मनहरी गाउँपालिका

कृषकको हितमा मित्र सेवा कृषि फर्म सुरु

मकवानपुर ५ वैशाख । तरकारीमा बषौदेखि हुँदै आएको बिचौलिया प्रथाको अन्त्य गर्नका लागि स्थापित मित्र सेवा कृषि फर्मको उद्घार्टन भएको छ । बिचौलियाहरुको मारमा परेको किसानहरुका लागि किसानले खेतीका लागि आवश्यक सामाग्री उचित मूल्यमा खरिद र किसानले उत्पादन गरेको कृषि उपजहरुलाई उचित मूल्यमा बिक्रि सजिलो बनाउनु फर्मको स्थापना गरिएको फर्मका प्रबन्धक हरिशरण जिम्बाले जानकारी दिए […]

मनहरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

  मकवानपुर २ वैशाख । गएराती मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मनहरीको खराङ् नजिकै सवारी दुर्घटना हुँदा विराटनगर घर भएका ३१ बर्षका रविन्द्र कुमार पोदाको मृत्यु भएको हो । मनहरीबाट हेटौंडा आउदै गरेको ना १ ज ४८६७ नबंरको सुमोले सोही दिसाबाट आउदै गरेको ना ३४ प ७४९७ नम्बरको मोटरसाईकललाई […]

जिल्ला प्रहरी हिरासतमा को को छन् ‘विप्लव कार्यकर्ता’ ?

मकवानपुर, वैशाख ०१ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विप्लव नेतृत्वको पार्टी नेकपामा क्रियाशील भएको आधारमा ६ जनालाई हिरासतमा राखेको छ । पक्राउ पर्नेहरुमा जिल्ला इन्चार्जदेखि सामान्य शुभचिन्तकहरु पनि छन् । विप्लवको पार्टीमा आवद्ध भएकोमा प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं. ११ सिमलटारबाट राजकुमार कुँवरलाई चैत ८ गते घरैबाट पक्राउ गर्यो । म्याजिक चलाउने र घरमा खोलिएको […]

सशस्त्र प्रहरीको टोलीलाई ‘म विप्लव पार्टीको इन्चार्ज हुँ भनेपछि’

मकवानपुर, वैशाख ०१ । विप्वल नेतृत्वको नेकपा मकवानपुर इन्चार्ज बीरबहादुर घलान ज्वाला पक्राउ परेको घटना सार्वजनिक भएपछि राजनीतिक वृत्तमा खैलाबैला नै मच्चियो । एकाएक मकवानपुरको राजनीतिक वृत्तमा ज्वाला कसरी समातिए भन्ने चर्चा चुलिन थाल्यो । सशस्त्र प्रहरी वलले उनलाई हेटौंडा ८ मा पर्ने ऋद्धिसिद्धि सिमेन्ट अगाडिबाट पक्राउ गरेको थियो । सशस्त्रले ज्वालालाई नेपाल प्रहरीको जिम्मा […]

मनहरी गाउँपालिकाभित्र सबै विद्यालयमा एकै खालको पोशाक

मकवानपुर ३० चैत्र । मकवानपुरको मनहरी गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरुले एकै खालको पोशाक लगाउनुपर्ने भएको छ । गाउँ शिक्षा समिति मनहरीले फरक–फरक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको विद्यालय पोशाकमा फरकपन देखिएको भन्दै एकरुपता ल्याउन खोजेको हो । समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको छ । जसअनुसार आकासे रंगको सर्ट, गाढा निलो रंगको […]

नेकपा मकवानपुर इन्चार्ज ज्वाला अदालतमा, सोमबार बयान

मकवानपुर, २९ चैत । प्रहरीले विप्लव नेतृत्वको नेकपा मकवानपुरका इन्चार्ज बीरबहादुर घलान ज्वालालाई अदालतमा पेश गरेको छ । केही महिना अघि मनहरी गाउँपालिका वडा नं. ३ मा भेटिएको बिस्फोटक पदार्थमा उनी संलग्न भएको भन्दै सोही घटनालाई जोडेर प्रहरीले अभियोग लगाएको र फरारको सूचीमा राखेकोले अहिले फेला पर्यो भनी अदालत पेश गरिएको स्रोतले बताएको छ । […]

मकवानपुरको मनहरीमा अन्य पार्टी परित्याग गरि ३५ जना नेकपामा प्रवेश

मकवानपुर २८ चैत्र । मकवानपुरको मनहरी गाउँपालिकामा क्रियाशील विभिन्न राजनीतिक दल परित्याग गरी ३५ जना नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भएका छन् । मनहरी गाउँपालिका वडा नं १ र २ को संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा ३५ जना नेपाली काँग्रेस तथा विप्लव नेतृत्वको पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् । नेकपाका केन्द्रीय सदस्य […]

तरुण दल मनहरीमा उप्रेती चयन

मकवानपुर २८ चैत्र । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल मनहरी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उप्रेती चयन भएका छन् । बुधबार भएको भेलाले उप्रेतीको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका समिति चयन गरेको हो । जसको उपाध्यक्षमा रघुनाथ बर्तौला, सचिव चन्द्रमणि पाठक, सहसचिव हरिशरण शिवाकोटी, कोषाध्यक्ष सीताराम स्याङ्तान चयन भएका छन् । त्यस्तै सदस्यमा पूर्णबहादुर थिङ, बिनाकुमारी […]

मनहरीमा सञ्चालित विभिन्न योजनाका बारेमा जिससको अनुगमन

मकवानपुर २७ चैत्र । मनहरीमा सञ्चालित विभिन्न योजनाहरुका बारेमा जिल्ला समन्वय समिति मकवानपुरले अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुले गाउँपालिकाभित्र सञ्चालन भएका योजनाहरुको मंगलबार दिउँसो अनुगमन गरेका हुन् । मनहरी गाउँपालिका वडा नं ६ को प्रतापपुर जाने बाटोमा निर्माणाधीन पक्की पुलको अनुगमन गरिएको छ […]

उपसभामुख राधिका तामाङद्वारा बुद्धको ज्ञानलाई व्यवहारमा लागु गर्न जोड

मकवानपुर, २७ चैत्र । प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङले गौतम बुद्धको उपदेशलाई जीवनमा लागु गर्न आग्रह गरेकी छिन् । चैत्र २३ गतेदेखि मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ स्थित रुञ्चेडाँडामा भएको महायज्ञ बुद्ध बचन (भुम) महा प्रज्ञापरामिता पाठको समापन कार्यक्रममा बोल्दै उनले त्यस्तो आग्रह गरेकी हुन् । ‘महायज्ञ पुजाबाट प्राप्त ज्ञानलाई जीवन र […]

९० जना चालक तथा परिचालकले गराए स्वास्थ्य चेकजाँच

मकवानपुर २६ चैत्र । सार्बजनिक सवारी साधनहरुबाट हुने सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ सोमबार मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नं. ७, मनहरी स्थित ईलाका प्रहरी कार्यालयको परिसरमा सवारी साधनहरुका ९० जना चालक तथा परिचालकहरुको स्वास्थ्य चेकजाँच गरिएको छ । प्राथमिक स्वास्थ्य चौकी मनहरीको स्वास्थ्यकर्मी टोलीले स्थानिय अटो तथा ई–रिक्सा व्यवसाय संघ मनहरी तथा अन्य […]

मनहरीमा महायज्ञ बुद्ध बचन पाठ आजबाट सुरु

मकवानपुर २३ चैत । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ स्थित रुन्चेडाँडामा आजदेखि महायज्ञ बुद्ध बचन भूम महाप्रज्ञापरामिता पाठ हुने भएको छ । विश्वशान्ति महायज्ञ मूल समारोह समितिको आयोजनामा हुने महायज्ञ ४ दिनसम्म चल्ने बताईएको छ । समस्त प्राणीको उद्धार रास्ट्रको कल्याण विश्वमा शान्ति फैलाउने उद्देश्यले भगवान बुद्धको शान्ति र अहिंसा ज्ञानको माध्यमबाट निर्मुल पार्ने […]

नेपाल राष्ट्र बैँकद्वारा हाँडीखोलामा बित्तीय चेतना कार्यक्रम

मकवानपुर २३ चैत्र । नेपाल राष्ट्र बैँक बीरगञ्ज क्षेत्रीय कार्यालयले मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ३ हाँडीखोलामा शुक्रबार बित्तीय चेतना कार्यक्रम गरेको छ । बित्तीय चेतना कार्यक्रमको सहजीकरण गर्दै बैँकका निर्देशक राजन बिक्रम थापाले बित्तीय समस्या र बैँकहरुमा भइरहेका समस्याहरुका बारेमा उपभोक्ताहरुलाई सचेत पारेका थिए । उनले राष्ट्र बैँकले सबै बैँकहरुको छाताको रुपमा काम गर्ने […]

मदिरा सेवनमा कडाई गर्दै मनहरी गाउँपालिका

मकवानपुर २३ चैच । मनहरी गाउँपालिकाले हिउँदे अधिवेसन सम्पन्न गर्दै जाँडरक्सी र जुवातास नियन्त्रणको प्रयास गरेको छ । मनहरी गाउँपालिका केन्द्र रजैयास्थित चाणक्य आश्रममा शुक्रबार भएको चौथो गाउँसभाले जाँडरक्सी र जुवातास लगायत बिकृति नियन्त्रण गर्नका लागि सामाजिक व्यवहार सुधार सम्बन्धी बिधेयक पारित गरेको छ । केही दिनअघि गाउँपालिकाका ९ वटै वडामा पुगी गाउँपालिकाले जाँडरक्सी तथा […]

मनहरीमा भोलिदेखि ४ दिने महायज्ञ बुद्ध बचन पाठ हुने

मकवानपुर २२ चैत्र । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ५ स्थित रुन्चेडाँडामा भोलि शनिबार देखि २६ गतेसम्म महायज्ञ बुद्ध बचन (भुम) महाप्रज्ञापरामिता पाठ हुने भएको छ । नेपाल अहिंसाबादी बौद्धधर्म चक्र संघको धर्मगुरु आचार्य खेन्पो पेमा सम्भ लामाको समूपस्थितिमा ४ दिनसम्म पुजापाठ हुने विश्वशान्ति महायज्ञ मूल समारोह समितिको संयोजक फुलमाया थिङले जानकारी दिईन् । समस्त […]

एसइई परिक्षाको लागि मकवानपुरमा २४ वटा परिक्षा केन्द्र निर्धारण

मकवानपुर ८ चैत्र । यही चैत्र १० गतेदेखि सुरु हुने एसइई परीक्षाको लागि मकवानपुरमा २४ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ हेटौंडाले जनाएको छ । १० गतेदेखि सुरु हुने परिक्षाको लागि मकवानपुरबाट ५ […]

मकवानपुर केन्द्रविन्दु भएर गयो भुकम्प

मकवानपुर,४ चैत्र । मकवानपुरमा केन्द्रविन्दु भई आज बिहान ४.१ रेक्टर स्केलको भुकम्प गएको छ । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भई २०७२ साल बैशाख १२ गतेको भूकम्पको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँसहित मकवानपुर, धादिङ्ग, नुवाकोट र काभ्रेमा पनि महशुस भएको छ ।

मनहरीको अग्नीहोत्राश्रममा बस्तीपुर जेसीजको सहयोग

मकवानपुर २७ फागुन । बस्तीपुर जेसीज हाँडीखोलाको ९ औं स्थापना दिवसको सन्दर्भमा मनहरी गाउँपालिका–९ रजैयामा रहेको अग्नीहोत्राश्रममा सहयोग हस्तान्तरण भएको छ । जेसीजले सोमबार एक कार्यक्रमकाबीच आश्रमको लागि १५ हजार रुपैयाँ बराबरको खानेपानी शुद्धिकरण गर्ने मेसिन र एउटा चौतारा निर्माणको लागि नगद १२ हजार रुपैयाँ सहयोग गरिएको छ । कार्यक्रम संयोजक बिजय पौडेलको संयोजकत्व एवम् […]

गाउँमै ९३ जनाले पाए नागरिकता

मकवानपुर २६ फागुन । दुर्गम क्षेत्रका अशक्त र बृद्धबृद्धाहरुलाई लक्षित गरी मनहरी गाउँपालिकाले वडा नं ६ मा एकीकृत घुम्ती सेवा सञ्चालन गरेको छ । मनहरी गाउँपालिका वडा नं. ६ रुपाचुरीस्थित सगरमाथा प्राथमिक विद्यालयमा एकीकृत घुम्ती सेवा सञ्चालन गरिएको हो । शनिबारको दिनमा समेत नागरिकतासहितका सेवा सुविधा उपलब्ध गराउन प्रतिनिधिसभा सदस्य बिरोध खतिवडा, प्रमुख जिल्ला अधिकारी […]

कांग्रेसको मनहरी–२, दोभानमा क्रियाशिल वितरण कार्यक्रम

मकवानपुर, २४ फागुन । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको आयोजनामा मनहरी–२, दोभानमा शुक्रबार क्रियाशिल वितरण तथा वनभोज कार्यक्रम गरिएको छ । नेपाली कांग्रेस मनहरी गाउँपालिका वडा नं. २ का वडा सभापति प्रेमप्रसाद गोङ्वाको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा क्रियाशिल वितरण तथा वनभोज कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि […]