राक्सिराङ गाउँपालिका

नेवारपानी दुर्घटनाः घाइतेहरुको उपचारखर्च गाउँपालिकाले बेहोर्ने

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले शुक्रबार दिउँसो हेटौंडा–१९, नेवारपानीमा यात्रु बोकेर राक्सिराङ गाउँपालिका–१ तर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटनामा परी घाइते भएकाहरुको उपचार खर्च बेहोर्ने भएको छ । शनिबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले हेटौंडास्थित चुरेहिल अस्पतालमा पुगेर दुर्घटनामा घाइते भएका स्थानीयवासीहरुको उपचार खर्च गाउँपालिकाले बेहोर्ने बताएका हुन् । अध्यक्ष मल्लले घाइतेहरुको उपचार खर्च ५० हजार […]

मकवानपुरका दुई जना चितवन प्रहरीको फन्दामा

चितवन । चितवन प्रहरीले लागूऔषध गाँजासहित मकवानपुरका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका–७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनीका १२ वर्षीय छोरा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय भण्डाराले १८ केजी अवैध लागुऔषध गाँजासहित शुक्रबार पक्राउ गरेको हो । प्रहरीका अनुसार […]

हेटौंडामा बोलेरो जीप दुर्घटनाः ९ जना घाइते, सातको अवस्था गम्भीर

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौंडाबाट राक्सिराङ गाउँपलिका वडा नम्बर १ ठूलो भाबर जाँदै गरेको ग १ ज ७२८९ नम्बरको बोलेरो जी आफै अनियन्त्रित भई दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेमध्ये २ जना सामान्य […]

आज राक्सिराङ गाउँपालिकामा सार्वजनिक विदा

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा आज (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले बिहिबार एक विज्ञप्ती जारी गर्दै डिसेम्बर २५ अर्थात पुस १० गते आज क्रिश्चियन धर्मावलम्बीहरुको क्रिस्मस परेकोले सार्वजनिक बिदा दिएको हो । बुधबार बसेको गाउँ कार्यपालिका बैठकले क्रिस्मसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

लागुऔषध नियन्त्रणमा बागमती प्रदेश प्रहरी

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रदेशका सबै जिल्लामा लागुऔषधसम्बन्धी सबै प्रतिबन्धित कारोवारलाई निरुत्साहित पार्ने गरी काम अघि बढाएको छ । प्रहरीले प्रदेशको विभिन्न जिल्लामा प्रतिबन्धित लागुऔषध गाँजाखेती नष्ट गर्ने र लागुऔषधको ओसारपसारलाई नियन्त्रण गर्ने गरी विविध क्रियाकालापमार्फत कार्य सञ्चालन गरेको हो । कार्यअन्तर्गत विभिन्न जिल्लामा लगाइएको प्रतिबन्धित गाँजाखेती नष्ट गर्नुका साथै लागुऔषधको ओसारपसार […]

मकवानपुर प्रहरीद्वारा अबैध गाँजा खेती फडानी

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका विभिन्न ठाउँमा अबैध रुपमा लगाइएको लागूऔषध गाँजा मकवानपुर प्रहरीले फडानी गरी नष्ट गरेको छ । राक्सिराङ गाउँपालिका वडा नम्बर – ३ को लावती, सरिखेत पलासे र कैलाश गाउँपालिका वडा नम्बर ५ को विभिन्न स्थानमा लगाइएको ३२ बिगाहा ५ कट्ठा लागुऔषध गाँजा खेती फडानी गरी नष्ट गरिएको जिल्ला […]

हेटौंडाबाट दुई युवक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट अवैध लागूऔषध गाँजासहित २ जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेबाट करिब १० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ कुडेली बस्ने १९ वर्षीय मुकेश चेपाङ र सोही गाउँपालिका–१ बस्ने २५ वर्षीय राजकुमार गोले रहेका छन् […]

हेटौंडामा सरकारविरुद्ध काँग्रेसको वृहत जनप्रदर्शन

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको आयोजनामा आज हेटौंडामा सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ । ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशभरका ७७ वटै जिल्लामा आज विरोध प्रदर्शनको आयोजना गरको थियो । नेपाली काँग्रेस मकवानपुरद्वारा आयोजित विरोध प्रदर्शन गर्ने क्रममा पूर्वतर्फ हेटौंडाको सानोपोखरा, दक्षिणतर्फ वन विज्ञान अध्ययन संस्थानको मूल ढोका, उत्तरतर्फ […]

प्रमुख जिल्ला अधिकारीसहितको टोलीद्वारा खानी क्षेत्र अनुगमन

मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालसहितको टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका ४ मा रहेको  हेटौंडास्थित रिद्धिसिद्धी सिमेन्ट उद्योगको गिङ्ङु खानी अनुगमन गरेको छ । खानी सञ्चालनको क्रममा स्थानीयहरु बिस्थापित हुन थालको गुनासोपछि प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीहरुले खानी अनुगमन गरेका हुन् । उद्योगले एक सातादेखि खानी उत्खनन्को काम गरिरहेको छ । स्थानीयबासीहरुको […]

आज मकवानपुरको राक्सिराङ गाउँपालिकाको सेवा बन्द हुने

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने सेवा आज बन्द हुने भएको छ । गाउँपालिकाको कार्यालयले सूचना जारी गरी सेवा बन्द हुने जानकारी गराएको हो । गाउँपालिकाले जारी गरेको सूचनामा राक्सिराङ गाउँपालिका वडा नम्बर ९ को कार्यालय सहायक खुपबहादुर मल्लको निधन भएकोले गाउँपालिकाबाट हुने सबै सेवा आजको लागि बन्द हुने जनाइएको […]

मकवानपुरको राक्सीराङ गाउँपालिकाको सबै वडामा हेलिप्याड

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले सबै वडामा हेलिप्याड निर्माण गरेको छ । गाउँपालिकाले विपद्‍मा परेकालाई तत्काल उद्धार तथा राहत प्रदान गर्ने उद्देश्यले सबै वडामा हेलिप्याड निर्माण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । ‘विपद्‍मा परेका, सुत्केरी व्यथा लागेका र आकस्मिक बिरामीलाई छिटो उद्धार गर्न हेलिप्याडको व्यवस्था गरेको हो,’ उनले भने । गाउँपालिकाका अनुसार वडा–१ […]

मकवानपुर–२ मा ४ करोड

मकवानपुर । प्रतिनिधिसभा सदस्य विरोध खतिवडाको संयोजकत्वमा गठित स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिले चार करोड रुपैयाँ बराबरका विभिन्न योजना छनौट गरी कार्यान्वय प्रकृया अघि बढाउने निर्णय गरेको छ । सांसद खतिवडाको संयोजकत्वमा बसेको बैठकले मकवानपुर क्षेत्र नं.२ अन्तरगत मनहरी, राक्सिराङ, कैलाश, भीमफेदी, इन्द्रसरोवर, मकवानपुरगढी गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहानगरपालिकामा विभिन्न योजनाका लागि रकम […]

९५ वर्षीय चेपाङले गरे राक्सिराङ्मा १० शैय्याको अस्पताल भवन शिलान्यास

मकवानपुर । राक्सिराङ गाउँपालिकामा सोमबार स्थानीय ९५ बर्षका तुलबहादुर चेपाङ्ले १० शैय्याको अस्पताल भवनको शिलान्यास गरेका छन् । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १० करोड शसर्त अनुदान रकमबाट निर्माण गर्न लागिएको अस्पताल भवनको राक्सिराङ् – ५ ठाडेचुरका बृद्ध चेपाङ्बाट शिलान्यास गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । स्वास्थ्य सेवाको सहज पहुँचबाट बन्चित भई […]

मकवानपुरको पाँच स्थानीय तहमा १५ श्ययाको अस्पताल भवन शिलान्यास

मकवानपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लगानीमा मकवानपुर जिल्लाको पाँच स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल भवनको छुट्टाछुट्टै शिलान्यास गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरका अनुसार, सोमबार जिल्लाको थाहा नगरपालिका र मनहरी गाउँपालिकामा १५/१५ श्ययाको अस्पतालको शिलान्यास भएको छ । त्यस्तै, जिल्लाको कैलाश र राक्सिराङ गाउँपालिकामा १०/१० श्ययाको र इन्द्रसरोवर गाउँपालिकामा पाँच श्ययाको अस्पताल […]

राक्सिराङको विभिन्न विद्यालयमा मास्क तथा सेनिटाइजर सहयोग

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाका ३ वटा वडाका विद्यालयहरुमा दिगो विकासका लागि एकता नेपाल संस्थाले मास्क तथा सेनिटाइजर वितरण गरेको छ । ती स्वास्थ्य सामाग्री संस्थाका प्रतिनिधिहरु मिली वडा नं. ६, ७ र ८ का प्रत्येक विद्यालयहरुमा पुगि विद्यार्थी तथा शिक्षकहरुलाई हस्तान्तरण गरेका हुन् । गाउँपालिकाले आइतबारबाट सबै बिद्यालयमा पठनपाठन सुचारु गरेपछि विद्यालयमा कोभिड–१९ को […]

मकवानपुर प्रहरीद्वारा २२ किलो गाँजाको धुलो बरामद

मकवानपुर । मकवानपुर प्रहरीले २२ किलो लागूऔषध गाँजा बरामद गरेको छ । शुक्रबार मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ औलेडाँडाबाट १५ वटा पोकामा २२ किलो लागूऔषध गाँजाको धुलो बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उक्त गाँजा प्रहरी चौकी चैनपुर मकवानपुरबाट प्रहरी सहायक निरीक्षक बिशाल तामाङको कमाण्डमा खटिएको […]

राक्सिराङमा अस्पताल निर्माणका लागि जिसस मकवानपुरद्वारा ५० लाख

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा अस्पताल निर्माणका लागि जिल्ला समन्य समिति मकवानपुरले अनुदान रकम सहयोग गरेको छ । राकिसराङ–५ ठाडेचुरीमा अस्पताल निर्माणका लागि जिसस मकवानपुरले ५० लाख रुपैयाँ अनुदान रकम सहयोग गरेको हो । जिसस मकवानपुरको ७० औं बोर्ड बैठकले गाउँपालिकामा अस्पताल निर्माणका लागि ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । जिससमा […]

मकवानपुरका ६७३ घरमा खरको छानो विस्थापित हुने

मकवानपुर । नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत मकवानपुरका ६७३ विपन्न परिवारको घरमा खरको छानो विस्थापित हुने भएको छ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ अन्तरगतका हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका, राक्सिराङ, ईन्द्रसरोवर, भीमफेदी र मकवानपुरगढी गाउँपालिकामा गरी ६७३ घरमा खरको छानो विस्तापित हुने भएको हो । आइतबार जिल्ला समन्वय समिति मकवानपुरमा बसेको […]

मकवानपुरको राक्सिराङमा पहिलोपटक डाक्टरद्वारा नियमित स्वास्थ्य सेवा

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा पहिलो पटक आवासीय रुपमा चिकित्सक (डाक्टर) उपलब्ध भएको छ । चेपाङ जातिको बाक्लो बसोबास रहेको उक्त गाउँपालिका–५ चैनपुरमा रहेको स्वास्थ्य चौकीमा आवासीय रुपमा डाक्टर राख्ने व्यवस्था गरिएको हो । स्वास्थ्य संयोजक बिजय कापरीले केहीदिन अघि मात्रै डाक्टर धनबहादुर खत्रीले स्वास्थ्य चौकीमा रही आवासीय रुपमा सेवा दिइरहेको बताए । अहिले स्वास्थ्य […]

राक्सिराङ–४ मा भएको सेभेन ‘ए’ साइड फूटबल प्रतियोगिता समापन

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ स्थित देवीटारमा दिपावलीको उपलक्ष्यमा गत कात्तिक २२ गतेबाट संचालन भएको फूटबल प्रतियोगिता हिजो कात्तिक २६ गते समापन भएको छ । प्रभात किरण युवा क्लब राक्सिराङ गापा–४ को आयोजनामा भएको सेभेन ‘ए’ साइड फूटबल प्रतियोगितामा आयोजक टिम प्रथम र पन्जनी समुह राक्सिराङ–४ द्धितिय भएको थियो । कार्यक्रमका प्रमुअ […]