थाहा नगरपालिका

सुखी भविष्य बचतको बचत करिब ६३ लाख, साधारणसभामा ४ जनालाई सम्मान

-मञ्जरी बलामी थाहा नगर, २८ पुस । मकवानपुरको थाहानगरमा अवस्थित सुखी भबिष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत ६२ लाख ८५ हजार ३ सय १ रुपैयाँ पुगेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सहकारी संस्था लिमिटेडको बिहीबार भएको आठौँ बार्षिक साधाराणसभा मार्फत उक्त हिसाब सार्वजनिक गरिएको हो । संस्थाका अध्यक्ष सुरेन्द्रमान प्रधानको सभाध्यक्षतामा भएको […]

रुपचन्द्र बिष्टको ८४ औ जन्मोत्सव थाहा नगरमा धुमधाम, खतिवडादेखि विष्टसम्मले गरे थाहाको चर्चा

–मञ्जरी बलामी मकवानपुर, २६ पुस । ‘उन्नत समाजको निर्माण गराँै, सहयोगी भावनाको बिकास गरौँ’ भन्ने मुल नाराको साथमा रुपचन्द्र विष्टको ८४ औँ जन्मोत्सवको अवसरमा बुधबार उत्तरी मकवानपुरको थाहा नगरपालिकामा तेस्रो थाहा दिवस, चौथो तिर्थदास स्मृति सामाजिक सम्मान तथा जया नारी शिक्षा कोष घोषणा कार्यक्रम सम्पन्न भएको छ । फरक सोचका अभियान्ता जयन्ती रायमाझीको सभाध्यक्षतामा भएको […]

पत्रकार नेगीलाई थाहा पत्रकारिता पुरस्कार

थाहानगर, २६ पुस । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरका युवाहरुको समूह फरक सोच अभियानले हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता तर्फको पुरस्कार यस वर्ष थाहा नगरमा बसेर लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार कुमार नेगीलाई प्रदान गरिएको छ । स्व. रुपचन्द्र विष्टको ८४ औं जन्म जयन्तीको अवसरमा आयोजित एक विशेष कार्यक्रमका बीच पत्रकार नेगीलाई नगद […]

चितुवाको छाला सहित मकवानपुरको पालुङमा एक पक्राउ

मकवानपुर २६ पुस । मकवानपुरको थाहानगरपालिका १ ओखरबजार (पालुङ) स्थित त्रिभुवन राजपथ सडक क्षेत्रबाट हिउँ चितुवाको छालासहित १ जनालाई ईलाका प्रहरी कार्यालय पालुङले नियन्त्रणमा लिएको छ । थाहा नगरपालिका वडा नम्वर ८ बस्ने राजिव थापालाई आज विहान १० बजे विशेष सुचनाको आधारमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । थापाले १४ लाखमा […]

सहकारीबाट विकासमा जोड, संचारकर्मी मञ्जरी बलामीलाई जेहेन्दार विद्यार्थी सम्मान

मकवानपुर, २६ पुस । आफुलाइ सहकार्यमा परिणत गर्नुु र सहकारीबाट बिकास गर्नु आवश्यक भएको नेपाल रेडक्रस सोसाइटी उपशाखा दामनका अध्यक्ष मधुसुदन रायमाझीले बताएका छन् । गौतम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौ बार्षिक साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रहेका रायमाझीले त्यस्तो बताएका हुन् । थाहा नगरपालिका शिखरकोटको बिकासघरमा सम्पन्न भएको छैठौ बार्षिक साधारण […]

थाहा नगरमा जेसिज शौचालयको बिजोग

-मञ्जरी बलामी मकवानपुर, २३ पुस । उत्तरी मकवानपुरको थाहा नगरपालिका रहेको पालुङ जेसिजको शौचालयको बिजोग भएको छ । सेफ्टी ट्यांकी निर्माण गर्न नसक्दा जेसिज शौचालयको बिजोग भएको हो । राजनितिज्ञले भन्दा पनि जेसिजका युवाले सहि र असल नेतृत्व गर्न सक्छन् भनिएता पनि युवा नेतृत्वको विकासकोलागि लागी परिरहेको पालुङ जेसिजको ब्यवस्थापनको कमजोरी प्रति हाल जनमानसले प्रश्न […]

थाहा नगरमा स्वास्थ्य बिमा गर्नेको संख्या न्यून, यस कारण कम भयो बिमा गर्नेको संख्या

–मञ्जरी बलामी मकवानपुर, २० पुस । महँगो बन्दै गएको स्वास्थ्य सेवामा आमनागरिकको पहुँच स्थापित गर्न हरेक नागरिकले ‘स्वास्थ्य बिमा’ मा आबद्ध हुनुपर्ने अवधारणा अनुरुप मकवानपुरमा पनि ‘स्वास्थ्य बिमा’का दर्ता सहयोगीहरु हरेक वडाहरुमा खटिरहेका छन । हाल बिमाबारे उचित ज्ञान नहुदा न्यून प्रतिशतमात्रै बिमितहरु रहेका छन । मकवानपुर जिल्लाभर हालसम्म २७ हजार ८ सय ५८ जनाले […]

मकवानपुरको चित्लाङमा स्थानीयको सहकार्यमा २ किलोमिटर बाटो

–मञ्जरी बलामी मकवानपुर, १८ पुस । उत्तरी मकवानपुरको थाहानगरपालिका वडा नं १० को चित्लाङ कलाटुमा स्थानियको सहकार्यमा २ किलोमिटर सडक खनिएको छ । सामाजिक विकासमा सबै एकजुट भएपछि रकम संकलन गरि विकास निर्माणको कार्य सुरु गदै कलाटुवासीले उदाहरणिय कार्य गरेका छन् । आवतजावतमा समस्या भएका कारण स्थानिय सिद्धिकुमार गमालको परिकल्पना अनुसार सडक निर्माण कार्य सूरु […]

होटल व्यवसायीको लागि डटेर लाग्छु : निप्पु सर्राफ

मकवानपुर १२ पुस । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा मकवानपुर होटल एशोसिएसनको तर्फबाट होटल व्यवसायीको प्रतिनिधित्व गर्दै निप्पु सरार्फले उद्योग तर्फको सदस्यमा आफ्नो उम्मेदवारी दिएका छन् । होटल एशोसिएसन मकवानपुरको एकमात्र प्रनितिधि रहेका उनी होटल व्यवसायमा पछिल्लो समय निकैनै समस्या देखिएको कारण आफु त्यसको निराकरणको लागि मउवा संघमा रहनु आवश्यक रहेको बताउँछन् । लाएन्स […]

नव आगन्तुक विद्यार्थीलाई स्वागत

थाहा नगर, ११ पुस । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटिबाट सम्बन्धन प्राप्त उत्तरी मकवानपुरकै पहिलो श्री स्वच्छन्द भैरब माध्यामिक विद्यालयमा नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । विद्यालयका डिप्लोमा ईन फरेष्टि साईन्स दोस्रो वर्षमा अध्ययरत विद्यार्थीले सोमबार पहिलो वर्षका विद्यार्थीलाइ स्वागत गरेको थाहानगरबाट संचारकर्मी मञ्जरी बलामीले जानकारी दिईन् । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद दाहालको […]

मकवानपुर थाहा नगरका २ जना काठमाडौँमा पक्राउ

काठमाडौं, ५ पुस । मकवानपुरको थाहा नगरपालिका–१ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–११ गुर्जुधारा डेरा गरी बस्ने २६ वर्षीय सुर्यबहादुर थिङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ३ के.जि.५ सय ग्राम गाँजाको धुलो सहित प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । शंकास्पद रुपमा बाटोमा हिँडीरहेका थिङलाई मंगलबार जाँच गर्ने क्रममा उनले बोकेको झोलाबाट […]

पालुङ जेसीजमा विजयको नेतृत्व

थाहा नगर, मकवानपुर, ३ पुस । पालुङ जेसीजको वर्ष २०१८ का अध्यक्षमा विजय श्याम अमात्य निर्विरोध चुनिएका छन् । आईतबार राती अबेरसम्म भएको बन्द सत्रबाट अमात्य आगामी कार्यकालको नेतृत्व लिन सफल भएका हुन् । अध्यक्षमा निर्वाचित भएपछी अमात्यले जेसिज अभियानलाई सार्थक बनाउनका लागि भोटर नभई मेम्बर बनाउन जरुरी रहेको बताउँदै भोटर बनाउने परिपाटिलाई अन्त्य गर्नको […]

त्रिभुवन राजपथ दिनभर अवरुद्ध

मकवानपुर, मंसिर २५ । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहा नगरपालिका ३ शिखरकोटमा ट्रिपर विग्रदा दिनभर सडक अबरुद्ध भएको छ । आज विहान करिब ५ बजेको समयमा टिपरको टायरमा समस्या आई सडकमा नै विग्रीएपछि बाटो दिनभर नै अवरुद्ध भएको हो । छेउको भागमा ट्रिपर विग्रिएर बसेकोले भित्ताको साईडबाट सवारी आवत जावत गर्ने प्रयास हुँदा भित्तामा पनि […]

मकवानपुरको आग्रामा ६ जना म्यादी प्रहरीको बिचल्ली

मकवानपुर, २१ मंसिर । मकवानपुरको क्षेत्र नम्बर २ अन्तर्गत साविक आग्रा ७ देउखेलमा ६ जना म्यादी प्रहरी अलपत्र परेको स्थानीयले बताएका छन् । त्यहाँस्थित सरस्वती मावि मतदान केन्द्रमा कमाण्डरले छोडेर गएपछि उनीहरुको बिचल्ली भएको छ । स्थानीयका अनुसार असई तेजनारायण यादवको कमाण्डमा खटिएको ९ जना म्यादी प्रहरीसहित १४ जना सुरक्षाकर्मीमध्ये ६ जनालाई त्यहीँ नै छोडेर […]

नयाँ शक्तिका उम्मेदवार ध्रुवराज ढकालद्वारा मतदान

थाहा नगर, २१ मंसिर । नयाँ शक्ति पार्टीका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा क का उम्मेदवार ध्रुवराज ढकालले थाहा नगरपाकिलामा मतदान गरेका छन् । उनले थाहा नगरपालिका वडा नम्बर २ सरस्वती निमावि अङ्गारे मतदाता केन्द्रबाट मतदान गरेका हुन् । उक्त मतदान केन्द्रमा जम्मा १३ सय ४० जना मतदाताले मतदान गर्ने छन् । दुई […]

लोकतान्त्रिक गठबन्धनलाई जिताउनुहोस्, सुरुङमार्ग सरकारले बनाउँछ : प्रधानमन्त्री शेरबहादुर देउवा

मकवानपुर, १४ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा मकवानपुरको थाहा नगरपालिकामा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभामा सहभागी हुन आइपुगेका छन् । उनले प्रमुख अतिथिको रुपमा बोल्दै मकवानपुरमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई भारी मतले विजयी गराउन आग्रह गरे । लोकतान्त्रिक गठबन्धनले जिते सुरुङमार्ग सरकारले नै बनाउने दावी समेत गरे । लोकतान्त्रिक गठबन्धन निर्वाचन क्षेत्र नं. २ चुनाव […]

थाहानगरलाई पर्यटकीय क्षेत्र बनाइने : डीना उपाध्याय

हेटौंडा, १४ मंसिर / नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले थाहानगरपालिकालाई पर्यटक स्थलको रुपमा विकास गर्ने बताइन् । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्तर्गत बुधबार थाहानगरपालिका ५ स्थित साविक दामनको पिङ डाँडामा भएको कोणसभामा डिनाले आन्तरिक तथा बाह्य पर्यटकहरु मनोरञ्जन लिनको लागि दामन आउने भएकाले यस क्षेत्रलाई पर्यटक […]

शिखरकोटमा बाम गठबन्धनको चुनावी सभा

हेटौंडा,११ मंसिर/ बम गठबन्धनको मकवानपुरको उत्तरी थाहा नगरपालिकास्थित शिखरकोटमा चुनावी सभा भएको छ । सभामा बोल्दै मकवानपुर २ प्रतिनिधिसभा सदस्य उम्मेदवार बिरोध खतिवडाले थाहा नगरले सत प्रतिशत मत बाम गठबन्धलाई दिएर देशमै उदाहरण बन्नुपर्ने बताए । बाम गठबन्धनको किल्ला रहेको थाहा नगरले नमुना नगर बनेर अरुलाई पाठ सिकाउनुपर्ने बताए । भेलामा बोल्दै मकवानपुर२(क) प्रदेश सभा […]

चोरीको मोटरसाईकलसहित १ जना पक्राउ, २ जना आरोपीको खोजी हुँदै

मकवानपुर, ७ मंसिर । चोरी गरिएको मोटरसाईकलसहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान करिब १० बजे मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ बस्ने २० वर्षीय सिंहबहादुर मोक्तानलाई पक्राउ गरिएको हो । घटनामा संलग्न भएका आरोप लागेका दुई जनाको प्रहरीले खोजी गरिरहेको छ । बिहीबार ईलाका प्रहरी […]

थाहामा कृषिको आधुनिकीकरण र पर्यटनमा जोड

थाहा नगर, २८ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले आर्थिक समृद्धि लागि मकवानपुरको थाहानगरलाई कृषिको आधुनिकीकरणको रुपमा बिकास गर्नुपर्ने बताएकी छिन् । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानअन्तर्गत मंगलबार थाहानगरपालिका–५ स्थित सानो फाखलमा प्रचार प्रसार समितिको वडा कार्यालय उद्घाटन गर्दै उनले कृषि अर्थतन्त्रको मेरुदण्डको रुपमा […]