मकवानपुरगढी गाउँपालिका

चट्याङ लागेर मकवानपुरकी पाख्रिनको मृत्यु

मकवानपुर २० वैशाख  । आज शुक्रबार हावाहुरी र बर्षासंगै परेको चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ की २७ बर्षीया फुलमाया पाख्रिन रहेकी छिन् । त्यसैगरी चट्याङ लागेर मनहरी गाउँपालिका वडा नम्बर ३ बस्ने ५० वर्षीया बृन्दा मोक्तान घाईते भएकी छिन् । […]

बन्द गरिएको २१ दिनपछि गुपचुपमै सञ्चालन गरियो मजुवा खानी

मकवानपुर १७ वैशाख । मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ मा मजुवा खानी बन्द गरिएको २१ दिनपछी बिना सहमती गुपचुप रुपमा संचालनमा ल्याइएको छ । स्थानीय वासिन्दाले पहिले गरेका सहमती कार्यन्वयन गर्नुपर्ने, खानीबाट ओभरबटम हटाएपछी मात्र खानी संचालन गर्नुपर्ने लगायतका माग राख्दै खानी बन्द गराएका थिए । तर, बिना सहमती गुपचुप रुपमा केही ब्यक्तिको स्वार्थमा […]

घिमिरेको घरमा सहित स्मारक बनाउँदै मकवानपुरगढी गाउँपालिका

मकवानपुर ११ वैशाख । मकवानपुरगढी गाउँपालिकाले सहित बासुदेव घिमिरेको घरमा सहित स्मारक बनाउन लगिपरेको छ । गाउँपालिकाले २ कठ्ठा क्षेत्रफलमा सभाहल र शैचालय निर्माण सम्पन्न गरिसकेका छन् । उक्त गाउँपालिकाको पहलमा सहित बासुदेब सालिक निर्माण गर्न पनि बासुदेब स्मृति प्रतिष्ठान गठन गरेर काम अघि बढाइरहेको छ । गाउँपालिकाले स्मारक बनाएर आफ्नो क्षेत्रको नमुना पर्यटकीय स्थलको […]

दुग्ध सहकारीले आयव्यय विवरण पेश गरेनन्

मकवानपुर, ०८ वैशाख । मकवानपुरका सहकारीहरुले आफ्ना आयव्यय विवरण सम्बन्धित निकायमा पेश नगरी आयव्यय विवरण नै लुकाएको नयाँ तथ्य फेला परेको छ । नेपाल सरकार सहकारी विभागले सबै सहकारीहरुको आयव्यय विवरण स्थानीय तहमा पेश गर्न परिपत्र समेत गर्दै सूचना प्रकाशन गरेको छ । सूचना हेर्नुस् । सहकारी विभागले गत २०७५ पौष मसान्त सम्म गाउँपालिका वा […]

कार्यकर्तालाई बानियाँको निर्देशन : कम्युनिष्ट सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्नुस्

मकवानपुर ७ वैशाख । नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले कम्युनिष्ट सरकाले गरेका गलत क्रियाकलापको भण्डाफोर गर्न पार्टीका कार्यकर्ता तथा समर्थकहरुलाई निर्देशन दिएका छन् । आज मकवानपुरगढी वडा नम्बर ३ मा रहेको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट पार्टी भन्नेहरुलेनै गलत […]

मकवानपुरमा सवारी दुर्घटना हुँदा २ को मृत्यु

मकवानपुर २ वैशाख । मकवानपुरमा भएका २ छुट्टा–छुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७ मा ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । पोखराबाट विरगंजतर्फ जाँदै गरेको उक्त बसको ठक्करबाट ६५ वर्षीय वृद्धको ज्यान गएको हो । उनको परिचय खुलेको छैन । […]

बंशगोपालको ३७ औं अभिभावक भेला सम्पन्न

मकवानपुर, २७ चैत । वंशगोपाल माद्यमिक विद्यालय मकवानपुरगढी २(प्राविधिक शिक्षालय) को अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पुडासैनीको सभाध्यक्षमा भेला सम्पन्न भएको हो । प्रमुख अतिथि मकवानपुरगढी गाँउपालिकाका अध्यक्ष विदुर हुमागाई, शिक्षा संयोजक तथा वडा नं. ५ का अध्यक्ष  जित ब.घिमिरे, २ का वडा अध्यक्ष श्री बखानसिंह पाख्रिन, विभिन्न संघ […]

शरदा माविको २१ औं वार्षिक अभिभावक भेला सम्पन्न

मकवानपुर २६ चैत्र । श्री शारदा माध्यामिक विद्यालय मकवानपुरगढी ५ आमभञ्ज्याङको २१ औं वार्षिक अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु दंगालको अध्यक्षतामा भएको भेलामा मकवानपुरगढी गाउँपालिका सामाजिक विकास संयोजक एवम् वडा नं ५ का अध्यक्ष जितबहादुर घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । भुकम्पपछि विद्यालयको शैक्षिक तथा भौतिक एवम् मनोसामाजिक वातावरण […]

शारदा माविको पूर्व विद्यार्थीहरुको भेला सम्पन्न

मकवानपुर १६ चैत । श्री शारदा माध्यामिक विद्यालय मकवानपुर गढी ५ आम्भञ्ज्याङको पूर्व विद्यार्थीहरुको भेला आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु दंगालको अध्यक्षतामा भएको भेलामा जिल्ला समन्वय समितिका उपप्रमुख एवम् पूर्व विद्यार्थी भगवती पुडासैनीको प्रमुख आथित्यता थियो । कार्यक्रममा मकवानपुर गढी गाउपालिकाका अध्यक्ष एवम् पूर्व विद्यार्थी विदुर हुमगाईको पनि उपस्थिति रहेको […]

महिला सहकारीद्वारा रक्तदान कार्यक्रम

मकवानपुर १२ चैत्र । मकवानपुरगढी गाउँपालिका वडा नं.३ मक्रान्चुलीमा रहेको महिला जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम गरेको छ । सहकारीको २१ औं स्थापना दिवस तथा ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो । जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष राधा सिन्तानको प्रमुख एवं मकवानपुर गढी ३ […]

एसइई परिक्षाको लागि मकवानपुरमा २४ वटा परिक्षा केन्द्र निर्धारण

मकवानपुर ८ चैत्र । यही चैत्र १० गतेदेखि सुरु हुने एसइई परीक्षाको लागि मकवानपुरमा २४ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ हेटौंडाले जनाएको छ । १० गतेदेखि सुरु हुने परिक्षाको लागि मकवानपुरबाट ५ […]

मकवानपुर केन्द्रविन्दु भएर गयो भुकम्प

मकवानपुर,४ चैत्र । मकवानपुरमा केन्द्रविन्दु भई आज बिहान ४.१ रेक्टर स्केलको भुकम्प गएको छ । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भई २०७२ साल बैशाख १२ गतेको भूकम्पको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँसहित मकवानपुर, धादिङ्ग, नुवाकोट र काभ्रेमा पनि महशुस भएको छ ।

अपडेट : जन्ती बोकेको बस दुर्घटना – धमला र परियारको मृत्यु

मकवानपुर । मकवानपुरको गढी गाउँपालिका वडा नं। २ मा जन्ती बोकेको बस दुर्घटना हुँदा नुवाकोट घर भई बालाजु बस्ने बिकास धमला र भक्तपुर घर भएका नमराज परियारको मृत्यु भएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी यज्ञ […]

मकवानपुरगढीमा बस दुर्घटना, २ जनाको मृत्यु ५ गम्भीर घाइते

मकवानपुर । मकवानपुरको गढी गाउँपालिका वडा नं. २ मा जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । ५ जनाको अवस्था गम्भीर छ ।

मजुवा खानीमा भद्रगोल उत्खनन्

मकवानपुर २८ फागुन । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ मा रहेको मजुवा खानीमा भद्रगोल रुपमा उत्खनन् भईरहेको छ । खानी उत्खनन्को मापदण्ड पुरा नगरीकननै ठेकेदार कम्पनीले खानीमा एक्साभेटर चलाईरहेको भन्दै स्थानीयले गुनासो गर्दै आएका छन् । उद्योग संचालनका लागि खानी आवश्यक हुन्छ तर यसो भन्दैमा स्थानीयकै उठीबास हुनेगरी जथाभावी उत्खनन् गर्न नमिल्ने भन्दै स्थानीयले आक्रोश […]

हिमाल दुग्ध उत्पादक सहकारी संस्थाको २८ औं वार्षिक साधारण सभा सम्पन्न

मकवानपुर १९ फागुन । हिमाल दुग्ध उत्पादक सहकारी संस्था मकवानपुरगढी–६ को २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमगाईको प्रमुख आतिथ्यता एवम् मकवानपुरगढी गाउँपालिका दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष हरि कँडेलको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । भेलाले गत वर्षको आर्थिक तथा वार्षिक प्रगति विवरण र आगामी […]

मकवानपुरगढी–६ का टोल विकास संस्थाहरुको विधान हस्तान्तरण

मकवानपुर ६ फागुन । मकवानपुरगढी वडा नं ६ ले वडाभरी रहेका टोल विकास संस्थाहरुको विधान हस्तान्तरण एवं प्रमाणपत्र वितरण कार्यक्रम आज सम्पन्न गरेको छ । वडा अध्यक्ष टीका प्रसाद दहालको अध्यक्षतामा बसेको भेलामा वडाका ६ वटै टोल विकास संस्थाका अध्यक्ष एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो । वडाको समानुपातिक विकास र जनसहभागितामा आधारित विकास कार्यलाई तीब्रता […]

गाउँपालिकामा मनलाग्दी : आधिकारिक धारणा कस्ले राख्ने हो ?

मकवानपुर । गाउँपालिकाहरुले आफ्ना कार्यालयको आधिकारिक धारणा को मार्फत् सार्वजनिक गर्ने भन्ने निक्र्यौल नगर्दा अध्यक्ष, उपाध्यक्ष, वडा सदस्य सबैले मनलाग्दी बोल्दै हिड्न थालेपछि यसले अन्यौल सिर्जना गरेको छ । गाउँपालिकाभित्र दीर्घकालिन असर पर्ने विषयहरुमा समेत निर्वाचित जति सबैले आफूलाई लागेको कुरा बोल्दै हिड्न थालेका छन् । गाउँपालिकाको धारणा कसले सार्वजनिक गर्ने हो, अहिले पनि अन्यौलै […]

मकवानपुरमा ७७ हजारले गराए स्वास्थ्य विमा

मकवानपुर २७ माघ । मकवानपुर जिल्लामा ७७ हजार जनाले स्वास्थ्य विमा गराएका छन् । स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत जिल्लाको १३ हजार ४ सय १२ परिवारका ७७ हजार २ सय ८७ जनाले बीमा गराएका स्वास्थ्य विमा कार्यक्रमका जिल्ला संयोजक नरबहादुर खड्काले जानकारी दिए । जिल्लामा सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिकामा विमा भएको छ । स्वास्थ्य विमा […]

मकवानपुरको सुकौरामा हाजिरिजवाफ प्रतियोगिता

मकवानपुर २५ माघ । मकवानपुरको सुकौरामा मावि र निमावि स्तरीय हाजिरिजवाफ प्रतियोगिता आज सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी सुकौरा उपशाखाको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हेटौंडाको सहयोगमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ र ८ का ५ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा गिताधर्म […]