राक्सिराङ गाउँपालिका

१४ बर्षदेखि हेटौंडाको वाशुदेव सभागृह बेरोजगार ! प्रदेश सरकार किन लाचार ?

बलराम पुडासैनी मकवानपुर १२ मसिंर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा रहेको वाशुदेव सभागृह १४ बर्षदेखि बेरोजगार छ । वि.स. २०६० सालमा हेटौंडा नगरपालिकाका तत्कालिन नगरप्रमुख मधु अधिकारीको पहलमा निर्माण शुरु गरिएको वाशुदेव सभागृह अहिलेसम्म पनि निर्माणाधिन अवस्थामै छ । त्यसबेला विभिन्न कार्यक्रम वा सभासम्मेलन गर्नका लागि सभाहलको आवश्यकता महशुस भएपछि तत्कालिन नगरप्रमुख मधु अधिकारीको पहलमा सभागृह […]

धमाधम गाँजा फडानी गर्दै मकवानपुरको प्रहरी

मकवानपुर १२ मंसिर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा तथा अफिम खेती नष्ट गर्ने दोस्रो चरणको अभियानअन्र्तगत राक्सिराङ र कैलाश गाउँपालिकामा धमाधम गाँजा फडानी गरिरहेको छ । हेटौंडाबाट मंसिर ९ गते आइतबार खटिएको प्रहरी टोलीले राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा रोपिएको लागूऔषत गाँजा र अफिम खेती फडानी गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका […]

नख्खुजेल तोडेका मकवानपुरका लामा अहिले पाटन अस्पतालमा, सरकार मौन !

मकवानपुर ११ मसिंर । लामो समय राजनितिक जिवन बिताएका विरबहादुर लामा अहिले स्वास्थ्य अवस्थाका कारण अस्पतालमा छन् । २०३३ सालमा नख्खुजेल तोडेका लामा अहिले जिवन र मरणको अवस्थामा छन् । केहि दिनदेखि उनी काडमाडांैको पाटन अस्पतालमा उपचाररत छन् । उनको आर्थिक अवस्था निकैनै नाजुक छ । उनी अहिले उच्च रक्तचाप मधुमेय, तथा मृगौला सम्बन्धी रोगका […]

मकवानपुरको राकिसराङमा गाँजा फडानी गर्दा भरुवा भन्दुक बरामद

हेटौंडा १० मंसिर । राक्सीराङ गाउँपालिका–४ स्थित सानो टोडको भन्ने ठाउँमा लुकाई छिपाई राखेको भरुवा बन्दुक १ नाल, २० ग्राम बारुद र ५० ग्राम सिसा सोमबार दिउसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिए प्रहरी टोलीले अबैध लागूऔषध गाँजा तथा अफिम फडानी गर्ने क्रममा उक्त ठाउँस्थित पानी खाने धाराको छेउमा बेवारीसे अवस्थामा […]

गाउँघरमा सिंहदरबारको अनुभुति

मकवानपुर १० मंसिर । गाउँघरमा सरकारको अनुभुति दिलाउन मकवानपुरको राक्सिराङ गाउँपालिकाले घरदैलोमा नै पुगेर सेवा दिने अभियान सुरु गरेको छ । गाउँघरमा सिंहदरबारको उपस्थिती जनाउने अभियान अन्तर्गत प्रत्येक गाउँमा पुगेर आईतबारदेखि स्थानीय जनताको काम गर्ने अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । त्यसको सुरुवात राक्सिराङ गाउँपालिका–९ नम्बर वडामा चालु आर्थिक वर्ष २०७५÷०७६ मा […]

मकवानपुरको राक्सिराङमा प्रहरी चौकी स्थापना

हेटौंडा ७ मंसिर । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपलिकाको सदरमुकाम चैनपुरमा बिहिबार अस्थाई प्रहरी चौकी स्थापना भएको छ । चैनपुरमा असई बिर बहादुर यादवको संयोजकत्वमा सात जना प्रहरी रहनेगरी अस्थाई प्रहरी चौकीको स्थापना गरिएको हो । मकवानपुर प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङले जनताको माग पुरा गरी प्रहरी चौकी स्थापना गर्न पाएकोमा खुशी  व्यक्त गरेका छन् । […]

मकवानपुरको गाँजा प्रभावित क्षेत्रमा प्रहरी चौकी स्थापना

मकवानपुर,६ मंसिर । मकवानपुरको गाँजा प्रभावित क्षेत्रमा प्रहरी चौकी स्थापना भएको छ । पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकाको शदरमुकाम चैनपुरमा बिहीबार अस्थायी प्रहरी चौकी स्थापना भएको हो । चौकीको प्रदेशसभा सदस्य सन्त बहादुर चेपाङले उ्दघाटन गरे । चौकी उद्घाटन गर्दै चेपाङले प्रहरी चौकी स्थापनासँगै सरकारको उपस्थितीको अनुभुति भएको बताए । मकवानपुर प्रहरी प्रमुख एसपी बुद्धि गुरुङले जनताको […]

राक्सिराङमा मेलमिलपकर्ता उत्पादन गर्न तालिम सुरु

मकवानपुर, ५ मंसिर । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकामा मंगलबार देखि मेलमिलापकर्ता उत्पादनको लागि तालिम सुरु भएको छ । गाउँपालिकाले गाउँघरमै न्यायको पहुँच विस्तारको लागि मेलमिलाप सम्बन्धी आधारभुत तालिम सञ्चालन गरेको हो । गाउँपालिका कार्यालयमा सुरु भएको एक हप्ते तालिममा प्रत्येक वडाबाट तीन जना सहभागि रहेको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताउएका छन् । गाउँघरमा हुने […]

यस्तो कथा छ मकवानपुरकी १३ बर्षीया गर्भवती बालिका गंगामायाको …

बलराम पुडासैनी मकवानपुर ४ मसिंर । १३ बर्षिया गर्भवती बालिका गंगामाया चेपाङको माईती मकवानपुरको राक्सिराङ गाउँपालिकामा हो । उनको घर कैलाश गाउँपालिका ७ मा पर्छ । उनी १२ बर्षकै उमेरमा गर्भवती बनिन् । उनको उमेर भर्खरै १३ लागेको उनका परिवारले जनाएका छन् । उनी सानै उमेरमा गर्भवती भएको र उनको परिवारको आर्थिक अवस्था कमजोर रहेकोले […]

अपडेट : मकवानपुरकी १३ बर्षिया गर्भवती गंगामायालाई थप उपचारको लागि काठमाडौं पठाईयो

मकवानपुर ४ मसिंर । मकवानपुरकी १३ बर्षिया गर्भवती बालिका गंगामाया चेपाङलाई थप उपचारको लागि काठमाडौं पठाईएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित सरिखेत अौलेकी चेपाङलाई उपचारको सम्पुर्ण खर्च नेपाल सरकारले व्यहोर्ने गरी काठमाडौं पठाईएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले तु खबरलाई जानकारी दिए । १२ वर्षको उमेरमा गर्भवती भएकी बालिका चेपाङको स्वास्थ्य अवस्था जोखिमपूर्ण भएपछि […]

सांसद कृष्ण दाहालले संसद विकास कोषको ४ करोड मकवानपुरमा लगानी गर्ने

मकवानपुर २९ कात्तिक । मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद कृष्ण प्रसाद दाहालले आफ्नो सँंसद विकास कोषमा आएको ४ करोड रुपैंया विकास निमार्णको काममा खर्च गर्ने बताएका छन् । उनले आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त विषयमा जानकारी दिएका हुन् । उनले कोषमा आएको ४ करोड रकम आफ्नो क्षेत्रमा पर्ने उपमहानगर र […]

राक्सिराङ र गढीको गाँजा खेती प्रहरीले फाँड्यो

मकवानपुर, १५ कात्तिक । मकवानपुरको राक्सिराङ र मकवानपुरगढी गाउँपालिकाका विभिन्न स्थानहरुमा प्रहरीले गाँजा फँडानी गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक मधु कुमार थापाको कमाण्डमा खटिएको २० जनाको टोलीले राक्सिराङ गाउँपालिका वडा नम्बर ४ को विभिन्न स्थानहरुमा ३ बिगाह क्षेत्रफलको गाँजा तथा १ बिगाह क्षेत्रफलको अफिमको ब्याड फँडानी गरिएको हो । त्यस्तै […]

फरार प्रतिवादी पक्राउ

मकवानपुर १० कात्तिक । ३ नं. प्रदेश कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले बिहिबार फरार प्रतिवादी पक्राउ गरेको छ । मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी मकवानपुर जिल्ला, राक्सिराङ गाउँपालिका–३ बस्ने बाल कृष्ण प्रजा निजकै घर ठेगानामा लुकीछिपी बसिरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रजालाई प्रकाउ गरी जिल्ला प्रहरी कार्यालय […]

मकवानपुरबाट जनमुक्ति सेनाका पूर्व लडाकु काँग्रेसमा प्रवेश

मकवानपुर, ७ कात्तिक । मकवानपुरको राक्सिराङ गाउपालिका वडा नम्बर १ बाट दुई जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा पूर्व जनमुक्ति सेनाका तत्कालिन सेक्सन कमान्डर रहेका कुमार सिङ बल र सोमलाल स्याङ्तान रहेका छन् । उनीहरले कांग्रेसको सदस्यता लिएका हुन् । नेपाली काङ्ग्रेस मकवानपुर पार्टी कार्यालयमा दुबै जनालाई पार्टी सचिव बुद्ध लामाले सदस्यता […]

अग्रणी सहकारीद्वारा फापरबारीको सिर्जनशील समूहलाई उद्यम गर्न ५ लाख

मकवानपुर । अग्रणी बचत तथा ऋण सहकारी सस्था हेटौंडाले फापरबारीको सिर्जनशील युवा समूहलाई उद्यम गर्नका लागि ५ लाख रुपैयाँ निव्र्याजी ऋण उपलब्ध गराएको छ । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत समूहलाई रकम उपलब्ध गराइएको हो । आज सो रकम हस्तान्तरण गर्ने औपचारिक कार्यक्रममा संघीय सँसदका अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल र जिल्ला युवा समिति अध्यक्ष सन्तोष […]

तामाङ घेदुङ मकवानपुरद्वारा ‘ताम्सालिङ जागरण अभियान’ प्रारम्भ

मकवानपुर, ०६ असोज । नेपाल तामाङ घेदुङ मकवानपुरले ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान प्रारम्भ गरेको छ । घेदुङ मकवानपुरको शनिबार बसेको बैठकले मकवानपुरका विभिन्न स्थानीय तहमा ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान सञ्चालन गर्ने कार्यक्रमको कार्यतालिका समेत तय गरेको नगर घेदुङ सचिव सुवाश घिसिङले जानकारी दिए । बैठकको निर्णय अनुसार यही असोज १९ गते […]

मुख्यमन्त्री ज्यू ! कानुन विपरीत काटिएका सालका रुख कहाँ गाएब भो ?

बलराम पुडासैनी मकवानपुर, ५ असोज । हेटौंडा स्मारक विकास समिति नवलपुर परिसरमा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समिति अन्र्तगतको वनबाट ५० वटा भन्दा बढी सालका रुख नियम विपरीत कटान भएका छन् । अहिले हेटौंडा स्मारक विकास समितिका अध्यक्ष डोरमणी पौडेल छन् । उनी स्मारक विकास समितिका अध्यक्ष मात्रै होईनन् प्रदेश नम्बर ३ का मुख्यमन्त्री समेत […]

हेटौंडामा २५ मिटर सडक विस्तार प्रकरण : मुख्यमन्त्री पौडेलनै बाधक

बलराम पुडासैनी मकवानपुर १ असोज । ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा २५ मिटर सडक विस्तारको विषयमा मुख्यमन्त्री डोरमणी पौडेलनै बाधकको रुपमा देखिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हेटौंडाको समग्र विकासमा जोड दिन्छु भन्दै जनतालाई आफ्नो पक्षमा पारी चुनाव जितेका पौडेलसंग अहिले प्रदेशका सम्पुर्ण जिल्लाको विकासका कार्यक्रम त कता हो कता हेटौंडाकै विकासको समेत भिजन […]

नेकपा मकवानपुरको अध्यक्ष चयनमा निकै ल्याङल्याङ

मकवानपुर,  २६ भदौ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको नेतृत्व चयनको विषयले मकवानपुरमा अझैं टुङगो लिन सकेको छैन । प्रदेशले मकवानपुरबाट अध्यक्षमा तत्कालिन नेकपा एमालेका बद्री लम्साल र माओवादी केन्द्रबाट सचिवका लागि विष्णु विष्टको नाम सिफारीस गरेर केन्द्रमा पठाएपनि मकवानपुर भित्रै नेतृतव चयनको विषयमा भएको लुछाचुडीको कारण कसले नेतृत्व गर्ने भन्ने […]

नेपाल आइडलको उत्कृष्ट २० मा मकवानपुरका ढकाल र खत्री

मकवानपुर २३ भदौ । नेपाल आइडल सिजन २ को उत्कृष्ट २० मा मकवानपुरका २ जना छनोट भएका छन् । उत्कृष्ट २० मा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ निवासी २१ बर्षिया स्वस्तिका ढकाल र थाहा नगरपालिका निवासी २१ बर्षिय दीपराज खत्री रहेका छन् । गायनको ठुलो मञ्च नेपाल आइडलमा अहिले ढकाल र खत्रीले मकवानपुको प्रनितिधित्व गर्दै सांगीतिक […]