बकैया गाउँपालिका

कोलखोपका शिक्षक यादवसंगको सेटिङमा प्रहरीले पीडित शिक्षिकाको बकपत्र बुझेन

मकवानपुर ३ वैशाख । मकवानपुरको बकैया गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालय ठिँगनले कोलखोप प्राविका शिक्षक यादवसंगको सेटिङमा पीडित महिलाको बकपत्र नबुझेको खुलेको छ ।  बकैया गाउँपालिका १२ मा रहेको कोलखोप प्राविका महेन्द्र प्रसाद यादवले एक शिक्षिकामाथी बलात्कारको प्रयास गरेको भन्दै पीडित शिक्षिकाले फागुन दोस्रो साता जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी थिईन् । उनको उजुरी उपर […]

मकवानपुरका न्यौपानेले गरे आत्महत्या

मकवानपुर २६ चैत । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ कत्लेखोलाका १ जनाले आत्महत्या गरेका छन् । आज दिउँसो स्थानीय सुर्यप्रसाद न्यौपानेले आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवत्ता यज्ञ प्रसाद भट्टराईले पुष्टी गरेका छन् । उनले आत्महत्या किन गरेको भन्ने विषय हालसम्म खुलेको छैन ।  ३७ वर्षीय न्यौपानेको दुई छोरी […]

मकवानपुरको बकैयामा करेन्ट लागेर १ जनाको मृत्यु

मकवानपुर २३ चैत । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १० स्थित दशघरेमा आज विहान करेन्ट लागेर १ जनाको मृत्युु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवत्ता डिएसपी यज्ञप्रसाद भट्टराईका अनुसार स्थानीय ६० वर्षीय सानुमान डिङ्गडुङ्गको मृत्यु भएको हो । उनका अनुसार विहान ८ बजे डिङ्डुङ्लाई करेन्ट लागेको थियो, बर्षाका कारण उनको घरनजिकै विजुलीको पोल […]

एसइई परिक्षाको लागि मकवानपुरमा २४ वटा परिक्षा केन्द्र निर्धारण

मकवानपुर ८ चैत्र । यही चैत्र १० गतेदेखि सुरु हुने एसइई परीक्षाको लागि मकवानपुरमा २४ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ हेटौंडाले जनाएको छ । १० गतेदेखि सुरु हुने परिक्षाको लागि मकवानपुरबाट ५ […]

मकवानपुर केन्द्रविन्दु भएर गयो भुकम्प

मकवानपुर,४ चैत्र । मकवानपुरमा केन्द्रविन्दु भई आज बिहान ४.१ रेक्टर स्केलको भुकम्प गएको छ । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भई २०७२ साल बैशाख १२ गतेको भूकम्पको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँसहित मकवानपुर, धादिङ्ग, नुवाकोट र काभ्रेमा पनि महशुस भएको छ ।

हामी सक्छौं नेपालद्वारा बोर्ड तथा रजिस्टर वितरण

मकवानपुर ३० फागुन । बकैया गाउँपालिकामा टोल विकास संस्था गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । हामी सक्छौं नेपालको आयोजना तथा बकैया गाउँपालिकाको समन्वय तथा सहकार्यमा टोल विकास संस्था गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गठित टोल विकास संस्थालाई बोर्ड तथा रजिस्टर वितरण गरिएको छ । हामी सक्छौ नेपाल (उई क्यान […]

माझीले मनाए कोसी पर्व

मकवानपुर २३ फागुन । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं. ६ जुईनाका माझीहरुले आफ्नो महान पर्व लदी अर्थात कोसी पर्व मनाएका छन् । माझी बस्ती जुईना नजिकैको बकैया, सिमात, हर्दिया र जुईना खोलाको दोभानमा मौलिक पोशाकमा भेला भएर उनीहरुले खोलालाई सामुहिक पुजा गरे । चार खोलाको संगममा उनीहरुले खोलालाई बोका, पाठी, कुखुरा र परेवाको बली […]

नेता बानियाँद्वारा राईगाउँ स्वास्थ्यचौकीलाई एम्बुलेन्स वितरण

मकवानपुर, ०१ फागुन । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं काँग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँद्वारा राईगाउँ स्वास्थ्यचौकीलाई बुधबार एम्बुलेन्स र सुरुमा संचालनको लागि ५० हजार रुपियाँ हस्तान्तरण गरेका छन् । बाग्मती गाउँपालिका वडा नं. २ राईगाउँका वडा अध्यक्ष एवं राईगाउँ स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर भ्लोनको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य […]

गाउँपालिकामा मनलाग्दी : आधिकारिक धारणा कस्ले राख्ने हो ?

मकवानपुर । गाउँपालिकाहरुले आफ्ना कार्यालयको आधिकारिक धारणा को मार्फत् सार्वजनिक गर्ने भन्ने निक्र्यौल नगर्दा अध्यक्ष, उपाध्यक्ष, वडा सदस्य सबैले मनलाग्दी बोल्दै हिड्न थालेपछि यसले अन्यौल सिर्जना गरेको छ । गाउँपालिकाभित्र दीर्घकालिन असर पर्ने विषयहरुमा समेत निर्वाचित जति सबैले आफूलाई लागेको कुरा बोल्दै हिड्न थालेका छन् । गाउँपालिकाको धारणा कसले सार्वजनिक गर्ने हो, अहिले पनि अन्यौलै […]

मकवानपुरमा ७७ हजारले गराए स्वास्थ्य विमा

मकवानपुर २७ माघ । मकवानपुर जिल्लामा ७७ हजार जनाले स्वास्थ्य विमा गराएका छन् । स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत जिल्लाको १३ हजार ४ सय १२ परिवारका ७७ हजार २ सय ८७ जनाले बीमा गराएका स्वास्थ्य विमा कार्यक्रमका जिल्ला संयोजक नरबहादुर खड्काले जानकारी दिए । जिल्लामा सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिकामा विमा भएको छ । स्वास्थ्य विमा […]

बकैया गाउँपालिकामा विद्यालयस्तरीय कविता तथा गजल लेखन प्रतियोगिता

हेटौंडा, २६ माघ । झरना साहित्यिक परिवारले शुक्रबार बकैया गाउँपालिकामा विद्यालयस्तरीय कविता तथा गजल लेखन प्रतियोगिता आयोजना गरेको छ । महेन्द्र माविको प्राङ्गणमा भएको कार्यक्रममा गाउँपालिकाका ७ वटा विद्यालयका करिब ६० जना विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए । आगामी फागुनमा हुने झरनाको वार्षिकोत्सव कार्यक्रममा प्रतियोगिताको नतिजा सार्वजनिक तथा पुरस्कार वितरण गरिने बताइएको छ । शुक्रबार […]

बकैया गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगितामा आज वडा नं. ३ र ४ को खेल हुने

मकवानपुर, २४ माघ । मकवानपुरको बकैया गाउँपालिकामा जारी प्रथम बकैया गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगितामा आज वडा नं. ३ र ४ को खेल हुने भएको छ । आज हुने फाईनल खेल बकैया गाउँपालिका वडा नं. ४ जुरेली खेलमैदानमा दिउँसो ३ः०० बजेदेखि शुरु हुने आयोजकले जानकारी दिएको छ । सेमिफाईनल खेलमा वडा नंबर ३ ले वडा […]

भोलि शैक्षिक हड्ताल : ज्वाला

मकवानपुर । विप्लवले नेतृत्व गरेको नेकपाको विद्यार्थी संगठनले भोलि देशभरि शैक्षिक हड्ताल गर्ने भएको छ । मकवानपुर पार्टी संयोजक ज्वालाले बताए अनुसार, मकवानपुरमा पनि विद्यार्थी संगठनले शैक्षिक हड्ताल गर्नेछ । विप्लव आवद्ध विद्यार्थी संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्दू विकलाई झुठा मुद्धा लगाई पक्राउ गरिएको आरोप सो पार्टीनिकट विद्यार्थी संगठनको छ । यससँगै एनसेलले कर छली गरेकोमा […]

‘अब १५/२० दिनमा दमकल आउँछ ’ : मेयर महत

मकवानपुर । हेटौंडा उपमहानगरपालिका मेयर हरिबोल महतले अबको १५/२० दिनभित्र नयाँ दमकल आउने बताएका छन् । तु खबरसँग कुराकानी गर्दै मेयर महतले केही काम बाँकी भएकाले सो पूरा गरी ढिलोमा २० दिनभित्र हेटौंडा उपमहानगरपालिकामा नयाँ दमकल आउने बताएका हुन् । एउटा गतिलो दमकल नहुँदा हेटौंडा उपमहानगरपालिकावासीलाई निकै समस्या पर्ने गरेको छ । केही समय अघि […]

बकैया गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिताको फाईनलमा वडा नं. ३ र  ४

मकवानपुर, २३ माघ । मकवानपुरको बकैया गाउँपालिकामा जारी प्रथम बकैया गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिताको फाईनलमा बकैया वडा नं. ३ र वडा नं.४ भिडने भएका छन् । सेमिफाईनल खेलमा वडा नंबर ३ ले ५ तथा ४ ले र ८ लाई पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । फाईनल खेल बिहिबार हुने आयोजकले जानकारी लिएका छन् […]

वित्तिय साक्षरताले बचत बानीको विकास

मकवानपुर २० माघ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १, धियाल रजुवाकी समुना लोप्चनले आफ्ना घरको आम्दानी तथा खर्चको हिसाब राखेकी छिन् । वर्षभरी घरमा हुने आम्दानी र वर्षभर हुने विभिन्न शिर्षकका खर्चको विश्लेषण उनले गरेकी हुन् । घरमा हुने आम्दानी तथा खर्चको हिसाब निकालि रहँदा आम्दानी भन्दा बढी खर्च हुने देखिएपछि उनले आम्दानी भन्दा […]

बकैया गाउँपालिकाको श्रीपुरमा बृहत साँस्कृतिक कार्यक्रम

मकवानपुर २० माघ । बकैया गाउँपालिकाको श्रीपुरमा बृहत साँस्कृतिक कार्यक्रम गरि ल्होसार मनाइएको छ । तामाङ्ग बाहुल्यता रहेको बकैया गाउँपालिकाको श्रीपुरस्थित टासी छोल्तेन गुम्बामा रास्ट्रीय स्तरका तामाङ कलाकारहरुको विशेष प्रस्तुतीसहित कार्यक्रम गरिएको थियो । प्रदेश ३ सभा सदस्य माननीय प्रेमबहादुर पुलामीले उद्घाटन गरेको कार्यक्रममा नेपाल तामाङ घेदुङ संघका केन्द्रिय सदस्य सुनिल मोक्तान, बकैया गाउँपालिका अध्यक्ष […]

मकवानपुरको बकैयामा आजबाट ‘बकैया गोल्डकप’ सुरु, १२ टिमले सहभागी जनाउने

मकवानपुर १७ माघ । मकवानपुरको बकैया गाउँपालिकामा आजबाट ‘बकैया गोल्डकप’ सुरु हुने भएको छ । बकैया खेलकुद विकास समितिको आयोजनामा आयोजन गरिएको गोल्डकमा गाउँपालिकाका १२ टिमले सहभागि जनाउने भएको छ । ‘बकैया गोल्डकप’ मा प्रथम टिमले नगद ७५ हजारसहित ट्रफि र प्रमाणपत्र पाउने छन् भने दास्रो हुने टिमले नगद ५० हजारसहित ट्रफि र प्रमाणपत्र र […]

गाई मारेको आरोपमा मकवानपुरका तीनजना पक्राउ

मकवानपुर, १५ माघ । गाई मारेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको बकैया गाउँपालिका वडा नंबर १२ का तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बकैया–१२, निगालेका ५४ वर्षीय कृष्णबहादुर गोले, १८ वर्षीय विजय न्यासुर र १८ वर्षकै सुवाश टप्पु रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुलाई सार्वजनिक […]

नेपाल रेडक्रस उपशाखा छतिवनको २३ औं साधारणसभा सम्पन्न

मकवानपुर १२ माघ । नेपाल रेडक्रस सोसाइटी उपशाखा छतिवनको २३ औं साधारणसभा सम्पन्न भएको छ । शनिबार नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति तथा प्रदेश नं. ३ का मुख्य न्यायाधीवक्ता सुर्यचन्द्र न्यौपानेको सभादक्ष्यतामा कार्यक्रम सम्पन्न भएको हो । सभालाई सम्बोधन गर्दै न्यौपानेले रेडक्रस मानवीय संस्था भएकोले यसले मानवीय मर्म बुझेर मात्र काम गर्नुपर्ने बताए । राहत […]