कैलाश गाउँपालिका

मकवानपुरको कैलाशमा खोटोसहित ट्रक नियन्त्रणमा

मकवानपुर ३० पौष । मकवानपुरको कैलाश गाउँपालिकामा भइरहेको सल्लाको खोटो संकलन तथा निकासी कार्यप्रति गाउँपालिकाले चासो देखाएको छ । गाउँपालिकासँग समन्वय नगरीकन अनाधिकृत रुपमा खोटो संकलन भएको भन्दै गाउँपालिकाले प्रहरीसँग समन्वय गरी एउटा ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । गाउँपालिकामा सुचिकृत नभइकनै खोटो संकलनकर्ताले जथाभावी खोटो संकलन गरिरहेको पाइएपछि आइतबार खोटो लोड भएको एउटा […]

नगर सभापति पराजुलीले गरे १ सय ५० विद्यार्थीलाई न्यानो कपडा वितरण

भार्ता,२९ पौष । मकवानपुरको विकट कैलाश गाउँपालिका वडा नं. ८ भार्ता ल्वाङ्गास्थित सुन्दरकाली प्रा.वि.का १ सय ५० विद्यार्थीलाई आईतबार न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण गरिएको छ । विद्यालय व्यवसथापन समितिका अध्यक्ष सिताराम थिङ्गको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा जाडोमा लाउने न्यानो कपडा स्वीटर, टोपी र स्टेसनरी सामाग्रीहरु वितरण […]

रामबहादुर बम्जन उर्फ लिटिल बुद्धले के के मच्चाए बितण्डा ?

मकवानपुर १३ पौष । बारा जिल्लाको रतनपुर गाविसमा रहेको सामुदायिक बनमा तपस्या गरेर आफु ‘लिटिलबुद्ध’ हुँ भन्दै जनतालाई भ्रममा पार्दै आइरहेका रामबहादुर बम्जन विरुद्ध उजुरी परेको छ । मकवानपुरका २ जनालाई बेपत्ता पारेको भन्दै उनीविरुद्ध मकवानपुर प्रहरीमा उजुरी परेपछि अहिले प्रहरीले उनलाई खाजेर पक्राउ गर्ने प्रयास गरिरहेको छ । सुरुवाती चरणमा तपस्या गरेर बसेका भनिएका […]

मकवानपुरको कैलाश गाउँपालिकामा कृषि प्रदर्शनी मेला शुरु

हेटौंडा ७ पौष । मकवानपुरको कैलाश गाँउपालिका–३, कालिकामाईमा दुई दिने कृषि प्रदर्शनी मेला शुरु भएको छ । गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा दुई दिने कृषि प्रदर्शन मेला आजदेखि शुरु भएको हो । कृषकलाई कृषि क्षेत्रमा आकर्षित गर्ने प्रबद्धनमा सहयोग पुग्ने उद्देश्यका साथ मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।

निर्माण व्यवसायी संघ मकवानपुरले गर्यो कैलाश गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर

मकवानपुर २१ मसिंर । ११ औं निर्माण दिवसको अवसर पारी निर्माण व्यवसायी संघ मकवानपुरले मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर १० मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कैलाश गाउँपालिकाको कुमलटार बेतीनीमा शिविर सञ्चालन गरिएको संघका अध्यक्ष स्याम ढकालले जानकारी दिए । उनले दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर गर्दा प्रभावकारी हुने र जनताको स्वास्थ्य अवस्थामा समेत […]

१४ बर्षदेखि हेटौंडाको वाशुदेव सभागृह बेरोजगार ! प्रदेश सरकार किन लाचार ?

बलराम पुडासैनी मकवानपुर १२ मसिंर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा रहेको वाशुदेव सभागृह १४ बर्षदेखि बेरोजगार छ । वि.स. २०६० सालमा हेटौंडा नगरपालिकाका तत्कालिन नगरप्रमुख मधु अधिकारीको पहलमा निर्माण शुरु गरिएको वाशुदेव सभागृह अहिलेसम्म पनि निर्माणाधिन अवस्थामै छ । त्यसबेला विभिन्न कार्यक्रम वा सभासम्मेलन गर्नका लागि सभाहलको आवश्यकता महशुस भएपछि तत्कालिन नगरप्रमुख मधु अधिकारीको पहलमा सभागृह […]

धमाधम गाँजा फडानी गर्दै मकवानपुरको प्रहरी

मकवानपुर १२ मंसिर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा तथा अफिम खेती नष्ट गर्ने दोस्रो चरणको अभियानअन्र्तगत राक्सिराङ र कैलाश गाउँपालिकामा धमाधम गाँजा फडानी गरिरहेको छ । हेटौंडाबाट मंसिर ९ गते आइतबार खटिएको प्रहरी टोलीले राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा रोपिएको लागूऔषत गाँजा र अफिम खेती फडानी गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका […]

नख्खुजेल तोडेका मकवानपुरका लामा अहिले पाटन अस्पतालमा, सरकार मौन !

मकवानपुर ११ मसिंर । लामो समय राजनितिक जिवन बिताएका विरबहादुर लामा अहिले स्वास्थ्य अवस्थाका कारण अस्पतालमा छन् । २०३३ सालमा नख्खुजेल तोडेका लामा अहिले जिवन र मरणको अवस्थामा छन् । केहि दिनदेखि उनी काडमाडांैको पाटन अस्पतालमा उपचाररत छन् । उनको आर्थिक अवस्था निकैनै नाजुक छ । उनी अहिले उच्च रक्तचाप मधुमेय, तथा मृगौला सम्बन्धी रोगका […]

यस्तो कथा छ मकवानपुरकी १३ बर्षीया गर्भवती बालिका गंगामायाको …

बलराम पुडासैनी मकवानपुर ४ मसिंर । १३ बर्षिया गर्भवती बालिका गंगामाया चेपाङको माईती मकवानपुरको राक्सिराङ गाउँपालिकामा हो । उनको घर कैलाश गाउँपालिका ७ मा पर्छ । उनी १२ बर्षकै उमेरमा गर्भवती बनिन् । उनको उमेर भर्खरै १३ लागेको उनका परिवारले जनाएका छन् । उनी सानै उमेरमा गर्भवती भएको र उनको परिवारको आर्थिक अवस्था कमजोर रहेकोले […]

थाहा कला केन्द्रले ५ विधामा सम्मान गर्ने

थाहानगर १८ कात्तिक । कला, संस्कृतिको सम्बद्र्धन, प्रवद्र्धन गर्ने मूल उद्देश्यले उत्तरी मकवानपुरमा स्थापना भएको साथै विस्तारै लोक प्रियता जमाउँदै गईरहेको थाहा कला केन्द्रले विभिन्न सामाजिक क्षेत्रमा योगदान पु¥याएको व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ । कला केन्द्रले कैशाल गाउँपालिका वडा नम्बर–६ पकनीमा आयोजना गर्न लागेको तिहार विशेष बृहत सांस्कृतिक तथा सम्मान कार्यक्रमको अवसर पारी ५ […]

कैलाश ६ पकनीमा सांस्कृतिक तथा सम्मान कार्यक्रम

थाहानगर १८ कात्तिक । मकवानपुरको उत्तरीभेगमा रहेको थाहा कला केन्द्रले तिहार विशेष वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्ने भएको छ । कला–संस्कृति देशको पहिचान, यसको संरक्षण हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापना भएको थाहा कला केन्द्रले हरेक बर्ष झैँ यस वर्ष पनि कार्यक्रमको आयोजना गरेको थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले जानकारी दिए । […]

मकवानपुरको कैलाशबाट गाँजासहित एक जना पक्राउ

मकवानपुर, १६ कात्तिक । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ४ बाट लागुऔँषध गाँजासहित एक जना पक्राउ परेका छन् । प्रहरीले १ सय ४ केजी गाँजासहित वडा नम्बर ४ देउतीमा बस्ने ४३ वर्षीय रामबहादुर वाईबालाई शुक्रबार पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी नायव निरिक्षक मोहन थापा क्षेत्री र प्रहरी चौकी भार्ताबाट सयुक्त रुपमा […]

मिस नेपालको पहलमा मकवानपुरमा निशुल्क स्वास्थ्य शिविर

 मकवानपुर १० कात्तिक ।मकवानपुरको कैलाश गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मिस नेपाल २०१८ शृङ्खला खतिवडाको पहलमा शिविर सम्पन्न भएको हो । दुई सय ७० जनाले स्वास्थ्य परिक्षण गराएको शिविरमा निःशुल्क औषधी पनि वितरण गरिएको थियो । शिविरमा भरतपुर आँखा अस्पतालकी डा। पुष्पा गिरी, चुरेहिल अस्पतालका डा. सुन्दर श्रेष्ठ, मकवानपुर सहकारी अस्पतालका डा. […]

तामाङ घेदुङ मकवानपुरद्वारा ‘ताम्सालिङ जागरण अभियान’ प्रारम्भ

मकवानपुर, ०६ असोज । नेपाल तामाङ घेदुङ मकवानपुरले ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान प्रारम्भ गरेको छ । घेदुङ मकवानपुरको शनिबार बसेको बैठकले मकवानपुरका विभिन्न स्थानीय तहमा ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान सञ्चालन गर्ने कार्यक्रमको कार्यतालिका समेत तय गरेको नगर घेदुङ सचिव सुवाश घिसिङले जानकारी दिए । बैठकको निर्णय अनुसार यही असोज १९ गते […]

मुख्यमन्त्री ज्यू ! कानुन विपरीत काटिएका सालका रुख कहाँ गाएब भो ?

बलराम पुडासैनी मकवानपुर, ५ असोज । हेटौंडा स्मारक विकास समिति नवलपुर परिसरमा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समिति अन्र्तगतको वनबाट ५० वटा भन्दा बढी सालका रुख नियम विपरीत कटान भएका छन् । अहिले हेटौंडा स्मारक विकास समितिका अध्यक्ष डोरमणी पौडेल छन् । उनी स्मारक विकास समितिका अध्यक्ष मात्रै होईनन् प्रदेश नम्बर ३ का मुख्यमन्त्री समेत […]

नेकपा मकवानपुरको अध्यक्ष चयनमा निकै ल्याङल्याङ

मकवानपुर,  २६ भदौ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको नेतृत्व चयनको विषयले मकवानपुरमा अझैं टुङगो लिन सकेको छैन । प्रदेशले मकवानपुरबाट अध्यक्षमा तत्कालिन नेकपा एमालेका बद्री लम्साल र माओवादी केन्द्रबाट सचिवका लागि विष्णु विष्टको नाम सिफारीस गरेर केन्द्रमा पठाएपनि मकवानपुर भित्रै नेतृतव चयनको विषयमा भएको लुछाचुडीको कारण कसले नेतृत्व गर्ने भन्ने […]

नेपाल आइडलको उत्कृष्ट २० मा मकवानपुरका ढकाल र खत्री

मकवानपुर २३ भदौ । नेपाल आइडल सिजन २ को उत्कृष्ट २० मा मकवानपुरका २ जना छनोट भएका छन् । उत्कृष्ट २० मा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ निवासी २१ बर्षिया स्वस्तिका ढकाल र थाहा नगरपालिका निवासी २१ बर्षिय दीपराज खत्री रहेका छन् । गायनको ठुलो मञ्च नेपाल आइडलमा अहिले ढकाल र खत्रीले मकवानपुको प्रनितिधित्व गर्दै सांगीतिक […]

समन्वय समिति मात्र छ, बजेट, ऐन– कानून र कार्यबिधि छैन

मकवानपुर । मुुलुक संघीयतामा गइसकेपछि तत्कालिन जिल्ला विकास समितिलाई जिल्ला समन्वय समिति बनाइयो । जिल्लामा समन्वय र अनुगमन गर्ने भनी समन्वय समिति स्थापित भयो । संविधानमा यसको व्यवस्था गरियो । सोही बमोजिम जनप्रतिनिधि निर्वाचित पनि भए । तर, समन्वय समितिलाई क्रियाशील बनाउन आवश्यक स्पष्ट ऐन, कानून, कार्यविधि नबन्दा समन्वय समिति क्रियाशील र प्रभावकारी हुन सकेको […]

कैलाश गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्छौं : विद्यार्थी

मकवानपुर १३ भदौ । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३ मा रहेको भवानी माविमा गणित विषयका शिक्षक नभएको ढेढ बर्ष बित्यो । गणित विषयको शिक्षक विद्यालयमा नहुँदा समेत विद्यालय व्यवस्थापन समिति किन चुपो लागेर बस्यो ? स्थानीयहरुले गुनासो गर्न थालेका छन् । त्यसोत विद्यालय व्यवस्थापन समितिले कैलाश गाउँपालिकासंग रिक्त गणित विषयको शिक्षक पदपुर्तीका लागि पटक […]

कैलाश गाउँपालिका वडा नम्बर १ को कार्यालयमा तालाबन्दी

मकवानपुर १२ भदौ । मकवानपुरको कैलाश गाउँपालिका १ नम्बर वडामा तालाबन्दी गरिएको छ । वडा अध्यक्षले मनलाग्दी गरेको र नागरिकको गुनासो नसुनेको भन्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । वडा अध्यक्ष पेमा योञ्जनले गाउँपालिकाको बजेटमा समानुपातिक र न्यायोचित वितरण नगरेको लगायतको आरोप लगाई स्थानीयले तालाबन्दी गरेका हुन् । आजको प्रदेश दैनिकमा समाचार छ ।