खेलकुद

सेनाको खेलकूद प्रशिक्षण शुरु हुँदै

नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन खेलकूद गतिविधि स्थगन गरी खेलाडीलाई सेनाले आ–आफ्नो युनिटमा फिर्ता पठाएको थियो । सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रले खेलकूदलाई पुनः गति प्रदान गर्न दैनिक प्रशिक्षणलाई आगामी शुक्रबारदेखि निरन्तरता दिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ […]

राक्सिराङ–४ मा भएको सेभेन ‘ए’ साइड फूटबल प्रतियोगिता समापन

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ स्थित देवीटारमा दिपावलीको उपलक्ष्यमा गत कात्तिक २२ गतेबाट संचालन भएको फूटबल प्रतियोगिता हिजो कात्तिक २६ गते समापन भएको छ । प्रभात किरण युवा क्लब राक्सिराङ गापा–४ को आयोजनामा भएको सेभेन ‘ए’ साइड फूटबल प्रतियोगितामा आयोजक टिम प्रथम र पन्जनी समुह राक्सिराङ–४ द्धितिय भएको थियो । कार्यक्रमका प्रमुअ […]

मकवानपुरकी निरुलाई अन्तराष्ट्रिय स्वर्ण

मकवानपुर । काठमाडौमा भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपूमा मकवानपुरकी तेक्वान्दो डोजाङ खेलाडी एवम प्रशिक्षक निरु मगरले स्वर्णपदक जित्न सफल भएकी छन् । ४० वर्ष माथिको प्रतिस्प्रर्धामा मगरले नेपालको तर्फबाट स्वण्र्नपद जितेकी हुन् । च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका ३ सय ६२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । च्याम्पियनसिपमा नेपालका १ सय ९० र हङकङ, मलेसिया, श्रीलंका, […]

क्रिकेट टोलीको प्रशिक्षण मङ्सिर दोस्रो सातादेखि

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मङ्सिर दोस्रो सातादेखि शुरु हुनेभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षणका लागि राष्ट्रिय खेलकूद परिषद (राखेप) ले अनुमति दिएको जनाएको छ । राखेपबाट प्रशिक्षणको अनुमति पाएपछि छठ पर्वको लगत्तै प्रशिक्षण शुरु हुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । अनुमति पाएपछि क्यानले प्रशिक्षणको तयारी थालेको उनले उल्लेख […]

राष्ट्रिय फुटबल टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज ढाका प्रस्थान गरेको छ । खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली बङ्गलादेश प्रस्थान गरेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली टोलीको बुधबार नै बिदाइ गरेको थियो । ढाका जाने टोलीमा आठ नयाँ खेलाडी छन् । टोलीका केही महत्वपूर्ण खेलाडी भने कोरोना सङ्क्रमण […]

सोह्र खेलमैदानको स्तरोन्नति

पोखरा । पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा समेत खेलकूदका भौतिक पूर्वाधार निर्माण गरिएका छन् । सङ्घ, प्रदेश तथा स्थानीय सरकारले खेल पूर्वाधार निर्माणमा लगानी गरेका हुन् । ग्रामीण क्षेत्रमा विद्यालयका खेल मैदानलाई समेत स्तरोन्नति गरी फुटबल तथा भलिबल खेल खेल्न योग्य बनाइएको छ । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०को बजेटबाट गत आर्थिक वर्ष २०७६/७७ मा जिल्लाका […]

मनहरी २ नक आउट फुटबल प्रतियोगिता: घट्टेपाखा टिम प्रथम

मकवानपुर । मकवानपुरको मनहरी गउँपालिका वडा नम्बर २ मा कार्तिक ६ गतेदेखि भएको नक आउट फुटबल प्रतियोगितामा घट्टेपाखा टिम प्रथम भएको छ । बुधबार भएको फाइनल खेलमा हरियाली युवा क्लब (टाँडी) लाई १ गोलको अन्तरले पराजित गर्दै घट्टेपाखा टिम प्रथम भएको  हो । सृजनशिल युवा समुह (मेलटोल) को आयोजानमा भएको उक्त प्रतियोगितामा हरियाली युवा क्लब […]

मकवानपुरको मनहरी–२ मा नकआउट फुटबल प्रतियोगिता सुरु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ मा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता सृजनशिल युवा समुहको आयोजानमा कात्तिक ६ गते बिहिबारबाट सुरु भएको हो । विजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यम आयोजित उक्त प्रतियोगिता यही कात्तिक १० गतेसम्म हुने आयोजकले जनाएको छ । मनहरी २ को त्रिरत्न प्रा.वि.को चौरमा बिहिबारबाट […]

हेटौंडा–१४ फुटबल: न्यु स्टार युवा क्लब महिला र युपी युनाईटेड क्लब विजय

मकवानपुर । हेटौंडा–१४ नम्वर टोल स्तरीय फुटबल प्रतियोगिताको अन्तिम खेलमा न्यु स्टार युवा क्लब महिला र युपी युनाईटेड क्लब विजय भएको छ । मंगलवार भएको अन्तिम खेलमा समाज कल्याण युवा क्लबलाई युपी युनाईटेड क्लबले २–३ गोलको अन्तरले विजय गरेको थियो । त्यस्तै महिला फुटबल टिम तर्फ न्यु स्टार युवा क्लब महिलाले समाज कल्याण युवा क्लव […]

हेटौंडा–१४ मा जारी टोल विकास संस्था स्तरीय ‘नाइन ए’ साइड फुटबल प्रतियोगिताः आज दुई खेल हुने

मकवानपुर । हेटौंडा–१४ मा जारी टोल विकास संस्था स्तरीय ‘नाइन ए’ साइड फुटबल प्रतियोगिताको आज दुई खेल हुँदैछ । पहिलो खेलमा चुरियामाइ टोल बिकास संस्थाले गौरी टोल बिकास सस्थाको सामना गर्नेछ भने दोश्रो खेलमा कालिदेवी टोल बिकास र पञ्चबुद्व टोल बिकास सस्था बिच हुने आयोजकले जनाएको छ । हिजो सोमबार भएको पहिलो खेलमा लक्ष्मी टोल […]

स्याङ्तान र पाख्रिनको पहलमा मनहरीका युवा क्लबलाई खेलकुद समाग्री

मकवानपुर । मनहरी गाउँपालिका वडा नं २ का ४ वटा युवा क्वबहरुलाई खेलकुद सामग्री सहयोग गरिएको छ । मनहरी गाउँपालिका निवासी चन्द्रबहादुर स्याङ्तान (माधव) र राजकुमार पाख्रिनको पहलमा खेदकुद सामग्री सहयोग गरिएको हो । युवा क्लबहरुलाई ६४ थान जर्सी र ४ ओटा फूटबल सहयोग गरिएको हो । मनहरी – २ को हरियाली युवा क्वब, एम […]

मकवानपुरका खेल पत्रकार बानियाँ सम्मानित

मकवानपुर । सहिद प्रित कुमार मोक्तान प्रतिष्ठान हेटौँडाले गोल नेपाल डटकम मकवानपुरका संवाददाता विक्रमकुमार बानियाँलाई सम्मान गरेको छ । प्रतिष्ठानले मकवानपुरे खेलकुदलाई पत्रकारितामार्फत विश्वसामु चिनाउन र अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै बानियाँलाई सम्मान गरेको हो । प्रतिष्ठानका संयोजक हेलिस मोक्तानले आज एक कार्यक्रममा बानियाँलाई खादा ओढाएर प्रमाणपत्र सहित सम्मान गरेका हुन् । युवा फुटबल […]

पोर्चुगिज स्टार रोनाल्डो युभेन्टसमै रहने

एजेन्सी, ३ चैत्र । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई इटालियन क्लब युभेन्ट्सले थप दुई वर्ष क्लबमै राख्ने प्रयास गरेको छ । क्लबसँग २०२२ सम्मका लागि रोनाल्डोको सम्झौता रहे पनि अझै थप दुईको सम्झौता गर्ने प्रयास गरेको जनाइएको छ । क्लबले रोनाल्डोलाई ३९ वर्षको उमेरमा २०२३–२४ को सिजन खेल्दै इटालीमा अन्तिम सिजन बनाउन चाहेको बताएको छ […]

मनाङको जितमा हेटौंडाका तीन खेलाडी निर्णायक

हेटौंडा, ०१ चैत्र । हेटौंडाका ३ खेलाडीको निर्णायक भूमिकाले पोखरा रंगशालामा जारी आहा रारा गोल्डकपको उपाधि मनाङ मस्र्याङदीले जितेको छ । मनाङले आज शनिवार भएको फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै च्याम्पियन बनेको हो । मनाङले पुलिसको गोलपोष्टमा ४ गोल गर्दा हेटौंडाका अञ्जन विष्ट र रञ्जन विष्टले दुई गालको योगदान […]

रोनाल्डिन्होलाई जेलबाट छुटाउन मेस्सीको चार मिलियन युरो सहयोग

एजेन्सी, १ चैत्र । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्ना पूर्वसहकर्मी रोनाल्डिन्होलाई जेलबाट छुटाउन चार मिलियन युरो सहयोग गर्ने भएका छन् । पाराग्वेमा नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई हाल पक्राउ गरिएको छ । रोनाल्डिन्हो छुटाउन वकिलका लागि खर्च हुने चार मिलियन युरो मेस्सीले सहयोग गर्न लागेका हुन् । ब्राजिलियन फुटबलर रोनाल्डिन्हो बुधबार पाराग्वेमा पक्राउ परेका थिए […]

ओलम्पिक एकवर्ष सार्न राष्ट्रपति ट्रम्पको सुझाव

एजेन्सी, ३० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले टोकियो ओलम्पिक–२०२० सार्न सुझाव दिनु भएको छ । विश्वभरि खेलकुद प्रतियोगिताहरु स्थगित हुँदा ओलम्पिकलाई पनि केही समयपछि गर्न सुझाव दिनु भएको हो । ओलम्पिक सुरु हुन अब मात्र १३४ दिन बाँकी छ । ट्रम्पले ओलम्पिक एक वर्षका लागि सारिएमा त्यहाँ दर्शकहरुको पनि पूर्ण सहभागिता रहने बताउनु भयो […]

मकवानपुर गोल्डकप अनिश्चित

हेटौंडा, २६ फागुन । बागमती प्रदेशको मुकाम हेटौंडामा हुने भनिएको स्थानीय तह मकवानपुर गोल्डकप–२०७६ आयोजनामा अन्यौलता देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक क्यालेण्डर अनुसार मकवानपुर गोल्डकप फागुन २९ गतेदेखि चैत्त ८ गतेसम्म गर्नुपर्ने थियो । तर, जिल्ला फुटबल संघ मकवानपुरले फागुनभित्रै गोल्डकप गर्न नसक्ने जनाउँदै चैत २९ गते गर्ने निर्णय गरेको थियो […]

हेटौंडेली स्टार अञ्जनको गोलले मनाङ उपाधि नजिक

हेटौंडा, २५ फागुन । हेटौंडाका फुटबल स्टार अञ्जन विष्टको निर्णायक गोलले पोखरामा जारी १८ औं आहा रारा गोल्डकपको सेमिफाइनलमा मनाङ मस्र्याङदीले स्थान सुरक्षित गरेको छ । मनाङले झापा–११ लाई १–० गोल अन्तरले पराजित गर्दै आहा रारा गोल्डकपको उपाधि नजिक पुगेको छ । पहिलो हाफ बराबरी खेलेको मनाङका लागि अन्जनले ७४ औं मिनेटमा गरेको गोल नै […]

क्रिस गेलसहितका स्टार खेलाडी आउने इपीएल क्रिकेट स्थगित

काठमाडौं, २२ फागुन । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता स्थगित भएको छ । चैत १ बाट सुरु हुने यो सिजन बिग बोस क्रिस गेलसहितका स्टार खेलाडीहरु आउने पक्का भएको थियो । तर विश्वभर कोरोनाको संक्रमण फैलिएपछि आयोजक ईपीएल प्रालीले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको प्रभावलाई मध्यनजर गर्दै प्रतियोगिता स्थगित गरिएको […]

ब्राजिलका स्टार रोनाल्डिन्हो नक्कली पासपोर्ट बोकेपछि पक्राउ

एजेन्सी, २२ फागुन । ब्राजिलका भेट्रान फुटबलर रोनाल्डिन्हो नक्कली कागजात प्रयोग गरेको आरोपमा पाराग्वेमा पक्राउ पर्नु भएको छ । पाराग्वेको गृहमन्त्रालयका अनुसार, भाइ रोबर्टोसहित उहाँलाई पक्राउ गरेर रिसोर्ट याच्ट एन्ड गल्फ क्लबमा राखिएको छ । रोनाल्डोनो र रोबर्टो दुवैले पाराग्वेको राहदानी बोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँहरु बसेको होटलमा बुधबार राति छापा मारी प्रहरीले […]