयोजक थाइल्यान्डसँग ७० रनको फराकिलो अन्तरले पराजित हुँदै नेपाल ऐतिहासिक उपलब्धीबाट […]

यू–२१ राष्ट्रिय फुटबल टोली घोषणा

काठमाडौँ, १ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० सदस्यीय यू–२१ राष्ट्रिय फुटबल टोलीका घोषणा गरेको छ । यही फागुन ८ देखि १७ गतेसम्म भारतमा हुने सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुने २० सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको एन्फाले जनाएको छ । च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सल्यान […]

हिरो गोल्डकपअन्र्तगत आज अन्तिम खेल

काठमाडौँ, १ फागुन । भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले तीन अङ्क जोडेको छ । आज इरानविरुद्ध जित निकालेको खण्डमा नेपाल शीर्ष […]

‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौँ, २९ माघ । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा टुसाल युथ क्लब र बासबारी क्लब प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो १२ः३० बजेदेखि शुरु हुने भएको छ । यसअघि भएको खेलमा टुसालले बाग्मती क्लबलाई पराजित गरेको थियो । यस्तै बाँसबारी भने पुल्चोक स्पोटस् क्लबसँग […]

प्रथम उपमेयर कप भलिबल प्रतियोगीता आजबाट शुरु

मकवानपुर २८ माघ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान मकवानपुरको आयोजनामा आजबाट प्रथम उपमेयर भलिबल महिला तथा पुरुष भलिबल प्रतियोगीता शुरु हुने भएको छ । आजबाट शुरु हुने प्रतियोगीतामा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले उद्घाटन भएकी छिन् । प्रतियोगीतामा पुरुषतर्फ ९ वटा वडाले सहभागीता जनाउने छ भने महिलातर्फ ८ वटा टिमले सहभागीता जनाउने भएका छन् […]

महिला फुटबल : दोस्रो खेलमा आज नेपाल–भारत भिड्दै

काठमाडौँ, २८ माघ । भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ । पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब रहेको छ । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७ बजे शुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रँदा […]

‘बि’ डिभिजन लिग फुटबल आजदेखि शुरु

काठमाडौँ, २५ माघ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । आज उद्घाटन खेलमा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिष्पर्धा शुरु भएको छ । प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लब झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ […]

बकैया गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगितामा आज वडा नं. ३ र ४ को खेल हुने

मकवानपुर, २४ माघ । मकवानपुरको बकैया गाउँपालिकामा जारी प्रथम बकैया गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगितामा आज वडा नं. ३ र ४ को खेल हुने भएको छ । आज हुने फाईनल खेल बकैया गाउँपालिका वडा नं. ४ जुरेली खेलमैदानमा दिउँसो ३ः०० बजेदेखि शुरु हुने आयोजकले जानकारी दिएको छ । सेमिफाईनल खेलमा वडा नंबर ३ ले वडा […]

शुक्रबारदेखि हेटौंडामा जिल्लास्तरीय अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिता हुने

मकवानपुर २४ माघ । मदन भण्डारी स्पोर्टस एकेडेमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा जिल्लास्तरीय अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । शिक्षक भलिबल प्रतियोगीता यही माघ २५ गतेदेखि शुरु हुने बुधबार पत्रकार सम्मेलनमा आयोनजकले जानकारी दिएको छ । उक्त प्रतियोगितामा २० जना विद्यालयहरुको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले नगद रु २५ हजार, दोस्रोले […]

बकैया गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिताको फाईनलमा वडा नं. ३ र  ४

मकवानपुर, २३ माघ । मकवानपुरको बकैया गाउँपालिकामा जारी प्रथम बकैया गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिताको फाईनलमा बकैया वडा नं. ३ र वडा नं.४ भिडने भएका छन् । सेमिफाईनल खेलमा वडा नंबर ३ ले ५ तथा ४ ले र ८ लाई पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । फाईनल खेल बिहिबार हुने आयोजकले जानकारी लिएका छन् […]

शृङ्खला विजेता नेपाली टोली आज स्वदेश आउँदै

काठमाडौँ, २१ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो स्वदेश फर्कंदै छ । दुईवटा ऐतिहासिक शृङ्खला विजेता नेपाली टोली अपराह्न ३ः०० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै […]

महिला गोल्डकप प्रतियोगितामा नेपालले पहिलो खेल म्यामारसँग खेल्ने

काठमाडौँ, १९ माघ । भारतको भूवनेश्वरमा आगामी माघ २६ गतेदेखि फागुन ३ गतेसम्म हुने महिला गोल्डकप प्रतियोगितामा नेपालले पहिलो खेल म्यामार खेल्ने भएको छ । भारतीय फुटबल महासंघले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल यही माघ २६ गते म्यानमारसँग खेल्ने भएको हो । आसन्न साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको […]

वर्षाका कारण खेल स्थगित

काठमाडौँ, १८ माघ । अन्तराष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीचको आज हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ । पकिस्तानको फैसलावादमा आज हुने भनिएको तेस्रो टि–२० खेल वर्षाका कारण शनिबारका लागि सारिएको पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार शनिबार इस्लामावादको राहुलपिण्डी मैदानमा खेल हुनेछ । इस्लामावादमा […]

टी–२० क्रिकेट : नेपाललाई आजको खेल जित्र्नै पर्ने दबाब

काठमाडौँ, १८ माघ । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ । तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ । नेपाललाई शृङ्खला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्नै पर्ने दबाब रहेको छ । आजको खेल जित्नसके नेपालले शृङ्खला […]

मकवानपुरको बकैयामा आजबाट ‘बकैया गोल्डकप’ सुरु, १२ टिमले सहभागी जनाउने

मकवानपुर १७ माघ । मकवानपुरको बकैया गाउँपालिकामा आजबाट ‘बकैया गोल्डकप’ सुरु हुने भएको छ । बकैया खेलकुद विकास समितिको आयोजनामा आयोजन गरिएको गोल्डकमा गाउँपालिकाका १२ टिमले सहभागि जनाउने भएको छ । ‘बकैया गोल्डकप’ मा प्रथम टिमले नगद ७५ हजारसहित ट्रफि र प्रमाणपत्र पाउने छन् भने दास्रो हुने टिमले नगद ५० हजारसहित ट्रफि र प्रमाणपत्र र […]

क्रिकेटमा इतिहास कायम गर्ने मौका

काठमाडौँ, १४ माघ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका मिलेको छ । गत वर्ष एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछिको दोस्रो एक दिवसीय शृङ्खला खेलिरहेको नेपालका लागि पहिलो पटक एक दिवसीय शृङ्खला जित्ने अवसर मिलेको हो । संयुक्त […]

प्रधानमन्त्री ओलीद्वारा क्रिकेटमा विश्व कीर्तिमान राख्न सफल क्रिकेटर रोहितलाई बधाई

काठमाडौँ, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान राख्न सफल क्रिकेटर रोहितकुमार पौडेललाई आज बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकामा रोहितलाई बधाई दिएका हुन् । प्रधानमन्त्री ओलीले ट्वीटरमा अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले […]

वर्षाका कारण ढोरपाटन क्लबको भलिबल खेल रद्द

काठमाडौँ, ९ माघ । उपत्यकामा वर्षाका कारण ढोरपाटन महिला भलिबल प्रतियोगिता अन्तर्गत आज हुने पाँचवटा खेल स्थगित गरिएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज हुने पाँच खेल स्थगित भएको आयोजकले जनाएको छ । प्रतियोगितामा आज नेपाल पुलिस क्लब र मकवानपुरको थाहा नगरपालिका, पश्चिमाञ्चल भलिबल क्लब र सेब स्कुल, एपिएफ र ढोरपाटन स्पोट्र्स […]

महिला राष्ट्रिय टोलीले भारतमा मैत्रीपूर्ण खेल खल्ने

काठमाडौँ, ९ माघ । साफ फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले भारतीय फुटबल महासंघको निमन्त्रणामा भारतमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । भारतको उडिसा राज्यको भुवनेश्वरमा आगामी फेब्रुअरी ७ देखि १७ तारिखसम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ । […]