राक्सिराङ गाउँपालिका

राक्सिराङबाट एक युवक पक्राउ, नेवारपानीमा फरार

मकवानपुर, १५ चैत । राक्सिराङ–२ बस्ने ४२ बर्षीय राजकुमार मोक्तानलाई प्रहरीले अवैध लागूऔषध गाँजा ८० किलो सहित पक्राउ गरेको छ । मोक्तान सहितका ४–५ जनाले मनहरी गाउँपालिका–९ जयसिङ स्थित पूर्व–पश्चिम राजमार्गमा गाँजा ल्याउँदै गरेको सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय मनहरीबाट विहीबार खटिएको प्रहरी टोलीले ४ वटा बोरामा रहेको उक्त गाँजा सहित उनलाई पक्राउ गरेको […]

निर्वाचनमा गरेका सबै प्रतिबद्दता पूरा गर्छुः ईन्द्रबहादुर बानियाँ

मकवानपुर १३ चैत । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले आफूले चुनाव लडिरहँदा ४ नम्बर क्षेत्रमा गरेका सबै प्रतिबद्दता ५ वर्ष भित्रमा पूरा गर्ने बताएका छन् । नेपाली काँग्रेस राक्सीराङ गाउँपालिकास्तरीय क्रियाशिल तथा अगुवा कार्यकर्ता भेलामा मंगलबार बोल्दै नेता बानियाँले विकासबाट अत्यन्तै पिछडिएको यस […]

मकवानपुरमा ६ हजार ५८ जनाले दिए एसईई परीक्षा

हेटौँडा, ८ चैत । आजदेखि सुरु भएको एसईई परिक्षामा मकवानपुरबाट नियमित र एक्जाम्टेडतर्फ गरि ६ हजार ५८ जना परिक्षार्थीले परीक्षा दिएका छन् । त्यस्तै १ सय १६ जना विद्यार्थी परीक्षामा अनुपश्थित भएका छन् । मकवापनुरको २४ ओटा केन्द्रमा परीक्षा शान्तिपूर्ण भएको बताइएको छ । जिल्ला शिक्षा कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार नियमिततर्फ छात्र २४ र […]

राजीनामा मागेका छौँ, नदिए परिणाम भयानक हुन्छ : ज्वाला

मकवानपुर । नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाले हेटौंडाका मेयर हरिबहादुर महत, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल तथा अन्य गाउँपालिका अध्यक्षलगायतका लाई राजीनामा मागेपछि अहिले राजनीतिक रुपमा खैलाबैला नै भएको छ । हेटौंडा उपमहानगरपालिका मेयर महत र गाउँपालिका अध्यक्ष दामोदर खनाल समेतलाई नेकपाले राजीनामा मागेको छ । मेयर महतले नेकपाले राजीनामा मागेको बारे आफूलाई […]

आजदेखि मकवानपुरमा ढुङ्गा–गिटी–बालुवा उत्खनन् नगरिने

मकवानपुर, ६ चैत । मकवानपुरका विभिन्न खोला तथा नदिहरुमा आजदेखि ढुङ्गा–गिटी–बालुवा उत्खननमा रोक लगाइएको छ । विकास निर्माण आयोजनाका नाममा हुँदै आईरहेको अवैध उत्खनन् आजदेखि १५ दिनका लागि रोकिने भएको हो । जिल्ला समन्वय समितिमा भएको सर्वपक्षीय बैठकले मकवानपुरको राप्ति नदि, ज्यामिरे क्षेत्र, लोथर खोलामा भएको अवैध उत्खनन् अनुगमन गरेर प्रतिवेदन तयार नभए सम्मका लागि […]

मकवानपुरको बकैया र राक्सिराङमा २ सय कठ्ठा अफिम खेती फँडानी

मकवानपुर, २९ फागुन । मकवानपुरको दुई गाउँपालिकाका २ स्थानहरुमा गरि मकवानपुर प्रहरीले २ सय कठ्ठा अफिम खेती नष्ट गरेको छ । आज खटिएको प्रहरी टोलीले बकैया गाउँपालिकामा १ सय ६० कठ्ठा र राक्सिराङ गाउँपालिकामा ४० कठ्ठा गरि २ सय कठ्ठा अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ईलाका प्रहरी कार्यालय फापरबारी […]

मकवानपुरको राक्सिराङबाट एक जना पक्राउ

मकवानपुर, २० फागुन । मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । फागुन २० गते विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायक निरिक्षक विजय दास बानियाँको कमाण्डमा खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा सहित राक्सिराङ गाउँपालिका वडा नम्बर २ बैर्रेटारमा बस्ने ६४ वर्षीय काईला मोक्तानलाई पक्राउ गरेको […]

राक्सिराङमा प्रहरीले २ सय कठ्ठा अफिम फँडानी गर्यो

मकवानपुर, १० फागुन । मकवानपुरको राक्सिराङ गाउँपालिकामा प्रहरीले करिब २ सय कठ्ठा अवैध लागुऔषध अफिम फँडानी गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका वडा नम्बर ४ पन्जली भन्ने स्थानमा अबैध रुपमा लगाईएको अफिम खेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यस अघि पनि मकवानपुर प्रहरीले राक्सिराङ र […]

राक्सिराङका १ जना घरबाटै पक्राउ

मकवानपुर, १ फागुन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषधसहित अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ । यस अघि ४ जनालाई पक्राउ गरेको प्रहरीले माघ २९ गते बेलुका मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ का मानबहादुर मोक्तानलाई पक्राउ गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार सोमबार बेलुका विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक […]

राक्सिराङमा ४० कठ्ठा गाँजा र अफिम फँडानी

राक्सिराङ, २६ माघ । बिहीबारमात्रै राक्सिराङका विभिन्न क्षेत्रमा गाँजा फँडानी र अफिम नष्ट गरेको मकवानपुर प्रहरीले शुक्रबार पनि त्यसलाई निरन्तरता दिएको छ । शुक्रबार राक्सिराङ गाउँपालिकाको वडा नम्बर ७ का विभिन्न स्थानमा गरि प्रहरीले अवैध गाँजा खेती अन्दाजी २० कठ्ठा र अफिम २० कठ्ठा फँडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी […]

राक्सिराङमा ८ केजी गाँजा बरामद, घरधनी फरार

मकवानपुर, २६ माघ । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बस्ने ४५ वर्षीय पूर्णबहादुर तामाङको गोठबाट करीब ८ केजी लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले तामाङको गोठ बिहीबार चेक गर्दा प्लाष्टिकको बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद भएको हो । फरार तामाङको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले […]

राक्सिराङमा २२ कठ्ठा गाँजा फँडानी

मकवानपुर, २५ माघ । मकवानपुरको राक्सिराङमा प्रहरीले पूनः १० कठ्ठा गाँजा खेती फँडानी गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार राक्सिराङ गाउँपालिकाका वडा नम्बर ७ को बिभिन्न स्थानमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी नायब निरीक्षक अरुण कुमार यादवको कमाण्डमा खटिएको १५ जनाको प्रहरी टोलीले अबैध रुपमा लगाईएको गाँजा खेती अन्दाजी २२ कठ्ठा […]

राक्सिराङमा ब्ल्याङ्केट बाँड्दै स्वास्थ्यकर्मी

मकवानपुर, २२ माघ । मकवापुरको पश्चिमी भेग राक्सिराङ गाउँपालिकाका बिपन्न चेपाङहरुलाई स्वास्थ्यकर्मीहरुले न्यानो कपडा बितरण गरेका छन् । राक्सिराङ ९ स्थित खैराङ स्वास्थ्य चौकीमा कार्यरत स्वाथ्यकर्मीहरुले ५ वर्ष मुनिका १ सय ४० जना बिपन्न चेपाङ बालवालिका तथा गरिब र असहाय चेपाङहरुलाई न्यानो कपडा र ब्ल्याङ्केट बितरण गरेका हुन् । स्वास्थ्य चौकीका अहेब सन्तोष श्रेष्ठ र […]

मकवानपुरकी दुई किशोरी बेपत्ता

मकवानपुर, १० माघ । मकवानपुरकी दुई किशोरी बुधबार बिहानबाट हराएकी छिन् । सिविन बाल हेल्प लाईनका अनुसार मकवानपुरको राक्सीराङ गाउँपालिका–३, पलासेमा बसोबास गर्दै आएका बुवा शिब राम रिजाल र आमा लक्ष्मी रिजालकी छोरी १५ वर्षीय प्रमिला रिजाल र उनीसँगै सोही वडाको कुडुलेमा बसोवास गर्दै आएका पातलीमाया नेपालीकीे छोरी १५ वर्षीय युनिसा नेपाली नाम गरेकी किशोरी […]

बकैया र राक्सिराङमा गाँजा र अफिम फँडानी

मकवानपुर, २५ पुस । मकवानपुरको दुई गाउँपालिकामा पुस २३ र २४ गते गरि २७७ कठ्ठा गाँजा खेती र अन्दाजी ९० कठ्ठा अफिम नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका वडा नम्बर ४ र बकैया गाउँपालिका वडा नम्बर ६ का […]

विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण

मकवानपुर, २१ पुस । मकवानपुरको विकट गाउँका तथा विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको सरिखेत, राक्सीराङ्ग, मनहरी र हाँडिखोलाका बिपन्न बिद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको हो । सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तरगत सिमान्तकृत बालबालिकाका लागि जाडोयामलाई मध्यनजर गरी न्यानो कपडा वितरण गरिएको बताइएको छ । हिमालयन मानव अधिकारकर्मी समुह(हिमराइट्स) […]

मनहरीदेखि राक्सिराङसम्म पुग्ने मोटर बाटो निर्माण शुरु

मकवानपुर, २९ मंसिर । मकवानपुरको मनहरी गाउँपालिका हुँदै राक्सिराङ पुग्ने मोटरबाटो निर्माणको काम सुरु भएको छ । मनहरीबाट प्याङ्चे हुँदै राक्सिराङको चैनपुर जाने सडकको बिहीबार राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले शिलान्यास गरेका हुन् । मोटरबाटोको रुपमा विकास गर्ने लक्ष्यसहित २०३४ सालबाट निर्माण कार्य थालनी गरिएको बाटो अहिले गोरेटोको रुपमा रहेको छ । अहिले मानिस हिँड्न […]

‘ काँग्रेस–राप्रपालाई जनताले विश्वास गर्दैन’

मकवानपुर, ६ मंसिर । वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडाले वामपन्थीको लालकिल्ला रहेको मकवानपुरमा काँग्रेस–राप्रपाले चुनाव जित्न जुनसुकै हतकण्डा अपनाएपनि जनताले विश्वास नगर्ने बताएका छन् । मंगलबार राक्सीराङ ३ सरीखेतमा आयोजित चुनाबी सभामा बोल्दै खतिवडाले चुनाव जित्न विभिन्न भ्रमहरु छरेर जनता झुक्याउने काम गरेको बताए । जनताको भाबना बुझ्ने भएकोले […]

ईन्द्रबहादुर बानियाँले गरे आफैलाई लखेट्न अनुरोध

राक्सिराङ, ५ मंसिर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको १ र २ नम्बर वडामा पर्ने सरिखेतमा लोकतान्त्रिक गठबन्धनको प्रचारप्रसार कार्यालय उद्घाटन भएको छ । प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँले कार्यालय उद्घाटन गर्दै चुनावको समयमा प्रतिबद्धता जनाएका कुरा पूरा नभएमा अर्को पटक गाउँमा आउँदा लखेट्न अनुरोध गरेका छन् । उनले आफु फोस्रा आश्वासन नभई विकास दिन चाहेको भन्दै […]

लोकतान्त्रिक गठबन्धन जित नजिक पुगेको बानियाँको दाबी

राक्सिराङ, ४ मंसिर । आसन्न निर्वाचनको लागि मकवानपुरको क्षेत्र नम्बर २ को २ ‘ख’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका इन्द्रबहादुर बानियाँले जिल्लामा लोकतान्त्रिक गठबन्धन जितको नजिक रहेको दाबी गरेका छन् । आईतबार राक्सिराङ ४ मा भएको कोणसभा तथा प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटनमा उनले पछिल्लो समय काँग्रेस प्रवेश गर्ने क्रम बढेको र जनताले समेत लोकतान्त्रिक गठबन्धनका […]