भीमफेदी गाउँपालिका

मकवानपुरमा एक जनाको शव फेला

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ पापीखोल्सामा शुक्रबार (आज) बिहान एक जनाको शव फेला परेको छ । उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्युको शव फेला परेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । मृत अवस्थामा फेला परेको बज्युको शव पोष्टपार्टमको लागि हैटौंडा अस्पताल ल्याउँदै गरेको पनि भीमफेदी प्रहरीले जनाएको छ […]

भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडकखण्डको निर्माण द्रुत गतिमा

मकवानपुर । मकवानपुरको भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडकखण्ड निमार्णको काम दु्रत गतिमा भइरहेको छ । सङ्घीय सरकारको रु ३४ करोडको लागतमा सो सडकखण्ड र त्यसमा पर्ने पुल निमार्णको काम द्रुतगतिमा भइरहेको हो । रु २६ करोडको लागतमा नालीसहित पक्की सडक र रु आठ करोडको लागतमा पक्की पुल निमार्ण गर्न लागिएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए । […]

मकवानपुरका ६७३ घरमा खरको छानो विस्थापित हुने

मकवानपुर । नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत मकवानपुरका ६७३ विपन्न परिवारको घरमा खरको छानो विस्थापित हुने भएको छ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ अन्तरगतका हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका, राक्सिराङ, ईन्द्रसरोवर, भीमफेदी र मकवानपुरगढी गाउँपालिकामा गरी ६७३ घरमा खरको छानो विस्तापित हुने भएको हो । आइतबार जिल्ला समन्वय समिति मकवानपुरमा बसेको […]

हेटौंडाका दुईसहित मकवानपुरका ५ वटा सहकारीलाई ब्राण्ड

मकवानपुर । मकवानपुरका ५ वटा सहकारीले नेपालस्तरको ब्राण्डिङ पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन) ब्राण्ड प्राप्त गरेको छ । बचत तथा ऋण सहकारी संघहरुको छाता केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले प्रदान गर्दै आएको ब्राण्ड हेटौंडाका २ वटासहित मकवानपुरका ५ वटा बचत तथा ऋण सहकारीले प्राप्त गरेको हो । ब्राण्ड प्राप्त गर्ने सहकारीमा हेटौंडा–१३ को […]

मकवानपुरका थिङ महोत्तरीबाट पक्राउ

महोत्तरी । महोत्तरी प्रहरीले अवैध लागूऔषध गाँजा र नगदसहित मकवानपुरका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय अमरकुमार थिङ रहेका छन् । उनलाई एकडारा गाउँपालिका भटौलिया नजिक सडकबाट १ सय १० किलो अवैध लागूऔषध गाँजा र नगद ८ हजार १ सय ५० रुपैयाँसहित बुधबार राति […]

भीमफेदीमा हात्तीसार संग्राहालयसँगै जिप लाइन निर्माण हुने

मकवानपुर । मकवानपुरको भीमफेदीमा हात्तीसार संग्राहालयसंगै जिप लाईनसहितको पार्क निर्माण हुने भएको छ । राणाकालिन हात्तीसार संग्रहालय स्थानीय सरकार, संघीय प्रदेश सरकार तथा केन्द्रीय सरकारको संयुक्त पहलमा सुबिधा युक्त स्विमिङ पुलसहितको आकर्षक पार्क निर्माण हुने भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए । मंगलबार बागमती प्रदेश सरकार उद्योग पर्यटन बन तथा वातावरण मन्त्री अरुण नेपालको […]

भैंसे–भीमफेदी सडकको स्तररोन्नतीको काम आजबाट शुभारम्भ

मकवानपुर । मदन भण्डारी मार्ग अन्तर्गतको भैसे–भीमफेदी सडकको स्तरोन्नतीको काम आजबाट शुभारम्भ भएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले एक कार्यक्रमबीच स्तरोन्नती कार्यको शुभारम्भ गरेका हुन् । कूल ३८ करोड ७८ लाख ८ सय ९७ रुपैयाँको लागतमा बन्ने उक्त सडक करिब ११ दशमलब ५ किलोमिटर सडकको हाल कायम रहेको सडकको केन्द्रबिन्दूबाट […]

मकवानपुरका गायक मगरको ‘गाजलु आँखै’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

मकवानपुर । मकवानपुरका गायक आशिष अस्लामी मगरको स्वरमा रहेको ‘गाजलु आँखै’ बोलको गीत सार्वजनिक भएको छ । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको नेपालकै लामो मानिने फलामे भर्याङमा छायांकन भएको उक्त गीत आइतबार गायक आशिष अस्लामी मगरको युटुव च्यानलमार्फत सार्वजनिक भएको हो । गायक मगरको क्या राम्री बोलको गीतको शृङख्ला दूईको रुपमा आएको गाजालु आँखैको निर्देशन थाहा […]

मकवानपुरका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि, सबैभन्दा धेरै हेटौंडाका (विवरणसहित)

मकवानपुर । मकवानपुरका थप ३९ जनामा कोरोना भाइरस (काभिड–१९) संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका थप ३९ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए । उनका अनुसार, कात्तिक २३ गते संकलन गरिएको स्वाबको हेटौंडा–१० स्थित उक्त प्रयोगशालामा परीक्षण गर्दा ११ […]

भीमफेदी गाउँपालिकाका अध्यक्ष लामा संरक्षित बालबालिकासंग दशैँ मनाउँदै

मकवानपुर ।  भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र जिल्ला बाल संगठन मकवानपुरका अध्यक्ष अशोक सारु मगरले बालगृहमा संरक्षित बालबालिकाहरुसंग दशैँको शुभकामना साटासाट गरेका छन् । गाउँपालिका अध्यक्ष लामाले बालगृहमा संरक्षित ३५ जना बालबालिकाहरुलाई टीका, जमरा, दक्षिणासहित दशैँको शुभकामना दिएका हुन् । जिल्ला बाल संगठन मकवानपुरको स्वामित्वमा रहेको उक्त बालगृहमा रहेका बालबालिकाहरुसंग चाडपर्वको शुभकामना साटासाट गर्न […]

मकवानपुरमा थपिए ३८ जना कोरोना संक्रमित, हेटौंडाका मात्रै ३३ जना (विवरणसहित)

मकवानपुर । मकवानपुरमा आइतबार दिउँसो ३८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईका अनुसार, १९ महिला र १९ पुरुष गरी मकवानपुरमा ३८ जना कोरोना संक्रमित थपिएका हुन् । उनका अनुसार, गत असोज ३० गते संकलन गरिएको स्वाबको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना […]

मकवानपुरमा शनिबार बिहानै थपिए ११५ जना कोरोना संक्रमित, सबैभन्दा धेरै हेटौंडामा

मकवानपुर । मकवानपुरमा शनिबार बिहान ११५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईका अनुसार, ४८ महिला र ६७ पुरुष गरी ११५ जना कोरोना संक्रमित थपिएका हुन् । असोज २९ गते संकलन गरिएको स्वाबको किटजन्य रोग तथा तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका ११५ जनामा कोरोना पुष्टि भएको हो […]

मकवानपुरमा शुक्रबार बिहानै थपिए ११४ जना कोरोना संक्रमित, हेटौंडामा मात्रै ९३ जना (विवरणसहित)

मकवानपुर । मकवानपुरमा शुक्रबार बिहानै ११४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । बिहान ५७ महिला र ५७ पुरुष गरी मकवानपुरमा ११४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाई जानकारी दिए । उनका अनुसार, असोज २८ गते संकलन गरिएको स्वाबको किटजन्य रोग तथा तालिम केन्द्र हेटौंडा प्रयोगशालामा परीक्षण गर्दा मकवानपुरमा ११४ जना […]

मकवानपुरमा बिहिबार बिहानै थपिए ४५ जना कोरोना संक्रमित

मकवानपुर । मकवानपुरमा बिहिबार बिहानै ४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईका अनुसार, आज २० महिला र २५ पुरुष गरी मकवानपुरमा ४५ जना कोरोना संक्रमित थपिएका हुन् । असोज २७ गते संकलन गरेको स्वाबको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरमा ४५ जना कोरोना संक्रमित थपिएका हुन् […]

लागूऔषध नाइट्रोभेटसहित दुई युवक मकवानपुर प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ भैसेबाट प्रहरीले अवैध लागूऔषध नाईट्रोभेटसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा प्युठान मल्लरानी गाउँपालिका–३ घर भई हाल काठमाडौं बालाजु शान्तीटोल बस्ने १८ वर्षीय सतिश दमाल मगर र कालीकोट घोचायबाडा गाउँपालिका–३ घर भई हाल काठमाठौं महानगरपालिका–३ बस्ने १८ वर्षीय बज्र रोकाया रहेका छन् । उनीहरुलाई लागूऔषध […]

भीमफेदी सुमो दुर्घटना अपडेट– मृतक तीनै जनाको नाम खुल्यो, घाइते हेटौंडाकी थिङसहित ३ जनालाई भरतपुर लगियो

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ गढीमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको नाम खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेहरुमा झापाको जोरपानी गाउँपालिका बस्ने २५ वर्षीया देवीकुमारी गिरी, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी (नागरिकता ठेगानाः पदमपोखरी–६) बस्ने २५ वर्षीय भिमबहादुर थिङ र मकवानपुरको राजन राना मगर (पासपोटको आधारमा) रहेका […]

भीमफेदी सुमो दुर्घटना अपडेट– थप एक जनाको मृत्यु, मृतकको संख्या ३ पुग्यो

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ गढीमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा परी थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा जिल्लाकी २५ वर्षीया महिला देवीकुमारी गिरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएकी ती महिलाको हेटौंडा अस्पतालमा उपचारको क्रममा […]

सुमो दुर्घटना अपडेट– दुई जनाको घटनास्थलमै मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ गढीमा आइतबार दिउँसो भएको सुमो दुर्घटना परी दुई जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको दक्षिणकाली सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर […]

सुमो दुर्घटना अपडेटः चालकसहित ३ जनालाई उपचारको लागि हेटौंडातर्फ ल्याइँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ गढीमा आइतबार दिउँसो भएको सुमो दुर्घटनामा परी घाइते भएका सुमो चालकसहित तीन जनालाई उपचारको लागि हेटौंडातर्फ ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आइतबार हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको दक्षिणकाली सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर […]

मकवानपुरको भीमफेदी–६ गढीमा सुमो दुर्घटना

मकवानपुर । मकवानपुरको भीमफेदीमा आज आइतबार सुमो दुर्घटना भएको छ । भीमफेदी गाउँपालिका वडा नम्बर ६ गढीमा हाल नम्बर नखुलेको सुमो दुर्घटना भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेको र घटनास्थलतर्फ भीमफेदी प्रहरी टोली जाँदै गरेको प्रहरीले जनाएको छ । घटनाको विषयमा विस्तृत विवरण आउँन […]