थाहा नगरपालिका

मकवानपुरकी महर्जन अटो चलाएर गुजारा चलाउँदै

मकवानपुर । विश्वभर कोभिड–१९ को भाइरस सङ्क्रमणका कारण बन्दाबन्दी बेहोर्नु नपरेको भए उनलाई थप सात महिना बिनापारिश्रमिक विदेशमा बस्नुपर्ने थिएन । विदेशमा अलपत्र नेपालीको सूची बनाएर नेपाल फर्काउने सरकारको निर्णयले मकवानपुरको थाहा नगरपालिका–६ बज्रबाराहीकी ३१ वर्षीया श्रमिता महर्जनलाई ठूलो राहत मिल्यो । जसोतसो नेपाल फर्किएपछि उनलाई त्यत्तिकै बस्न मन लागेन । आम्दानीका लागि केही त […]

राणाकालमा भीमफेदीदेखि काठमाडौंसम्म गाडी बोक्ने घलानको निधन

मकवानपुर । तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर भित्र्याउनेमध्ये हिराबहादुर घलानको निधन भएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय घलाको गएराति निधन भएको हो । घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरुको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ । दुई वर्षअघि थाहा–५ कै जुक्तबहादुर वाइबाको निधनपछि घलान मात्र […]

छविको क्यामेरामा कैद मकवानपुरका यी लोभलाग्दा तस्वीर !

मकवानपुर । कोरोना प्रकोपले थलिएको पर्यटनलाई उकास्न आन्तरिक पर्यटन प्रबद्र्धनका लागि मकवानपुरमा प्रशस्तै सम्भावनाहरु छन् । त्यसमध्येको एउटा सम्भावना बोकेको क्षेत्र थाहा नगरपालिका तथा इन्द्रसरोवर र भीमफेदी गाउँपालिकाको संयुक्त पर्यटन हो । बागमती प्रदेशको राजधानी हेटौंडा आउने आन्तरिक पर्यटकलाई लक्षित गरी एकदिने पर्यटन रुटको विकास गर्न सकिन्छ । यसमा त्रिभुवन राजपथको लामिडाँडा, रानीभन्ज्याङ हुँदै सिमभन्ज्याङ, […]

मकवानपुर–२ मा ४ करोड

मकवानपुर । प्रतिनिधिसभा सदस्य विरोध खतिवडाको संयोजकत्वमा गठित स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिले चार करोड रुपैयाँ बराबरका विभिन्न योजना छनौट गरी कार्यान्वय प्रकृया अघि बढाउने निर्णय गरेको छ । सांसद खतिवडाको संयोजकत्वमा बसेको बैठकले मकवानपुर क्षेत्र नं.२ अन्तरगत मनहरी, राक्सिराङ, कैलाश, भीमफेदी, इन्द्रसरोवर, मकवानपुरगढी गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहानगरपालिकामा विभिन्न योजनाका लागि रकम […]

अस्पताल भवनको निर्माण तोकिएको समयमै सम्पन्न गर्न सांसद खतिवडाको आग्रह

मकवानपुर । प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लगानीमा मकवानपुरका ५ वटा स्थानीय तहमा निर्माण हुन लागेको अस्पतालका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको बताएका छन् । थाहा नगरपालिकामा १५ शैय्याको अस्पताल भवनको शिलान्यास गर्दै खतिवडाले निर्माणको काम तोकिएको समयमै सम्पन्न गर्नुपर्ने र त्यसका लागि जस्तोसुकै सहयोग गर्न आफु तयार रहेको बताए […]

मकवानपुरको पाँच स्थानीय तहमा १५ श्ययाको अस्पताल भवन शिलान्यास

मकवानपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लगानीमा मकवानपुर जिल्लाको पाँच स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल भवनको छुट्टाछुट्टै शिलान्यास गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरका अनुसार, सोमबार जिल्लाको थाहा नगरपालिका र मनहरी गाउँपालिकामा १५/१५ श्ययाको अस्पतालको शिलान्यास भएको छ । त्यस्तै, जिल्लाको कैलाश र राक्सिराङ गाउँपालिकामा १०/१० श्ययाको र इन्द्रसरोवर गाउँपालिकामा पाँच श्ययाको अस्पताल […]

मकवानपुरका रविन्द्र गोपालीले संचालन गरेको फर्निचर पसलमा आगलागी

मकवानपुर । मकवानपुरको थाहानगरपालिका वडा नम्बर ३ सुन्दरबस्तीमा रहेको एक फर्निचर पसलमा आगलागी भएको छ। मंंगलबार बिहान थाहानगरपालिका–३ सुन्दर बस्तिमा रविन्द्र गोपालीले संचालन गरेको आरती फर्निचर पसलमा आगलागी भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। प्रहरीका अनुसार, आगलागीबाट मानबीय र ठूलो धनजनको क्षति भएको छैन । आगो के कारणले लागेको भन्ने विषयमा नखुलेको प्रहरीले जनाएको […]

मकवानपुरका ६७३ घरमा खरको छानो विस्थापित हुने

मकवानपुर । नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत मकवानपुरका ६७३ विपन्न परिवारको घरमा खरको छानो विस्थापित हुने भएको छ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ अन्तरगतका हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका, राक्सिराङ, ईन्द्रसरोवर, भीमफेदी र मकवानपुरगढी गाउँपालिकामा गरी ६७३ घरमा खरको छानो विस्तापित हुने भएको हो । आइतबार जिल्ला समन्वय समिति मकवानपुरमा बसेको […]

मकवानपुरमा सोमबार बिहानै थपिए ३५ जना कोरोना संक्रमित, कहाँ कति ?

मकवानपुर । मकवानपुरमा सोमबार बिहानै ३५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईका अनुसार, मकवानपुरमा सोमबार बिहान १६ महिला र १९ पुरुष गरी ३५ जना कोरोना संक्रमित थपिएका हुन् । मंसिर ७ गते किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा ७७ जनाको स्वाब परीक्षण गर्दा ३५ जनामा कोरोना […]

मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुग्यो

मकवानपुर । मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २८ जना पुगेको छ । सोमबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ जना पुगेको हो । जसमध्ये हेटौंडाका २१ जना, थाहा, बकैया, मनहरीका २/२ जना र बागमती गाउँपालिकाका १ जना रहेका छन् । सोमबार संक्रमणका कारण मकवानपुरको […]

मकवानपुरका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि, सबैभन्दा धेरै हेटौंडाका (विवरणसहित)

मकवानपुर । मकवानपुरका थप ३९ जनामा कोरोना भाइरस (काभिड–१९) संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका थप ३९ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए । उनका अनुसार, कात्तिक २३ गते संकलन गरिएको स्वाबको हेटौंडा–१० स्थित उक्त प्रयोगशालामा परीक्षण गर्दा ११ […]

गाउँभर दुहुना भैँसी, मासिक दुई लाख आम्दानी

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१२ स्थित जगडाँडाका किसान भैँसीपालनतर्फ आकर्षित भएका छन् । नगरपालिकाले भैँसी खरिदमा २५ प्रतिशत अनुदान र कृषि विकास कार्यालयले चार प्रतिशत सहुलित व्याजदरमा ऋण उपलब्ध गराएपछि जगडाँडाका २० परिवारले एकैपटक २० वटा दुहुनु भैँसी किनेका छन् । पच्चीस घरधुरी रहेको गाउँमा ज्येष्ठ नागरिकले नेतृत्व गरेका बाहेक सबैले करिब रु डेढ लाख […]

मकवानपुरमा बुधबार बिहानै थपिए ४० कोरोना संक्रमित, कहाँ कति ?

मकवानपुर । मकवानपुरमा बुधबार बिहान ४० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईका अनुसार, १७ महिला र २३ पुरुष गरी ४० जना कोरोना संक्रमित थपिएका हुन् । कार्तिक १७ गते संकलन गरिएको स्वाबको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य अधिकृत […]

थाहा नगरपालिका–११ नम्बर वडा कार्यालयद्वारा वडाध्यक्षका बाबु अष्टमान बलको सालिक निर्माण

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका ११ नम्बर वडा कार्यालयले वडाध्यक्ष किरणमान बलको बाबुको सालिक निर्माण गरेको छ । कार्यालयले वडा कार्यालय अगाडि वडाध्यक्ष बलको बाबु अष्टमान बलको सालिक निर्माण गरेको हो । मकवानपुरको थाहानगरपालिका वडा नम्बर ११ टिष्टुङ, नौखण्डेस्थित वडा कार्यालय अगाडि निर्माण गरिएको उक्त सालिकको अनावरणसमेत गरिएको छ । थाहाको टिष्टुङ क्षेत्रको पहिचानका लागि […]

प्रतिबन्धित जडिबुट्टीसहित मकवानपुरका तीन जना प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले अवैध रुपमा ओसारपसार गरिरहेको अवस्थामा प्रतिबन्धित जडिबुट्टी बोकेको ट्रकसहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार ईलाका प्रहरी कार्यालय पालुङ र डिभिजन वन कार्यालय पालुङ मकवानपुरको टोलीले अवैध रुपमा जडिबुट्टी ओसारपसार गरिरहेको अवस्थामा बा ४ ख ९६३२ नम्बरको ट्रकसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ट्रक चालक थाहा नगरपालिका–७ […]

मकवानपुरमा थपिए ४० जना कोरोना संक्रमित

मकवानपुर । मकवानपुरमा ४० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । बुधबार दिउँसो १३ महिला र २६ पुरुष गरी मकवानपुरमा ४० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए । स्वास्थ्य अधिकृत चौलागाईका अनुसार, असोज २६ गते संकलन गरिएको स्वाबको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरमा […]

मकवानपुरका थप ४ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३ जना र थाहानगरपालिकाका एक जना रहेका छन् । उनीहरुमा चितवनमा गरिएको परिक्षणमा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा हेटौंडा– २ का २५ वर्षीय पुरुष, हेटौंडा–१२ का ४१ वर्षीय पुरुष र हेटौंडा–१३ का ६३ वर्षीय एक […]

मकवानपुरका थप १० जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरका थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालयको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले मंगलबार बिहान सार्वजनिक गरेको रिपोर्ट अनुसार, मकवानपुरका थप १० जनामा कोरोना पुष्टि भएको हो । असोज १८ गते संकलन गरिएको स्वाबको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा परीक्षण गर्दा मकवानपुरका १ […]

मकवानपुरमा थपिए ३४ कोरोना संक्रमित

मकवानपुर । मकवानपुरमा बुधबार बिहान ३४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य अधिकृतभोला प्रसाद चौलागाईका अनुसार मकवानपुरमा बुधबार बिहान १४ महिला र २० पुरुष गरी ३४ जना कोरोना संक्रमित थपिएका हुन् । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणको मकवानपुरमा ३४ जना कोरोना संक्रमित थपिएको हो । स्वास्थ्य अधिकृत चौलागाईका […]

थाहा नगरपालिकाले सर्वदलीय बैठकमा सिमित दललाई मात्रै सहभागि गराएकोमा प्रतिपक्ष अन्तरपार्टी संजालको आपत्ति

मकवानपुर । राजनैतिक रुपमा सक्रिय दलहरुमध्ये प्रतिपक्षमा रहेका दलहरुबीच गठन गरिएको प्रतिपक्ष अन्तरपार्टी संजाल थाहानगरपालिकाले नगरपालिकाद्वारा आह्वान गरेका सर्वदलीय बैठकमा सिमित दललाई मात्रै सहभागिता गराएकोमा आपत्ति जनाएको छ । नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र विवेकशील साझा पार्टीबीच गठन संजालले सो कुराको आपत्ती जनाउँदै नगरपालिकाद्वारा आह्वान गर्ने आगामी बैकठमा आफुहरुलाई […]