बकैया गाउँपालिका

रक्षा नेपालले दातृ निकायको सहयोगमा किशोरी समूहलाई एक लाखको चेक हस्तान्तरण

मकवानपुर २६ पौष । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं. ७ स्थित रक्षा उज्वल किशोरी समूहलाई एक लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको छ । रक्षा नेपालले दातृ निकायको सहयोगमा किशोरी समूहलाई घुम्ती कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरिएकोे हो । मकवानपुरसँगै काभ्रेको बेथानचोक, सिन्धुलीको ज्यामिरे, नुवाकोटको कुवरी र ललितपुरको गिम्दीका किशोरी समूहलाई पनि एक–एक […]

रामबहादुर बम्जन उर्फ लिटिल बुद्धले के के मच्चाए बितण्डा ?

मकवानपुर १३ पौष । बारा जिल्लाको रतनपुर गाविसमा रहेको सामुदायिक बनमा तपस्या गरेर आफु ‘लिटिलबुद्ध’ हुँ भन्दै जनतालाई भ्रममा पार्दै आइरहेका रामबहादुर बम्जन विरुद्ध उजुरी परेको छ । मकवानपुरका २ जनालाई बेपत्ता पारेको भन्दै उनीविरुद्ध मकवानपुर प्रहरीमा उजुरी परेपछि अहिले प्रहरीले उनलाई खाजेर पक्राउ गर्ने प्रयास गरिरहेको छ । सुरुवाती चरणमा तपस्या गरेर बसेका भनिएका […]

मकवानपुरको बकैयामा तामाङ घेदुङ वडा कमिटी विस्तार

मकवानपुर ७ पौष । बकैया गाउँपालिका–५ मा नेपाल तामाङ घेदुङ वडा कमिटी विस्तार भेला भएको छ । शनिबार भएको भेलाबाट विरबहादुर घलानको नेतृत्वमा वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा बिमला घलान, सचिव दुर्गाराज स्याङतान, कोषाध्यक्ष लक्ष्मि थिङ सहित सात सदस्यीय वडा कमिटी गठन भएको हो । भेला नेपाल तामाङ घेदुङ बैकया गाउँपालिकाका अध्यक्ष […]

मकवानपुरको रजुवामा विजुली बल्यो, स्थानीय खुशी

मकवानपुर ५ पौष । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ रजुवा बेसीटोलमा बुधबार विद्युत विस्तार गरिएको छ । बुधबार एक कार्यक्रमका बीच मकवानपुरका प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान लगायत स्थानीय जनप्रतिनिधिहरुले संयुक्त रुपमा ट्रान्समिटरको स्वीच अन गरेर औपचारिक रुपमा विद्युत विस्तार गरेका […]

मकवानपुरको बकैयामा तातोपानीमा परेर बालिकाको मृत्यु

मकवानपुर ५ पौष । मकवानपुरको बकैया गाउँपालिकामा तातोपानीमा परेर एक बालिकाको मृत्यु भएको छ । बकैया गाउँपालिका, हात्तिसुँढे स्थित बसनकी करिब १३ महिने नाबालिकाको तातो पानीमा परेर मृत्यु भएको हो । कुखुराको मासु खाने रहरले कुखुराको भुत्ला निकाल्न तताएको पानीमा परेर महेश दुतराजकी नाबालक छोरीको ज्यान गएको हो । मंगलबार साँझ दुतराजले बसालेको तातो पानीमा […]

बकैया गाउँपालिका स्तरीय शैक्षिक समन्वय समितीको अध्यक्ष चौलागाईं

मकवानपुर १५ मंसिर । बकैया गाउँपालिका स्तरीय शैक्षिक समन्वय समितिको अध्यक्षमा नारायण प्रसाद चौलागाईं चयन भएका छन् । शुक्रबार बकैया—७ को हात्तीखोला पार्कमा भएको भेलाले समितिको उपाध्यक्ष खुल्ला तर्फ चन्द्र प्रसाद देवकोटा, महिला तर्फ भवानी तिमल्सिना, सचिव हरिहर खनाल, सह-सचिव सुरज लामा लोप्चन, कोषाध्यक्ष हरिवंश चौधरी चयन गरेको हो । समितिको सदस्यहरु सुकदेव अधिकारी, छविलाल […]

मकवानपुरमा भेटियो अर्को ऐतिहाँसिक गढी

मकवानपुर १५ मसिंर । पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर १० मा ऐतिहाँसिक गढी रहेको पाईएको छ । मकवानपुरमा हालसम्म भीमफेदीमा रहेको चिसापानी गढी तथा मकवानपुर गढी गाउँपालिकामा रहेको मकवानपुर गढी मात्र रहेको भएपनि बकैया १० मन्थलीमा रहेको अम्बास लेकमा समेत ऐतिहाँसिक गढी रहेको पत्ता लागेको हो । हाल उत्त गढीको ऐतिँहासिक महत्व बुझनको लागि […]

१४ बर्षदेखि हेटौंडाको वाशुदेव सभागृह बेरोजगार ! प्रदेश सरकार किन लाचार ?

बलराम पुडासैनी मकवानपुर १२ मसिंर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा रहेको वाशुदेव सभागृह १४ बर्षदेखि बेरोजगार छ । वि.स. २०६० सालमा हेटौंडा नगरपालिकाका तत्कालिन नगरप्रमुख मधु अधिकारीको पहलमा निर्माण शुरु गरिएको वाशुदेव सभागृह अहिलेसम्म पनि निर्माणाधिन अवस्थामै छ । त्यसबेला विभिन्न कार्यक्रम वा सभासम्मेलन गर्नका लागि सभाहलको आवश्यकता महशुस भएपछि तत्कालिन नगरप्रमुख मधु अधिकारीको पहलमा सभागृह […]

नख्खुजेल तोडेका मकवानपुरका लामा अहिले पाटन अस्पतालमा, सरकार मौन !

मकवानपुर ११ मसिंर । लामो समय राजनितिक जिवन बिताएका विरबहादुर लामा अहिले स्वास्थ्य अवस्थाका कारण अस्पतालमा छन् । २०३३ सालमा नख्खुजेल तोडेका लामा अहिले जिवन र मरणको अवस्थामा छन् । केहि दिनदेखि उनी काडमाडांैको पाटन अस्पतालमा उपचाररत छन् । उनको आर्थिक अवस्था निकैनै नाजुक छ । उनी अहिले उच्च रक्तचाप मधुमेय, तथा मृगौला सम्बन्धी रोगका […]

बकैयाँमा बालविवाह रोकथाम अभियान कार्यक्रम

हेटौंडा ८ मंसिर । मकवानपुरको पूर्वी क्षेत्र बकैयाँ गाउँपालिका वडा नं. ३ मा शुक्रबार बालविवाह रोकथाम अभियान कार्यक्रम भएको छ । उक्त रोकथाम अभियान कार्यक्रममा स्थानियबासीहरुले आफुहरुको सहयोग रहने भन्दै हस्ताक्षरसहितको सामूहिक प्रतिबद्धता जनाएका छन् । बकैयाँ गाउँपालिका ३ नं. वडा कार्यालय र सिविन नेपाल मकवानपुरको संयुक्त आयोजना र स्थानीय सहयात्री बचत तथा ऋण सहकारी […]

संरक्षित वन्यजन्तुका दाह्रा सहित ६ जना पक्राउ

काठमाडौं, १ मंसिर । केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले बिहिबार गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी, नारायणटारबाट अवैध रुपमा ल्याएको संरक्षित वन्यजन्तुको दाह्रा ७ थान सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाँउपालिका–९ का २८ वर्षीय नुर्बु शेर्पा, मकवानपुर भिमफेदी गाँउपालिका–१ का ३८ वर्षीय देवलाल मोक्तान, मकवानपुरको बकैया गाँउपालिका–१२ बस्ने २७ वर्षीय दिपक लामा, […]

सांसद कृष्ण दाहालले संसद विकास कोषको ४ करोड मकवानपुरमा लगानी गर्ने

मकवानपुर २९ कात्तिक । मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद कृष्ण प्रसाद दाहालले आफ्नो सँंसद विकास कोषमा आएको ४ करोड रुपैंया विकास निमार्णको काममा खर्च गर्ने बताएका छन् । उनले आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त विषयमा जानकारी दिएका हुन् । उनले कोषमा आएको ४ करोड रकम आफ्नो क्षेत्रमा पर्ने उपमहानगर र […]

मकवानपुरका ५ वटा सहकारी सदस्यलाई लेखा व्यवस्थापन तालिम

मकवानपुर, ०९ कात्तिक । मकवानपुरको बकैया गाउँपालिकाका ५ वटा सहकारीका सदस्यहरु सहकारी लेखा व्यवस्थापन सम्बन्धि तालिममा सहभागी बनेका छन् । बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालसंगको सहकार्यमा सञ्चालन गरिरहेको सर्भ परियोजना अन्तर्गत आयोजित तालिममा उनीहरु सहभागी बनेका हुन् । बिहीबारबाट हेटौंडामा चार दिनका लागि सुरु भएको तालिममा धियालस्थित सवल महिला कृषि सहकारी संस्था, छतिवनस्थित सहयात्री […]

वडा कपको फाइनलमा जुनेली बस्ती र जुइना

मकवानपुर २९ असोज । बकैया गाउँपालिकाको जुइनामा भैरहेको प्रथम वडा गोल्ड कप प्रतियोगिताको फाइनलमा जुनेली बस्ती एफसि र जुइना एफसि पुगेका छ्न् । प्रतियोगिता २० गतेबाट सुरु भएको हो । साविक छतिवन गाविस वडा न ९ हाल बकैयाको ६ नम्बर वडाले गरेको प्रतियोगितामा ६ नम्बर वडाको दुर्गम ज्यामिरे,गड्वान, गवरस्थानका युवा टोलि समेत सहभागी थिए । […]

बकैयामा वडा गोल्ड कपको उद्घाटन, उद्घाटन खेलमा भगत माझिको ह्याट्रिक

मकवानपुर ,२० असोज । बकैया गाउँपालिकाको जुइनामा आजदेखि प्रथम वडा गोल्ड कप प्रतियोगीता सुरु भएको छ । आज उद्घाटन भएको पहिलो खेलमा जुइना युवा टिमले गडवान युथ टिमलाइ ४ /० ले पराजित गरेको छ । खेल सुरु भएको तेस्रो मिनटमा जुइनाका लागि भगत माझिले गोल गरेर गोल अग्रता सुरु गरेका थिए । लगत्तै ५ औ […]

अग्रणी सहकारीद्वारा फापरबारीको सिर्जनशील समूहलाई उद्यम गर्न ५ लाख

मकवानपुर । अग्रणी बचत तथा ऋण सहकारी सस्था हेटौंडाले फापरबारीको सिर्जनशील युवा समूहलाई उद्यम गर्नका लागि ५ लाख रुपैयाँ निव्र्याजी ऋण उपलब्ध गराएको छ । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत समूहलाई रकम उपलब्ध गराइएको हो । आज सो रकम हस्तान्तरण गर्ने औपचारिक कार्यक्रममा संघीय सँसदका अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल र जिल्ला युवा समिति अध्यक्ष सन्तोष […]

ज्यामिरेमा गाजा खेती निर्मुल गर्न पालिकाको अभियान

यादव चौलागाईं मकवानपुर ७ असोज । बकैया गाउँपालिकाको गाजा खेती हुने भनेर प्रचारित ज्यामिरे स्थित मोरङ धापमा गाजा खेती नगर्न स्थानियलाइ आग्रह गरिएको छ । बकैया गाउँपालिका वडा ६ का वडा अध्यक्ष फुलबहादुर भोम्जनको अगुवाइमा बकैयाको ज्यामिरे पुगेर स्थानीयलाई गाजा खेती नगर्न आग्रह गरेका थिए । भोम्जनले पालिकाले गाजा खेती निर्मुल पार्न बिशेश कार्यक्रम राखेर […]

तामाङ घेदुङ मकवानपुरद्वारा ‘ताम्सालिङ जागरण अभियान’ प्रारम्भ

मकवानपुर, ०६ असोज । नेपाल तामाङ घेदुङ मकवानपुरले ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान प्रारम्भ गरेको छ । घेदुङ मकवानपुरको शनिबार बसेको बैठकले मकवानपुरका विभिन्न स्थानीय तहमा ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान सञ्चालन गर्ने कार्यक्रमको कार्यतालिका समेत तय गरेको नगर घेदुङ सचिव सुवाश घिसिङले जानकारी दिए । बैठकको निर्णय अनुसार यही असोज १९ गते […]

मुख्यमन्त्री ज्यू ! कानुन विपरीत काटिएका सालका रुख कहाँ गाएब भो ?

बलराम पुडासैनी मकवानपुर, ५ असोज । हेटौंडा स्मारक विकास समिति नवलपुर परिसरमा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समिति अन्र्तगतको वनबाट ५० वटा भन्दा बढी सालका रुख नियम विपरीत कटान भएका छन् । अहिले हेटौंडा स्मारक विकास समितिका अध्यक्ष डोरमणी पौडेल छन् । उनी स्मारक विकास समितिका अध्यक्ष मात्रै होईनन् प्रदेश नम्बर ३ का मुख्यमन्त्री समेत […]

हेटौंडामा २५ मिटर सडक विस्तार प्रकरण : मुख्यमन्त्री पौडेलनै बाधक

बलराम पुडासैनी मकवानपुर १ असोज । ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा २५ मिटर सडक विस्तारको विषयमा मुख्यमन्त्री डोरमणी पौडेलनै बाधकको रुपमा देखिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हेटौंडाको समग्र विकासमा जोड दिन्छु भन्दै जनतालाई आफ्नो पक्षमा पारी चुनाव जितेका पौडेलसंग अहिले प्रदेशका सम्पुर्ण जिल्लाको विकासका कार्यक्रम त कता हो कता हेटौंडाकै विकासको समेत भिजन […]