हेटौंडा उपमहानगरपालिका

हेटौंडाको हङकङ बजारमा रक्तदान कार्यक्रम

मकवानपुर ६ साउन । नेपाल स्वरोजगार व्यापार श्रमिक संघ जिल्ला कार्य समितिले सोमबार हेटौंडा–१०, बसपार्कमा रहेको हङकङ बजारमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । हेटौंडा रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएकाले संघले रक्तदान कार्यक्रमको आयोजना गरिएको संघका मकवानपुर अध्यक्ष सुर्य प्रसाद ढुंगेलले बताए । हेटौंडा १० नम्बर वडाध्यक्ष किताब सिंह लामाको प्रमुख आतिथ्यमा भएको रक्तदान […]

‘मकवानपुर क्याम्पसमा को–को बिच झगडा भयो, मलाई थाहा छैन’ : कुमार केसी

मकवानपुर ५ साउन । स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष कुमार केसीले आज आइतबार स्ववियुको कार्यकक्षमा तोडफोड भएको भन्दै विज्ञप्ती जारी गरेका छन् । उनले जारी गरेको विज्ञप्तीमा क्याम्पसका प्राध्यापक र विद्यार्थीबिच विवादका कारण उत्पन्न भएको परिस्थीतिमा स्ववियुको कार्यकक्ष तोडफोड भएको उल्लेख छ । तोडफोडमा स्ववियुको २ वटा टेवल भाँचिएको विज्ञप्तीमा उल्लेख छ । […]

चर्चले गर्योे विद्यार्थी, एकल महिला र वृद्धवृद्धालाई सम्मान

हेटौडा ५ साउन । मकवानपुरको हेटौडा–१८ मा रहेको हर्नामाडी न्युमेन चर्चको १४ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । हर्नामाडी न्युमेन चर्चको अध्यक्ष तथा पास्टर जिवन लामाको अध्यक्षतामा आफ्नै मण्डली भवनमा कार्यक्रम भएको हो । कार्यक्रममा चर्चका बाबुलाल मुक्तानले पेश गरेको आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन, नाफा नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण पारित […]

भिसिटिएसलाई अधिकृत विक्रेतासम्म मात्र लागु गर्न माग

मकवानपुर,५ साउन । अधिकृत विक्रेताहरुले सरकारले साउन १ गतेबाट लागु गरेको मालबस्तु तथा ढुवानीको अनुगमन प्रणाली अर्थात भेईकल एण्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) अधिकृत विक्रेता तहसम्म मात्र लागु गर्नको लागि डिलर यशोसियन मकवानपुरले आग्रह गरेको छ । सरकारले लागु गरेको नियम अहिलेको परिवेशमा होलसेल तथा खुद्रा ब्यवसाय तहमा लागु गर्न असहज अवस्था आएको भन्दै डिलर […]

नेता बानियाँद्वारा गरिब बालकलाई आर्थिक सहयोग

मकवानपुर ५ साउन । वी.पी. कोईरालाको ३७ औं स्मृति दिवसको अवसरमा हेटौंडा अस्पतालमा फलफुल वितरण गर्न गएका नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले एक आर्थिक हैसियत नभएका बालकको उपचारको लागि आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर रहेका भीमफेदी गाउँपालिका वडा नम्बर ३ बेसरघारीका १३ वर्षीया […]

कांग्रेसद्वारा हेटौंडा अस्पतालका विरामीलाई फलफुल वितरण

मकवानपुर ५ साउन । नेपाली कांग्रेस ३ नम्बर समितिद्वारा आज बिहान हेटौंडा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको छ । जननायक विश्वेश्वरप्रसाद कोईरालाको ३७ औं स्मृति दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तरगत आज (आईतबार) विहान कांग्रेस मकवानपुरले हेटौंडा अस्पतालमा रहेका २ सय ५० विरामीहरुलाई फलफुल वितरण गरिएको हो । नेपाली कांग्रेस ३ नम्बर क्षेत्रीय समितिका सभापति तारानाथ चौलागाईको सभाध्यक्षता […]

प्रहरी ताकेर गोली हान्ने राक्सिराङका स्याङतानलाई ३ वटा मुद्धा

मकवानपुर ५ साउन । लागुऔषध ओसारपसारमा संलग्न एवं प्रहरीलाई ताकेर गोली हान्ने राक्सिराङ गाउँपालिका वडा नम्बर ९ का कुमार स्याङतानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३ वटा मुद्धा चलाउने भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले स्याङतानलाई ३ वटा मुद्धा चलाइने जानकारी दिए । उनलाई मुलुकी अपराध संहिता २०७४ को […]

हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्ग आजबाट सञ्चालनमा

मकवानपुर ५ साउन । वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज (आईतबार) बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । इन्द्रसरोवर गाउँपालिकाअन्तर्गतको महालक्ष्मी खोलामा आएको पहिरो तथा अन्य सानातिना पहिरो हटाएर बाटो सञ्चालनमा ल्याएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । दश दिन लगाएर पहिरो पन्छाएपछि आजबाट बाटो सञ्चालन भएको हो ।

अपडेट : गोली हानाहानमा राक्सिराङका स्याङतान पक्राउ

मकवानपुर ५ साउन । प्रहरी र गाँजा तस्करबीच गोली हानाहानमा प्रहरीले राक्सिराङ गाउँपालिका वडा नं. १ बस्ने बर्ष ४३ को कुमार स्याङतानलाई पक्राउ गरेको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार, उनलाई केही बेरपछि प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ । यो पनि पढ्नुहोस् । मकवानपुर प्रहरी र गाँजा तस्करबीच गोली हानाहान  

मकवानपुर प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

मकवानपुर ५ साउन । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९, रजैयाको राप्तिखोला बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । गएराति गाँजा बोकेको ५–६ जनाको समूह र मकवानपुर प्रहरीबीच गोली हानाहान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ शुरु गरेको थियो । प्रहरीबाट […]

वी.पी.को ३७ औं स्मृति दिवसको अवसरमा नेविसंघ र वर्तमान विषयक अन्तरक्रिया

मकवानपुर ४ साउन । विश्वेश्वरप्रसाद कोईरालाको ३७ औं स्मृति दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तरगत नेपाल विद्यार्थी संघ मकवानपुरले शनिबार हेटौंडामा वी.पी. र बर्तमान विषयक अन्तरक्रिया गरेको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यता तथा नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडाको सभाध्यक्षतामा अन्तरक्रिया भएको हो । कार्यक्रममा प्रमूख […]

गोले वंश उत्थान मकवानपुरले गार्यो हेटौंडाकी क्यान्सर पीडितलाई आर्थिक सहयोग

मकवानपुर ४ साउन । गोले वंश उत्थान मकवानपुले हेटौंडाकी नगर कार्यपालिका सदस्या रुपा खुलाल गोलेलाई उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । ३९ वर्षीया स्तन क्यान्सरबाट पीडित खुलालको उपचारको लागि भन्दै गोले वंश मकवानपुरले शनिबार नगद २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । दुईवर्षदेखि स्तन क्यान्सरबाट पीडित खुलाललाई हेटौंडा उपमहानगरपालिकाले समेत पाँच लाख […]

प्रगती माविका विद्यार्थीद्वारा एन्ट्राटिक्क विस्कुट प्रा.लि.को अवलोकन

मकवानपुर ४ साउन । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको प्रगती माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले हेटौंडा–८ मा रहेको एन्ट्राटिक्क विस्कुत प्रा.लि. मा अवलोकन भ्रमण गरेका छन् । सैदान्तिक विषयमा पनि विद्यार्थीहरुलाई सक्षम बनाउने उद्देश्यका साथ प्रत्येक वर्ष विद्यालय भ्रमण गराउने गरिएको विद्यालयको प्राचार्य निरञ्जन ढकालले जानकारी दिए । अवलोकन कार्यक्रममा कम्पनिको […]

हेर्नुहोस् आजको ताजा राशिफल

मेष धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काममा हात हाल्ने समय छ । मिथुन भाग्योदय हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सिंह नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मित्र जनको साथ सहयोगले […]

नेकपाको सरकारले जनताको काम गर्न सकेन : नगर सभापति पराजुली

मकवानपुर, ३ साउन । नेपाली काँग्रेस हेटौँडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताएका छन् । उनले स्थानीयदेखि प्रदेश र संघीय सरकारसम्मसँग दुई तिहाई बहुमत भएरपनि काम गर्न नसकेको, आफै बरालिएको र गालीगलौचमा सीमित भएको भन्दै गरिव र विपन्नको नाममा राजनीति गरे पनि काम गर्न […]

जबरजस्ती करणीको अभियोगमा मकवानपुरमा कार्यरत असई साह पक्राउ

रौतहट ३ साउन । जबरजस्ती करणीेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) राजेन्द्र साह पक्राउ परेका छन् । गत असार ३१ गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसमा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा  साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जबरजस्ती करणी गरेको अभियोगमा पीडितका आफन्तले प्रहरीमा […]

२५ मिटर सडक विस्तार – बर्षाका कारण स्थानीयलाई सास्ती

मकवानपुर ३ साउन । पूर्वपश्चिम राजमार्ग एवं त्रिभुवन राजपथ अन्तरगतको सडक क्षेत्रकोे दाँया÷बाँया २५/२५ मिटरभित्र पर्ने संरचना हटाउने काम भइरहेको डिभिजन सडक कार्यालय मकवानपुरले जानकारी दिएको छ । डिभिजन सडक कार्यालय मकवानपुरका सूचना अधिकारी जयराम अधिकारीले सडकक्षेत्र भित्र भएका संरचनाहरु हटाउने काम निरन्तर चलिरहेको बताए । बर्षाले विभिन्न स्थानको सडक अवरुद्ध गरेकोले सडक सुचारु गर्न […]

सनराइज बैंक हेटौंडाको आयोजनामा मेहन्दी उत्सव (फोटोफिचर)

मकवानपुर ३ साउन । हेटौंडामा आज (शुक्रबार) महिलाका लागि सनराइज मेहन्दी उत्सव कार्यक्रमको आयोजना गरिएको छ । सनराईज बैँक हेटौंडा शाखाको आयोजनामा बैंकमा सेवा लिन आएका सेवाग्राही महिला तथा अन्यका लागिसमेत मेहन्दी उत्सव आयोजना गरेको हो । बैंकले नियमित वार्षिक कार्यक्रम अन्तरगत मेहन्दी उत्सव आयोजना गर्दै आएको सनराइज बैंक हेटौंडा शाखाका प्रबन्धक सुदर्शन खतिवडाले बताए […]

जबर्जस्ती करणी मुद्दामा फरार हेटौंडाका चौलागाई ५ वर्षपछि पक्राउ

मकवानपुर २ साउन । जबर्जस्ती करणी मुद्दामा फरार रहेका हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का ४४ वर्षीय पुण्यप्रसाद चौलागाइँ ५ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत मकवानपुरले २०६९ साल चैत ६ गते र पुनरावेदन अदालत हेटौँडाले २०७१ साल असार १७ गते चौलागाइँलाई २ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो । कैद सजाय […]

प्रजिअ तामाङ मार्फत प्रधानमन्त्रीलाई करको विषयमा व्यवसायीहरुको ज्ञापनपत्र

मकवानपुर २ साउन । करको विषयमा असन्तुष्टि जनाउँदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको नेतृत्वमा गएको व्यवसायीहरुले आज प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । नेपाल सरकारले साउन १ गतेबाट लागु हुने गरि जारी गरेको उद्योग व्यवसायसँग सम्बन्धित आर्थिक नीति, सामाजिक सुरक्षा योजना, भ्याटमा जानुपर्ने अनिवार्यता, भिसिटिएस र अन्य […]