मनहरी गाउँपालिका

बालविवाह न्यूनीकरणमा विद्यार्थीको भूमिकाबारे वक्तृत्वकला

मकवानपुर २२ जेठ । मकवानपुरको मनहरी गाउँपालिका–३ मा रहेको महेन्द्रज्योति माविमा बाल विवाह न्यूनीकरणका लागि विद्यार्थीको भूमिकाको विषयमा वक्तृत्वकला प्रतियोगिता भएको छ । प्रतियोगितामा महेन्द्रज्योति माविका छात्रा निकिसा तिमल्सिना प्रथम भएकी छिन् । प्रतियोगी ८ जनालाई पछि पार्दै उनी प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् । प्रतियोगितामा सोही विद्यालयमा अध्ययनरत शशी ढकाल द्वितीय, मनहरी […]

काँग्रेसका सदस्य स्याङ्तानको श्रद्धाञ्जलीसभा

मकवानपुर १९ जेठ । नेपाली काँग्रेसका क्रियाशील सदस्य कुलबहादुर स्याङ्तानको श्रद्धाञ्जलीसभा भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नंं ८ निवासी स्याङ्तानको ७५ वर्षको उमेरमा शनिबार निधन भएको थियो । आइतबार काँग्रेसको झण्डा ओढाएर उनको श्रद्धाञ्जलीसभासहित अन्त्येष्टी गरिएको काँग्रेस ४ नम्बर क्षेत्रीय सचिव प्रकाश बर्तौलाले जानकारी दिए । काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीनॉसहितका नेताहरुले […]

मकवानपुरको दुई स्वास्थ्य संस्थाको अनुगमन

मकवानपुर १६ जेठ । मकवानपुरका स्वास्थ्य संस्थाहरुको अवस्था, समस्या र चुनौतीबारे अनुगमन गरिएको छ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको मनहरी बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र हाँडिखोलामा रहेको स्वास्थ्य चौकीको अनुगमन गरिएको हो । प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको सेवा, भवन, उपकरण, कर्मचारी, औषधी, बिरामीको चाप लगायतको अवस्था, आईपरेको समस्या र समाधानको उपायको बारेमा […]

बन्दको प्रभाव पश्चिम मकवानपुरको मनहरीमा पनि, जनजीवन प्रभाबित

मकवानपुर १३ जेठ । विप्लप नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव पश्चिम मकवानपुरको मनहरी गाउँपालिका तथा हेटौँडा लगायतका विभिन्न स्थानको जनजीवन प्रभाबित भएको छ । बन्दका कारण मनहरीका विभिन्न सामुदायिक विद्यालय, निजी विद्यालय, विभिन्न कार्यलय तथा ब्यापारिक क्रियाकलापमासमेत प्रभाव परेको छ । त्यसै गरी विद्यालय सञ्चालन हुने आशामा केही विद्यार्थीहरु विद्यालय पोसाकमा सजिएर गाडीको प्रतिक्षा गरे […]

प्रधानमन्त्री रोजगार कार्यक्रममा मकवानपुरका दश वटा स्थानीय तहको सम्झौता

मकवानपुर ११ जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत मकवानपुरका दश वटा स्थानीय तहले सम्झौता गरेका छन् । मकवानपुरका गरिब नागरिकलाई लक्षित गरेर यो कार्यक्रम जिल्लामा प्रभाबकारी गर्ने उद्देश्यले शुक्रबार दश वटा स्थानीय तहमा सम्झौता गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गरेर गरिब नागरिकलाई लक्षित गरेर काम गर्नका लागि हेटोंडा, मकवानपुर गढी, मनहरी गाउँपालिका लगायतका […]

मनहरीको ठाडाखोलामा टेलिसिरियल ‘टेन्सन साफ’ को सुटिङ

सन्देश थिङ मकवानपुर, ९ जेठ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ ठाडोखोला तथा भुन्दु्रङखोलामा हाँस्य ब्यङग्य समाजिक टेलिसिरियल ‘टेन्सन साफ’ को सुटिङ सम्पन्न भएको छ । समाजमा भएका विभिन्न क्षेत्रका मानिसहरुको विभिन्न समस्या (टेन्सन) हरुलाई हाँस्य ब्यङग्यबाट साफ गराउने अर्थात मुक्त गराउने उद्देश्यले सिरियल निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । मनहरीबाट सुटिङ सुरु […]

मनहरी ६ का लामालाई करणीसम्बन्धि मुद्धा

मकवानपुर ५ जेठ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ का शिक्षक अमन लामालाई प्रहरीले जबरजस्र्ती करणीसम्बन्धि मुद्धा चलाएको छ । लामालाई प्रहरीले साढेँ ३ बर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा विहिबार पक्राउ गरेको थियो । उनलाई मनहरीमा रहेको रेडएञ्जल एकेडेमीको एलकेजीमा अध्ययनरत् बालिकाको बलात्कार गरेको आरोप छ । शिक्षक लामाले स्कुलको शौचालयमा लगेर बलात्कार बालिकालाई […]

ज्यामिरे कालिका वनको अध्यक्षमा पुलामी निर्वाचित

मकवानपुर २८ वैशाख । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ९ स्थित ज्यामिरेकालिका सामुदायिक वन उपभोक्ता समूहको हिजो भएको निर्वाचनको मतगणना सार्वजनिक भएको छ । हिजो भएको निर्वाचनमा कूल १ हजार २ सय ८४ मतदाता मध्ये १ हजार ८७ जनाले मतदान गरेका थिए । मतगणना मध्ये दिपक पुलामीले ६ सय ३६ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित […]

मनहरी गाउँपालिकाको रजैयामा अन्तरक्रिया कार्यक्रम

मकवानपुर २८ वैशाख । प्रदेश नीति तथा योजना आयोगले ३ नम्बर प्रदेशको सबै ६६ वटा निर्वाचन क्षेत्रमा आ.व. २०७६/०७७ का नीति तथा कार्यक्रम, योजना तर्जुमा र बजेट निर्माण गरी योजना छनोट गर्न परिपत्र भए बमोजिम शनिबार मनहरी गाउँपालिकाको रजैयामा अन्तरक्रिया कार्यक्रम भएको छ । मकवानपुरको क्षेत्र २ को ख मा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य एवं […]

मनहरीको कत्ले खोलामा पुल निर्माण हुँदै

मकवानपुर २५ वैशाख । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ स्थित कत्ले खोलामा पुल निर्माणको काम भईरहेको छ । आज पुलको ढलान हुँदै गरेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले तु खबरलाई जानकारी दिए । उनका अनुसार गाउँपालिकाले पुल निर्माणको लागि २९ लाख बजेट छुट्याएको छ । पुल उपभोक्ता समितिमार्फत निर्माण गरिँदै छ । मनहरी गाउँपालिका […]

मनहरीमा सवारी दुर्घटना मकवानपुरका ८ सहित १२ जना घाइते (नामावली सहित)

मकवानपुर २१ वैशाख । मकवानपुरको मनहरीमा सवारी दुर्घटना भएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगतको मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित सडकमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता सागर विक्रम राणाका अनुसार विहान ९ बजे ३ वटा ट्रक आपसमा ठोकिँदा दुर्घटना भएको हो । उनका अनुसार […]

चट्याङ लागेर मकवानपुरकी पाख्रिनको मृत्यु

मकवानपुर २० वैशाख  । आज शुक्रबार हावाहुरी र बर्षासंगै परेको चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ की २७ बर्षीया फुलमाया पाख्रिन रहेकी छिन् । त्यसैगरी चट्याङ लागेर मनहरी गाउँपालिका वडा नम्बर ३ बस्ने ५० वर्षीया बृन्दा मोक्तान घाईते भएकी छिन् । […]

स्थानीय भन्छन् – जेसीबीले खनेको १२ फिटजति गहिरो खाडलमा डुबेर मोक्तानको मृत्यु

मकवानपुर, १८ वैशाख । मनहरी खोलामा डुबेर १३ वर्षीय सिर्जना मोक्तानको ज्यान गएको छ । गर्मी निकै बढेपछि पौडी खेल्न मनहरी खोला पुगेकी उनी खोला खनेर बनाइएको ठूलो तालमा डुबेकी थिइन् । उमेश मोक्तान र अनिता मोक्तानकी छोरी सिर्जनाको शवलाई स्थानीयले बाहिर निकालेका छन् । १२ फिटजति गहिरो तालमा उनी डुबेकी स्थानीयले बताएका छन् । […]

मनहरी खोलामा डुबेर एक बालिकाको ज्यान गयो

मकवानपुर, १८ वैशाख । मनहरी खोलामा डुबेर १३ वर्षीय सिर्जना मोक्तानको ज्यान गएको छ । मनहरी तल्लो शिविर घर भएकी उनको मनहरी खोलामा डुबेर ज्यान गएको हो । प्रहरी घटनास्थल पुगेको छ । स्थानीयले उनको शवलाई खोलाबाहिर ल्याएका छन् । प्रहरी घटनास्थलमा छ । तर, उद्धारमा उसको भूमिका नरहेको स्थानीयले तु खबरलाई बताए ।

सृजना प्राविका बालबालिकालाई शैक्षिक सामग्री

मकवानपुर १८ वैशाख । बालकल्याण नेपाल (सीडब्लुएन) मकवानपुरले एडुका नेपालको सहयोगमा मनहरी गाउँपालिका–४, माथिल्लो मसिनेस्थित सृजना प्राविका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार विद्यालयमा अध्ययन गर्ने एक सय भन्दा बढी बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । स्पेनी नागरिक होसे दियाजको नेतृत्वमा रहेको एडुका नेपालले सृजना प्राविका बालबालिकालाई दिवा खाजाको पनि व्यवस्था गरेको […]

११ : ३० सम्म कार्यालय नखुलेपछि सेवाग्राही मारमा, कहाँ गए मनहरी २ का कर्मचारी ?

मकवानपुर १५ वैशाख । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ को कार्यालयमा सेवा लिन आईपुगेका सेवाग्राही ११ : ३० बजेसम्म पनि कार्यालयको बन्द गरिएको ढोका हेरेर बसिरहेका छन् । उनीहरु कर्मचारी आउलान अनि काम होला भन्दै कुरिरहेका छन् । कर्मचारी १० बजे कार्यालयमा हाजिर हुनैपर्छ । आपतकालिन अवस्थामा कहिलेकाँही कार्यालयको अनुमति लिएर, अनि जानकारी गराएर […]

मनहरीमा नारी सीपको एक दिने अभिमुखीकरण कार्यक्रम

मकवानपुर १५ वैशाख । मनहरी गाउँपालिकामा नारी सीप सृजना केन्द्र नेपालको आयोजनामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नारी सीप केन्द्रको अगुवाईमा गठन गरिएको ‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय समिति‘ लाई अझ थप प्रभावकारी र सशक्त बनाउन अभिमुखिकरण कार्यक्रम संचालन गरिएको कार्यक्रम संयोजक ज्योति भोम्जनले जानकारी दिइनन् । कार्यक्रममा मानव बेचविखनका कारणहरु, […]

पशुपतिनाथ माविको शैक्षिक क्यालेण्डर लोकार्पण

मकवानपुर १२ वैशाख । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ४ मसिनेस्थित पशुपतिनाथ माविले प्रकाशन गरेको शैक्षिक सत्र २०७६ को शैक्षिक क्यालेण्डर बिहीबार लोकार्पण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको अध्यक्षतामा मनहरी गाउँपालिका–४ का अध्यक्ष ध्रुब खड्काले लोकार्पण गरेका हुन् । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तीनवटा आधार विद्यालय (फिडर स्कूल) समेटेर निर्माण […]

मकवानपुरका नव गायक रुम्बाको पहिलो गीत ‘घर मेरो जिल्ला मकवानपुर’ रिलिज (भिडियो)

मकवानपुर १० वैशाख । मकवानपुरका नव गायक करप रुम्बाको ‘घर मेरो जिल्ला मकवानपुर’ बोलको गीत अडियो भर्सन युट्युबबाट रिलिज गरिएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ ठाडाखोलाका स्थायी बासिन्दा रुम्बाको यो पहिलो गीत हो । अध्ययन र कामका सिलसिलामा हेटौँडामा बसोबास गर्दै आईरहेका रुम्बाले आफ्नै शब्द, संगीत र आवाजमा पहिलो गीत तयार पारेका […]

साँसद विरोधको पहलमा विजुलीको लागि ३६ लाख आयो

मकवानपुर, ०८ वैशाख । प्रतिनिधिसभा २ का साँसद विरोध खतिवडाको पहलमा मकवानपुरको विकट मनहरी वडा नं. ६ रुपाचुरी वालुभञ्ज्याङको लागि विजुली व्यवस्थापनका गर्न ३६ लाख ४८ हजारको योजना स्वीकृत भएको छ । नेपाल विद्युत प्राधिकरणले सो ठाउँमा विजुली वत्तिको व्यवस्थापन कार्य गर्नको लागि योजना स्वीकृत गरी हेटौंडा वितरण केन्द्रमा पठाएको छ । चार सय घरधुरीका […]