मनहरी गाउँपालिका

मकवानपुरका विभिन्न स्थानमा सरस्वती पूजा भव्य रुपमा मनाइयो

मकवानपुर, ८ माघ । मकवानपुरको विभिन्न स्थानहरुमा रहेका शिक्षालयहरुमा सरस्वती पूजा भव्य रुपमा मनाइएको छ । कतिपय स्थानमा सरस्वती पूजाकै अवसर पारेर सांस्कृतिक कार्यक्रम समेत भएको छ । यसै क्रममा मकवानपुरमा रहेको आरिराङ कोरियन भाषा तालिम केन्द्रमा समेत सरस्वती पूजा गरिएको संचालक सुबेन्द्र मोक्तानले जानकारी दिए । त्यस्तै मकवानपुर बहुमुखी क्याम्पस, आधुनिक राष्ट्रिय उच्च मावि, […]

बाटो ढुकेर किशोरी बलात्कार गर्ने मनहरीका युवक पक्राउ

मकवानपुर, ७ माघ । वि.सं. २०७४ साउन २ गते राति करिब ११ बजेको समयमा बाटो ढुकेर एक किशोरीलाई बलात्कार गरी फरार रहेका मनहरी गाउँपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मनहरी–२ बस्ने वर्ष १५ की एक बालिकालाई साथीको जन्मदिन मनाई घर फर्कने क्रममा बाटोमा ढुकी जबरजस्ती केरा घारीमा लगी करणी गरी फरार रहेका सोही […]

डेंगु लागेर मकवानपुरका वृद्धले गुमाए ज्यान

चितवन, ४ माघ । डेंगु रोगका कारण पछिल्लो समय यहाँ एक जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला हाँडीखोला–३ बस्ने ७९ वर्षीय पुरुष रहेका छन् । उनलाई मकवानपुर अस्पतालबाट उपचारका लागि पुस २० गते चितवन पठाइएको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममा उनको […]

हाँडीखोलामा मन्दिर र आश्रम निर्माणको लागि महायज्ञ

मकवानपुर, २ माघ । मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत पर्ने हाँडीखोलामा मन्दिरको जिर्णाेदारसंगै आश्रम निर्माणकोलागि महायज्ञ लगाईने भएको छ । यही माघ ४ गते बिहीबारबाट मनहरी गाउँपालिका–३ स्थित महेन्द्रज्योति उच्च माविको चौरमा महायज्ञ लगाउने लागिएको हो । महायज्ञको तयारी सकिएको आयोजकले जनाएको छ । महायज्ञको लागि स्थानीय सञ्जीव पाठकको संयोजकत्वमा १ सय ५१ सदस्यीय श्रीमद् भागवत् […]

मकवानपुरको मनहरीमा ३ घर जल्यो, करिब ४ लाख ३० हजारको क्षति

–चन्द्र घलान मकवानपुर, २८ पुस । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा शुक्रबार बिहान सवा १० बजे लागेको आगोले २ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने एउटा घरमा आंशिक क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय मनहरीका अनुसार स्थानीय दिलबहादुर थिङको घरमा करेन्ट सर्ट भई लागेको आगोका कारण उनको घर पूर्ण […]

मकवानपुरको मनहरीमा २ जना पक्राउ, ५ दिनको म्याद थप

मकवानपुर, २३ पुस । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मा लागुऔषध मुद्धामा पक्राउ परेका दुई युवकलाई ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । पुस २२ गते शनिबार करिब साँझ ५ बजेर १० मिनेट जाँदा ईलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी– ७ स्थित प्रहरी चेकपोष्टमा सवारी साधन रोकी जाँच गर्ने […]

चेपाङ विद्यार्थीलाई न्यानो कपडा सहयोग

मकवानपुर, २१ पुस । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मा अवस्थित चेपाङ प्राविका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि हेटौँडा निवासी सामाजसेवी पोकराज मैनाली र पार्वती मैनालीले विद्यालयमा गई सुईटर, टोपी र शैक्षिक सामाग्री प्रदान गरेका हुन् । जापानमा वस्दै आएका मैनालीका छोरा प्रसंन्न मैनालीले […]

हिजो साँझदेखि हराएका उमंगको खोजी गरिदिन आग्रह

मकवानपुर, २० पुस । मनहरी गाउँपालिका वडा नं. ३ बस्ने उमंग खुलाल हिजो साँझदेखि हराएका छन् । उनको विषयलाई लिएर बुबा आमा तथा परिवार निकै चिन्तामा छन् । आफ्नै घरबाट हृटौंडा १९ बस्तीपुरमा ट्यशन कक्षा लिन आएका १३ वर्षीय खुलालको खोजतलासको लागि परिवारले अपिल समेत गरेका छन् । घरबाट ट्युशन पढ्न भनी हिँडेको तर घरमा […]

कोलकात्तामा मकवानपुरे खेलाडी

मकवानपुर, २० पुस । मकवानपुरका १२ जना क्योकुशिन खेलाडी भारतको कोलकात्तामा हुने प्रतियोगितामा सहभागी हुने भएका छन् । कोलकात्तामा हुन लागेको दोस्रो अल ईण्डिया आमन्त्रण क्योकुशिन कराते प्रतियोगितामा निर्णायकका रुपमा कराते प्रशिक्षक किशोर श्रेष्ठ पनि सहभागी हुने भएका हुन् । बुधबार हाँडीखोलाको पशुपतिनाथ माविमा एक कार्यक्रमको आयोजना गरी खेलाडी तथा अफिसियललाई बिदाई गरिएको छ । […]

होटल व्यवसायीको लागि डटेर लाग्छु : निप्पु सर्राफ

मकवानपुर १२ पुस । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा मकवानपुर होटल एशोसिएसनको तर्फबाट होटल व्यवसायीको प्रतिनिधित्व गर्दै निप्पु सरार्फले उद्योग तर्फको सदस्यमा आफ्नो उम्मेदवारी दिएका छन् । होटल एशोसिएसन मकवानपुरको एकमात्र प्रनितिधि रहेका उनी होटल व्यवसायमा पछिल्लो समय निकैनै समस्या देखिएको कारण आफु त्यसको निराकरणको लागि मउवा संघमा रहनु आवश्यक रहेको बताउँछन् । लाएन्स […]

मकवानपुरको हाँडीखोलामा महायज्ञ

मकवानपुर, ११ पुस । चुनावको क्रममा भएको वैमनश्यतालाई भुलाउँदै मन्दिरको जिर्णाेदारसंगै आश्रम निर्माणको लागि हाँडीखोलामा महायज्ञ लगाइने भएको छ । मनहरी गाउँपालिका–३ स्थित महेन्द्रज्योति उच्च माविको चौरमा माघ ४ गतेदेखि १० गते सम्म महायज्ञ लगाउने तयारी भएको छ । स्थानीय सञ्जीव पाठकको संयोजकत्वमा १ सय ५१ सदस्यीय श्रीमद् भागवत् सप्ताह ज्ञान महाज्ञ मूल आयोजक समिति […]

हेटौँडाबाट कविराज र सुमन पक्राउ

मकवानपुर, ११ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चेकपोष्टमा सवारी साधन जाँच गर्ने क्रममा लागुऔँषध गाँजा फेला परेपछि मनहरी गाउँपालिका वडा नम्बर ६ का १९ वर्षीय सुमन जिम्बा र १६ वर्षीय कविराज थिङलाई प्रहरीले पक्राउ गरेको छ । चितवनबाट उदयपुरतर्फ जाँदै गरेको ना.६ ख २३०४ नम्बरको बसमा सवार जिम्बा र थिङलाई झोलामा लुकाई ल्याएको ६ […]

कृष्ण कटुवालसँग व्यवसायीको माग–‘पारदर्शी कार्य समिति चाहियो’

मकवानपुर, ९ पुस । यही पुस १५ गतेबाट हुने मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका कृष्ण कटुवालसँग मकवानपुरे व्यवसायीहरुले पारदर्शी कार्य समितिको माग गरेका छन् । चुनावी अभियान लिएर मकवानपुरको हेटौँडा उपमहानगरपालिका अन्तर्गत हटिया, चुच्चेखोला, चौघडा हुँदै मनहरी गाउँपालिकोको मनहरी बजारसम्म पुगेका कटुवाललाई व्यवसायीहरुले सक्षम र पारदर्शी कार्य समितिको माग […]

सुनाचुरी वन उपभोक्ता समूहको सहयोग

मकवानपुर, ७ पुस । मनहरी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुनाचुरी सामुदायीक वन उपभोक्ता समुहले मानवसेवा आश्रममा आश्रितहरुका लागि दाउा उपलब्ध गराएको छ । जिल्ला वन कार्यालय र इलाका वन कार्यालयको समन्वयमा जाडोमा आगो तापेर न्यानो होस् भन्ने उदेश्यले करिब २ लाख बराबरको २५ चट्टा दाउरा सहयोग गरेको बताइएको छ ।

मकवानपुरमा गाँजा र भरुवा बन्दुकसहित एक जना पक्राउ

मकवानपुर, ४ पुस । अवैध लागुऔषध गाँजा भरुवा बन्दुकसहित मकवानपुरको मनहरी गाउँपालिकाबाट एक जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार मकवानपुरको मनहरी गाउँपालिका–६  बस्ने ४२ बर्षीय सेतीलाल थिङलाई पक्राउ गरिएको हो । उनलाई प्रहरीले अवैध लागूऔषध गाँजा १ सय किलो र १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको हो । ईलाका प्रहरी […]

हाजिरीजवाफमा नारायणगढ प्रथम

मकवानपुर, २ पुस । रोट्रयाक्ट डिष्ट्रिकको आयोजना तथा रोट्रयाक्ट क्लब अफ मकवानपुर र रोट्रयाक्ट क्लब अफ चितवनको सहआयोजनमा जोन २ अन्तरगत रहेका क्लबहरुबीच हाजिरीजवाफ प्रतियोगितमा सम्पन्न भएको छ । प्रतियागितामा रोट्र्याक्ट क्लब अफ नारायणगढ प्रथम, रोट्र्याक्ट क्लब अफ रत्ननगर दोश्रो र रोट्र्याक्ट क्लब अफ बीरगञ्ज मेट्रोपोलिस ‘ए’ को टोली तेश्रो भएका थिए । कार्यक्रममा प्रथम […]

मनहरीदेखि राक्सिराङसम्म पुग्ने मोटर बाटो निर्माण शुरु

मकवानपुर, २९ मंसिर । मकवानपुरको मनहरी गाउँपालिका हुँदै राक्सिराङ पुग्ने मोटरबाटो निर्माणको काम सुरु भएको छ । मनहरीबाट प्याङ्चे हुँदै राक्सिराङको चैनपुर जाने सडकको बिहीबार राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले शिलान्यास गरेका हुन् । मोटरबाटोको रुपमा विकास गर्ने लक्ष्यसहित २०३४ सालबाट निर्माण कार्य थालनी गरिएको बाटो अहिले गोरेटोको रुपमा रहेको छ । अहिले मानिस हिँड्न […]

हतियारसहित आक्रमण प्रयास गरेको राजाराम स्याङ्तानको आरोप

हेटौँडा, २६ मंसिर । मकवानपुर क्षेत्र नं २ को प्रदेशसभा ख का उम्मेदवार एवं निवर्तमान सांसद राजाराम स्याङ्तानले सोमबार पत्रकार सम्मेलनमार्फत आफूमाथि हात हतियारसहित आक्रमण प्रयास गरेको आरोप लगाएका छन् । विज्ञप्तिमा उनले अनर्गल प्रचारहरु गरी चरित्र हत्या गरेको आरोप लगाए । मतका लागि कम्बल, चामल र रकम बितरण जस्ता समाचारहरु लेखेर हुँदै नभएको बिषयलाई […]

मकवानपुरमा यसरी भयो बम बिस्फोट, बम पड्केपछि भागेका एक युवक पक्राउ

मकवानपुर, २१ मंसिर । मकवानपुरमा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी २ वटा बम बिस्फोट भएपछि शसस्त्र प्रहरीले १ जना युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले लेवटका २० वर्षीय सुनिल लामालाई नियन्त्रणमा लिएको शशस्त्र प्रहरी नायव उपरिक्षक (डिएसपी) त्रिभुवन विष्टले बताए । उनलाई प्रहरीको जिम्मा लगाइएको छ । मकवानपुरको क्षेत्र नम्बर २ अन्तर्गत पर्ने मनहरी गाउँपालिका […]

मकवानपुरमा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी २ वटा बम बिस्फोट

मकवानपुर २१ मसिंर । मकवानपुरको मनहरी १ चकरी मकरी बाट मतपेटिका बोकेर हेटौंडा आउँदै गरेको गाडीलाई लक्षित गरी बम बिस्फोट भएको छ । हेटौंडा उपमहानगरपालिकाको पदमपोखरी र मनहरी गाउँपालिकाको बिच सिमानामा बम बिस्फोट भएको स्थानियको भनाई छ । बिस्फोटको कारण हाल सम्म क्षतिको विवरण भने आएको छैन् ।