मकवानपुरगढी गाउँपालिका

भोलि शैक्षिक हड्ताल : ज्वाला

मकवानपुर । विप्लवले नेतृत्व गरेको नेकपाको विद्यार्थी संगठनले भोलि देशभरि शैक्षिक हड्ताल गर्ने भएको छ । मकवानपुर पार्टी संयोजक ज्वालाले बताए अनुसार, मकवानपुरमा पनि विद्यार्थी संगठनले शैक्षिक हड्ताल गर्नेछ । विप्लव आवद्ध विद्यार्थी संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्दू विकलाई झुठा मुद्धा लगाई पक्राउ गरिएको आरोप सो पार्टीनिकट विद्यार्थी संगठनको छ । यससँगै एनसेलले कर छली गरेकोमा […]

‘अब १५/२० दिनमा दमकल आउँछ ’ : मेयर महत

मकवानपुर । हेटौंडा उपमहानगरपालिका मेयर हरिबोल महतले अबको १५/२० दिनभित्र नयाँ दमकल आउने बताएका छन् । तु खबरसँग कुराकानी गर्दै मेयर महतले केही काम बाँकी भएकाले सो पूरा गरी ढिलोमा २० दिनभित्र हेटौंडा उपमहानगरपालिकामा नयाँ दमकल आउने बताएका हुन् । एउटा गतिलो दमकल नहुँदा हेटौंडा उपमहानगरपालिकावासीलाई निकै समस्या पर्ने गरेको छ । केही समय अघि […]

मकवानपुरगढी–६ मा वडास्तरीय महिला भेला सम्पन्न

मकवानपुर २२ माघ । मकवानपुर गढी गाउँपालिका वडा नं ६ ले वडास्तरीय महिला भेला आज सम्पन्न गरेको छ । गाउँपालिका सदस्य चिनिमायाँ रुम्वाको अध्यक्षतामा भएको भेलामा वडा अध्यक्ष टीका प्रसाद दहालको प्रमुख आतिथ्यता तथा ईश्वरी प्राविका प्रधानध्यापक सुनिल गौतमको विशेष आतिथ्यता रहेको थियो । महिलालालाई समतामूलक पहुचका निम्ति सशक्तिकरण र क्षमता अभिबृद्धिका लागि भेला आयोजना […]

भरुवा बन्दुक सहित मकवानपुरगढीका स्याङ्तान पक्राउ

मकवानपुर १४ माघ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबैध हतियार सहित १ जनालाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ निवासी ६७ बर्षिय हस्तबहादुर स्याङतानलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । माघ १२ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको टोलिले बिशेष सुचना पाएपछि स्याङतानलाई पक्राउ गर्न सफल भएको जनाएको छ । प्रहरीले […]

मकवानपुरगढीको स्वास्थ्य केन्द्रलाई गरे हेटौंडाका खनालले २० हजार सहयोग

मकवानपुर ११ माघ । मकवानपुरगढी गाउँपालिका वडा नं. १ मा रहेको आपटार स्वास्थ्य केन्द्रको स्तरोन्नतीको लागि हेटौंडाका शिक्षासेवी तथा व्यवसायी पुरुषोत्तम खनालले नगद २० हजार सहयोग गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा–२ निवासी खनालले मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य संयोजक भोला चौलागाई मार्फत सहयोग स्वास्थ्य केन्द्रको लागि नगद २० हजार ुहयोग गरेका हुन् । खनालले केहि समय […]

अपडेट : राष्ट्रपति भण्डारी मकवानपुरगढीमा, विजय उत्सवको कार्यक्रम हुँदै

मकवानपुर १० माघ । राष्ट्रपति विद्यादेवी भण्डारी आज मकवानपुरगढी आएकी छिन् । मकवानपुरगढी गाउँपालीकाद्वारा आयोजित २५६ औँ विजय उत्सव मनाउन उनी मकवानपुरगढी आएकी हुन् । गोरखा सैनिकले पहिलो पटक विदेशी सेना अर्थात मुगल सेनालाई पराजित गरेको दिनको स्मरणमा विजय उत्सव मनाउँदै आईएको छ । राष्ट्रपति भण्डारीले कार्यक्रमको औपचारिक शुभारम्भ गरेकी छिन् ।

मकवानपुरगढीमा राष्ट्रपति भण्डारीको स्वागतका लागि तयारी हुँदै, यस्तो बन्यो हेलिप्याड

मकवानपुर ६ माघ । मकवानपुरगढी गाउँपालिकाको आयोजनामा यहि १० गते हुने मकवानपुरगढी विजय उत्सवको तयारी तीब्र पारिएको गाउँपालिकाले जनाएको छ । राष्ट्रपति विद्यादेवि भण्डारी चढेर आउने हेलिकप्टर ल्याण्ड गर्नको लागि सुरक्षित स्थानको व्यवस्थापन गरिएको छ । नेपाली सेनाले केहिदिनदेखि मकवानपुरगढी दरबार वरपर सरसफाई गर्ने , भत्किएका संरचनाहरु बनाउने, साथै दरबार वरपरका खाडलहरु पुर्ने कामलाई तीब्रता […]

मकवानपुरको भानु मा.वि.मा काव्य प्रशिक्षण कार्यक्रम सम्पन्न

मकवानपुर ५ माघ । मकवानपुरगढी वडा नं. ३ स्थित भानु माध्यमिक विद्यालयमा काव्य प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिल प्रसाद चौलागाईको अध्यक्षतामा तथा झरना साहित्य परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कक्षा ५ देखि कक्षा ११ सम्ममा अध्ययनरत ५५ जना विद्यार्थीहरुको सहभागीमा उक्त कार्यक्रमका प्रमुख […]

मकवानपुरगढीमा १० गते राष्ट्रपति आउने, सबै तयारी पूरा : गाउँपालिका अध्यक्ष हुमागाई

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको आयोजनामा यहि १० गते हुने मकवानपुरगढी विजय उत्सवको सम्पूर्ण तयारी पूरा भएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईले जानकारी दिएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हुमागाईले राष्ट्रपति कार्यक्रमको प्रमुख अतिथि हुने बताए । १० गते राष्ट्रपति बिद्यादेवि भण्डारीले कार्यक्रमको औपचारिक शुभारम्भ गर्ने छिन् । यस सम्बन्धि सम्पूर्ण तयारी […]

मकवानपुरगढीमा ३ दिने स्वस्ती शान्ति तथा छेवाङ पुजा समापन

हेटौँडा, २७ पौष । मकवानपुरगढी गाउँपालिका वडा नं. २ मा भएको ३ दिने ‘स्वस्ती शान्ति महायज्ञ पुजा तथा (छेवाङ) दिर्घायु अभिषेक कार्यक्रम समापन भएको छ । बुधबारदेखि सुरु भएको दिर्घायु अभिषेक कार्यक्रम शुक्रबार समापन भएको हो । बरभञ्ज्याङमा अवस्थित टासी देछेन छ्योईलिङ गुम्बा प्राङ्गणमा भएको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मकवानपुरका प्रमुख […]

मकवानपुरको जनता माविमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

मकवानपुर २६ पुस । रोट्रयाक क्लव अफ हेटौंडाको सहयोगमा मकवानपुरको जनता मावि सुकौरामा आज न्यानो कपडा वितरण गरिएको छ । कार्यक्रममा १०० जना बिपन्न बिद्यार्थीहरुलाई न्यानो कपडा स्वेटर बितरण गरिएको विद्यालयका प्रिन्सीपल होम नेपालीले जानकारी दिए । विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थी लाई। क्लबका अध्यक्ष विबश आर्याल र सहकर्मीको उपस्थितमा बितरण गरिएको हो […]

मकवानपुरगढीको छेवाङ पुजामा उपसभामुख राधिका तामाङ

हेटौँडा, २६ पौष । प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङले मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ बरभञ्ज्याङमा जारी ३ दिने ‘स्वस्ती शान्ति महायज्ञ पुजा तथा (छेवाङ) दिर्घायु अभिषेक कार्यक्रमको बिहीबार अवलोकन गरेकी छिन् । बुधबारबाट सुरु भएको कार्यक्रममा उनले दोस्रो दिन सहभागिता जनाएकी हुन् । बरभञ्ज्याङमा अवस्थित टासी देछेन छ्योईलिङ गुम्बा प्राङ्गणमा भइरहेको कार्यक्रममा […]

मकवानपुरगढीमा ‘स्वस्ती शान्ति महायज्ञ पुजा तथा छेवाङ’ सुरु

हेटौँडा, २६ पौष। मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ बरभञ्ज्याङमा ३ दिने ‘स्वस्ती शान्ति महायज्ञ पुजा तथा (छेवाङ) दिर्घायु अभिषेक कार्यक्रम शुरु भएको छ । बरभञ्ज्याङमा अवस्थित टासी देछेन छ्योईलिङ गुम्बा प्राङ्गणमा बुधबारबाट सुरु भएको कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी दलका नेता सांसद ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका थिए । छेवाङ पुजा उद्घाटनकै अवसरमा […]

जबजस्तीकरणी गरी फरार रहेका संजेल हेटौंडाबाट पक्राउ

मकवानपुर २३ पौष । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष प्रहरी टोलीले जबरजस्तीकरणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको मकवापुरगढी गाउँपालिका–४ मा स्थायी वतन भई मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका–६ बस्ने २५ वर्षिय गणेश भन्ने रेवती संजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गत साउन १२ गते […]

मकवानपुरगढीमा स्वस्ती शान्ति महायज्ञ पुजा कार्यक्रम

हेटौँडा, २३ पौष । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२, बरभञ्ज्याङमा ‘स्वस्ती शान्ति महायज्ञ पुजा तथा (छेवाङ) दिर्घायु अभिषेक कार्यक्रम हुने भएको छ । बरभञ्ज्याङमा अवस्थित टासी देछेन छ्योईलिङ गुम्बा प्राङ्गणमा यही पौष २५ गतेदेखि २७ गतेसम्म हुने भएको हो । सोमबार हेटौँडाको न्युज क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा बोल्दै मुल समारोह समिति संयोजक तथा नेपाल तामाङ घेदुङ […]

जन्मदिनको अवसरमा मकवानपुगढीका एक अशक्त दम्पतीलाई राहत वितरण

हेटौडा २० पौष । हेटौंडा–११ नवलपुरकी तारा कप्रौलाले शुक्रबार मकवानपुरगढी गाउँपालिकाको दुर्गम गाउँमा रहेको एक अशक्त दम्पतीलाई सहयोग गरेर आफ्नो ४२ औ जन्मदिन मनाएका छन् । सामाजिक कार्यमा सक्रिय मकवानपुरको एक गैरसहकारी संस्था समृद्ध नेपालका लागि नयाँ पाइला नेपालको आयोजनामा भएको कार्यक्रममा कप्रौलाले आफ्नो ४२ औं जन्मदिनको अवसरमा अशक्त दम्पतीलाई सहयोग गरेको हो । नयाँ […]

मकवानपुरगढीमा स्वस्थ बालबालिका प्रतियोगीता

हेटौंडा १८ पौष । मकवानपुरगढी गाउँपालिका वडा नं. २ मा बुधबार स्वस्थ बालबालिका प्रतियोगीता भएको छ । स्वास्थ्य तथा सामाजिक विकास शाखा मकवानपुरगढी गाउँपालिकाको आयोजनामा प्रतियोगीता भएको हो । उक्त प्रतियोगितामा प्रथम एलिया विक, द्धितिय डिजु थापा मगर र तृतिय देविसा चौरेल भएकी छिन् । वडा नं.२ मा रहेका ९ महिना माथी र ३० महिना […]

मकवानपुरगढीमा स्थलगत अध्ययन

हेटौंडा १७ पौष । ऐतिहासिक मकवानपुरगढी क्षेत्रमा पुल्चोकस्थित इञ्जिनियरिङ अध्ययन संस्थानमा अध्ययन्रत विद्यार्थी र प्राध्यापकले शनिबार स्थलगत अध्ययन गरेका छन् । प्राध्यापक डा.सुधा श्रेष्ठ र उपप्राध्यापक अजयचन्द्र लालको नेतृत्वमा आएका पाँचौं वर्षका २४ विद्यार्थीले त्यहाँको इतिहाससहित गढी क्षेत्र संरक्षण र वरिपरिका क्षेत्रको संरक्षण र विकासका लागि अध्ययन, अनुसन्धान र नक्सा कोर्न गर्न आएका हुन् । […]

रामबहादुर बम्जन उर्फ लिटिल बुद्धले के के मच्चाए बितण्डा ?

मकवानपुर १३ पौष । बारा जिल्लाको रतनपुर गाविसमा रहेको सामुदायिक बनमा तपस्या गरेर आफु ‘लिटिलबुद्ध’ हुँ भन्दै जनतालाई भ्रममा पार्दै आइरहेका रामबहादुर बम्जन विरुद्ध उजुरी परेको छ । मकवानपुरका २ जनालाई बेपत्ता पारेको भन्दै उनीविरुद्ध मकवानपुर प्रहरीमा उजुरी परेपछि अहिले प्रहरीले उनलाई खाजेर पक्राउ गर्ने प्रयास गरिरहेको छ । सुरुवाती चरणमा तपस्या गरेर बसेका भनिएका […]

जनता मावि सुकौराको ३५ औं अभिभावक भेला सम्पन्न

मकवानपुर १४ पौष । मकवानपुरको सुकौरामा रहेको जनता माविको ३५ औं अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर योञ्जनको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका लेखापाल सिंगबहादुर योन्जनले आयब्यय विवरण प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानअध्यापक होमबहादुर नेपालीले शैक्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । त्यसैगरी योगदानमा आधारित छात्रवृत्ति […]