भीमफेदी गाउँपालिका

भीमफेदी गाउँपालिकामा संगठन विस्तार अभियानको तीब्रता

मकवानपुर १४ चैत्र । मकवानपुरको भीमफेदी गाउँपालिकामा संगठन विस्तार अभियानले तीब्रता पाइरहेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ५ र ६ मा संगठक विस्तार कार्यक्रमअन्तर्गत तरुण दल गठन गरिएको छ । भीमफेदी गाउँपालिका वडा नं. ५ मा महेन्द्र बहादुर गोम्जा र वडा नं. ६ मा मिथुन लामाको संयोजकत्वमा ७/७ सदस्यीय तरुण दल गठन गरिएको […]

मकवानपुरको महेन्द्र मा.वि. भीमफेदीमा १५४ जना परिक्षार्थीले दिए एसईई परिक्षा

मकवानपुर ११ चैत्र । मकवानपुर कै पुरानो विद्यालयको रुपमा लिइने महेन्द्र माध्यमिक विद्यायल भीमफेदीमा सोमबार (आज) १५४ जना परिक्षार्थीहरुले परिक्षा दिएका छन् । जसमध्ये ३ वटा गाउँपालिकाको ६ वटा विद्यालयका १४७ जना र क्षेत्रिय कारागार भीमफेदीबाट ७ जना गरि १५४ परिक्षार्थीहरुले परिक्षा दिएका हुन् । बत्सलादेवी मा.वि. सिस्नेरीबाट २८ जना, श्री मा.वि. कोगटेबाट १० जना, […]

एसइई परिक्षाको लागि मकवानपुरमा २४ वटा परिक्षा केन्द्र निर्धारण

मकवानपुर ८ चैत्र । यही चैत्र १० गतेदेखि सुरु हुने एसइई परीक्षाको लागि मकवानपुरमा २४ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ हेटौंडाले जनाएको छ । १० गतेदेखि सुरु हुने परिक्षाको लागि मकवानपुरबाट ५ […]

मकवानपुर केन्द्रविन्दु भएर गयो भुकम्प

मकवानपुर,४ चैत्र । मकवानपुरमा केन्द्रविन्दु भई आज बिहान ४.१ रेक्टर स्केलको भुकम्प गएको छ । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भई २०७२ साल बैशाख १२ गतेको भूकम्पको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँसहित मकवानपुर, धादिङ्ग, नुवाकोट र काभ्रेमा पनि महशुस भएको छ ।

भीमफेदी गाउँपालिकाद्वारा एनसेल र एनटिसिसँग अर्थिङको “रेशिष्टेन क्यापसिटि रिर्पोट” माग

मकवानपुर, १९ फागुन । भीमफेदी गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रमा रहेको नेपाल टेलिकम तथा एनसेलको टावर क्षेत्रको अर्थिङ “रेशिष्टेन क्यापसिटि रिर्पोट” माग गरेको छ । आज सूचना प्रकाशित गर्दै गाउँपालिकाले नेपाल टेलिकम तथा एनसेलसँग “रेशिष्टेन क्यापसिटि रिर्पोट” माग गरेको हो । मकवानपुर जिल्ला चट्याङ्को उच्च जोखिममा रहेको नेपालकै पाँचौ जिल्ला रहेको जिल्ला भएको हुँदा गाउँपालिकाले चट्याङको […]

७५ हजार घुस रकम सहित भीमफेदी कारागारका जेलर मदन अधिकारी पक्राउ

मकवानपुर १० फागुन । भीमफेदी कारागारका जेलर मदन अधिकारी घुस रकम लिँदैगर्दा पक्राउ गरेका छन् । अक्तियार दुरुपयोग अनुसन्धान आयोग हेटैंडाको टोलीले जेलर अधिकारीलाई आज ७५ हजार घुस रकम सहित पक्राउ गरेको हो । अधिकारीले कैदिहरुलाई थर्काउँदै पैसा असुल्ने गरेको सुचना पाएपछि अत्तियारको टोली कारागार पुगेको थियो । कारागार पुग्दा अधिकारीलाई अत्तियारको टोलीले घुस रकम […]

भीमफेदीको किसेडीदेखि घैराङ्ग जोड्ने सडक उद्घाटन

मकवानपुर, ३ फागुन । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. १ किसेडी, देउरालीदेखि वडा नं. ९ स्यार्से हुँदै कैलाश–९, घैराङ्ग जोड्ने सडकको शुक्रबार उद्घाटन तथा सम्मान कार्यक्रम भएको छ । नेपाली कांग्रेस साविक नामटार सभापति रामकृष्ण थापाको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा सडक उद्घाटन तथा सम्मान कार्यक्रम भएको हो । […]

गाउँपालिकामा मनलाग्दी : आधिकारिक धारणा कस्ले राख्ने हो ?

मकवानपुर । गाउँपालिकाहरुले आफ्ना कार्यालयको आधिकारिक धारणा को मार्फत् सार्वजनिक गर्ने भन्ने निक्र्यौल नगर्दा अध्यक्ष, उपाध्यक्ष, वडा सदस्य सबैले मनलाग्दी बोल्दै हिड्न थालेपछि यसले अन्यौल सिर्जना गरेको छ । गाउँपालिकाभित्र दीर्घकालिन असर पर्ने विषयहरुमा समेत निर्वाचित जति सबैले आफूलाई लागेको कुरा बोल्दै हिड्न थालेका छन् । गाउँपालिकाको धारणा कसले सार्वजनिक गर्ने हो, अहिले पनि अन्यौलै […]

मकवानपुरमा ७७ हजारले गराए स्वास्थ्य विमा

मकवानपुर २७ माघ । मकवानपुर जिल्लामा ७७ हजार जनाले स्वास्थ्य विमा गराएका छन् । स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत जिल्लाको १३ हजार ४ सय १२ परिवारका ७७ हजार २ सय ८७ जनाले बीमा गराएका स्वास्थ्य विमा कार्यक्रमका जिल्ला संयोजक नरबहादुर खड्काले जानकारी दिए । जिल्लामा सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिकामा विमा भएको छ । स्वास्थ्य विमा […]

चुनढुङ्गा उत्खननले मानव बस्ती जोखिममा

हेटौँडा, २६ माघ । विभिन्न सिमेन्ट उद्योगलाई केन्द्रीय सरकारले भीमफेदी गाउँपालिका क्षेत्रमा चुनढुङ्गा उत्खननका लागि दिएको अनुमतिले त्यहाँको मानव बस्ती जोखिममा पर्ने गुनासो गरिएको छ । सिमेन्ट उद्योगका लागि चाहिने ढुङ्गा उत्खननले भीमफेदीका जनता उठिबास हुने स्थिति भएको भीमफेदी गाउँपालिकाका जनप्रतिनिधिले बताउनुभएको हो । भीमफेदीमा हेटौँडा सिमेन्ट उद्योग, शालिमार सिमेन्ट उद्योग, ऋद्धिसिद्धी सिमेन्ट उद्योग र […]

भोलि शैक्षिक हड्ताल : ज्वाला

मकवानपुर । विप्लवले नेतृत्व गरेको नेकपाको विद्यार्थी संगठनले भोलि देशभरि शैक्षिक हड्ताल गर्ने भएको छ । मकवानपुर पार्टी संयोजक ज्वालाले बताए अनुसार, मकवानपुरमा पनि विद्यार्थी संगठनले शैक्षिक हड्ताल गर्नेछ । विप्लव आवद्ध विद्यार्थी संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्दू विकलाई झुठा मुद्धा लगाई पक्राउ गरिएको आरोप सो पार्टीनिकट विद्यार्थी संगठनको छ । यससँगै एनसेलले कर छली गरेकोमा […]

‘अब १५/२० दिनमा दमकल आउँछ ’ : मेयर महत

मकवानपुर । हेटौंडा उपमहानगरपालिका मेयर हरिबोल महतले अबको १५/२० दिनभित्र नयाँ दमकल आउने बताएका छन् । तु खबरसँग कुराकानी गर्दै मेयर महतले केही काम बाँकी भएकाले सो पूरा गरी ढिलोमा २० दिनभित्र हेटौंडा उपमहानगरपालिकामा नयाँ दमकल आउने बताएका हुन् । एउटा गतिलो दमकल नहुँदा हेटौंडा उपमहानगरपालिकावासीलाई निकै समस्या पर्ने गरेको छ । केही समय अघि […]

मकवानपुरको दुई स्थानमा चट्याङबाट १० जना घाइते

मकवानपुर १२ माघ । मकवानपुर जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा शुक्रबार राति र शनिबार बिहान परेको चट्याङबाट १० जना घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ९ भदौरेमा शनिबार विहान चट्याङ लागेर पाँच जना घाइते भएका छन् भने पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङका कारण शुक्रबार साँझ पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले […]

मनाङको माइनस १० डिग्री जाडोमा अर्धनग्न भीमफेदी गाइज भिडियो सहित

मकवानपुर ५ माघ । भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उत्सव सुब्बा लामाको आवाजमा रहेको रनन रन्किने तोम्बा र छ्याङ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । मनाङको रमणीय स्थलहरुमा खिचिएको गीत तामाङ सेलो शैलीमा रहेको छ । मनाङको माइनस १० डिग्री चिसो तापक्रममा खिचिएको गीतलाई आफूहरुले निकै मिहेनत गरेकोले दर्शकहरुले […]

आगलागीबाट करिब ६ लाख बराबरको धनमाल नष्ट

मकवानपुर, २४ पौष । काठमाडौं र मकवानपुरमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ६ लाख बराबरको धनमाल नष्ट भएको छ । काठमाडौं टोखा नगरपालिका–११ भण्डारी टोलस्थित ६० वर्षीय मुकुन्दराज प्रकाश घिमिरेको घरमा आगो ताप्ने हिटर पड्किएर मंगलबार बिहान आगालागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । त्यस्तै मकवानपुरको भिमफेदी गाउँपालिका–७ बोगटे टेकनतोहरा […]

भीमफेदी कारागारमा २ बर्षदेखि छैनन् अहेब

मकवानपुर २३ पौष । मकवानपुरको भीमफदी गाउँपालिकास्थित कारागारमा २ बर्षदेखि अहेब नहुँदा स्वास्थ्य उपचारमा निकै समस्या परेको छ ।  कैदीबन्दीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न कारागारलाई निकै समस्या भइरहेको छ । कैदीबन्दीहरुलाई स्वास्थ्य परिक्षण तथा उपचारका लागि हेटौंडासम्म ल्याउनुपर्ने बाध्यता कारागारलाई छ । कारागारमा हाल ९ सय १५ जना कैदीबन्दीहरु छन् । उनीहरुको स्वास्थ्य उपचारको लागि […]

जबजस्तीकरणी गरी फरार रहेका संजेल हेटौंडाबाट पक्राउ

मकवानपुर २३ पौष । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष प्रहरी टोलीले जबरजस्तीकरणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको मकवापुरगढी गाउँपालिका–४ मा स्थायी वतन भई मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका–६ बस्ने २५ वर्षिय गणेश भन्ने रेवती संजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गत साउन १२ गते […]

रामबहादुर बम्जन उर्फ लिटिल बुद्धले के के मच्चाए बितण्डा ?

मकवानपुर १३ पौष । बारा जिल्लाको रतनपुर गाविसमा रहेको सामुदायिक बनमा तपस्या गरेर आफु ‘लिटिलबुद्ध’ हुँ भन्दै जनतालाई भ्रममा पार्दै आइरहेका रामबहादुर बम्जन विरुद्ध उजुरी परेको छ । मकवानपुरका २ जनालाई बेपत्ता पारेको भन्दै उनीविरुद्ध मकवानपुर प्रहरीमा उजुरी परेपछि अहिले प्रहरीले उनलाई खाजेर पक्राउ गर्ने प्रयास गरिरहेको छ । सुरुवाती चरणमा तपस्या गरेर बसेका भनिएका […]

सुपरस्टेज थाइल्याण्ड २०१८ को तेस्रो भीमफेदीकी श्रेष्ठ

 हेटौंडा ९ पौष । मकवानपुरको भिमफेदी निवासी जिस्वाँ तुलाधर श्रेष्ठ ‘सुपरस्टेज थाइल्याण्ड जिमखाना प्रतियोगिता २०१८’ को तेस्रो भएकी छिन् । डिसेम्बर २३ थाइल्याण्डमा भएको ‘सुपरस्टेज थाइल्याण्ड जिमखाना प्रतियोगिता २०१८’ को महिला तर्फ नेपालकी श्रेष्ठ तेस्रो भएकी हुन् । नेपालबाट प्रतिस्पर्धामा भाग लिन पुरुषतर्फ आशिष भारती र दिव्यज्योति तथा महिलातर्फ जिस्वाँ तुलाधर श्रेष्ठ अफिसियल यदुराज लामिछाने […]

मकवानपुरको भिमफेदी गाउँपालिकामा बेवारिसे अवस्थामा शव फेला

हेटौँडा, ३ पौष । मकवानपुर भिमफेदी गाउँपालिकाको अघोरमा बेवारिसे अवस्थामा शव फेला परेको छ । भिमफेदी गाउँपालिका–९ अघोर खण्डमा रहेको त्रिभुवन राजपथको छेवैमा पुरुषको शव फेला परेको हो । शवको कसैले पनि जिम्मा लिएको छैन । शवलाई अहिले पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।