हेटौंडा उपमहानगरपालिका

हेटौँडालाई प्रदेश राजधानी बनाउन माग

– अञ्जली थापा हेटौँडा, ३ मंसिर / रासस० : ३ नं प्रदेशको राजधानी हेटौँडा तोकिएमा तत्कालका लागि अर्को व्यवस्था नभएसम्म निर्वाचित प्रतिनिधिलाई खाना, आवास, यातायात सहितको सुविधा निःशुल्क दिने होटल व्यवसायी संघ मकवानपुर र नारायणी यातायात व्यवसायी संघ मकवानपुरले प्रतिबद्धता जनाएका छन् । हेटौँडामा एक कार्यक्रमको आयोजना गरेर प्रदेशको राजधानीका लागि चाहिने पूर्वाधारको विषयमा छलफल […]

भरोसा भएकैले कांग्रेसमा आकर्षण : बानियाँ

हेटौँडा, २ मंसिर, । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले जनतामा भरोसा भएकै कारण नेपाली कांग्रेसमा अहिले आर्कषण बढेको बताएका छन् । अन्य दल भाषणमात्रै गर्ने तर कांग्रेस देशको परिवर्तन र विकासमा नेतृत्व गर्ने भएकाले जनतामा कांग्रेसप्रति भरोसा र आर्कषण रहेको बताए । हेटौँडामा भएको चुनावी कार्यक्रममा बोल्दै कांग्रेस […]

चन्द्र प्रसादको संयोजकत्वमा १६ मा प्रचार समिति

हेटौंडा, ०२ मंसिर । हेटौंडा उपमहानगरपालिका वडा नं. ५ मा वाम गठबन्धनको ५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन भएको छ । चन्द्र प्रसाद देवकोटाको संयोजकत्वमा प्रसारप्रसार समिति गठन भएको हो । माओवादी केन्द्र वडा नं. १६ का अध्यक्ष अविनाश गजुरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रचारप्रसार कार्यालयसमेत खोलिएको छ । निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन लागेसक्के […]

हेटौँडा ११ मा लोकतान्त्रिक गठबन्धनको १५१ सदस्यीय प्रचार प्रसार समिति

हेटौँडा, १ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा फूलमान श्रेष्ठ संयोजक र पूणिमा लोप्चन सहसंयोजक रहने गरी संयुक्त लोकतान्त्रिक गठबन्धनको १५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले आसन्न निर्वाचन लोकतन्त्र र निरङ्कुशताविरुद्धको […]

२५ मिटरको विरुद्धमा बामगठबन्धन

हेटौँडा, १ मंसिर । नेकपा एमाले मकवानपुर र नेकपा माओवादी केन्द्र (बामगठबन्धन) को संयुक्त प्रतिबद्धता पत्र शुक्रबार सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको प्रतिबद्धत्ता पत्रमा बाम गठबन्धन २५ मिटर सडक विस्तारको विरुद्धमा देखिएको छ । जिल्ला स्तरमा हेटौँडालाई ३ नम्बरको प्रदेशको राजधानी बनाउन अधिकतम पहल गर्ने, फास्ट ट्रयाक, कान्ति लोक मार्ग र हेटौँडा–धरान–चतरा लोकमार्ग निर्धारीत […]

जिल्ला लिगमा फेरि भाडभैलो, फाईनल होला त ?

चन्द्र घलान, हेटौँडा, १ मंसीर । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्रचौरमा जारी जिल्ला लिगमा फेरि भाडभैलोको अवस्था आएको छ । समग्रमा भन्दा यो वर्ष जिल्ला लिग विवादै विवादमा सकिने देखिएको छ भने प्रतियोगिताको फाईनल खेल नै होला कि नहोला भन्ने अवस्थामा पुगेको छ । गत असोज ४ […]

मकवानपुरमा विकास गरेर राजनीतिबाट रिटायर्ड हुने थापाको चाहाना

मकवानपुर, १ मंसिर । आसन्न प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका राप्रपा अध्यक्ष एंव उपप्रधानमन्त्री कमल थापाले एकपटक मकवानपुरवासीको जनमत लिएर जिल्लाको विकास गरेर राजनीतिबाट रिटायर्ड लिन चाहेको बताएका छन् । लोकतान्त्रिक गठबन्धनको हेटौंडा–४ कर्रामा घरदैलो पछि भएको कोणसभालाई सम्बोधन गर्दै थापाले आफुले ५ दशकको राजनितिक यात्रामा कहिले […]

हेटौँडामा भोट माग्दै लामिछाने र मैनाली

हेटौँडा, ३० कात्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि नयाँ शक्ति पार्टी, नेपालका उम्मेदवाहरु गाउँका साथै हेटौँडा बजारमा समेत घरदैलो गर्दै भोट माग्न व्यस्त छन् । पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार प्रल्हाद लामिछानेको नेतृत्वमा प्रदेशसभा क्षेत्र नम्बर १ को ख का उम्मेदवार राजन मैनालीसहितको टोली चुनावी अभियान लिएर हेटौँडा उपमहानगरपालिका वडा […]

देउवा र कमल थापाको दिन सकियो– दाहाल

हेटौँडा, ३० कात्तिक । बाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णप्रसाद दाहालले अब नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपाका अध्यक्ष कमल थापाको दिन सकिएको बताएका छन् । बिहिबार हेटौंडा १५ मा बामगठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गर्दै उम्मेदवार दाहालले नेपाली काँग्रेस र राप्रपाको दिन सकिने घोषणा गरे । ‘चुनाव पछि […]

३५ हजार अमेरिकी डलर सहित मकवानपुरमा १ जना पक्राउ

मकवानपुर, ३० कात्तिक । ३५ हजार अमेरिकी डलर सहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान करिब पौने ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त रकमसहित भारतको ग्राम भेडीहारी पोष्ट सिरिसिया भेडीहारी पुर्वी चम्पारण विहार बस्ने वर्ष २५ को शेषनाथ प्रसादलाई पक्राउ गरेको हो । हेटौडा उपमहानगरपालिका […]

बाम गठबन्धनको आमभञ्ज्याङमा कोणसभा, हेटौँडामा प्रचारप्रसार कार्यालय उद्घाटन

मकवानपुर, ३० कात्तिक । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ को चुनाबी कोण सभा बुधबार आमभञ्ज्याङमा सम्पन्न भएको छ । क्षेत्र नम्बर २ प्रदेश सभा क का उम्मेदवार कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताहरु माओवादी केन्द्रका विष्णु विष्ट, प्रकाश पाण्डे, नेकपा एमालेका पार्वती राना, विदुर हुमागाई,जित बहादुर घिमिरे लगायत रहेका थिए । सभालाई सम्बोधन गर्दै उम्मेदवार […]

विप्लवको दुई कार्यकर्ता मकवानपुरमा पक्राउ, पार्टीद्वारा विरोध

मकवानपुर, ३० कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका दुई कार्यकर्तालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पार्टीले घटनाको घोर भत्र्सना गर्दै निकालिएको प्रेस विज्ञप्तिमा प्रहरीले दुई जना कार्यकर्तालाई पक्राउ गरेको बताइएको छ । पार्टीका जिल्ला ईन्चार्ज विरवहादुर घलान ज्वाला र रामबहादुर घलान अनुरागद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भए अनुसार प्रहरीले नेकपाका कार्यकर्तालाई बाटोमा […]

गोल्फिनटारमा बालगृहलाई सहयोग

हेटौँडा, २९ कात्तिक । गोल्फिनटार टोल विकास संस्था र साथीभाई बाल क्लबले आज संयुक्त रुपमा ग्रामिण जिवन स्तर सुधार मञ्चद्वारा संचालित हाम्रो घर बालगृहलाई खाद्यान्न सहयोग गरेको छ । आज हेटौँडामा एक कार्यक्रमको आयोजना गरी गोल्फिनटार टोल विकास संस्थाको अध्यक्ष सरोज रिमालले हाम्रो घरकी व्यवस्थापक अस्मिता न्यौपालेलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन् । सामाग्रीहरुमा चामल […]

जिल्ला लिगमा एफसी नामटार फाईनलमा प्रवेश, पदमपोखरी पराजित

हेटौँडा, २९ कात्तिक । गत असोज ४ गते विवादका कारण स्थगित भएको जिल्ला लिग फुटबल प्रतियोगिता पून सुचारु भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडाको हुप्रचौरमा भएको जिल्ला लिग फुटबल प्रतियोगितामा आज भएको सेमिफाईनल खेलमा पदमपोखरी युथ क्लबलाइ १–० गोल अन्तरले पराजित गर्दै एफसी नामटार फाईनलमा प्रवेश गरेको छ । नामटारको तर्फबाट सुमन […]

रातोमाटेमा लोकतान्त्रिक गठबन्धनको पहिलो चुनावी सभा

हेटौँडा, २९ कात्तिक । नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको लोकतान्त्रिक गठबन्धनको आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चुनाव प्रचारप्रसार कार्यक्रम अन्र्तगत बुधबार हेटौंडा १५ रातोमाटेमा चुनावी सभा भएको छ । नेपाली काँग्रेसका १५ नम्बर वडा सभापति एवं निर्वाचित वडा अध्यक्ष महारत्न लामाको अध्यक्षता तथा नेपाल सरकारका उप्रधानमन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष एवं मकवानपुर प्रतिनिधि […]

युवाको एजेण्डामा सहयोग गर्न मैनालीको आग्रह

हेटौँडा, २९ कात्तिक । आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ शक्ति पार्टी,नेपाल तर्फबाट मकवानपुरको प्रदेशसभा सदस्य उम्मेदवार राजन मैनालीले नयाँ शक्तिले युवाकै लागि विभिन्न एजेण्डाहरुसहित चुनावमा सहभागी भएकोले युवाकै एजेण्डामा सहयोग गर्न आग्रह गरेका छन् । बुधबार हेटौँडा आसपासका क्षेत्रमा घरदैलो गर्दै आर्थिक समृद्धि, युवालाई स्वरोजगार बनाउने अभियानमा नयाँशक्तिका आफुसहितका उम्मेदवारहरु […]

‘बामपन्थी मिल्नु जनताको माग’–दाहाल

हेटौँडा, २९ कात्तिक । बामगठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र नम्बर १ का उम्मेदवार कृष्णप्रसाद दाहालले नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र जनताको माग भएको बताएका छन् । बुधबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ मा निर्वाचन प्रचार प्रसार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै दाहालले समृद्ध नेपालका लागि समृद्ध मकवानपुर बामगठबन्धनको एजेण्डा भएको बताए । कार्यक्रममा बोल्दै क्षेत्र नम्बर […]

हिमराईट्समा सामुदायिक अंकपत्रको विधि अभ्यास

मकवानपुर, २९ कात्तिक । मकवानपुर जिल्लामा मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको हिमराईट्स नामक गैर सरकारी संस्थामा सामुदायिक अंकपत्रको विधि अभ्यास गराइएको छ । नागरिक समाज संस्थाको आन्तरिक सुशासन प्रबद्र्धन र सामाजिक जवाफदेहिताको लागि मकवानपुरका गैससहरुमा यस विधि अभ्यास भइरहेको सन्दर्भमा मंगलबार हिमराईट्समा यो विधि अभ्यास भएको हो । हिमराईट्स मकवानपुरकी शाखा कार्यक्रम संयोजक कुमारी […]

नयाँ शक्तिको वडा नम्बर ४ मा घरदैलो

हेटौँडा, २९ कात्तिक । नयाँ शक्ति पार्टी, नेपाल मकवानपुरका तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर १ (ख) का उम्मेदवार राजन मैनाली सहितको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ आसपासमा घरदैलो गरेको छ । हेटौँडाको गर्दोई,चिसापानी हुँदै कर्रा लगायतका क्षेत्रमा चुनावी प्रचारप्रसारसहित घरदैलो कार्यक्रमको आयोजना गरिएको मैनालीले जानकारी दिए । घरदैलो अभियानको नेतृत्व कार्यकारी समिति सदस्य गोबिन्द पुडासैनी, […]

मकवानपुरमा भोट र नोट दुबै मागिन रन्जु दर्शनाले

मकवानपुर, २८ कात्तिक । विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्य रन्जु दर्शनाले आज मकवानपुरवासीसँग भोट र नोट दुबै मागिन् । मकवानपुरको हेटौंडामा आज दर्शनाले ठुलो जमातमा आफुहरुलाई चुनावको लागि भोट र नोट दुबै चाहिएको बताईन् र कार्यक्रमकै बिचमा बाकस थापेर यथासक्दो सहयोग गर्नुस् भनिन् । उनको आग्रहलाई मान्दै कार्यक्रममा सहभागीहरुले भोट दिने आश्वासन सहित बाकसमा ५ […]