हेटौंडा उपमहानगरपालिका

बुद्ध जयन्तीको अवसरमा मकवानपुरका बौद्ध विहारमा पुजाअर्चना

मकवानपुर ४ जेठ । २५ सय ६३ औँ बुद्ध जयन्तीको अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, ५,९,१० मा रहेको बुद्ध विहारमा आज विहान धार्मीक भक्तजनहरुले पुजाअर्चना गरेका छन् । बुद्ध जयन्ती समारोह समितिद्वारा आज विहान छुट्टाछुट्टै निकालिएको धार्मीक भक्तजन सम्मिलित बुद्धको प्रतिमासहितको र्यालीले हेटौँडा नगरको परिक्रमा गरी ती बौद्ध विहारहरुमा पुगेपछि पुजा अर्चनामा सम्मिलित भएका […]

मकवानपुर प्रहरीद्वारा १ सय १९ केजी गाँजासहित २ जना पक्राउ

मकवानपुर ४ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबैध लागू औषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार राक्सिराङ १ बस्ने सुकलाल थिङ् र चितवन १३ बस्ने भीमबहादुर दर्जी पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले करिब १ सय १९ केजी गाँजा बरामद गरेको छ । स्रोतका अनुसार कुखुराको दाना बोक्ने ना […]

मकवानपुरमा सवारी दुर्घटना, चालक मगरको मृत्यु, तीस जना घाइते

मकवानपुर ४ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. ३ बसामाडीमा आज शनिबार सवारी दुर्घटना भएको छ । उक्त सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीस जना घाइते भएका छन् । काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेकोे ना ७ ख ९३६ नम्बरको बस र इलामको पशुपतिनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख २०५७ नम्बरको […]

कर्रा संरक्षणका लागि सरोकार समिती गठन

मकवानपुर ४ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नं. १० कर्रा बस्ती बचाउ अभियानका लागि सरोकार समिती गठन गरिएको छ । बस्तिका सरोकारवालाहरुको भेलाले आशाकाजी श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय समिती गठन गरिएको हो । टोल विकास संस्थाका अध्यक्षहरु पदेन सदस्य चयन गरिएका छन् । भेलामा वडा सदस्यहरु ईन्द्रप्रसाद नेपाल, धर्म बस्नेत र साधना श्रेष्ठ लगायतको आतिथ्य […]

हेटौँडा अस्पतालबाट मोवाईल चोर्ने गिरोहमा को–को थिए ?

मकवानपुर ३ जेठ । हेटौँडा अस्पतालमा भर्ना भएका विरामीको मोवाईल चोर्ने गिरोहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने बर्ष १८ का दिपसागर मिजार र वडा नम्बर ४ बस्ने ४ बस्ने बर्ष २१ को सन्देश दुलाल रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ५ थान मोवाईलसमेत बरामद गरेको […]

राजधानी हेटौँडाबाट सारे संकट र द्वन्द्व निम्तन्छ : स्याङ्तान

मकवानपुर ३ जेठ ।  पूर्व नयाँ शक्ति पार्टी नेपाल प्रदेश नम्बर ३ का इन्चार्ज एवम् समाजवादी पार्टीका नेता सोनाम सिंह स्याङ्तान विजयले प्रदेशको राजधानी हेटौँडाबाट अन्यत्र सार्ने प्रयास नगर्न आग्रह गरेका छन् । राजधानी अन्यत्र सार्ने प्रयास गरिनु संकट निम्त्याउनु हो, उनले भने । आज तु खबरसंग कुराकानी गर्दै उनले राजधानी जहाँ छ त्यही स्थानमा […]

मुख्यमन्त्री पौडेलद्वारा जननेता भण्डारीको शालिकमा पुष्पगुच्छा अर्पण

मकवानपुर ३ जेठ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित शहिद स्मारकको परिसरमा स्थापित जननेता स्वर्गिय मदन भण्डारीको शालिकमा आज विहान पुष्पगुच्छा अर्पण गरेका छन् । मुख्यमन्त्री पौडेल साथै प्रदेशका अन्य मन्त्रीहरुले पनि उक्त शालिकमा पुष्प अर्पण गरेका थिए । स्वर्गिय जननेता मदन भण्डारीको आज स्मृति दिवसमा मुख्यमन्त्री पौडेलले […]

प्रदेशको राजधानी हेटौँडा नै हुन्छ : प्रदेससभा सदस्य पुलामी

मकवानपुर ३ जेठ । प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य एवम् नेकपा मकवानपुरका सचिव प्रेम बहादुर पुलामी (छिन्तु)ले प्रदेशको राजधानी हेटौँडानै कायम हुने बताएका छन् । आज तु खबरसंग कुराकानी गर्दै उनले सबै किसिमले उपयुक्त स्थान हेटौँडानै भएकोले राजधानी हेटौँडानै हुने दाबी गरे । उनले तु खबरसंग भने ‘हेटौँडा राजधानीको लागी भौगोलिक, राजनीतिक, सामाजिक र […]

हेटौँडामा तरकारी व्यवसायीको ब्रम्हलुट, पसलपिच्छे फरक–फरक मूल्य

मकवानपुर ३ जेठ । मकवानपुरमा तरकारीको भाउ आकासिएको छ । तरकारीको भाउ आकासिएपछि उपभोक्ता मारमा परेका छन् । किसानले बजारमा थोकमा बेचेको मूल्यमा तेब्बरसम्म मूल्य लिएर व्यवसायीले उपभोक्तालाई बेच्ने गरेको खुलेको छ । त्यसो त तरकारीको भाउ हेटौँडाका पसलनै पिच्छे फरक– फरक पाईएको छ । तरकारीको भाउ पसलपिच्छे फरक– फरक छ भन्ने गुनासो आएपछि आज […]

आकासियो हरियो तरकारीको भाउ

 बजारमा हरियो तरकारीको भाउ आकासिएको छ। गत वर्षको यसै अवधिको तुलनामा हरियो तरकारीको प्रतिकिलो थोक मूल्य ५० देखि ७० रुपैयाँ महँगिएको छ। खुद्राको भाउ झनै अनिन्त्रित बनेको छ। मागको तुलनामा तरकारीको आयात र उत्पादन कम भएका कारण भाउ आकासिएको हो। वैशाखको सुरुमा नै ठूलो वर्षा र असिनाले तरकारीखेती नष्ट गरेको छ। बोटबिरुवा नष्ट हुँदा तरकारीको […]

६ किलो गाँजासहित मकवानपुरका मोक्तान पक्राउ

मकवानपुर २ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६ किलो ४ सय ग्राम लागू औषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ बस्ने २० बर्षका बुद्धिमान मोक्तान रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मोक्तानलाई मनहरी गाउँपालिका वडा नम्बर ७ बाट पक्राउ गरिएको हो । मोक्तानलाई […]

आजको प्रदेशसभा बैठकबाट २ वटा विद्येयक पारित

मकवानपुर २ जेठ । ३ नम्बर प्रदेशको प्रदेशसभाको आज बसेको बैठकले २ वटा विद्येयक पारित गरेको छ । बैठकले प्रदेशमा बिउ, बिजनको व्यवस्था गर्न बनेको विद्येयक २०७६ र प्रदेशमा कृषि व्यवसाय प्रवद्र्धन गर्न बनेको विद्येयक २०७६ लाई सर्वसम्मत पारित गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा प्रदेश ३ का कृषि भूमि व्यवस्था तथा […]

अपडेट : प्रदेशसभा बैठक जारी, २२ जनाले सुझाव प्रस्तुत गर्ने

हेटौँडा २ जेठ । प्रदेश नम्बर ३ को प्रदेशसभाको बैठक अहिले संचालन भईरहेको छ । आज बसेको प्रदेशसभा बैठकमा बिनियोजित बजेटको सैदान्तिक पक्षमा र प्रदेशको स्थायी राजधानीको कार्यविधि सम्बन्धी प्रस्तावमा छलफल हुने प्रदेश ३ का नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुँयालले जानकारी दिए । तु खबरलाई प्राप्त जानकारी अनुसार हालसम्म प्रदेशसभामा ८ जनाले सुझाव […]

आजको प्रदेशसभा बैठकमा स्थायी राजधानीको कार्यविधि सम्बन्धि प्रस्तावमा छलफल हुने

मकवानपुर २ जेठ । ३ नम्बर प्रदेशको नेकपा संसदीय दलको बैठक जेठ ८ गते हेटौँडामा बस्ने भएको छ । नेकपा संसदीय दलको सचिवालयका अनुसार जेठ ८ गते बैठक बस्ने भएको हो । सोही दिन बस्ने बैठकमा आर्थिक बर्ष २०७६/०७७ को बिनियोजित बजेटको सैदान्तिक पक्ष र स्थायी राजधानी ताक्ने विषयमा प्रमुख एजेण्डाको रुपमा प्रस्तु्त हुने नेकपा […]

सरकारविरुद्ध हेटौँडाका पत्रकारहरुद्धारा विरोध प्रदर्शन

मकवानपुर २ जेठ । नागरिकको सूचना पाउने हकलाई कुण्ठित गर्ने मनसायले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्न लागेको भन्दै आन्दोलित बनेका देशभरका पत्रकारहरुले बिहीबार हेटौँडामा बृहत बिरोध प्रदर्शन गरेका छन् । स्वस्थ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धन गर्ने नाममा सरकारले बनाउन लागेको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक र आमसञ्चार विधेयकमा राखिएको प्रेस […]

आज हेटौँडामा प्रेस युनियनले प्रदर्शन गर्ने

मकवानपुर २ जेठ । नेपाल प्रेस युनियन मकवानपुरले आज हेटौँडाको सिमा चोकमा प्रदर्शन गर्ने भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी विधेयक विरुद्द विभिन्न आन्दोलन गर्दै आएको प्रेस युनियन मकवानपुरले आज हेटौँडाको सिमाचोकमा प्रदर्शन गर्ने भएको हो । प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराजका अनुसार ७ : ३० बजे विहान जम्मा भई प्रर्दशन गर्ने […]

हेटौंडामा ट्रक र आईचर गाडिको बिचमा मोटरसाईकल च्यापियो

मकवानपुर १ जेठ । हेटौंडाको पिपलबोट नजिकै आज सवारी दुर्घटना भएको छ । भैंसेबाट आउँदै गरेको ना ७ ख ५५५० नम्बरको ट्रीपर र सोही दिसाबाट आईरहेको ना ४ ख ५०२० नम्बरको आईचर गाडीको बिचमा मोटरसाईकल च्यापिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवत्ता सागर विक्रम राणाले जानकारी दिए । उनका अनुसार दुवैगाडिको बिचमा ना ३ […]

सुरुङमार्ग निर्माणमा चिनियाँपक्षसंग वार्ता भयो : मुख्यमन्त्री पौडेल

मकवानपुर १ जेठ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज बसेको प्रदेशसभाको बैठकमा केहीदिन अघिको चिन भ्रमणमा भएका उपलब्धीबारे जानकारी दिए । उनले चिनियाँ पक्षसंग भीमफेदी– काठमाडौं जोड्जे सुरुङमार्ग निर्माण कार्यलाई संचालनमा ल्याउने विषयमा चिनियाँ पक्षसंग वार्ता भएको बताए । उनले भने ‘ काठमाडौंमा देखिएको सवारी चाक कमलाई कम गर्न विद्युतिय सेवाको बस संचालन […]

मकवानपुरमा भेटियो अनौठो जीव जसको मूल्य १० लाखसम्म पर्छ

मकवानपुरको पर्यटकीय गन्तव्य चित्लाङ हरेक सम्भावनाले भरिपूर्ण छ । उक्त भेग कृषि, पशुपालन र पर्यटकीय दृष्टिले महत्वपूर्ण छ । केन्द्रीय राजधानी काठमाडौंबाट करिब ६० किमी पश्चिम दक्षिणमा अवस्थित चित्लाङमा यस्तो अनौठो जनावर पनि पालिएको छ, त्यसबारे कमैलाई मात्र थाहा होला । जिल्लाको थाहानगर–१०, मा पर्ने बिसिङ्खेलमा यस्तो जनावर पालिएको हो । झट्ट हेर्दा उक्त जनावर […]

प्रदेशसभामा मुख्यमन्त्री पौडेलले चिन भ्रमणका उपलब्धीबारे बताउने

मकवानपुर १ जेठ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रदेशसभा बैठकमा केहिदिन अघि भएको चिन भ्रमणबारे जानकारी दिने भएका छन् । उनले नेपालको चिनसंग भएको सम्झौता र सल्लाहबारे जानकारी दिने भएका हुन् । चिन भ्रमणमा जाँदा भएका उपलब्धीबारे पौडेलले सुनाउनेछन् । राष्ट्रपति विद्यादेवि भण्डारीसँगै मुख्यमन्त्री पौडेल चिन गएका थिए ।