समाचार

रुपन्देहीमा एक युवकको जलाएर हत्या

बुटवल । रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ । हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन । मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव भेटिएको रुपन्देही प्रहरीले जनाएको छ । घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको प्रहरीले जनाएको छ […]

प्रदेश १ को बैठक तीन मिनेटमै स्थगित

बिराटनगर । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको छ । प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर बैठक स्थगित गरिएको हो । प्रदेश प्रमुखको पत्र वाचन गरेलगत्तै सभामुखले बैठक स्थगित भएको जानकारी दिए । नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि […]

बागमती प्रदेशको सातौं बैठक अधिवेशन सुरु

मकवानपुर । बागमती प्रदेशसभाको सातौं बैठक अधिवेशन सुरु भएको छ । आजको बैठकमा दलका नेताहरुले शुभकामना मन्तव्य दिने बाहेक अरु कार्यसूची नराखिएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ । आजको बैठकमा नेकपा संसदीय दलको प्रमुख नेताका रुपमा अष्टलक्ष्मी शाक्य र मुख्यमन्त्रीका रुपमा डोरमणि पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेका छन् ।

नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान

काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अनुदान दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिए । उनका अनुसार, बिहीबारदेखि नै आउने अनुदानको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने छ ।

कक्षा ११ की एक छात्रालाई होटलमा लगेर परीक्षा लिएको आरोपमा शिक्षक पक्राउ

कास्की । पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका ३ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयक आंशिक परीक्षामा सोही विद्यालयकी एक छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगेर अमर्यादित रुपमा परीक्षा लिएको आरोप छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१८ कास्कीकोट स्थायी घर […]

तीन लाख ११ हजारले डाउनलोड गरे ‘नागरिक एप’

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त एपमा बुधबार मध्यान्ह तीन लाख ११ हजार १५३ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म २७ प्रतिशतको […]

घुस रकमसहित मालपोत कार्यालय नासु पक्राउ

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ घूससहित पक्राउ परेका छन् । सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि घूस मागेको उजुरीका आधारमा उनीहरुलाई अख्तियार टोलीले ४० हजार घूस रकमसहित पक्राउ गरेको हो । […]

प्रदेश १ को हिउँदे अधिवेशन प्रदेश प्रमुखले पठाएको पत्र प्रदेश सभामा बाचन गरेसंगै स्थगित हुने

मकवानपुर । प्रदेश १ को हिउँदे अधिवेशन प्रदेश प्रमुखले पठाएको पत्र प्रदेश सभामा बाचन गरेसंगै स्थगित हुने भएको छ । बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र पढे लगत्तै अर्को सूचना जारी नभएसम्मका लागि संसद बैठक स्थगित गर्ने सहमति भएको हो । नेकपाका प्रमुख सचेतक बुद्धिबहादुर राजभण्डारीले प्रदेश प्रमुखले पठाएको संसदको हिउँदे […]

नेपालमा दुई साताभित्र कोरोनाविरुद्धको खोप भित्रिने, कसले पाउँछ प्राथमिकता ?

मकवानपुर । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ विरुद्धको खोप नेपालमा दुई साताभित्र भित्रिने निश्चित भएको छ । खोप ल्याउनका लागि भारतलगायतका विभिन्न मुलुकसँगै विश्व स्वास्थ्य संगठनमार्फतसमेत पहल भइरहेका बेला भारत सरकाले छिमेकी राष्ट्रहरुलाई अनुदानमा खोप दिने निर्णय गरेको हो । नेपालले भारतबाट कति खोप पाउने र कहिले ल्याउने भन्नेबारे आज टुंगो लाग्ने छ । […]

खाने तेलको मूल्य बढाउने २ उद्योगलाई कारबाही

मकवानपुर । खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दुई उद्योगलाई कारवाही गरेको हो । केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अनुगमनका क्रममा मङ्गलबार बारामा सञ्चालित […]

सुनको भाउ बढ्यो

मकवानपुर । सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ । मंगलबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन भाउ आज ९२ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुन ९१ हजार पाँच […]

सुर्खेतमा सार्वजनिक यातायात बन्द

मकवानपुर । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सार्वजनिक यातायात बन्द गरिएको छ । व्यवसायीहरुले आज सवारीसाधनहरु बन्द गरेका छन् । वीरेन्द्रनगरबाट सञ्चालित आठवटा यातायात व्यवसायीहरूले संयुक्त विज्ञप्ती जारी गर्दै बन्दको घोषणा गरेका हुन् । दुई महिना अगाडि मात्रै सञ्चालनमा आएको वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा वीरेन्द्रनगर नगरपालिकाले छलफल नै नगरी दुई ठुला यातायात प्रालिलाई संरचना बनाउन दिएपछि विवाद […]

‘केपी ओली र माधव नेपाल उस्तै–उस्तै हुन् भन्दा मलाई पोल्छ’

मकवानपुर । प्रचण्ड– माधव समूहको नेकपाका अध्यक्ष माधव कुमार नेपालले केपी ओली र माधव नेपाल उस्तै–उस्तै हुन् भन्दा आफूलाई पोल्ने बताएका छन् । आज बिहान सम्पादकहरुसँगको छलफलमा नेपालले भने, ‘केपी ओली र माधव नेपाल उस्तै–उस्तै हुन् भन्दा मलाई पोल्छ ।’ पार्टीको हित बिपरित आफुले कुनै गतिविधि नगरेको बताउँदै उनले यदि गल्ती भएकै रहेछ भनेपनि स्वीकार्न […]

१५ वर्षीया बालिका र ४३ वर्षीय पुरुषबीच हुन लागेको विवाह रोकियो

सप्तरी । स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मङ्गलबार हुन लागेको बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए । रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ की १५ वर्षीया बालिका, उनकी ४५ वर्षीया […]

सवारी दुर्घटनामा श्रेष्ठको मृत्यु

चितवन । चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट काँकडभिट्टातर्फ गइरहेको ना ७ ख २१११ नंको बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ४२८१ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परी खोटाङका ४५ […]

सम्पादकहरुसंग प्रचण्ड–माधव पक्षको छलफल

मकवानपुर । प्रचण्ड– माधव समूहको नेकपाले मुलुकको पछिल्लो परिस्थितिबारे सम्पादकहरुसंग छलफलको आयोजना गरेको छ । छलफल दरबारमार्गस्थित होटल याक एण्ड यतीमा जारी छ । छलफलमा अध्यक्षद्वय प्रचण्ड, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, योगेश भट्टराई, जनार्दन शर्मालगायतका नेताहरु सहभागी छन् । नेकपा नेताहरुले संसद विघटनपछिको राजनीतिक परिस्थिति, संसद विघटनविरुद्ध पार्टीले चालेको कदम र सम्पादकहरुको […]

अख्तियारको हेटौंडा कार्यालयद्वारा वार्षिक प्रतिवेदन पेस

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । गत आर्थिक वर्षमा अख्तियारको हेटौंडा कायार्यालयद्वारा भएका कामको विवरण प्रदेश प्रमुख प्रसाइ समक्ष पेस गरेको अख्तियार हेटौंडा कार्यालय जनाएको छ । आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिबेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडास्थित कार्यालयका […]

ज्यान मार्ने उद्योगमा फरार मकवानपुरका तितुङ पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ज्यान मार्ने उद्योगमा फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मसिने बस्ने २० वर्षीय गोबिन्द तितुङ रहेका छन् पक्राउ परेका उनलाई सम्मानित जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई सम्मानित अदालतको आदेशले थुनामा राख्न कारागार कार्यालय भीमफेदी पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ […]

अविश्‍वास प्रस्तावमा मतदानबारे विवाद

मकवानपुर । बागमती प्रदेशसभाको बुधबार सुरु हुने सातौं अधिवेशनको मुख्य एजेन्डा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपा दाहाल–नेपाल समूहले दर्ता गराएको अविश्वास प्रस्तावका सन्दर्भमा मत विभाजनबारे विवाद देखिएको छ । अविश्वासको प्रस्तावलाई कसरी अगाडि बढाउने भन्ने विषयमा मंगलबार भएको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा दलहरूबीच सहमति हुन नसकेपछि सभामुख सानुकुमार श्रेष्ठले कार्यविधि निर्माण गर्न ‘अविश्वासको प्रस्ताव कार्यविधि […]

कालो मास्क लगाउनेलाई प्रदेश सभा बैठकमा प्रवेश निषेध !

मकवानपुर । बागमती प्रदेशको सातौँ अधिवेशन बैठक आज बुधबार दिउँसो ३ बजे प्रदेशसभा सचिवालयमा बस्ने भएको छ । बैठकका लागि सुरक्षा व्यवस्था थप कडा पारिएको प्रदेश सभा सचिवालयले जनाएको छ । संसद् भवनभित्र छिर्नेहरुलाई कालो मास्क लगाउन नदिने गरी मर्यादापालक र प्रहरीलाई निर्देशन दिइएको छ । कालो मास्क लगाउनेलाई प्रवेश निषेध गर्ने सचिवालयले जनाएको छ […]