ईन्द्रसरोवर गाउँपालिका

इन्द्रसरोवरमा सहकारी शिक्षा दिन १ दिने शिक्षा शिविर

मकवानपुर, २६ माघ । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउपालिका ५ फाखेलको पुरण्डीमा रहेको सकृय महिला बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित एकदिने शिक्षा शिबिर शुक्रबार सप्पन्न भएको छ । सहकारीको शिक्षा उपसमितिको सदस्य तथा जनप्रतिनिधि साबित्री सुनारको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा संस्थाका अध्यक्ष श्रमिक लामा र ब्यवस्थापक सबिना लामाले सहजीकरण गरेको संचारकर्मी मञ्जरी बलामीले जानकारी […]

सुरुङमार्गका नाममा मकवानपुरका पूर्वसांसद ठकुरीले कति गरे घोटाला ? के भन्छन् ठकुरी ?

-चन्द्र घलान/बलराम पुडासैनी मकवानपुर, १४ माघ । मकवानपरबाट वि.सं. २०७० सालमा चुनाव जितेका पूर्व सांसद सुवाश चन्द्र ठकुरीले हेटौँडा–काठमाडौँ सुरुङमार्गमा घोटाला गरेको समाचार मिडियामा आएपछि अहिले यो विषयले मकवानपुरमामात्र नभई देशभरि नै सनसनी मच्चाएको छ । हेटौँडा काठमाडौँ सुरुङमार्ग निर्माणका लागि स्थापित कम्पनी नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडमा सञ्चालकसमेत रहेका पूर्वसांसद सुवासचन्द्र ठकुरीले पनि बदमासी […]

हेटौँडा–सिस्नेरी–काठमाडौँ मार्ग खुल्यो, यसकारण भयो ६ दिन बाटो बन्द

मकवानपुर, ११ माघ । माघ ५ गतेको सवारी दुर्घटनाका कारण बन्द भएको हेटौँडा–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौँ पुग्ने बाटो पूनः सुचारु भएको छ । माघ ५ गते शुक्रबार बेलुकी दक्षिणकाली नगरपालिका वडा नम्बर ५ मा सवारी दुर्घटनामा परि सोही नगरपालिकाको वडा नम्बर ९ मा बसोबास गर्ने डाक्टर एलिजा भण्डारीको मृत्यू भएपछि स्तब्ध बनेको नगरवासीहरुले भाडाका टाटासुमोलाई चल्न […]

पत्रकार महासंघ मकवानपुरलाई पूर्व सांसदले दिए कम्प्युटर

मकवानपुर, २ माघ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई मकवानपुरका पूर्व सांसद सुवाशचन्द्र ठकुरीले एक थान कम्प्युटर सहयोग गरेका छन् । ठकुरीले महासंघको कार्यालय हेटौँडामा भएको एक कार्यक्रममा अध्यक्ष हरि हुमागाईलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । कम्प्युटर हस्तान्तरणपछि कार्यक्रममा बोल्दै ठकुरीले देशमा राजनैतिक संक्रमणको अन्त्य भएको भन्दै अवको समृद्धिको अभियानमा संचारकर्मीहरुको समेत योगदानको आवश्यकता रहेको […]

मकवानपुरको सिस्नेरीमा पनि शाखा रहित बैंकिङ सेवा

मकवानपुर, २८ पुस । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ आफ्नो १९ औँ शाखारहित बैंकिङ्ग सेवा मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाँउपालिका–३, सिस्नेरीमा शुरू गरेको छ । शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ईन्द्रसरोवर गाँउपालिका अध्यक्ष जीवन लामाले एक समारोहका बीच गरेका छन् । कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट–प्रतिनिधि लव […]

ईन्द्रसरोवर गाउँपालिकामा नयाँ बाल क्लब गठन

-मञ्जरी बलामी मकवानपुर, २० पुस । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ र ५ तथा साविक फाखेल गाबिसमा नया बाल क्लब गठन सहित पुनः गठनको कार्य सुरु भएको छ । ईन्द्रसरोवर युवा क्लब तथा प्लान नेपाल मकवानपुरको सहकार्यमा बाल क्लबको गठन तथा पुनर्गठन गर्ने कार्य सुरु गरिएको हो । साबिक फाखेल गाबिसलाई बाल मैत्री गाबिस […]

कुलेखानी मार्खु झलमल्ल ,मानव वस्तीभने बत्तिमुनिको अध्यारो

बलराम पुडासैनी मकवानपुर ९ पुस । मकवानपुरको चर्तित पर्यटकीय स्तल हो कुलेखानी मार्खु । देशकै एकमात्र मानवनिर्मित ताल इन्द्रसरोवरसंग जोडिएको उक्त स्थानलाई आन्तरिक तथा वाह्य प्रर्यटन प्रर्वद्धनको केन्द्रको रुपमा चिनिन्छ । खासगरी मार्खु मकवानपुर जिल्लाको एउटा गाविस हो । अहिले गाँउपालिका प्रणालीको सुरुवात भएसंगै मार्खु ईन्द्रसरोवर गाँउपालिकामा पर्दछ । जिल्लामै रहेको पर्यटकीय गन्तव्य मनमोहक ताल […]

फाखेलको मधुवनमा लोकतान्त्रिक गठबन्धनको सभा

मकवानपुर, (इन्द्रसरोवर गाउँपालिका), १८ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्यायले महिलाहरुको सिप प्रबद्र्धन गरी रोजगारीको अवसर सिर्जना गर्ने बताएकी छिन् । फाखेलको मधुवनमा आईतबार आयोजित चुनावीसभामा बोल्दै उनले संविधान कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकास गर्न लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिन् । कार्यक्रममा […]

सिस्नेरीमा वाम गठबन्धनको चुनावी सभा

हेटौँडा, ७ मंसिर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका अन्तर्गत सिस्नेरीमा बुधबार वाम गठबन्धनको चुनावी सभा भएको छ । सभामा सम्बोन्धन गर्दै वामगठबन्धनका तर्फबाट मकपवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार बिरोध खतिवडाले अबको स्थायी सरकार वाम गठबन्धनको हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । बाम गठबन्धनको बिजय पश्चात समृद्ध राष्ट्र निर्माणमा लाग्ने उनले दाबी गरे […]

कुमारी मोक्तान भन्छिन्–‘जनताको चाहनाले बामपार्टी एकढिक्का भएको हो’

मकवानपुर, ६ मंसिर । प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश क का उम्मेदवार कुमारी मोक्तानले जनताको चाहना अनुसार नेपालका बामपार्टीहरु एकढिक्का हुँदै स्थायी सरकार निर्माणको अभियानमा लागेको बताएकी छिन् । मंगलबार ईन्द्रसरोबर गाउँपालिका वडानम्बर २ मा भएको चुनाबी सभामा बोल्दै मोक्तानले जनताले अव स्थायीत्व र विकासका लागि वाम पार्टीका उम्मेदवारहरुलाई मतदान गर्न आवश्यक रहेको बताइन् […]

हुमानेभञ्ज्याङबाटै मकवानपुरको विकासको शुभारम्भ हुने दाबी

ईन्द्रसरोवर, ४ मंसिर । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा क्षेत्र नम्वर २ की उम्मेदवार महालक्ष्मी डिना उपाध्यायले काठमाडौँ र हेटौंडाको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको हुमानेभञ्ज्याङ्बाट मकवानपुर जिल्लाको विकासको शुभारम्भ गरिने बताएकि छिन् । आइतबार लोकतान्त्रिक गठबन्धनको निर्वाचन अभियान अन्तर्गत इन्द्रसरोवर गाउपालिका– ४ स्थित हुमानेभञ्ज्याङमा आयोजित कोणसभामा बोल्दै डिनाले काठमाडौँ र मकवानपुरको सिमा हुमानेभञ्ज्याङ भएकोले […]

वडाहरुमा बिनियोजित बजेट अनुसारको कार्यक्रम गर्न ईन्द्रसरोवरमा अभिमुखीकरण

–मञ्जरी बलामी मकवानपुर, २७ कात्तिक । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा सोमबार ईन्द्रसरोवर गाउँपालिकाको आयोजनामा उपभोक्ता समितिका पदाधिकारीहरुका लागि एकदिने अभिमुखिकरण कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाबाट २०७४/०७५ को लागि वडाहरुमा बिनियोजित बजेट रकम अनुसारको कार्यक्रम सञ्चालन गर्नका लागि उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको गाउँपालिकाका लेखापाल दिपक गजुरेलले जानकारी दिए । ४ […]

मार्खुमा काँग्रेसको प्रचारप्रसार कार्यालय उद्घाटन

मकवानपुर, २६ कात्तिक । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खुमा नेपाली काँग्रेसको निर्वाचन प्रचारप्रसार समितिको वडा कार्यालय उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रम कुल बहादुर केबीको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाको प्रमुख अतिथ्यतामा भएको संचारकर्मी मञ्जरी बलामीले जानकारी दिएकी छिन् । कार्यक्रममा […]

चुनावको अभियान लिएर काँग्रेस मकवानपुरको मार्खुमा

कात्तिक, १८ कात्तिक । आगामी मंसिरमा हुने चुनावमा सफल हुनका लागि अभियान सहित नेपाली काँग्रेसको टोली मकवानपुरको मार्खुमा पुगेको छ । आज मार्खुमा क्षेत्र नम्बर २ का अगुवा कार्यकर्ताहरुको भेला आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले लोकतन्त्रको संस्थागत र संरक्षण गर्ने दायित्य काँग्रेसमा आएको बताए । उनले आगामी […]

ईन्द्र सरोवर गाउँपालिका परिचय

समावेश भएका साविक गा.वि.स. र न.पा.हरु : मार्खु,कुलेखानी, सिस्नेरी र फाखेल गा.वि.स. जनसंख्या : १७५८५ क्षेत्रफल : ९७.३४ वर्ग  कि.मी. केन्द्र : साविक कुलेखानी गा.वि.स. कार्यालय वडा संख्या : ५ सिमाना : पूर्व :ललितपुर र काठमाण्डौ जिल्ला पश्चिम : भिमफेदी गाउँ पालिका उत्तर :थाहा नगरपालिका र काठमाण्डौ जिल्ला दक्षिण : भीमफेदी गाउँ पालिका वडा विभाजन : वडा नम्बर समावेश भएका […]

कुलेखानीमा पौडी खेल्दा एक जना डुबेर बेपत्ता

हेटौँडा, ९ कात्तिक । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानी (इन्द्रसरोवर ताल) मा पौडी खेल्न गएका एक किशोर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भक्तपुर धौखेल घर भएका १९ बर्षीय रोनाल्ड सुवाल बिहीबार दिउँसो तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीहरुका अनुसार सुवाल उनका ६ जना साथीहरु सँगै ताल घुम्न […]