थाहा नगरपालिका

व्यवस्थित बनाइँदै दामनको सेल्फीडाँडा

मकवानपुर ९ फागुन । पर्यटकीय केन्द्रै थाहानगर दामनमा पर्यटन प्रवद्र्धनका लागि स्थानिय एक भएका छन् । दामनबासी पर्यटकलाई आकर्षित गर्ने गरी भ्यु तथा भिजिन प्वाइन्ट निर्माण गरी दामनलाई दामी बनाउन एकजुट भएका छन् । दामन बजार व्यवस्थापन समिति तथा एभरेष्ट युुवा विकास क्लबको आयोजनामा दामनमा भएको भेलामा स्थानियले दामनमा पर्यटकलाई कसरी आकर्षित गर्ने भन्ने विषयमा […]

नेता बानियाँद्वारा स्वर्गीय पिताको स्मृतिमा बज्रबाराही स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण

मकवानपुर, ७ फागुन । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँद्वारा थाहा नगरपालिका–६ स्थित बज्रबाराही स्वास्थ्यचौकीलाई प्रजातन्त्र दिवसका दिन मंगलबार स्वर्गीय पिता क्षेमबहादुरको स्मृतिमा एम्बुलेन्स र सुरुमा संचालनको लागि ५० हजार रुपियाँ हस्तान्तरण गरेका छन् । बज्रबाराही स्वास्थ्यचौकी व्यवस्थापन समितिका उपाध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको सभाध्यक्षता एवं नेपाली कांग्रेस ३ […]

कर्तव्य ज्यानमुद्धामा फरार मकवानपुरका विष्ट पक्राउ

मकवानपुर १ फागुन । ईलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरबाट खटिएको प्रहरी टोलिले मकवानपुर थाहा नगरपालिका वडा नं ३ शिखरबोट बजारबाट मंगलबार कर्तव्य ज्यानमुद्धामा फरार एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बसामाडी घर भई हाल थाहा नगरपालिका वडा नं ३ घर्तिखोला बस्ने ३९ वर्षिय आशिस भन्ने ईश्वर विष्ट रहेका छन् । २०६१ साल माघ […]

गाउँपालिकामा मनलाग्दी : आधिकारिक धारणा कस्ले राख्ने हो ?

मकवानपुर । गाउँपालिकाहरुले आफ्ना कार्यालयको आधिकारिक धारणा को मार्फत् सार्वजनिक गर्ने भन्ने निक्र्यौल नगर्दा अध्यक्ष, उपाध्यक्ष, वडा सदस्य सबैले मनलाग्दी बोल्दै हिड्न थालेपछि यसले अन्यौल सिर्जना गरेको छ । गाउँपालिकाभित्र दीर्घकालिन असर पर्ने विषयहरुमा समेत निर्वाचित जति सबैले आफूलाई लागेको कुरा बोल्दै हिड्न थालेका छन् । गाउँपालिकाको धारणा कसले सार्वजनिक गर्ने हो, अहिले पनि अन्यौलै […]

मकवानपुरमा ७७ हजारले गराए स्वास्थ्य विमा

मकवानपुर २७ माघ । मकवानपुर जिल्लामा ७७ हजार जनाले स्वास्थ्य विमा गराएका छन् । स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत जिल्लाको १३ हजार ४ सय १२ परिवारका ७७ हजार २ सय ८७ जनाले बीमा गराएका स्वास्थ्य विमा कार्यक्रमका जिल्ला संयोजक नरबहादुर खड्काले जानकारी दिए । जिल्लामा सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिकामा विमा भएको छ । स्वास्थ्य विमा […]

दामन र सिम्भञ्ज्याङमा फेरि हिमपात, पर्यटकको चहलपहल बिहानैबाट

मकवानपुर २६ माघ । मकवानपुरको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिकामा फेरी हिमपात भएको छ । शुक्रबार दिनैभरी हल्का बर्षा भएको र त्यसपश्चात हिमपात भएको हो । थाहा नगरको दामन सिम्भञ्ज्याङ लगाएतका स्थानमा हिमपात भएको थाहानगरस्थित पत्रकार मञ्जरी बलामीले जानकारी दिईन् । उनका अनुसार हिमपातपछि सिम्भञ्जाङ र दामनको मौषम निकै चिसो छ । राती केहि समय हिमपात भएको […]

भोलि शैक्षिक हड्ताल : ज्वाला

मकवानपुर । विप्लवले नेतृत्व गरेको नेकपाको विद्यार्थी संगठनले भोलि देशभरि शैक्षिक हड्ताल गर्ने भएको छ । मकवानपुर पार्टी संयोजक ज्वालाले बताए अनुसार, मकवानपुरमा पनि विद्यार्थी संगठनले शैक्षिक हड्ताल गर्नेछ । विप्लव आवद्ध विद्यार्थी संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्दू विकलाई झुठा मुद्धा लगाई पक्राउ गरिएको आरोप सो पार्टीनिकट विद्यार्थी संगठनको छ । यससँगै एनसेलले कर छली गरेकोमा […]

‘अब १५/२० दिनमा दमकल आउँछ ’ : मेयर महत

मकवानपुर । हेटौंडा उपमहानगरपालिका मेयर हरिबोल महतले अबको १५/२० दिनभित्र नयाँ दमकल आउने बताएका छन् । तु खबरसँग कुराकानी गर्दै मेयर महतले केही काम बाँकी भएकाले सो पूरा गरी ढिलोमा २० दिनभित्र हेटौंडा उपमहानगरपालिकामा नयाँ दमकल आउने बताएका हुन् । एउटा गतिलो दमकल नहुँदा हेटौंडा उपमहानगरपालिकावासीलाई निकै समस्या पर्ने गरेको छ । केही समय अघि […]

अपडेट : संयोजक ज्यू ! सिम्भञ्ज्याङ बजार अनुगमन कहिले हुन्छ ?

मकवानपुर १३ माघ । मकवानपुरको पर्यटकिय क्षेत्रको रुपमा परिचित सिम्भञ्ज्याङमा हिमपात शुरु भएपछि होटेल व्यवसायीहरुले सर्वसाधारणलाई चर्को मूल्य अशुल्ने गरेको खुलेको छ । होटेल व्यवसायीहरुले मूल्यसुचिबिनानै खानाको दोब्बर मुल्य अशुल्ने गरेका छन् । शनिवार मकवानपुरका संचारकर्मीहरुको टोलीलाई इच्छापूर्ण होटेल एण्ड लजले खानाको दोब्बर मुल्य लिएको छ । त्यसोत होटेलले बेच्ने खाना पनि गुणस्तरहिन रहेको गुनासो […]

हिउँ खेल्न सिम्भञ्ज्याङ् जाँदै हुनुहुन्छ ? ‘ईच्छापूर्ण’ नामक होटेलदेखि सावधान !

सन्देश थिङ मकवानपुर १३ माघ । मकवानपुरको उत्तरी क्षेत्रमा हिँउ खेल्ल जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने त्यहाँका होटेल व्यवसायीदेखि सावधान । खानाखानु पहिले होटेलको सरसफाई र मुल्य पहिलेनै तय गरेर मात्रै खानुस् नत्र फस्नुहुन्छ । हिमपात पश्चात सिम्भञ्ज्याङका होटल व्यवसायिहरुले ब्रम्हलुट मच्चाईरहेका छन् । अहिले आन्तरिक र बाह्य पर्यटकहरुको चहलपहल अत्याधिक बढेको छ […]

हिमपात भएपछि शनिबार बिहानैबाट सिम्भञ्ज्याङ जाने पर्यटकको लर्को

मकवानपुर १२ माघ । मकवानपुरको उत्तरीक्षेत्र सिम्भञ्ज्याङमा हिमपात भएपछि मकवानपुर र बाहिर जिल्लाका पर्यटकहरुको आवागमन बढेको छ । हिमपात भएसंगै अहिले दामन, पालुङ, सिम्भञ्ज्याङ, शिखरकोट लगाएतका वासिन्दाको जिवन केहि कष्टकर पनि बनेको छ । उत्तरीक्षेत्रस्थित संचारकर्मीहरुका अनुसार निकै बर्षपछि ठूलो हिमपात भएको छ । हिमपात पश्चात हिजोनै आन्तरिक तथा बाह्य पर्यटकको घुईचो सिम्भञ्ज्याङ्मा देखिएको थियो […]

दामनमा हिउँ पर्यो, पर्यटकहरुको चहलपहल बढ्दो

मकवानपुर, ९ माघ । मकवानपुरको थाहा नगरपालिका स्थित सिमभञ्ज्याङ् र दामनमा आज हिमपात भएको छ । विहानदेखि हिमपात सुरुभएको स्थानिय बासिन्दाले जानकारी दिएको छ । मकवानपुरको पर्यटकीय गन्तव्यको रुपमा चर्चित दामन , सिमभञ्ज्याङ् लगायतका स्थानमा हिमपात सुरु भएसंगै पर्यटकहरुको चलपहल पनि बढेको छ । दामनमा हरेक वर्ष हिमपात भएको बेला आन्तरीक पर्यटकहरुको उल्लेखनिय आवगमन हुने […]

किशोरीलाई हातपात गर्न खोजेको अभियोगमा मकवानपुरको एक जना पक्राउ 

मकवानपुर, ८ माघ । मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा ३ जना किशोरीहरुलाई हातपात गर्न खोजेको अभियोगमा सोमबार मकवानपुरको एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका-१०, बिसुनखेल बस्ने ३० वर्षीय पुष्कर अधिकारी रहेको प्रहरीले जनाएको छ । उनलाई थाहा नगरपालिका-१०, नौखण्डेस्थित नाटेश्वर माविमा अध्ययन गरी घर फर्किने क्रममा कक्षा ९ र […]

संचारकर्मी ढकालको स्मृतीमा पालुङमा पनि शोकसभा

मकवानपुर ७ माघ । रेडियो पालुङले सञ्चारकर्मी मनोहर ढकालको १३ दिनको पुण्यतिथिमा शोकसभाको आयोजना गरेको छ । ढकालले संचारयात्राको शुरुवात रेडियो पालुङबाट गरेको समेत स्मरण गर्दै रेडियोले उनको सम्झनामा मौनधारण र उनको तस्वीरमा माल्यार्पण समेत गरेको हो । शोकसभामा मकवानपुरका ३ वटा रेडियोको संयुक्त पहलमा मनोहर स्मृति पुरस्कारको समेत स्थापना गर्ने घोषणा गरिएको छ । […]

विष्टको दर्शनलाई व्यवहारमा उतारे मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने : प्रविधिमन्त्री पोखरेलले

थाहानगर २६ पौष । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको दर्शनलाई व्यवहारमा उतारे मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले बताएका छन् । विष्टको दर्शनलाई कार्यान्वयनमा ल्याउनु भन्दापनि उनको चर्चा गर्नेहरुको मात्र भिड बढिरहेको सन्दर्भमा रुपचन्द्र विष्ट सम्झाउने कार्यक्रमप्रति युवाहरुको सक्रियता बढ्नु सकारात्मक भएको बताए । रुपचन्द्र विष्टको ८५ […]

मकवानपुरको उत्तरी क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

मकवानपुर २३ पौष । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाका अधिकाँश स्थानमा हिमपात भएको छ । आज बिहानैदेखि हिमपात भएको थाहा नगरका सञ्चारकर्मीहरुले जनाएका छन् । थाहा नगरको सिमभञ्याङ् र दामनमा हिमपात भएको हो । त्यसैगरी चन्द्रागिरिको भालेस्वर डाँडामा पनि हिमपात भएको छ । हिमपात भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरु आउन थालेका छन् । हिमपात भयो […]

रामबहादुर बम्जन उर्फ लिटिल बुद्धले के के मच्चाए बितण्डा ?

मकवानपुर १३ पौष । बारा जिल्लाको रतनपुर गाविसमा रहेको सामुदायिक बनमा तपस्या गरेर आफु ‘लिटिलबुद्ध’ हुँ भन्दै जनतालाई भ्रममा पार्दै आइरहेका रामबहादुर बम्जन विरुद्ध उजुरी परेको छ । मकवानपुरका २ जनालाई बेपत्ता पारेको भन्दै उनीविरुद्ध मकवानपुर प्रहरीमा उजुरी परेपछि अहिले प्रहरीले उनलाई खाजेर पक्राउ गर्ने प्रयास गरिरहेको छ । सुरुवाती चरणमा तपस्या गरेर बसेका भनिएका […]

पालुङ जेसीजको अध्यक्षमा कुमार नेगी चयन

हेटौँडा,३ पौष । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको पालुङ जेसीज सन् २०१९ को अध्यक्षमा कुमार नेगी चयन भएका छन् । आज बिहान सम्पन्न मत परिणाममा नेगीले प्रत्यासी विकाश भण्डारीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हन् । त्यसैगरी कार्यकारी उपाध्यक्षमा सानुबाबु मुक्तान, रुपचन्द्र गोपाली, उपाध्यक्षहरुमा दिपा बल, अनिता विष्ट, संगम कार्की तथा शुसान्त गोपाली चयन भएका […]

लागूऔषध चरेससहित मकवानपुरको एक जना पक्राउ

काठमाडौं १८ मंसिर । महानगरीय प्रहरी वृत्त, थानकोटले ४ किलो लागूऔषध चरेससहित मकवानपुरको एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ का १९ वर्षीय श्यामलाल तामाङ रहेका छन् । गोप्य सूचनाका आधारमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ५६७ नम्बरको बसमा तामाङलाई चरेससहित पक्राउ गरिएको हो । तामाङलाई पक्राउ गरी थप […]

१४ बर्षदेखि हेटौंडाको वाशुदेव सभागृह बेरोजगार ! प्रदेश सरकार किन लाचार ?

बलराम पुडासैनी मकवानपुर १२ मसिंर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा रहेको वाशुदेव सभागृह १४ बर्षदेखि बेरोजगार छ । वि.स. २०६० सालमा हेटौंडा नगरपालिकाका तत्कालिन नगरप्रमुख मधु अधिकारीको पहलमा निर्माण शुरु गरिएको वाशुदेव सभागृह अहिलेसम्म पनि निर्माणाधिन अवस्थामै छ । त्यसबेला विभिन्न कार्यक्रम वा सभासम्मेलन गर्नका लागि सभाहलको आवश्यकता महशुस भएपछि तत्कालिन नगरप्रमुख मधु अधिकारीको पहलमा सभागृह […]