मनहरी गाउँपालिका

आजदेखि मकवानपुरमा ढुङ्गा–गिटी–बालुवा उत्खनन् नगरिने

मकवानपुर, ६ चैत । मकवानपुरका विभिन्न खोला तथा नदिहरुमा आजदेखि ढुङ्गा–गिटी–बालुवा उत्खननमा रोक लगाइएको छ । विकास निर्माण आयोजनाका नाममा हुँदै आईरहेको अवैध उत्खनन् आजदेखि १५ दिनका लागि रोकिने भएको हो । जिल्ला समन्वय समितिमा भएको सर्वपक्षीय बैठकले मकवानपुरको राप्ति नदि, ज्यामिरे क्षेत्र, लोथर खोलामा भएको अवैध उत्खनन् अनुगमन गरेर प्रतिवेदन तयार नभए सम्मका लागि […]

मकवानपुरको खोलामा ब्यापाक चलखेल, बिना रसिद १ करोड २० लाख घोटाला

-हरि हुमागाईँ मकवानपुर, ४ चैत । मकवानपुर र चितवनको सिमानामा रहेको लोथर खोलामा तीन वटा एक्साभेटरले ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरेरमात्र बिनारसिद एक करोड २० लाख रुपियाँ अवैधानिक तरिकाले रकम संकलन गरेको छ । मकवानपुर र चितवन जिल्ला समन्वय समितिका कर्मचारी, स्थानीय प्रशासनको मिलेमतोमा बिनारसिदको रकममात्र दुई महिनामा एक करोड भन्दा बढी रकम संकलन […]

‘आङ खस्ने’ बिरामीका लागि मसिनेमा निःशुल्क स्वास्थ्य शिविर

मकवानपुर, २ चैत । ‘आङ खस्ने’ अर्थात पाठेघर खस्ने सम्बन्धी समस्या भएका महिलाका लागि मनहरी गाउँपालिकाको वडा नम्बर ४ मसिनेमा निःशुल्क स्वास्थ्य शिबिर आयोजना हुने भएको छ । लायन्स क्लब अफ हेटौंडा भुटनदेबी, मनकामना, हेडम्बा र हेटौंडाबजारले संयुक्त रुपमा शिबिर सञ्चालन गर्न लागेको हो । हेटौँडाको ४ वटा लायन्स क्लबहरुले मसिनेस्थित पशुपतिनाथ माविमा पाठेघर तथा […]

मनहरीमा घटना व्यवस्थापन तालिम

मकवानपुर ३० फगुन । मकवानपुरको मनहरी गाउँपालिकामा बाल संरक्षण समितिका पदाधिकारीहरुका लागि घटना व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ । प्लान इन्टरनेशनल नेपाल मकवानपुरको आर्थिक सहयोग, बालकल्याण समाज मकवानपुरको प्राविधिक सहयोग तथा मनहरी गाउँपालिकाको समन्वयमा तीन दिने घटना व्यवस्थापन सम्बन्धि तालिम सञ्चालन गरिएको हो । जोखिममा रहेका बालबालिका पहिचान गरी उनीहरुलाई संरक्षणका लागि आवश्यक पर्ने […]

आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लागि परेको भन्दै काँग्रेस मनहरीले गर्यो जिल्ला सदस्य मैनालीमाथी कारबाहीको माग

मकवानपुर २८ फागुन । स्थानीय तहको निर्वाचन तथा वन समितिको निर्वाचनमा काँग्रेसको आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस आमन्त्रित जिल्ला सदस्य कमला मैनालीलाई कारबाहीको माग गरिएको छ । काँग्रेस साविक मनहरी गाउँ इकाइ सभापति एवम् मनहरी गाउँपालिका संयोजक नारायण उप्रेतीको अध्यक्षतामा बसेको बैठकले कारबाहीको माग गर्दै काँग्रेस क्षेत्रीय समिति एवम् जिल्ला समितिलाई पत्र बुझाएका […]

जनप्रतिनिधिलाई जानाजान विवादमा तान्न खोजिएको संकेत

मनहरी, २७ फागुन । मनहरी गाउँपालिका वडा नं ३ का वडा सदस्य बिष्णुबहादुर थिङले आफ्नो वडामा भइरहेको विकास निर्माणको काममा सहजीकरण गरिएको दाबी गरेका छन् । उनले विज्ञप्ती प्रकाशन गरी केही समाचार माध्यमहरुमा आफूले विकास निर्माण कार्यमा हस्तक्षेप गरेको, स्वार्थपूर्तिका लागि लागिपरेको भन्ने समाचार आएकोप्रति भत्र्सना गरेका हुन् । उनले आइतबार प्रकाशन गरेको विज्ञप्तीमा लामिटार […]

वडा सदस्यले काम गर्न दिएनन्–अध्यक्ष, सामान्य छलफल मात्र भएको हो–सदस्य

मनहरी, २५ फागुन । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ का निर्वाचित वडा सदस्यले विकास निर्माणको काममा दबाब दिएर निर्माण उपभोक्ता समितिका अध्यक्षलाई मुख छाडेको आरोप लागेको छ । वडा सदस्यको असहयोग भएपछि काम प्रभावित भएको बताइएको छ । मनहरी गाउँपालिकाको ५ लाख रुपैँया बजेटमा लामिटार बाटो स्तरीकरण एवम् ग्राबेलिङ तथा कृषि सडक निर्माणको काम भैरहेको […]

मनहरीमा पुरुषको बेवारीसे शव, प्रहरी अनुसन्धानमा

मकवानपुर, २५ फागुन । मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनामा बुधबार फेला परेको बेवारीसे शवको अझै पहिचान खुलेको छैन । बुधबार सवारीले ठक्कर दिएर मृत्यू भएको अवस्थामा उक्त व्यक्तिको शव फेला परेको थियो । हाल नम्बर नखुलेको सवारी साधनले बुधबार ठक्कर दिँदा मृत्यु भएको अवस्थामा पहिचान नखुलेका करीव ४० बर्षीय पुरुषको शव फेला परेको थियो । ईलाका […]

पहिलो पटक यस्तो आयो सप्ताहको सूचना : तडक भडक गरि दान नगर्न आग्रह

मकवानपुर, २४ फागुन । कुनै पनि सप्ताह ज्ञान महायज्ञमा दान गर्नका लागि विभिन्न रुपमा आग्रह गरिन्छ । धेरै दान गर्नेको नाम शिलालेखमा लख्ने भन्दै दान गर्न उत्साहित पनि पारिन्छ तर संभवत पहिलो पटक मकवानपुरमा तडक भडक गरि दान नगर्न आग्रह गरिएको छ । हो मनहरी गाउँपालिका–३ भुन्द्रुङमा बिहीबारदेखि सुरु भएको सप्ताह ज्ञान महायज्ञमा स्वबिबेकले ईच्छाअनुसार […]

स्वस्थ माछामासु व्यवसायका लागि मकवानपुरमा पहल शुरु

मकवानपुर, १८ फागुन । माछामासु व्यवसाय गर्दै आइरहेका व्यवसायीहरुलाई व्यवस्थित बनाउनका लागि मकवानपुरमा पहल शुरु भएको छ । हेटौँडा मासु व्यवसायी संघले आफ्ना सदस्यहरुलाई प्रशिक्षण दिएर स्वस्थ माछामासु व्यवसायका लागि पहल शुरु गरेका हुन् । संघले पश्चिम मकवानपुरको मनहरी क्षेत्रमा रहेका व्यवसायीहरुलाई शुक्रबार प्रशिक्षण दिएको छ । व्यवसायको प्रवद्र्धन तथा बैधानिकताबारे जिल्ला पशु सेवा कार्यालय, […]

मनहरीमा ‘बृहत सास्कृतिक कार्यक्रम’ गरि ल्होछार मनाइयो

-दिलबहादुर लामा मनहरी, ७ फागुन । मकवानपुरको पश्चिमी क्षेत्रको केन्द्र मनहरीमा सोनाम ल्होछार बिबिध कार्यक्रम गरि मनाइएको छ । तामाङ समुदायको महान राष्ट्रिय पर्ब मन्जुश्री सम्बत २८५४ खी ल्हो (कुकुर बर्ग) सोनाम ल्होछारको अबसरमा शनिबार ’ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम’ सम्पन्न भएको हो । ‘सोनाम ल्होछारको प्रबर्दन, हाम्रो सास्कृतिक अभियान । तामसालिङ प्रदेशको स्थापना, राष्ट्रको […]

भारतीय च्यानलका शोसम्म पुगेका मकवानपुरका सरोज छमछमीको विजेता

मकवानपुर, ४ फागुन । आकर्षक नृत्यकला भएका मनहरी–७ निवासी सरोज प्रजा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको रियो छमछमीको तेस्रो संस्करणको विजेता बनेका छन् । घोषित नतिजाअनुसार उनले २ लाख ७४ हजार ७ सय ७४ एसएमएस प्राप्त गरेर विजेता बनेका हुन् । उनले डाट्सन रेडी गो कार पुरस्कार पाएका छन् । देशभरबाट १२ हजार नृत्यकारहरुको प्रतिस्पर्धाबाट […]

महिला हिंसा बिरुद्ध मनहरीमा गीतिनाटक मञ्चन

मनहरी, ३ फागुन । महिला माथि हुने हिंसा बिरुद्ध सचेतनाका लागि बिहिबार मकवानपुरको मनहरी बजारमा गीति नाटक मञ्चन भएको छ । मकवानपुर महिला समूहको आयोजनामा मिरमिरे किशोरी समूहका सदस्यहरुले गीति नाटक मञ्चन गरेका हुन् । ‘महिला हिंसा अन्त्य गरौं, न्यायका लागि उर्लंदो सय करोड सप्ताहव्यापी रुपमा मनाऔं’ भन्ने नाराका साथ कार्यक्रम कार्यक्रम सञ्चालन गरिएको हो […]

मकवानपुरे पत्रकारसँग स्वास्थ्यसम्बन्धी अन्तरक्रिया

हेटौँडा, ३ फागुन । स्वास्थ्य मन्त्रालय अन्तरगतको राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रको आयोजनामा मकवानपुरका सञ्चारकर्मीहरुसँग परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्य सेवासम्बन्धि अन्तरक्रिया गरिएको छ । मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. मदन उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक कुञ्जप्रसाद जोशी, स्वास्थ्य […]

मनहरी गोली काण्डको सनसनीपूर्ण रहस्य खुल्यो, पक्राउ परे गोली हान्ने दम्पत्ति

मकवानपुर, २७ माघ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित सानो भावर जंगलमा यही माघ २४ गते गोली प्रहार गरि २ जनालाई घाईते बनाएको आरोपमा मनहरीका एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ । साथै घटनास्थलबाट बारुद, कटुवा पेस्तोल तथा प्रेशरकुकर बम सहित विभिन्न विष्फोटक पदार्थ समेत भेटिएको छ । माघ २४ गते साँझ पौने […]

मकवानपुरको मसिनेमा घर जल्यो

मकवानपुर, २२ माघ । मकवानपुरको मनहरी गाउँपालिका–४ मसीने बस्ने हर्कबहादुर प्रजाको घर जलेको छ । घरमा आगो ताप्न बालेको घुरबाट शनिबार आगलागी हुँदा फुसको छाना भएको एकतले घर र घर भित्र रहेका समान जलेर करीव १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसनधान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले […]

यसरी परे चेपाङ काईला आफ्नो घरबाट पक्राउ

मकवानपुर, २२ माघ । मनहरी गाउँपालिका–९ ज्यामिरे बस्ने ४५ बर्षीय चेपाङ काइला भन्ने भोजबहादुर प्रजालाई लागूऔषध गाँजा ३ के.जी. सहित प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा ३ जना व्यक्तिहरुले गाँजा बोकी आउदै गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोली आइतबार उक्त स्थानमा पुग्दा प्रहरीलाई टाढैबाट देख्नासाथ उनीहरुले बोकेको ३० के.जी […]

बाँचुन्जेल विद्यार्थीलाई पोषाक दिने मकवानपुरे एक नेताको घोषणा

मकवानपुर, २१ माघ । नेपाली काँग्रेस मकवानपुरका नेता एवम् समाजसेवी शङ्कर न्यौपानेले आफू ज्यूँदो रहँदासम्म चेपाङ प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई प्रत्येक बर्ष पोशाक उपलब्ध गराउने घोषणा गरेका छन् । मनहरी गाउँपालिकाको वडा नम्बर ४ स्थित ट्वाङ्ग्रामा रहेको चेपाङ प्राविका बिद्यार्थीलाई आफू बाचुञ्जेल बर्षेनी विद्यालय पोशाक उपलब्ध गराउने उनले उद्घोष गरेका हुन् । आईतबार सिलाउन बाँकी रहेको […]

मकवानपुरको मनहरीमा मान्छे मार्ने सवारी धनी र नक्कली ड्राईभर पक्राउ

मकवानपुर, १७ माघ । यही माघ १० गतेका दिन राति करिब ९ बजेको समयमा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित सडक खण्डमा पैदलयात्रीलाई ठक्कर दिई मारेको घटनालाई छानबिन गर्ने क्रममा नक्कली ड्राईभर खडा गर्ने सवारी धनी र नक्कली ड्राईभरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । माघ १० गते सलार्हीबाट काठमाण्डौ जाँदै गरेको ना.७ […]

ल्होछारको अवसरमा मनहरीमा क्षेत्रीयस्तरको बृहत सांस्कृतिक कार्यक्रम हुने, यसरी हुँदैछ भव्य तयारी

–दिलबहादुर लामा मकवानपुर, १७ माघ । तामाङ समुदायको महान राष्ट्रिय पर्व मन्जुश्री सम्वत २८५४ सोनाम ल्होछारको अवसरमा आउँदो फागुन ५ गते मकवानपुरको पश्चिमी क्षेत्र मनहरीमा क्षेत्रीय स्तरको ल्होछार विशेष बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । ल्होछारलाई भव्य बनाउनका लागि विभिन्न तयारी समेत गरिएको छ । कार्यक्रमकै लागि आईतबार साङ्ग छ्योइफेल गुम्बा मनहरीमा बसेको बैठकले […]