मकवानपुरगढी गाउँपालिका

मनकामना दूग्ध सहकारी प्रकरण : ५८ वर्ष पूरा भइसकेका व्यवस्थापक हुमागाई तलब बुझ्दै

मकवानपुर ८ जेठ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको मनकामना दूग्ध उत्पादक सहकारी संस्थामा चरम अनियमितता भएको छ । संस्थाका जिम्मेवार पदमा बसेकाहरुबाटै मनोमानी हुने गरेको समेत खुलेको छ । संस्थाका व्यवस्थापक बलराम हुगागाई र अध्यक्ष कृष्णप्रसाद दाहालको मिलेमतोमा सहकारीमा अनियमितता भइरहेको खुलेको हो । संस्थाको कार्यविधि अनुसार ५८ बर्ष उमेर पूरा नभएका […]

मकवानपुरगढीको मनकामना दूग्घ सहकारीमा अनियमितता, अख्तियारमा उजुरी

मकवानपुर ५ जेठ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित मनकामना दूग्घ उत्पादक सहकारी संस्थामा चरम अनियमितता भएको भन्दै संस्थाकै एक शेयर सदस्यले छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा उजुरी दिएका छन् । संस्थाका व्यवस्थापक बलराम हुमागाईकै मिलेमतोमा संस्थामा चरम अनियमितता भएको उजुरीपत्रमा उल्लेख छ । उजुरीपत्रमा उल्लेख भएअनुसार संस्थाका अन्य कर्मचारीलाई दिईने […]

मकवानपुरगढी गाउँपालिकाका विद्यालयहरुमा स्काउट गठन गरिने

मकवानपुर ३ जेठ । मकवानपुरगढी गाउँपालिकाका विद्यालयहरुमा स्काउट गठन गरिने भएको छ । गाउँपालिकामा संचालित आधारमूत र माध्यमिक विद्यालयहरुमा स्काउट गठन गरिने विषयमा आज छलफल समेत भएको छ । मकवानपुरगढी गाउँपालिकास्थित जनता माविमा आज भएको प्रबोधिकरण कार्यक्रममा गाउँपालिकाभित्रका १६ विद्यालयका १६ शिक्षकहरु सहभागी थिए । जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर योञ्जनको सभाध्यक्षतामा कार्यक्रम […]

मकवानपुर साइकिलिङ संघले गर्यो मनकामना अपहिल साइकिलिङ च्यालेन्ज २०७६

मकवानपुर २८ वैशाख । मकवानपुर जिल्ला साईक्लिङ् संघको आयोजनाका मनकामना अपहिल साईक्लिङ् च्यालेन्ज २०७६ सम्पन्न भएको छ । प्रतियोगीतामा जम्मा १६ जना खेलाडिहरुको सहभागिता रहेको थियो । रुद्रेश्वर महादेव मन्दिर, पिप्लेकुनाबाट प्रारम्भ भएको प्रतियोगिता मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित मनकामना मन्दिरमा पुगेर समापन गरिएको हो । संघका अध्यक्ष संगित श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको थियो […]

मकवानपुरगढीमा भएको टावर टेलिकमले १३ बर्षपछि हटायो

मकवानपुर २३ वैशाख । नेपाल टेलिकमले देशको पुरानो ऐतिहासिक गढीका रुपमा परिचित मकवानपुरगढीको मुख्य किल्लानजिक राखेको टावर १३ बर्षपछि हटाएको छ । टेलिकमको टावर राख्दा गढीको किल्ला छेकिएको थियो । टावर २०६३/६४ मा राखिएको थियो । ऐतिहासिक, धार्मीक, पुरातात्विक र पर्यटकीयस्थल छेकिने गरी कुनै सामाग्री राख्न नपाईने नियम उलङ्घन गर्दै टेलिकमले १३ बर्षअघि किल्लाभन्दा ५० […]

चट्याङ लागेर मकवानपुरकी पाख्रिनको मृत्यु

मकवानपुर २० वैशाख  । आज शुक्रबार हावाहुरी र बर्षासंगै परेको चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ की २७ बर्षीया फुलमाया पाख्रिन रहेकी छिन् । त्यसैगरी चट्याङ लागेर मनहरी गाउँपालिका वडा नम्बर ३ बस्ने ५० वर्षीया बृन्दा मोक्तान घाईते भएकी छिन् । […]

बन्द गरिएको २१ दिनपछि गुपचुपमै सञ्चालन गरियो मजुवा खानी

मकवानपुर १७ वैशाख । मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ मा मजुवा खानी बन्द गरिएको २१ दिनपछी बिना सहमती गुपचुप रुपमा संचालनमा ल्याइएको छ । स्थानीय वासिन्दाले पहिले गरेका सहमती कार्यन्वयन गर्नुपर्ने, खानीबाट ओभरबटम हटाएपछी मात्र खानी संचालन गर्नुपर्ने लगायतका माग राख्दै खानी बन्द गराएका थिए । तर, बिना सहमती गुपचुप रुपमा केही ब्यक्तिको स्वार्थमा […]

घिमिरेको घरमा सहित स्मारक बनाउँदै मकवानपुरगढी गाउँपालिका

मकवानपुर ११ वैशाख । मकवानपुरगढी गाउँपालिकाले सहित बासुदेव घिमिरेको घरमा सहित स्मारक बनाउन लगिपरेको छ । गाउँपालिकाले २ कठ्ठा क्षेत्रफलमा सभाहल र शैचालय निर्माण सम्पन्न गरिसकेका छन् । उक्त गाउँपालिकाको पहलमा सहित बासुदेब सालिक निर्माण गर्न पनि बासुदेब स्मृति प्रतिष्ठान गठन गरेर काम अघि बढाइरहेको छ । गाउँपालिकाले स्मारक बनाएर आफ्नो क्षेत्रको नमुना पर्यटकीय स्थलको […]

दुग्ध सहकारीले आयव्यय विवरण पेश गरेनन्

मकवानपुर, ०८ वैशाख । मकवानपुरका सहकारीहरुले आफ्ना आयव्यय विवरण सम्बन्धित निकायमा पेश नगरी आयव्यय विवरण नै लुकाएको नयाँ तथ्य फेला परेको छ । नेपाल सरकार सहकारी विभागले सबै सहकारीहरुको आयव्यय विवरण स्थानीय तहमा पेश गर्न परिपत्र समेत गर्दै सूचना प्रकाशन गरेको छ । सूचना हेर्नुस् । सहकारी विभागले गत २०७५ पौष मसान्त सम्म गाउँपालिका वा […]

कार्यकर्तालाई बानियाँको निर्देशन : कम्युनिष्ट सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्नुस्

मकवानपुर ७ वैशाख । नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले कम्युनिष्ट सरकाले गरेका गलत क्रियाकलापको भण्डाफोर गर्न पार्टीका कार्यकर्ता तथा समर्थकहरुलाई निर्देशन दिएका छन् । आज मकवानपुरगढी वडा नम्बर ३ मा रहेको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट पार्टी भन्नेहरुलेनै गलत […]

मकवानपुरमा सवारी दुर्घटना हुँदा २ को मृत्यु

मकवानपुर २ वैशाख । मकवानपुरमा भएका २ छुट्टा–छुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७ मा ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । पोखराबाट विरगंजतर्फ जाँदै गरेको उक्त बसको ठक्करबाट ६५ वर्षीय वृद्धको ज्यान गएको हो । उनको परिचय खुलेको छैन । […]

बंशगोपालको ३७ औं अभिभावक भेला सम्पन्न

मकवानपुर, २७ चैत । वंशगोपाल माद्यमिक विद्यालय मकवानपुरगढी २(प्राविधिक शिक्षालय) को अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पुडासैनीको सभाध्यक्षमा भेला सम्पन्न भएको हो । प्रमुख अतिथि मकवानपुरगढी गाँउपालिकाका अध्यक्ष विदुर हुमागाई, शिक्षा संयोजक तथा वडा नं. ५ का अध्यक्ष  जित ब.घिमिरे, २ का वडा अध्यक्ष श्री बखानसिंह पाख्रिन, विभिन्न संघ […]

शरदा माविको २१ औं वार्षिक अभिभावक भेला सम्पन्न

मकवानपुर २६ चैत्र । श्री शारदा माध्यामिक विद्यालय मकवानपुरगढी ५ आमभञ्ज्याङको २१ औं वार्षिक अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु दंगालको अध्यक्षतामा भएको भेलामा मकवानपुरगढी गाउँपालिका सामाजिक विकास संयोजक एवम् वडा नं ५ का अध्यक्ष जितबहादुर घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । भुकम्पपछि विद्यालयको शैक्षिक तथा भौतिक एवम् मनोसामाजिक वातावरण […]

शारदा माविको पूर्व विद्यार्थीहरुको भेला सम्पन्न

मकवानपुर १६ चैत । श्री शारदा माध्यामिक विद्यालय मकवानपुर गढी ५ आम्भञ्ज्याङको पूर्व विद्यार्थीहरुको भेला आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु दंगालको अध्यक्षतामा भएको भेलामा जिल्ला समन्वय समितिका उपप्रमुख एवम् पूर्व विद्यार्थी भगवती पुडासैनीको प्रमुख आथित्यता थियो । कार्यक्रममा मकवानपुर गढी गाउपालिकाका अध्यक्ष एवम् पूर्व विद्यार्थी विदुर हुमगाईको पनि उपस्थिति रहेको […]

महिला सहकारीद्वारा रक्तदान कार्यक्रम

मकवानपुर १२ चैत्र । मकवानपुरगढी गाउँपालिका वडा नं.३ मक्रान्चुलीमा रहेको महिला जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम गरेको छ । सहकारीको २१ औं स्थापना दिवस तथा ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो । जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष राधा सिन्तानको प्रमुख एवं मकवानपुर गढी ३ […]

एसइई परिक्षाको लागि मकवानपुरमा २४ वटा परिक्षा केन्द्र निर्धारण

मकवानपुर ८ चैत्र । यही चैत्र १० गतेदेखि सुरु हुने एसइई परीक्षाको लागि मकवानपुरमा २४ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ हेटौंडाले जनाएको छ । १० गतेदेखि सुरु हुने परिक्षाको लागि मकवानपुरबाट ५ […]

मकवानपुर केन्द्रविन्दु भएर गयो भुकम्प

मकवानपुर,४ चैत्र । मकवानपुरमा केन्द्रविन्दु भई आज बिहान ४.१ रेक्टर स्केलको भुकम्प गएको छ । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भई २०७२ साल बैशाख १२ गतेको भूकम्पको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँसहित मकवानपुर, धादिङ्ग, नुवाकोट र काभ्रेमा पनि महशुस भएको छ ।

अपडेट : जन्ती बोकेको बस दुर्घटना – धमला र परियारको मृत्यु

मकवानपुर । मकवानपुरको गढी गाउँपालिका वडा नं। २ मा जन्ती बोकेको बस दुर्घटना हुँदा नुवाकोट घर भई बालाजु बस्ने बिकास धमला र भक्तपुर घर भएका नमराज परियारको मृत्यु भएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी यज्ञ […]

मकवानपुरगढीमा बस दुर्घटना, २ जनाको मृत्यु ५ गम्भीर घाइते

मकवानपुर । मकवानपुरको गढी गाउँपालिका वडा नं. २ मा जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । ५ जनाको अवस्था गम्भीर छ ।

मजुवा खानीमा भद्रगोल उत्खनन्

मकवानपुर २८ फागुन । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ मा रहेको मजुवा खानीमा भद्रगोल रुपमा उत्खनन् भईरहेको छ । खानी उत्खनन्को मापदण्ड पुरा नगरीकननै ठेकेदार कम्पनीले खानीमा एक्साभेटर चलाईरहेको भन्दै स्थानीयले गुनासो गर्दै आएका छन् । उद्योग संचालनका लागि खानी आवश्यक हुन्छ तर यसो भन्दैमा स्थानीयकै उठीबास हुनेगरी जथाभावी उत्खनन् गर्न नमिल्ने भन्दै स्थानीयले आक्रोश […]