बाग्मती गाउँपालिका

बाग्मती गाउँपालिका ३ मा शहिद परिवारलाई सम्मान

मकवानपुर, २० पुस । मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर ३ गढन कुतीभकारीमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा स्वागत तथा सम्मान भएको हो । कार्यक्रममा बाग्मती गाउँपालिका वडा नम्बर ३ निवासी शहिद आफन्तजनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा शहिद मौसमकी बुहारी रश्मि पाख्रिन, शहिद चट्याङकी […]

सूर्य माविको ४३ औँ जन्म जयन्तीमा माझगाउँमा विविध साँस्कृतिक कार्यक्रम

मकवानपुर, १८ पुस । मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर १ मा रहेको एकमात्र माध्यमिक विद्यालयका रुपमा परिचित सूर्य माविको ४३ औँ जन्म जयन्तीका अवसरमा माझगाउँमा विविध सांस्कृतिक कार्यक्रम गरिएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रमोदकुमार राईले विद्यालयको परिचय,गतिविधि तथा भावी योजनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले समसामायिक विषयमा तयार पारिएको नाटक, नाच, गायन, विज्ञानकला […]

मकवानपुरको पूर्वी भेगमा ३ प्रतिशत बालबालिका शिक्षाबाट बञ्चित

मकवानपुर, ४ पुस । मकवानपुरको पूर्वी गाउँपालिकाहरुमा अझै ३ प्रतिशत बालबालिका विद्यालय जानबाट बञ्चित भएका छन् । मकवानपुरको बकैया तथा बाग्मती गाउँपालिजस्ता विकट क्षेत्रमा पर्ने गाउँपालिकाका बालबालिकाहरु प्राथमिक शिक्षाबाटै बञ्चित भएको आज प्रकाशित ‘साझाकुरा राष्ट्रिय दैनिक’ ले समाचार लेखेको छ । समाचारमा जनाइए अनुसार गरिबीले ग्रस्त भएका र दलित समुदायका बालबालिकाहरु विद्यालय जानबाट बञ्चित भएका […]

राईगाउँ पुगेर शहिद गेटमा दिप प्रज्वलन

मकवानपुर, २९ मंसिर । वाम गठबन्धनका विजयी उम्मेदवारहरुले पूर्वी मकवानपुरको राईगाउँस्थित शहिद गेटमा दिप प्रज्वलन गरेका छन् । शहिदहरुको सम्मानमा मकवानपुर १ प्रतिनिधिसभा सदस्य कृष्ण दाहाल र मकवानपुर १(क) का प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले मैन बत्ती बालेर दिप प्रज्वलन गरेका हुन् । उक्त गेट माओवादी सशस्त्र युद्धमा मारिएका माओवादी सेनाहरुको सम्झनामा निर्माण गरिएको […]

निर्वाचित प्रतिनिधिहरु फापरबारीमा

मकवानपुर, २९ मंसिर । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार भइ निर्वाचित सदस्यहरुले आ–आफ्नो मतदाता कहाँ पुग्ने क्रम जारी रहेको छ । बिहीबार मकवानपुरको बाग्मती गाउँपालिकाको फापरबारीमा र्याली सहितको विजय सभा भएको छ । क्षेत्र न.ं १ का प्रतिनिधि सभाका नव निर्वाचित प्रतिनिधि कृष्ण दाहालको प्रमुख आतिथ्यमा सभा भएको थियो […]

अपडेट–बाग्मती गाउँपालिको ज्ञानमन्दिरमा ३५ प्रतिशत मत खस्यो

मकवानपुर, २१ मंसिर । मकवानपुरको क्षेत्र नम्बर १ अन्तर्गत पर्ने बाग्मी गाउँपालिकाको ज्ञानमन्दिर निमावि मतदान केन्द्रमा करिब ३५ प्रतिशत मत खसेको छ । मतदान अधिकृत पूर्णभद्र भुषालका अनुसार प्रतिशत ७ सय २४ जना मतदाता रहेको सो मतदान केन्द्रमा यो समाचार तयार पार्दासम्म करिब ३५ प्रतिशत मत खसेको हो । त्यहाँको सुरक्षा व्यवस्था समेत राम्रो भएको […]

लोकतान्त्रिक गठबन्धनको फापरबारी परिचालन समिति

मकवानपुर, ६ मंसिर । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत मकवानपुरको क्षेत्र नम्बर १ बागमती गाउँपालिका वडा नम्बर ७ फापरबारी पाथिभरामा निर्वाचन परिचालन समिति गठन गरिएको छ । नेपाली काँग्रेसका डिल्लीराम घोरासैनी संयोजक र कृष्ण बहादुर थोकर सहसंयोजक रहने गरी १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको हो । कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधि कुप नारायण […]

फापरबारीमा वाम गठबन्धनको चुनावी अनुगमन

हेटौँडा, ५ मंसिर । वाम गठबन्धनको चुनाव अनुगमन समितिले सोमबार मकवानपुरको पूर्वी क्षेत्र फापरबारीसम्म अनुगमन गरेको छ । बकैयाको हात्तीसुँडेमा र फापरबारी पार्टी कार्यालयमा वाम गठबन्धनमा सामेल दुबै पार्टीका अगुवा कार्यकर्ताहरुसँग भेटघाट, छलफल गरी निर्वाचको स्थिति बारे जानकारी लिएको थियो । समसामयिक राजनीति र दुबै पार्टी बीचमा भएको गठबन्धन र एकताको औचित्यबारे अनुगमन टोलीका नेता […]

काँग्रेसमा सत्ताबाट हट्नुपर्छ भन्ने डर छ–दाहाल

बाग्मती, ५ मंसिर । मकवानपुरको राईगाउँमा सोमबार वाम गठबन्धनको जनसभा भएको छ । सभालाई सम्बोधन गर्दै मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णप्रसाद दाहालले कांग्रेस अहिले सत्ताबाट हट्नु पर्ने भयो भन्ने त्रासबाट बिक्षिप्त बनेको आरोप लगाएका छन् । जनसभामा बोल्दै दाहालले आफ्नो स्वार्थ लुकाउन कम्युनिष्टले जित्दा अधिनायकवाद आउने भन्दै काँग्रेसले जनतालाई भ्रम छरेको […]

तिनभंगालेमा लोकतान्त्रिक गठबन्धनको कार्यक्रम, बाग्मतीमा समिति गठन

बकैया, ४ मंसिर । आसन्न निर्वाचनको चुनावी अभियान अन्तर्गत लोकतान्त्रिक गठबन्धनको मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को बकैया गाउँपालिका २ को धियालक्षेत्रमा घरदैलो र कोणसभा सम्पन्न भएको छ । धियालको तिनभंगालेमा आईतबार आयोजित कोणसभामा लोकतान्त्रिक गठबन्धनकोतर्फबाट नेपाली काँग्रेसका प्रदेशसभा सदस्य १ क का उम्मेदवार धर्मराज लामिछानेले सडकलगायतका भौतिक पूर्वाधार निर्माण नभएका स्थानमा विकास योजनाहरु ल्याउन […]

कमल थापाको दबाबले काम गरेको होईन–विद्यूत प्राधिकरण

मकवानपुर (राईगाउँ), २९ कात्तिक । सरकारका उपप्रधानमन्त्री तथा उर्जा मन्त्री कमल थापाको दबावले मकवानपुरको बाग्मती गाउँपालिकास्थित राईगाउँमा विद्यूतको कार्य नगरिएको नेपाल विद्यूत प्राधिकरण हेटौँडा हेटौँडा वितरण केन्द्रले जनाएको छ । राईगाउँमा विजुली पुर्याउनका लागि थापाले विद्युत प्राधिकरणका कर्मचारीहरु प्रयोग गरिरहेको भन्ने समाचार सही नभएको केन्द्रका प्रमुख सन्दिप श्रेष्ठले जनाएका छन् । प्राधिकरणले कानुन बमोजिम टेण्डर […]

कमल थापाको दबाबमा आचारसंहिता विपरित विद्युतका कर्मचारी राईगाउँमा

मकवानपुर (राईगाउँ), २९ कात्तिक । सरकारका उपप्रधानमन्त्री तथा उर्जा मन्त्री कमल थापाले निर्वाचन जित्न सरकारी संयन्त्रको प्रयोग गरिरहेको खुल्न आएको छ । मकवानपुरको राईगाउँमा विजुली पुर्याउनका लागि उनले विद्युत प्राधिकरणका कर्मचारीहरु प्रयोग गरिरहेका छन् । फापरबारीको लम्कनासम्म बिजुली पुगेको छ । त्यसभन्दा उता बिजुली नपुर्याई नहुने अवस्था पनि छ । तर, चुनावको मुखमा आएर १५ […]

बाग्मती गाउँपालिका परिचय

समावेश भएका साविक गा.वि.स. र न.पा.हरु : राईगाउँ, फापरबारी, बेतिनी गा.वि.स. जनसंख्या :३०४९५ क्षेत्रफल : ३११.७९ वर्ग  कि.मि. केन्द्र : साविक फापरबारी गा.वि.स.को कार्यालय वडा संख्या : ९ सिमाना : पूर्व : सिन्धुली जिल्ला पश्चिम : बकैया गाउँपालिका उत्तर : ललितपुर र काभ्रे जिल्ला दक्षिण : बकैया गाउँपालिका र रौतहट जिल्ला वडा विभाजन : वडा नम्बर समावेश भएका साविक गा.वि.स./न.पा.हरु साविक वडा […]