भीमफेदी गाउँपालिका

मकवानपुरमा ७७ हजारले गराए स्वास्थ्य विमा

मकवानपुर २७ माघ । मकवानपुर जिल्लामा ७७ हजार जनाले स्वास्थ्य विमा गराएका छन् । स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत जिल्लाको १३ हजार ४ सय १२ परिवारका ७७ हजार २ सय ८७ जनाले बीमा गराएका स्वास्थ्य विमा कार्यक्रमका जिल्ला संयोजक नरबहादुर खड्काले जानकारी दिए । जिल्लामा सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिकामा विमा भएको छ । स्वास्थ्य विमा […]

चुनढुङ्गा उत्खननले मानव बस्ती जोखिममा

हेटौँडा, २६ माघ । विभिन्न सिमेन्ट उद्योगलाई केन्द्रीय सरकारले भीमफेदी गाउँपालिका क्षेत्रमा चुनढुङ्गा उत्खननका लागि दिएको अनुमतिले त्यहाँको मानव बस्ती जोखिममा पर्ने गुनासो गरिएको छ । सिमेन्ट उद्योगका लागि चाहिने ढुङ्गा उत्खननले भीमफेदीका जनता उठिबास हुने स्थिति भएको भीमफेदी गाउँपालिकाका जनप्रतिनिधिले बताउनुभएको हो । भीमफेदीमा हेटौँडा सिमेन्ट उद्योग, शालिमार सिमेन्ट उद्योग, ऋद्धिसिद्धी सिमेन्ट उद्योग र […]

भोलि शैक्षिक हड्ताल : ज्वाला

मकवानपुर । विप्लवले नेतृत्व गरेको नेकपाको विद्यार्थी संगठनले भोलि देशभरि शैक्षिक हड्ताल गर्ने भएको छ । मकवानपुर पार्टी संयोजक ज्वालाले बताए अनुसार, मकवानपुरमा पनि विद्यार्थी संगठनले शैक्षिक हड्ताल गर्नेछ । विप्लव आवद्ध विद्यार्थी संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्दू विकलाई झुठा मुद्धा लगाई पक्राउ गरिएको आरोप सो पार्टीनिकट विद्यार्थी संगठनको छ । यससँगै एनसेलले कर छली गरेकोमा […]

‘अब १५/२० दिनमा दमकल आउँछ ’ : मेयर महत

मकवानपुर । हेटौंडा उपमहानगरपालिका मेयर हरिबोल महतले अबको १५/२० दिनभित्र नयाँ दमकल आउने बताएका छन् । तु खबरसँग कुराकानी गर्दै मेयर महतले केही काम बाँकी भएकाले सो पूरा गरी ढिलोमा २० दिनभित्र हेटौंडा उपमहानगरपालिकामा नयाँ दमकल आउने बताएका हुन् । एउटा गतिलो दमकल नहुँदा हेटौंडा उपमहानगरपालिकावासीलाई निकै समस्या पर्ने गरेको छ । केही समय अघि […]

मकवानपुरको दुई स्थानमा चट्याङबाट १० जना घाइते

मकवानपुर १२ माघ । मकवानपुर जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा शुक्रबार राति र शनिबार बिहान परेको चट्याङबाट १० जना घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ९ भदौरेमा शनिबार विहान चट्याङ लागेर पाँच जना घाइते भएका छन् भने पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङका कारण शुक्रबार साँझ पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले […]

मनाङको माइनस १० डिग्री जाडोमा अर्धनग्न भीमफेदी गाइज भिडियो सहित

मकवानपुर ५ माघ । भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उत्सव सुब्बा लामाको आवाजमा रहेको रनन रन्किने तोम्बा र छ्याङ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । मनाङको रमणीय स्थलहरुमा खिचिएको गीत तामाङ सेलो शैलीमा रहेको छ । मनाङको माइनस १० डिग्री चिसो तापक्रममा खिचिएको गीतलाई आफूहरुले निकै मिहेनत गरेकोले दर्शकहरुले […]

आगलागीबाट करिब ६ लाख बराबरको धनमाल नष्ट

मकवानपुर, २४ पौष । काठमाडौं र मकवानपुरमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ६ लाख बराबरको धनमाल नष्ट भएको छ । काठमाडौं टोखा नगरपालिका–११ भण्डारी टोलस्थित ६० वर्षीय मुकुन्दराज प्रकाश घिमिरेको घरमा आगो ताप्ने हिटर पड्किएर मंगलबार बिहान आगालागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । त्यस्तै मकवानपुरको भिमफेदी गाउँपालिका–७ बोगटे टेकनतोहरा […]

भीमफेदी कारागारमा २ बर्षदेखि छैनन् अहेब

मकवानपुर २३ पौष । मकवानपुरको भीमफदी गाउँपालिकास्थित कारागारमा २ बर्षदेखि अहेब नहुँदा स्वास्थ्य उपचारमा निकै समस्या परेको छ ।  कैदीबन्दीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न कारागारलाई निकै समस्या भइरहेको छ । कैदीबन्दीहरुलाई स्वास्थ्य परिक्षण तथा उपचारका लागि हेटौंडासम्म ल्याउनुपर्ने बाध्यता कारागारलाई छ । कारागारमा हाल ९ सय १५ जना कैदीबन्दीहरु छन् । उनीहरुको स्वास्थ्य उपचारको लागि […]

जबजस्तीकरणी गरी फरार रहेका संजेल हेटौंडाबाट पक्राउ

मकवानपुर २३ पौष । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष प्रहरी टोलीले जबरजस्तीकरणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको मकवापुरगढी गाउँपालिका–४ मा स्थायी वतन भई मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका–६ बस्ने २५ वर्षिय गणेश भन्ने रेवती संजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गत साउन १२ गते […]

रामबहादुर बम्जन उर्फ लिटिल बुद्धले के के मच्चाए बितण्डा ?

मकवानपुर १३ पौष । बारा जिल्लाको रतनपुर गाविसमा रहेको सामुदायिक बनमा तपस्या गरेर आफु ‘लिटिलबुद्ध’ हुँ भन्दै जनतालाई भ्रममा पार्दै आइरहेका रामबहादुर बम्जन विरुद्ध उजुरी परेको छ । मकवानपुरका २ जनालाई बेपत्ता पारेको भन्दै उनीविरुद्ध मकवानपुर प्रहरीमा उजुरी परेपछि अहिले प्रहरीले उनलाई खाजेर पक्राउ गर्ने प्रयास गरिरहेको छ । सुरुवाती चरणमा तपस्या गरेर बसेका भनिएका […]

सुपरस्टेज थाइल्याण्ड २०१८ को तेस्रो भीमफेदीकी श्रेष्ठ

 हेटौंडा ९ पौष । मकवानपुरको भिमफेदी निवासी जिस्वाँ तुलाधर श्रेष्ठ ‘सुपरस्टेज थाइल्याण्ड जिमखाना प्रतियोगिता २०१८’ को तेस्रो भएकी छिन् । डिसेम्बर २३ थाइल्याण्डमा भएको ‘सुपरस्टेज थाइल्याण्ड जिमखाना प्रतियोगिता २०१८’ को महिला तर्फ नेपालकी श्रेष्ठ तेस्रो भएकी हुन् । नेपालबाट प्रतिस्पर्धामा भाग लिन पुरुषतर्फ आशिष भारती र दिव्यज्योति तथा महिलातर्फ जिस्वाँ तुलाधर श्रेष्ठ अफिसियल यदुराज लामिछाने […]

मकवानपुरको भिमफेदी गाउँपालिकामा बेवारिसे अवस्थामा शव फेला

हेटौँडा, ३ पौष । मकवानपुर भिमफेदी गाउँपालिकाको अघोरमा बेवारिसे अवस्थामा शव फेला परेको छ । भिमफेदी गाउँपालिका–९ अघोर खण्डमा रहेको त्रिभुवन राजपथको छेवैमा पुरुषको शव फेला परेको हो । शवको कसैले पनि जिम्मा लिएको छैन । शवलाई अहिले पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

मकवानपुरकी सेतीमायाले ७२ बर्षमा पाइन् नागरिकता

मकवानपुर २८ मंसिर । मकवानपुरको भिमफेदी गाउँपालिका निवासी सेतीमाया बलले ७२ बर्षको उमेरमा नागरिकता पाएकी छिन् । जिल्ला प्रशासन कार्यलय मकवानपुरको आयोजनामा हिजो र आज भएको नागरिकता वितरण सम्बन्धी घुम्ती शिविरमा सेतीमायाले नागरिकता पाएकी हुन् । उनलाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले नागरिकता दिएका हुन् । शिविरमा ८८ जनाले नँया नागरिकता र १३० भन्दा […]

अभियानको अन्तिम दिन अन्तरक्रिया र प्रशिक्षण

मकवानपुर २५ मंसिर । १६ दिने महिला हिंसा बिरुद्धको अभियानको अन्तिम दिन लैङ्गिक हिंसा, कारण र समाधानको उपाय बिषयक अन्तरक्रिया तथा प्रशिक्षण गरिएको छ । अखिल नेपाल महिला संघ जिल्ला समिती र अखिल नेपाल महिला जिल्ला संघ क्रान्तिकारीको संयुक्त आयोजनामा हेटौंडामा सोमबार कार्यक्रम भएको हो । अखिल नेपाल महिला (अनेम) संघकी केन्द्रीय सचिव बिष्णु ओझाको […]

मकवानपुरको भिमफेदीमा यौन दुव्र्यवहार सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम

मकवानपुर १५ मंसिर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्यालयमा हुने यौन दुव्र्यवहार सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर महिला समूहले दातृ निकाय आईरिस एड र एक्सन एड नेपालको सहयोगको आयोजनामा भीमफेदी गाउँपालिका–६ स्थित महेन्द्र माध्यमिक बिद्यालयमा ‘लैङ्गि हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ शुक्रबार कार्यक्रम भएको हो । […]

१४ बर्षदेखि हेटौंडाको वाशुदेव सभागृह बेरोजगार ! प्रदेश सरकार किन लाचार ?

बलराम पुडासैनी मकवानपुर १२ मसिंर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा रहेको वाशुदेव सभागृह १४ बर्षदेखि बेरोजगार छ । वि.स. २०६० सालमा हेटौंडा नगरपालिकाका तत्कालिन नगरप्रमुख मधु अधिकारीको पहलमा निर्माण शुरु गरिएको वाशुदेव सभागृह अहिलेसम्म पनि निर्माणाधिन अवस्थामै छ । त्यसबेला विभिन्न कार्यक्रम वा सभासम्मेलन गर्नका लागि सभाहलको आवश्यकता महशुस भएपछि तत्कालिन नगरप्रमुख मधु अधिकारीको पहलमा सभागृह […]

बसामाडी जेसीजले गर्यो खाद्यान्न तथा शैक्षिक सामग्री बितरण

मकवानपुर १२ मसिंर । हेटौँडा, बसामाडी जेसीजले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ५ मा रहेको बालमन्दिरलाई खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । बसामाडी जेसीज आयोजनामा भैरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् आज बालमन्दिरलाई खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । जेसीज सप्ताहको चौँथो दिन ‘बालबालिकासँग जेसीज’ कार्यक्रम आज भीमफेदीमा सम्पन्न गरिएको कार्यक्रम संयोजक उद्धवराज […]

नख्खुजेल तोडेका मकवानपुरका लामा अहिले पाटन अस्पतालमा, सरकार मौन !

मकवानपुर ११ मसिंर । लामो समय राजनितिक जिवन बिताएका विरबहादुर लामा अहिले स्वास्थ्य अवस्थाका कारण अस्पतालमा छन् । २०३३ सालमा नख्खुजेल तोडेका लामा अहिले जिवन र मरणको अवस्थामा छन् । केहि दिनदेखि उनी काडमाडांैको पाटन अस्पतालमा उपचाररत छन् । उनको आर्थिक अवस्था निकैनै नाजुक छ । उनी अहिले उच्च रक्तचाप मधुमेय, तथा मृगौला सम्बन्धी रोगका […]

सुन भन्दै पित्तल बेच्ने मकवानपुरका एक जना पक्राउ

मकवानपुर १० मसिंर ।  पित्तललाई सुन हो भनि ठगि गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । यहि असोज १५ गते हेटौंडा उपमहानगरपालिका १६ हटिया चिसापानी घर भएकी ५७ की सकुन्तला खड्कालाई अपरिचित ब्यक्तिले सुन जस्तो देखिने पहेंलो धातु दिई निजको साथमा रहेको १ तोला सुनको रिङ् र रु १०,००० लिई ठगी गरेको भनी खड्काले […]

मोबाईल चोरि गरि फरार २ जना पक्राउ

हेटौंडा ५ मंसिर । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको बिशेष टोलिले सोमबार हेटौंडा उपमहानगरपालिका–४ स्थित खोपेगल्लिमा मोबाईल चोरि गरि फरार रहेका २ जनालाई मोबाईसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर बकैया गाउँपालिका–६ बस्ने १८ वर्षीय बिशाल दुलाल र हेटौंडा उपमहानगरपालिका–१ बस्ने ३१ वर्षिय राम लामा रहेका छन् । उनीहरु दुई जनालाई नै गोप्य […]