मनहरी गाउँपालिका

भोजसिद्धको अन्तिम मतदान अपडेट : ५ सय २१ जनाले भोट हालेनन्

मकवानपुर, २१ मंसिर । मकवानपुरको क्षेत्र नम्बर २ अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर ५ मा अवस्थित भोजसिद्ध मावि मतदान केन्द्रमा १ हजार ७ सय ५२ मत खसेको छ । जम्मा २ हजार २ सय ७३ मतदाता रहेको सो मतदान केन्द्रमा ५ सय २१ जना मतदाताले भोट हालेनन् । त्यहाँस्थित पत्रकार दिलबहादुर तामाङका अनुसार सो केन्द्रमा […]

अपडेट–भोजसिद्ध माविमा करिब ५० प्रतिशत मतदान,स्याङ्तानले पनि गरे मतदान

मकवानपुर, २१ मंसिर । मकवानपुरको क्षेत्र नम्बर २ अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर ५ मा अवस्थित भोजसिद्ध मावि मतदान केन्द्रमा करिब ५० प्रतिशत मतदान भएको छ । त्यहाँस्थित पत्रकार दिलबहादुर तामाङका अनुसार यो समाचार तयार पार्दासम्म १ हजार ३ जनाले मतदान गरिसकेका छन् । सो मतदान केन्द्रको क बुथबाट १८८ महिला र २२१ पुरुषले मतदान […]

मकवानपुरको एक मतदान केन्द्रमा बमको आशंका

मकवानपुर, २१ मंसिर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा रहेको एक मतदान केन्द्रमा बम भएको आशंका गरिएको छ । मनहरी गाउँपालिकाको ठाडोखोलामा अवस्थित त्रिरत्न विद्यालय मतदान केन्द्रमा बम रहेको आशंका गरिएको हो । पाईपमा तार हालेर गाडिएको अवस्थामा शंकास्पद बस्तु देखिएपछि बमको आशंका गरिएको तर प्रारम्भिक अनुसन्धानबाट बम सो शंकास्पद बस्तु बम नभएको पत्ता लागेको जिल्ला […]

काङ्ग्रेसलाई भोट माग्न बानियाँ पत्नी हाँडिखोलामा

मकवानपुर, १४ मंसिर । यहि मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा होमिएको काङ्ग्रेसका उम्मेदवारलाई भोट माग्न इन्द्र बानियाँको पत्नी दीपा हाँडिखोला पुगेकी छिन् । प्रदेशसभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर २ को ख बाट उम्मेदवार बनेका इन्द्र बानियाँको पत्निसहित काङ्ग्रेस नेताका श्रीमतिहरु बुधबार हाँडिखोला पुगेका हुन् । बानियाँ पत्नि दीपाले मकवानपुरको […]

पूर्वगृहराज्यमन्त्री बानियाँलाई टार्गेट गर्दै एकैदिन तीन ठाउँमा बम बिस्फोट

मकवानपुर, ९ मंसिर / पश्चिम मकवानपुरको मनहरी बजारमा रहेको प्रतीक्षालयमा शनिबार दिउ“सो करिब ४ बजे बम विस्फोट भएको छ । मनहरी बजारमा रहेको प्रतीक्षालयमा विष्फोट भएको हो । टाइम सेट गरेर राखिएको सुतली बम विष्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटमा मानवीय क्षति नभएको तर प्रतीक्षालयमा क्षति भएको छ । विस्फोटबाट प्रतीक्षालयको टिनको छानामा केही […]

पूर्व जनमुक्ति सेनाको घरमा हातहतियार र बिष्फोटक पदार्थ बरामद

मकवानपुर, ७ मंसिर । मकवानपुरको मनहरी गाउँपालिकामा अवस्थित एक जना पूर्व जनमुक्ति सेनाको घरमा ठूलो परिमाणमा हातहतियार तथा बिस्फोटक पदार्थ फेला परेको छ । प्रहरीले मनहरी गाउँपालिका वडा नम्बर २ सिद्धकाली बस्ने अन्दाजी वर्ष ३०–३२ को ईमानबहादुर थिङको घरबाट सो हातहतियार र विष्फोटक पदार्थ फेला पारेको हो । हाल फरार रहेका थिङ नेत्रविक्रम चन्द विप्लव […]

कम्युनिष्टको लालकिल्ला भत्किने डीनाको दाबी

मनहरी, ५ मंसिर । मकवानपुरको क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरमा कम्युनिष्टको लालकिल्ला भत्किने दाबी गरेकी छिन् । सोमबार मकवानपुरको मनहरी गाउँपालिका महिला संघको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलामा उनले काँग्रेसको विकास र बोलेको कुरा पूरा गर्ने व्यवहारका कारण पछिल्लो समय काँग्रेसमा प्रवेशको लर्को लागेकोले लालकिल्ला नाम मात्रको हुने दावी […]

हाँडीखोला र भैँसेमा मानव बेचविखन बिरुद्धको नाटक मञ्चन 

मकवानपुर, ३० कात्तिक । “बाल मैत्री शासनः बाल अधिकारको सम्मान” भन्ने मुल नाराका साथ विद्यालय तहका विद्यार्थीहरुलाई लक्षित गरी मानव बेचविखन तथा ओसारपसार विरुद्धको चेतनामूलक  नाटक प्रदर्शन गरिएको छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी मनहरी गाउँपालिका अन्र्तगत महेन्द्रज्योति उच्च मावि हाँडीखोला र भिमफेदी गाउँपालिका अन्र्तगत श्रीकृष्ण मावि भैंसेमा नाटक मञ्चन गरिएको हो । […]

खुकुरी प्रहारबाट मकवानपुरमा एकको मृत्यु

मकवानपुर, २८ कात्तिक । मनहरी गाउँपालिका वडा नं. ७ मा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएको समाचार छ । सोही ठाउँ बस्ने सुमन बराइलीले खुकुरी हाल्दा सिताराम धिताल नाम गरेका ब्यक्तिको मृत्यु भएको हो । घटनामा घाइते भएका अन्य दुई जनाको चितवन तर्फ उपचारका लागि लगिएको छ । […]

रेडियो आकाशगंगाद्वारा सामाजिक सरोकारका विषयमा बहस

मनहरी, २५ कात्तिक । रेडियो आकाशगंगा ८८.५ मेगाहर्जले शनिबार मनहरी गाउँपालिकाको वडा नम्बर १ मकरीमा बहस मुलक अन्तरक्रिया कार्यक्रम गरेको छ । भुकम्प प्रभावित समुदायको पुनः लाभ तथा प्रतिरोध क्षमता प्रर्वद्धनका लागि संचार तथा सामाजिक परिचालन परियोजना अन्तर्गत मकरी स्थित वडा स्तरीय कार्ययोजना अन्तर्गत विपद जोखिम न्युनिकरण, सुरक्षित वैदेशिक रोजगारी, लैंगिक हिंसा तथा मानव बेचबिखन […]

एकिकृत पर्यटन विकासका लागि बानियाँको यस्तो योजना

मकवानपुर, २५ कात्तिक । लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले मकवानपुर र चितवनको एकिकृत पर्यटन विकासका लागि लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत हाँडिखोलामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार बानियाँले चितवनको पूर्वी क्षेत्र र मकवानपुरको पश्चिमी क्षेत्रमा एकिकृत पर्यटन […]

मकवानपुरको मनहरीमा आगलागी

मनहरी, २४ कात्तिक । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित माथिल्लो सिबिर लामा टोलमा बिहीबार आगलागी भएको छ । आगलागीबाट करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ । घटनाको जिल्ला प्रहरी कार्यालय मकवानपुरले समेत पुष्टि गरेको […]

डाँका मुद्धामा फरार रहेका मकवानपुरका सोमलाल पक्राउ

हेटौँडा, २० कात्तिक । चोरी तथा डाँका मुद्धामा फरार रहेका हाँडीखोलाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । वि.सं. २०७२ मंसिर २६ गतेको जबरजस्ती चोरी डाँका मुद्धामा फरार रहेका साविक हाँडीखोला गाविस वडा नम्बर ३ हाल मनहरी गाउँपालिका वडा नम्बर ३ बस्ने सबिन लामा बल भन्ने सोमलाल बललाई पक्राउ गरी कारवाही गरेको हो […]

नेपाल शिक्षक संघ मनहरीमा सुशील गौतम

मनहरी, १८ कात्तिक । नेपाली काँग्रेस निकटको नेपाल शिक्षक संघ मनहरीको पहिलो गाउँपालिका अधिवेशन भएको छ । अधिवेशनले संघको मनहरी गाउँपालिका अध्यक्षमा सर्वसम्मत सुशील गौतमलाई चयन गरेको छ । संघको नयाँ कार्य समिति सबै सर्वसम्मत चयन भएको जनाइएको छ । संघको उपाध्यक्षमा जयराम अधिकारी, महिला उपाध्यक्षमा जमुना रुपाखेती, सचिव ध्रुव सुनार, सचिव (अर्थ) चन्द्रबहादुर प्रजा, […]

मनहरी गाउँपालिका परिचय

समावेश भएका साविक गा.वि.स. र न.पा.हरु  : मनहरी र हाँडीखोला गा.वि.स. जनसंख्या : ३८३९९ क्षेत्रफल :१९९.५२ वर्ग  कि.मि. केन्द्र : साविक मनहरी गा.वि.स.को कार्यालय वडा संख्या : ९ सिमाना : पूर्व : हेटौंडा उपमहानगरपालिका र राक्सिराङ गाउँपालिका पश्चिम : चितवन राष्ट्रिय निकुञ्ज उत्तर : हेटौंडा उपमहानगरपालिका र राक्सिराङ गाउँपालिका दक्षिण : पर्सा जिल्ला वडा विभाजन : वडा नम्बर समावेश भएका साविक […]