भीमफेदी गाउँपालिका

म्यादी चढेको जीप मकवानपुरको भीमफेदीमा दुर्घटना, २ म्यादीसहित ३ जनाको मृत्यू

मकवानपुर, २२ मंसिर । म्यादी प्रहरी चढेको जीप शुक्रबार मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ चुनियाँमा दुर्घटनामा हुँदा २ म्यादी प्रहरीसहित ३ जनाको मृत्यू भएको छ । बिहिबार भएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिएका म्यादी प्रहरी जिल्ला सदरमुकाम हेटौंडा फर्कँदै गरेको जीप दुर्घटना भएको हो। थाहा नगरबाट शुक्रबार बिहान हेटौंडा तर्फ आउँदै […]

भिमफेदीको कृष्ण माविमा मतदाता पातलिँदै

मकवानपुर २१ मसिंर । मकवानपुरको भिमफेदी गाँउपालिका अन्र्तगत पर्ने श्री कृष्ण मावि भैंसै –क) मा हालसम्म ३५७ मत खसेको मतदान अधिकृत जर्नादन पौडेलले जानकारी दिएका छन् । जम्मा मतदाता संङ्ख्या ५ सय ६२ रहेको उक्त मतदान केन्द्रमा १६२ पुरुष र १९५ महिलाले मतदान गरेको समेत पौडेलले बताए । अब केहि समय मात्र बाकिँ रहँदा मतदान […]

डिनाको योजना यथार्थ कि भ्रम ? ‘महिलालाई निशुल्क एम्बुलेन्स्’

मकवानपुर, ६ मंसिर । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले महिलालाई निशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने बताएकी छिन् । संयुक्त लोकतान्त्रिक गठबन्धनले मंगलबार भीमफेदी गाउँपालिकाको विभिन्न स्थानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । कार्यक्रममा बोल्दै उनले प्रजातन्त्र पुनसर््थापनापछि मकवानपु्रमा बामपन्थीहरुले निरन्तर जित्नै आएपनि […]

बाम गठबन्धनको दुई तिहाई मत आउने खतिवडाको दाबी

भिमफेदी ३० कात्तिक । नेकपा एमालेका केन्द्रिय सदस्य एबम् बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार बिरोध खतिवडाले आसन्न संघ र प्रदेश निर्वाचनमा संयुक्त बाम गठबन्धनले दुई तिहाई मतका साथ विजयी हुने दाबी गरेका छन् । बिहिबार भिमफेदी गाउँपालिकाको १ र २ नम्बर वडाले गरेको संयुक्त चुनाबी सभामा कार्यक्रममा बोल्दै उनले बाम गठबन्धन […]

हाँडीखोला र भैँसेमा मानव बेचविखन बिरुद्धको नाटक मञ्चन 

मकवानपुर, ३० कात्तिक । “बाल मैत्री शासनः बाल अधिकारको सम्मान” भन्ने मुल नाराका साथ विद्यालय तहका विद्यार्थीहरुलाई लक्षित गरी मानव बेचविखन तथा ओसारपसार विरुद्धको चेतनामूलक  नाटक प्रदर्शन गरिएको छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी मनहरी गाउँपालिका अन्र्तगत महेन्द्रज्योति उच्च मावि हाँडीखोला र भिमफेदी गाउँपालिका अन्र्तगत श्रीकृष्ण मावि भैंसेमा नाटक मञ्चन गरिएको हो । […]

भिमफेदीमा प्रहरी निरीक्षकको स्वागत

भिमफेदी, २७ कात्तिक । ललितपुरबाट सरुवा भई मकवानपुरको भिमफेदी ईलाका प्रहरी कार्यालयमा आएका प्रहरी निरीक्षक हर्कबहादुर विश्कर्मालाई भिमफेदीमा स्वागत गरिएको छ । भिमफेदी गाउँपालिका वडा नम्बर ६ मा रहेको चण्डेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले विश्वकर्मालाई स्वागत गरिएको त्यहाँबाट सुरेन्द्र राज थिकेले जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै आश्रय केन्द्रकी प्रमुख सुमित्रा श्रेष्ठले संस्थाले […]

त्रिखण्डी मेलामा भक्तजनको थाम्नै नसकिने भिड (फोटो फिचर)

हेटौँडा, १४ कात्तिक । आज ठूलो एकादशी अर्थात हरिबोधिनी एकादशीका दिन मकवानपुरको भिमफेदी गाउँपालिका अन्तर्गत पर्ने त्रिखण्डी मन्दिर परिसरमा ठूलो मेला लागेको छ । मेलामा मकवानपुरका विभिन्न क्षेत्रहरुसँगै आसपासका जिल्लाहरुबाट समेत हजारौँ भक्तजनहरु उपस्थित भएका छन् । उनीहरु मध्ये केहीले ब्रत पनि बसेका छन् भने धेरै जसो मेलाको मज्जा लिनका लागि आएका छन् । मन्दिरमा […]

भिमफेदी गाउँपालिका परिचय

समावेश भएका साविक गा.वि.स. र न.पा.हरु : भैंसे, निबुवाटार, भिमफेदी, कोगटे, ईपापञ्चकन्या र नामटार (१,३,४)  गा.वि.स. जनसंख्या : २३३४४ क्षेत्रफल :२४५.२७ वर्ग  कि.मि. केन्द्र : साविक भिमफेदी गा.वि.स.को कार्यालय वडा संख्या : ९ सिमाना : पूर्व : ललितपुर जिल्ला पश्चिम : हेटौंडा उपमहानगरपालिका र कैलाश गाउँपालिका उत्तर : थाहा नगरपालिका र ईन्द्रसरोबर गाउँपालिका दक्षिण : हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिका वडा […]

थुप्रै योजनाको सफल कार्यान्वयन गर्छु : हिदम लामा

हिदम लामा, युवा संघको केन्द्रीय कोषाध्यक्षमात्र होइनन्, अब उनको नयाँ परिचय बनिसकेको छ, मकवानपुरको सामरिक तथा ऐतिहासिक भीमफेदी गाउँपालिका अध्यक्ष । बैशाख ३१, २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनपछिको परिणामले १ सय ४० मत बढी ल्याएर लामा अध्यक्ष निर्वाचित भए । निर्वाचित भएपछि पहिलो पटक तु खबरसँग कुराकानी गर्दै उनले तु खबरलाई धन्यवाद ब्यक्त गरे […]

भीमफेदीको गाउँगाउँमा सडक

भीमफेदी, २६ असोज । भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामासहितको सक्रिय टोलीको विभिन्न योजना अनुरुप भिमफेदीका गाउँगाउँमा सडक निर्माण कार्यले तिब्रता पाएको छ ।  केही दिनअघिदेखि गाउँपालिका कार्यालयले नयाँ ट्रयाक खोल्ने र पुरानो सडकको स्तरवृद्धि गर्ने कार्यलाई तिब्र रुपमा अघि बढाइएको आज प्रकाशित ‘साझाकुरा राष्ट्रिय दैनिक’मा समाचार छ ।  गाउँपालिका कार्यालयले भिमफेदी गाउँपालिकाको वडा नम्बर ९ […]