कैलाश गाउँपालिका

सांग्रीला डेभ्लपमेन्टलाई मकवानपुरको कैलाश गापामा कार्यक्रम सञ्चालन गर्न अनुमति

मकवानपुर । सांग्रीला डेम्लपमेन्ट एसोसियसनलाई आगामी आर्थिक वर्षका लागि मकवानपुरको कैलाश गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्न अनुमति प्रदान गरिएको छ । सोमबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले उक्त संस्थालाई आव २०७७/०७८ मा कार्यक्रम संचालनको लागि अनुमति प्रदान गरेको हो । सांग्रीला डेम्लपमेन्ट एसोसियसनले कैलाश गाउँपालिकाको वडा नम्बर ३, ४ र ७ […]

मकवानपुरको कैलाश गाउँपालिकाद्वारा ३१ वटा कानून निर्माण, सबै कार्यान्वयनमा

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले हालसम्म ३१ वटा कानून निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाको हरेक काम गर्नका लागि सहज होस् भन्ने उद्देश्यले करिव साढे ३ वर्षको अवधिमा ३१ वटा कानून निर्माण गरी कार्यान्वयनमा ल्याएको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिए । उनका अनुसार, गाउँपालिकाले प्रशासकिय कार्यविधि ऐन २०७५, कार्यसम्पादन नियमावली २०७४, कार्यवधिाजन नियमावली […]

करेन्ट लागेर मकवानपुरका मोक्तानको मृत्यु

मकवानपुर । करेन्ट लागेर मकवानपुरका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० नामटार बस्ने ४८ वर्षीय जीवन मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार, बुधबार राति आफ्नै घरमा रहेको बत्तीको प्लक मिलाउने क्रममा करेन्ट लागेर मोक्तान गम्भीर घाइते भएका थिए । […]

मकवानपुरमा थपिए ४० जना कोरोना संक्रमित

मकवानपुर । मकवानपुरमा ४० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । बुधबार दिउँसो १३ महिला र २६ पुरुष गरी मकवानपुरमा ४० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए । स्वास्थ्य अधिकृत चौलागाईका अनुसार, असोज २६ गते संकलन गरिएको स्वाबको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरमा […]

हेटौंडाका तामाङसहित तीन जना मकवानपुर प्रहरीको नियन्त्रणमा

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार बिहान अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–३ लेवर्टबाट करिब १० किलो अवैध लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हेटौंडा–१९ बस्तीपुर बस्ने ४६ वर्षीय बिरु तामाङ्, कैलाश गाउँपालिका घर भएका ४० वर्षीया सृजना तामाङ र सोही ठाउँ घर भएका २४ […]

मकवानपुरमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो

मकवानपुर । मकवानपुरमा कोरोना संक्रमितको कूल संख्या ११ सय नाघेको छ । जिल्लामा मंगलवार थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ११५ जना पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्राललये जनाएको छ । मन्त्रालयका प्रवक्ता (कोभिड–१९) डा. पुरुषोत्तम राज सेढाईका अनुसार, जिल्लामा मंगलवार हेटौंडा उपमहानगरपालिकाका,  मनहरी गाउँपालिका र कैलाश गाउँपालिकालगायत विभिन्न स्थानीय […]

हेटौंडाका थप २१ जनामा कोरोना पुष्टि, कुन वडामा कति ?

मकवानपुर । हेटौंडाका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडाका थप २१ जना कोरोना पुष्टि भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए । उनका अनुसार उक्त प्रयोगशालामा गरिएको परीक्षणमा उपमहानगरपालिकाको विभिन्न वडामा गरी २ महिला र १९ जना पुरुषमा कोरोना पुष्टि […]

परेवाभीरमा बाटो बनाउन जनप्रतिनिधिहरु यसरी भए प्रतिबद्ध

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालसमक्ष दर्जनौँपटक लिखित र मौखिक ध्यानाकर्षण गराइँदा पनि उपेक्षामा परेको राक्सिराङ ५ स्थित परेवाभीर सडक निर्माणका लागि संघीय प्रतिनिधिदेखि वडातहसम्मका जनप्रतिनिधिहरु एकजुट भएका छन् । संघीय सांसद विरोध खतिवडाको संयोजनमा बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरु, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका जनप्रतिनिधिहरुसहितको […]

६ वर्षीया बालिका बला-त्कार गरेको आरोपमा मकवानपुरका तामाङ पक्राउ

मकवानपुर । बालिका बला-त्कार गरेको आरोपमा प्रहरीले मकवानपुरका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ बस्ने १६ वर्षीय श्यामराज तामाङ रहेका छन् । उनलाई स्थानीय ६ वर्षीया बालिका बला-त्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । तामाङलाई प्रहरी चौकी भार्ताबाट खटिएको प्रहरी टोलीले पक्राउ […]

बागमती प्रदेशका ३२ वटा पक्की पुल एकैसाथ संचालनमा आउने

मकवानपुर । बागमती प्रदेश सरकारले आफ्नो क्षेत्रमा निर्माण गरेको ३२ वटा पक्की पुल एकैसाथ संचालनमा आउने भएको छ । प्रदेशका विभिन्न जिल्लामा निर्माण गरेको पक्की पुल यही बुधबार संचालनमा ल्याउने भएको प्रदेशको सडक विभागका निर्देशक सहदेव भण्डारीले जानकारी दिए । निर्देशक भण्डारीका अनुसार, पूर्वाधार विकास कार्यहरु ललितपुर र काभ्रे अन्तरगत ६/६ वटा, चितवनमा ५ वटा, […]

चन्द्रगिरीबाट मकवानपुरका दुई युवक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट भालुको पित्तसहित मकवानपुरका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको चन्द्रगिरि नगरपालिका–८ कल्याणपुरस्थित साउनेपानीबाट भालुको पित्तसहित मकवानपुरको दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर १ बरभञ्याङ बस्ने २७ वर्षीय हरिबहादुर मोक्तान र सोही गाउँपालिका–२ डाँडाखर्क बस्ने २७ वर्षीय रामबहादुर लामा रहेका छन् । […]

मकवानपुरका ५० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै

मकवानपुर । मकवानपुर जिल्लामा आजबाट ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको प्रदेश स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयले आजबाट खुवाउन सुरु गरिएको भिटामिन ‘ए’ र जुकाको औषधी जिल्लाको १० स्थानीय तहका ५० हजार २ सय बालबालिकालाई खुवाउने लक्ष्य रहेको जनाएको छ । त्यसको लागि जिल्लाको […]

कैलाश गाउँपालिकाको आगामी आवको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित

मकवानपुर । कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि कूल ४३ करोड ७२ लाख ५९ हजार ७ सय ४० रुपैँयाको विनियोजित बजेट पारित गरेको छ । गाउँपालिकाको असार १० गते बसेको छैठौँ गाउँसभाबाट प्रस्तुत भइ आएको अनुमानित वार्षिक बजेट र नीति तथा कार्यक्रम हिजो सोमबार गाउँसभाको बैठकले सर्वसम्मत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद […]

वर्षामा परेवा भीरकै पिरलो

मकवानपुर । पहाडै पहाडको परेवा भिर अनि त्यहिँ मुनि उर्लीरहेको मनहरी खोलाको बिचबाट हिड्नु पर्ने बाध्यता राक्सिराङ र कैलाश गाँउपालिकाका स्थानीयलाई छ । कयौं सरकार फेरिए कयौं पटक चुनाव भए हरेक पटकको निर्वाचनमा परेवा भिरबाट मोटरबाटो चल्ने आश्वासन आइरह्यो तर पनि सडकै सडक मनहरी बजार आउने स्थानीयको रहर भने अझै पूरा हुन सकेन । राक्सिराङ […]

मकवानपुरका १० स्थानीय तह – नीति तथा कार्यक्रम र अनुमानित बजेट यस्तो

मकवानपुर । मकवानपुरका ९ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि अनुमानित बजेट, वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र ७ वटा गाउँपालिकाले हिजो बुधबार अनुमानित बजेट , नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । बागमती गाउँपालिकाले भने असार २० गते मात्रै सार्वजनिक गर्ने गाउँपालिकाका अध्यक्ष सर्केश […]

आगामी आवको लागि प्रदेश सरकारद्वारा कैलाश गाउँपालिकालाई ५ करोड ६९ लाख ९४ हजार अनुदान

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/ ७८ का लागि मकवानपुरका १० वटै स्थानीय तहमा गरी कूल ६१ करोड १३ लाख ६२ हजार रुपैँया अनुदान उपलब्ध गराउने भएको प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कैलाश गाउँपालिकामा मात्रै ५ करोड ६९ लाख ९४ हजार […]

मकवानपुरमा लकडाउनको अवधिमा मात्रै रोकियो १५ वटा बालविवाह

मकवानपुर । मकवानपुर जिल्लामा लकडाउनको समयमा १५ वटा बालविवाह रोकिएको सिविन बाल हेल्पलाइनले जनाएको छ । बागमती प्रदेशको स्थायी राजधानी हेटौंडामा ६ वटा, बकैयामा ३, मकवानपुरगढीमा ३, मनहरीमा २ र भीमफेदीमा १ गरी १५ वटा बालविवाह रोकिएको हो । यो तथ्याङक लकडाउन अवधिको मात्रै हो । नेपालमा गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन हाल […]

मकवानपुरका कुन स्थानीय तहलाई कति बजेट (हेर्नुहोस् विवरण)

मकवानपुर । सरकारले हिजोको बजेट वक्तब्य मार्फत् मकवानपुरका स्थानीय तहलाई अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत् रकम उपलब्ध गराउने भएको छ । मकवानपुरका १० वटै स्थानीय तहलाई वित्तीय हस्तान्तरण माफत् रकम उपलब्ध गराइएको हो । हेटौंडा उपमहानगरपालिकालाई ९९ करोड, थाहा नगरपालिकालाई ४० करोड, इन्द्रसरोबर गाउँपालिकालाई २१ करोड, कैलाश गाउँपालिकालाई २६ करोड, बकैया गाउँपालिकालाई ३९ करोड, बग्मती गाउँपालिकालाई […]

लकडाउनको अवधिमा कैलाशवासीलाई राहत होइन रोजगारी दिएका छौँ – शर्मा

मकवानपुर । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि मकवानपुरको कैलाश गाउँपालिकाले गाउँपालिका र वडा स्तरीय विपद् व्यवस्थापन समितिको निर्णय अनुसार जनहितका कामहरु गरिरहेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिएका छन् । महामारीका बीच गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृतलगायत अन्य जनप्रतिनिधि र कर्मचारीहरु निरन्तर सेवा प्रवाहमा खटिएको उनको भनाई छ । गाउँपालिकामा प्रवेश गर्ने […]

मकवानपुरको दुई गाउँपालिकामा दादुराको प्रकोप, १५ वर्षसम्मका बालबालिकालाई रुवेला खोप लगाइने

मकवानपुर । मकवानपुर जिल्लाको दुई वटा गाउँपालिकामा दादुराको प्रकोप देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाले जनाएको छ । निर्देशनालय हेटौंडाका निर्देशक रमेश प्रसाद अधिकारीका अनुसार, मकवानपुरको कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकामा यस रोगको प्रकोप देखा परेको हो । दादुराको प्रकोप देखापरेकाले दादुरा रुवेलाविरुद्धको खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी […]