हेटौंडा उपमहानगरपालिका

हेटौँडा आउँदै गरेको अटोमा घाईते मृग, ३ जना पक्राउ

हेटौँडा, २८ बैशाख । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौँडातर्फ आउँदै गरेको अटोमा घाईते मृग भेटिएपछि ३ जनालाई नियन्त्रणमा लिएको छ । बैशाख २७ गते राति करिब सवा ८ बजेको समयमा हेटौँडा–१९ नेवारपानी स्थित सडक खण्डमा मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना २ ह १५१३ नम्बरको अटोलाई रोकी जाँच गर्दा सोही अटोको सिटमुनि लुकाई […]

१५ दिन भित्र अपराधिक गतिविधीमा कमी आउछः एसपी श्रेष्ठ

मकवानपुर २७ बैशाख । मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले १५ दिन भित्र मकवानपुर हुने गरेको अपराधिक गतिविधी कमी आउने ठोकुवा गरेका छन् । उनले जस्तो सुकै अपराध वा अपराधीलाई कुनै पनि हालतमा छुटकारा नदिन बताएका हुन् । वडा प्रहरी कार्यालय हेटौडा तथा ४ नम्बर वडा कार्यालयले आयोजना गरेको शान्ति सुरक्षा अपराध नियन्त्रण र ट्रफिक व्यवस्थापन […]

ज्यान मुद्धाका फरार प्रतिवादी आफैं भए जिल्ला अदालत मकवानपुरमा उपस्थित

मकवानपुर २७ बैसाख । ज्यान मुद्धाका फरार प्रतिवादी आज विहिबार जिल्ला अदालत मकवानपुरमा आफैं उपस्थित भएका छन् । मकवानपुरका नयाँ प्रहरी उपरीक्षक लोकेन्द्र क्षेष्ठले फरार अपराधी पक्राउ अभियान चलाएपछि फरार प्रतिवादी हेटौंडा १७ का विकास कुमार थिङ आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकरी दिएको छ । प्रहरीको जानकारी अनुसार प्रतिवादी थिङलाई सजाय भुक्तानको […]

बेमौसमी तरकारी खेती सिक्न हेटौँडाबाट कोरिया भ्रमणमा

हेटौँडा, २७ बैशाख । मकवानपुर उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डल ब्यवसायीक भ्रमणको लागि दक्षिण कोरिया प्रस्थान गर्ने भएका छन् । संघका अध्यक्ष कृष्ण कटुवालको नेतृत्वमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, सचिव बिष्णुगोपाल महर्जन, कासस कृष्णप्रसाद ढुगाना र साधारण सदस्य भीम तिमल्सिनाको टोली शुक्रबार कोरियाको लागि प्रस्थान गर्ने भएका हुन् । “बेमौसमी खेतीको […]

प्रदेश राजधानी हेटौँडामा यस्तो हरिबिजोग, पेट्रोल पम्प र बैंकहरुको गतिविधि संकटकालमा जस्तो

–बलराम पुडासैनी मकवानपुर, २७ बैशाख । ३ नम्बर प्रदेशको राजधानी हेटौँडामा यदि तपाई राती ९ बजेपछि पेट्रोल पम्पमा पेट्रोल हाल्न जानुभयो भने पाउनुहुन्न । ईमरजेन्सी परेर पैसा निकाल्नको लागि बैंकका एटिएम बुथहरु धाउँदा एटिएम बुथहरुमा सटर लागेका हुन्छन् । सुनसान सडक अनि सुनसान पेट्रोल पम्प र सटर झारिएको बैंकको एटिएम । यो दृश्य देख्दा संकटकालकै […]

प्रशिक्षार्थी प्रहरीहरुलाई हेटौँडाबाट बिदाई

हेटौँडा, २७ बैशाख । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर चितवनमा संचालन भई रहेको प्रहरी सहायक निरीक्षक आधारभुत तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई हेटौँडाबाट बिदाई गरिएको छ । उक्त तालिममा सहभागी २–१७४ औँ समुहमा तालिमरत प्रशिक्षार्थीहरु पाठ्यक्रम बमोजिम पाँचौ चरण अन्तर्गत व्यवहारिक अध्ययनको क्रममा मिति बैशाख १३ गतदेखि बैशाख २७ गतेसम्म जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत समेतमा […]

पत्रकार महासंघ ३ नम्बर प्रदेशको कार्यसमितिलाई हेटौँडामा सपथ ग्रहण र बधाई

हेटौँडा, २६ बैशाख । नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशको निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई आज प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा सपथ ग्रहण गराईनुका साथै बधाई तथा प्रमाणपत्र प्रदान गरिएको छ । बैशाख २२ गते सम्पन्न निर्वाचनमा निर्वाचित कार्यसमितिलाई नेपाल पत्रकार महासंघको व्यवस्थापनमा सपथग्रहण, पदस्थापना तथा बधाई ज्ञापन गरिएको हो । कार्यक्रमममा कार्यसमिति अध्यक्ष प्रताप विष्ट, […]

मकवानपुर प्रहरीको आँखा लोकल मदिरामा

मकवापनुर, २६ बैशाख । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पछिल्लो समयमा मकवानपुरका गाउँ–गाउँमा तयार हुने लोकल मदिरालाई नियन्त्रणमा लिने र नष्ट गर्ने क्रमलाई तिव्रता दिएको छ । प्रहरीले अवैध मदिरा मकवानपुरका विभिन्न स्थानबाट बरामद गरेको हो । यसैक्रममा बैशाख २४ गते प्रहरी चौकी बसपार्कबाट खटेको प्रहरी टोलीले हेटौँडा १० बसपार्कबाट बेवारिसे अवस्थामा करिब १५ लिटर अबैध […]

मनहरीका एक पुरुष भिमफेदी जेल चलान

मकवानपुर, २६ बैशाख । लागुऔँषध गाँजा मुद्धामा ६ महिना कैद र ५ हजार जरिवाना तोकी फरार रहेका मकवानपुरको मनहरी गाउँपालिकाका एक पूरुष जेल चलान भएका छन् । वि.सं. २०७३ जेठ १४ गतेको फैसलाले सजाय तोकेका मनहरी गाउँपालिका वडा नम्बर ९ बस्ने बर्ष ४० को सानुकान्छा पुरीलाई जेल चलान गरिएको हो । उनलाई ईलाका प्रहरी कार्यालय […]

५ वर्षपछि भिमफेदी जेल चलान

हेटौँडा, २६ बैशाख । वि.सं. २०६९ फागुन १४ गतेको फैसलाले सवारी ज्यान मुद्धामा सजाय तोकी फरार रहेका एक पुरुषलाई जिल्ला कारागार कार्यालय भिमफेदीमा जेल चलान गरिएको छ । सवारी ज्यान मुद्दामा २ महिना १२ दिन सजाय तोकी फरार रहेका हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ का ४४ वर्षीय राजुबहादुर स्याङ्तानलाई जेल चलान गरिएको हो । उनलाई […]

मोटरसाईकल र काठ छोडेर चालक फरार

हेटौँडा, २६ बैशाख । मकवानपुरको हेटौँडा उपमहानरपालिका वडा नम्बर १३ पदमपोखरीमा दुई वटा मोटरसाईकल सहित सखुवाको काठ बरामद भएको छ । बैशाख २५ गते राति करिब पौने १ बजेको समयमा प्रहरी चौकी पदमपोखरीबाट खटेको प्रहरी गस्तीलाई देखेपछि मोटरसाईकल चालकहरु भागेको प्रहरीले जनाएको छ । ठूलोथलीबाट पदमपोखरीतर्फ जादै गरेको ना ४४ प ४१९० नम्बर र ना […]

‘अपराधीहरु डन होईनन् भुसुना हुन’–एसपी श्रेष्ठ

हेटौँडा, २६ बैशाख । मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) लोकेन्द्र श्रेष्ठले अपराधीहरु डन नभई भुसुना भएको अभिव्यक्ति दिएका छन् । मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार गरेको स्वागत कार्यक्रममा बोल्दै उनले अपराधीहरु भुसुना जस्तो भएको बताएका हुन् । हेटौंडा नगरलाई २४ सै घण्टा खुल्ला राख्न सवैको सहयोग आवश्यक रहेको बताउँदै उनले अपराध कम गर्न जस्तो […]

मकवानपुरका एसपी श्रेष्ठले दिए गैरकानुनी अभिव्यक्ति–‘म ईन्काउन्टर गर्छु’

हेटौँडा, २५ बैशाख । मकवानपुरका एसपी लोकेन्द्र श्रेष्ठले इन्काउन्टर गर्छु भन्दै सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिएपछि त्यसले मकवानपुरमा खैलाबैला मच्चाएको छ । साढे ३३ किलो सुनकाण्डमा मकवानपुरका तत्कालिन एसपी विकासराज खनाल मुछिएसँगै निलम्बनमा परेपछि उनको ठाउँमा काजमा आएका एसपी श्रेष्ठले गैरकानुनी रुपमा इन्काउन्टर गर्छु भन्दै अभिव्यक्ति दिएपछि तहल्का मच्चिएको हो । एसपी श्रेष्ठले सोमबार जिल्ला प्रहरी […]

प्रदेश नम्बर ३ मा १ सय कानुन आवश्यक भएको ठहर

हेटौँडा, वैशाख २३ । प्रदेश नं ३ को सरकार सञ्चालनका लागि करीब एकसय कानून आवश्यक देखिएको छ। आसन्‍न आर्थिक वर्षको बजेट तर्जुमा तथा सुझाव संकलनका लागि यहाँ आउनुभएका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बलदेव जोशीले प्रदेशका सात मन्त्रालयले आ–आफ्नो काम कारवाही अघि बढाउन हालसम्म चार कानून निर्माण भएको र अझै एकसय कानून आवश्यक भएको […]

हेटौँडामा हेटौँडा कप टी–२० क्रिकेटको उद्घाटन खेलमा मकवानपुर विजयी

हेटौँडा, २३ बैशाख । क्रिकेट एशोसियशन अफ मकवानपुरको आयोजनामा आईतबारबाट हेटौंडामा सुरु भएको हेटौंडा कप टि ट्वान्टी क्रिकेटको उद्घाटन खेलमा सिमरा क्रिकेट क्लव बारालाई हराउँदै मकवानपुर क्रिकेट क्लव विजयी भएको छ । हेटौंडाको हुप्रचौरमा भएको खेलमा मकवानपुरले सिमरालाई २ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको सिमराले निर्धारित ओभरमा […]

निजी क्लिनिकमा काम गर्ने डाक्टर विरुद्ध गर्जिए मुख्यमन्त्री पौडेल

हेटौँडा, २३ बैशाख । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले सरकारी अस्पतालको सेवा सुविधा लिएर निजिमा काम गर्ने डाक्टरविरुद्ध कडा कदम चाल्न सक्ने तर्फ संकेत गरेका छन् । उनले सरकारी तलब खाएर निजीमा काम गर्ने प्रवृत्ति अन्त्य हुनु जरुरी रहेको बताउँदै यस्तो प्रवृत्ति अन्त्य नभएसम्म स्वास्थ्य सेवामा सुधार नहुने बताए । उनले यस्तो गतिविधि गर्ने […]

३ नम्बर प्रदेश प्रमुख कोईरालाले गरिन् जेठ १ गते अधिवेशन आह्वान

हेटौँडा, २३ बैशाख । ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले जेठ १ गतेका लागि प्रदेशको दोस्रो अधिवेशन आह्वान गरेकी छिन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले दोस्रो अधिवेशन आव्हान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले जानकारी दिए । असार १ गते आगामी आर्थिक बर्षका लागि बजेट ल्याउने तयारीमा रहेको प्रदेश सरकारले बैशाख २१ गते […]

मकवानपुरमा चट्याङ लागेर ३ जनाको मृत्यु

हेटौँडा, २३ बैशाख । आईतबार साँझ चट्याङ लागेर मकवानपुरमा ३ जनाको मृत्यू भएको छ । हल्का पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर ३ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चट्याङ लागेर हेटौंडा १६ हटिया चिसापनीमा १ र मनहरी गाउँपालिका वडा नम्बर २ मा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । […]

पत्रकार महासंघ प्रदेश ३ अध्यक्षमा विष्ट विजयी (अन्तिम नतिजा सहित)

हेटौँडा, २२ बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ को अध्यक्षमा प्रताप विष्ट विजयी भएका छन् । आधिकारीक घोषणा नभए पनि अन्तिम मत परिणाम अनुसार उनी ४९१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटम पतिद्वन्दी गिरिजा प्रसाद अधिकारीले ३११ मत प्राप्त गरेका छन् । आधिकारिक घोषणा हुन बाँकी रहेकोले यो मतमा एक–दुई […]

मकवानपुरमा गठबन्धनका उम्मेदवारलाई झट्का, ७ मतले स्वतन्त्र उम्मेदवार अधिकारी अगाडि

हेटौँडा, २२ बैशाख । प्रदेश नम्बर ३ को मकवानपुरमा नेपाल पत्रकार महासंघको प्रदेश स्तरीय चुनावको मतगाणना सकिएको छ । अन्तिम मतपरिणाम अनुसार मकवानपुरबाट अध्यक्षका उम्मेदवार गिरिजा प्रसाद अधिकारी अग्रपंक्तीमा उभिएका छन् । उनले प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरका साझा उम्मेदवार प्रताप विष्टलाई ७ मतले पछाडि पारेका छन् । अधिकारीले ५५ मत र विष्टले […]